मैथिलीमा
साहित्यिक पत्रकारिता:सुदीर्घ इतिहास र नाजुक वर्तमान
धीरेन्द्र
प्रेमर्षि
मैथिली
पत्रकारिता घनत्वका दृष्टिले अत्यन्त कृशकाय भए पनि यसको इतिहास भने सय वर्षभन्दा
लामो छ । आजको लोकतान्त्रिक वातावरणमा भर्खरै बामे सर्दै गरेका भाषाहरुमा पनि
पत्रपत्रिका प्रकाशनतर्फ निकै सजगता देखिएको छ । तर मैथिलीमा हिजोका घोर प्रतिकूल
अवस्थाहरुमा पनि निरन्तर आफ्नो उपस्थिति र प्रभाव देखाउँदै आएको मैथिली पत्रकारिता
आज सबै दृष्टिले अनुकूल रहेको अवस्थामा भने दरो रुपमा उभिन सकेको छैन । यस्तो
उत्साहविहीन अवस्था आउनुका पछाडि विविध कारणहरु छन्, जसलाई पछि खोतल्ने प्रयास गर्नेछु । तर नेपाल र भारत दुई
देशमा फैलिएर पनि दुवै देशको सरकारबाट अवहेलना खेप्दाखेप्दैसमेत वा भनौँ कुनै
किसिमको राजकीय संरक्षण तथा टेवाको अभावमा पनि मैथिली पत्रकारिताले सय वर्षभन्दा
लामो सुदीर्घ इतिहास बनाउनुलाई भने कम गौरवको विषय किमार्थ मान्न सकिन्न ।
सामान्यतया
राजनीतिले प्रत्यक्ष प्रभाव पार्ने देश वा क्षेत्रको भाषामा समाचारपत्रको विकास
पहिले हुन्छ । तर सिर्जनात्मक ऊर्जा र उत्साह भए तापनि प्रत्यक्ष राजनीति नहुने
ठाउँमा साहित्यिक पत्रपत्रिका नै विचार–प्रवाहको
अग्रमोर्चामा उभिएका हुन्छन् । आधुनिक कालमा मैथिली भाषा र मिथिला क्षेत्र
प्रत्यक्ष राजनीतिबाट टाढा रह्यो । त्यसैले मैथिलीमा अद्यावधि सरकारी निकाय सूचना
विभागले दिने सहयोग लिनेबाहेकको वास्तविक उद्देश्यले जे–जति पत्रकारितासम्बन्धी काम भए, ती सबै साहित्यिक पत्रिकाका रुपमा भए । मैथिली पत्रकारिताको
इतिहासलाई जीवन्तता दिने र निरन्तर राख्ने काम पनि साहित्यिक पत्रिकाहरुले नै
गरेका छन् ।
प्रारम्भिक
पाइला प्रवासबाट
मैथिलीसम्बन्धी
धेरैजसो युगान्तकारी कार्यको सुरूआत मूल मिथिला भूभागबाट भएको पाइँदैन । यसको मूल
कारणमा विकासको मूल प्रवाहबाट मूल मिथिला क्षेत्र दुवै देशमा सधैँ वञ्चित रहनु
थियो । तर मिथिलावासीहरु भने विद्वता र सृजनऊर्जाले सधैँ परिपूर्ण रहे । फलतः ती
जहाँ गए र अनुकूलता पाए त्यहाँ–त्यहाँ तिनले मिथिला र
मैथिलीसम्बन्धी कार्यलाई अगाडि बढाउने काम गरे । प्रायः यही कार्यप्रक्रियाले
गर्दा मैथिलीको सबैभन्दा पहिलो पत्रिका भारतको मूल मिथिला क्षेत्रभन्दा धेरै सुदूर
इलाका राजस्थानबाट प्रकाशन भयो । ई.सन् १९०५ मा राजस्थानको जयपुर सहरबाट प्रकाशित
मैथिल हितसाधन नामक यस पत्रिकाका सम्पादक पं. मधुसूदन झा थिए । यसपछिको दोस्रो
मैथिली पत्रिका पनि प्रवासबाट प्रकाशित भयो । मिथिलामोद नामक यो पत्रिका ई.सन्
१९०६ मा काशीबाट मुरलीधर झाको सम्पादनमा सुरू भयो । मूल मिथिला क्षेत्रबाट भने सन्
१९१२ बाट मात्र मैथिली पत्रिकाको प्रकाशन सुरू भयो ।
भारतीय
मिथिलाको केन्द्र दरभङ्गाबाट प्रकाशन थालिएको मिथिला मिहिर नामक यस पत्रिकाका
प्रथम सम्पादक विष्णुकान्त झा थिए । मिथिला मिहिर मैथिलीको सबैभन्दा दिगो र जनजनमा
व्याप्त पत्रिकाको रुपमा पनि चिनिन्छ । मासिक र पूर्ण साहित्यिकबाट साप्ताहिक र
साहित्यप्रधान हुँदै यो पत्रिका दैनिक रुपमा समेत केही समय प्रकाशित भएको थियो ।
प्रायः मैथिली भाषामा ईस्वीको असीयौँ दशकसम्मबाट साहित्ययात्रा थालेका अधिकांश
साहित्यकारहरुले मिथिला मिहिरबाटै आफ्नो साहित्ययात्रा थालेको अभिव्यक्ति दिने
गरेका छन् । यसपछि मैथिलीमा विभिन्न स्थानबाट विभिन्न भावभूमिका सैकडौँ पत्रिकाहरु
प्रकाशित भए, तर दिगो र चिरनिरन्तर भने कुनै पनि रहन सकेनन्
।
नेपालमा
मैथिली पत्रकारिताको सुरूआत
नेपालतर्फ
मैथिली पत्रकारितामा ठोस कार्य वि.सं. २०२५ सालमा मात्र सुरू भयो । जसरी भारतमा
मूल मिथिलाभन्दा बाहिरबाट मैथिली पत्रिकाको प्रकाशन प्रारम्भ भयो त्यसैगरी नेपालमा
पनि मूल मिथिलाभन्दा इतर क्षेत्रबाटै मैथिली पत्रिकाको प्रकाशन–यात्रा थालिएको पाइन्छ । राजधानी काठमाडौँमा खुलेको अखिल
नेपाल मैथिली साहित्य परिषद्द्वारा काठमाडौँबाटै प्रकाशन थालिएको फूलपात नामक
पत्रिकाको सम्पादक पं. सुन्दर झा ‘शास्त्री’ थिए । पछि विविध कारणले साहित्य परिषदबाट पं. शास्त्री
बाहिरिए र उक्त संस्था पनि निस्क्रिय हुन पुग्यो । तर फूलपातलाई भने शास्त्रीजीले
आफूसँगै जनकपुर लिएर गए र त्यहीँबाट यावज्जीवन मासिक रुपमा फूलपात पत्रिकाको
प्रकाशन गरिरहे । पं. शास्त्रीको जीवनयात्रा २०५५ सालमा असामयिक रुपमा थामिएपछि
भने फूलपात पत्रिकाको तीस वर्षे प्रकाशनयात्रामा पनि पूर्णविराम लाग्यो ।
उसो त
मैथिली पत्रिकाको इतिहासै खोतल्ने हो भने वि.सं. २०१४ सालमै नेपाली भूभागतर्फ पनि
पत्रकारितामा मैथिलीको प्रवेश भइसकेको थियो । तर त्यतिखेर निस्केको नवजागरण नामक
पत्रिका मैथिली भाषाको स्वतन्त्र पत्रिका नभई त्रिभाषीय पत्रिका थियो, जसमा मैथिलीका साथै हिन्दी र नेपाली भाषाका खण्डहरु पनि
राखिएका थिए । यसको मैथिली खण्डका सम्पादक नवोनाथ झा थिए ।
फूलपातको
प्रकाशनपछि मैथिली साहित्यिक क्षेत्रमा पत्रपत्रिकाहरुको प्रकाशनतर्फ जागरुकता
बढेको पाइन्छ । फूलपात प्रकाशनको दुई वर्षपछि वि.सं. २०२७ सालमा विराटनगरबाट
मैथिली तथा काठमाडौँबाट इजोत नामक पत्रिकाको प्रकाशन प्रारम्भ भयो । यी
पत्रिकाहरुका सम्पादक क्रमशः डा. प्रफुल्लकुमार सिंह ‘मौन’ तथा
डा. हरिदेव मिश्र थिए । यीमध्ये इजोत पहिलो अङ्कपछि नै बन्द भयो भने मैथिली केही
समयसम्म निस्किरह्यो । नेपालतर्फको मिथिलाको मूल थलो जनकपुरधामबाट भने पहिलोपटक
२०३० सालमा मात्र मैथिली पत्रिका प्रकाशित भयो । रामभरोस कापडि ‘भ्रमर’ को
सम्पादनमा निस्केको यस पत्रिकाले केही महŒवपूर्ण
विशेषाङ्कहरुसमेत प्रकाशित गरेर मैथिली साहित्य–संस्कृतिलाई टेवा पु¥याउने
काम ग¥यो ।
आन्दोलनको
ऊर्जाले उत्साहित मैथिली पत्रकारिता
विभिन्न
समयमा देशमा हुने राजनीतिक आन्दोलनहरुले मैथिल सिर्जनधर्मीहरुलाई घचघच्याउने काम
गरिरह्यो । फलतः देश आन्दोलित भएको समयमा मैथिली पत्रकारितामा नयाँ तरङ्गहरु देखिन
थाले । वि.सं. २०३७ सालमा काठमाडौँबाट सनेस (सं. विनोद झा), राजविराजबाट वाणी (सं. विजयेन्द्र झा) र भद्रपुरबाट हिलकोर
(सं. प्रदीप बिहारी) पत्रिकाको प्रकाशन सुुरू भयो । यी पत्रिकाहरु एक–दुई अङ्क छापिएपछि बन्द हुँदै गए । यसपछिको अर्को लहर २०४६
सालको आन्दोलन र त्यसपछि प्राप्त प्रजातन्त्रको अवस्थामा देखियो । यस कालमा पनि
कतिपय मैथिली पत्रिकाको प्रकाशन–यात्रा सुुरू भयो । यसबीच
२०४३ सालमा दुर्गाप्रसाद देवको सम्पादनमा राजविराजबाट दूविधान नामक पत्रिका
प्रकाशन भएको देखिन्छ । वि.सं. २०४० सालमै दर्ता भएर विज्ञापन पत्रिकाको रुपमा
चल्दै आएको जनक पत्रिकालाई कवि–कथाकार भुवनेश्वर पाथेयले
२०४६ सालमा नयाँ स्वरुप दिएर जनकपुरबाट उत्साहसाथ निकाल्न थाले । तर प्रकाशकहरु
पञ्चायती पृष्ठभूमिका भएकाले छयालीस सालको राजनीतिक परिवर्तनले गर्दा यसको अवसान
हुन पुग्यो । तर मैथिली पत्रकारिताप्रतिको पाथेयको प्रतिबद्धता र उत्साहमा कमी आएन
। उनले आफ्नो अभियानलाई सङ्केत नामक अनियतकालीन साहित्यिक सङ्कलनका माध्यमबाट
निरन्तरता दिने निधो गरे । सङ्केतको एक अङ्क २०४७ सालमा निकै भव्य रुपमा निकालेका
पनि थिए उनले । तर २०४८ साल असोज ८ गते क्यान्सर रोगका कारण पाथेयको असमयमै निधन
भएपछि मैथिली पत्रकारिताले पनि ठूलो धक्का व्यहोर्नुप¥यो । यसै समयमा रामभरोस कापडि ‘भ्रमर’ ले
जनकपुरबाटै अर्को पत्रिका आँजुर दर्ता गराएर प्रकाशन गर्न थाले । यो पत्रिका
प्रजातन्त्रप्राप्तिपछि पनि केही समयसम्म चलिरह्यो ।
प्रजातन्त्रप्राप्तिपछिको
तात्तातो उत्साहमा विराटनगरबाट थप दुईटा प्रयास भए । कथाकार जीतेन्द्र जीतले कमला
नामबाट फोल्डर पत्रिका प्रकाशन गरे । केही पछि उनले विराटनगरमा सक्रिय अन्य
साहित्यकर्मीहरु रामनारायण सुधाकर, विनोदचन्द्र
झा र डा. बदरीनारायण वर्मासँग मिलेर प्रभात नामक पत्रिका पनि निकाले । यीमध्ये
कमलाको प्रवाह एक अङ्कपछि नै सुक्यो भने प्रभात दुई वर्षपछि पुनः एकपल्ट उदाएको
थियो । झापाबाट निस्कने हिलकोर पत्रिका प्रदीप बिहारीले झापा छोडेपछि बन्द भए
तापनि उनको तत्कालीन कार्यका सहयोगी वा उत्प्रेरक व्यक्तित्व प्रा. गणेशलाल कर्णले
पछि तिलकोर नामक पत्रिका प्रकाशन गरे । झापाबाट अवकाश लिएर घर विराटनगर फर्केपछि
भने कर्णले मैथिली जागरण पत्रिका प्रकाशन गर्न थाले, जुन उनको देहावसानसँगै बन्द हुन पुग्यो ।
यता
नेपाललाई पहिलो सम्पूर्ण मैथिली पत्रिका दिएको अखिल नेपाल मैथिली साहित्य परिषद्
पनि प्रजातान्त्रिक वातावरणमा एकपटक पुनः जुर्मुराएर उठ्यो र २०४७ सालमा रमेश झाको
सम्पादकत्वमा मैथिली जगत नामक पत्रिकाको प्रकाशन ग¥यो । तर यो प्रयास पनि एक अङ्कभन्दा अगाडि बढ्न सकेन । यसै
समयमा मिथिला सांस्कृतिक केन्द्र जनकपुरधामबाट सांस्कृतिकी नामक पत्रिका प्रकाशन
गरियो, तर यो पनि एक अङ्कभन्दा अगाडि बढ्न सकेन ।
वि.सं.
२०४८ सालमा काठमाडौँमा तत्कालीन समयका केही उत्साही युवाहरुले अन्तिम शनि नामबाट
व्यवस्थित तरिकाले भित्ते साहित्यिक पत्रिकाको प्रकाशन सुुरू गरे । यस पत्रिकाको
सम्पादनमा धीरेन्द्र प्रेमर्षिका साथै नथमल अग्रवाल र नीरज कर्ण सम्मिलित थिए ।
उता यसै समयमा जनकपुरबाट डा. सुरेन्द्र लाभको सम्पादनमा धधरा नामक पोष्टर
पत्रिकाको प्रकाशन भयो । यी दुवै पत्रिकामध्ये अन्तिम शनि सात अङ्कसम्म निस्क्यो
भने धधराको एक अङ्क मात्र निस्कन सक्यो ।
साहित्यिक
रिक्ततामा मैथिली पत्रकारिता
प्रजातान्त्रिक
जोशका साथ निस्केका पत्रिकाहरु पनि प्रजातन्त्र प्राप्तिपछिको दुई–तीन वर्षमै पूर्ण रुपले सेलाइसकेका थिए । २०४९–५० सालतिर आउँदासम्म नेपालको मैथिली साहित्यिक पत्रकारिता
शून्य अवस्थामा पुगिसकेको थियो । यता नेपालीमा हवाइपत्रिका निकै लोकप्रिय हुँदै
गएको थियो । यस्तो अवस्थामा मैथिली विकास मञ्चले धीरेन्द्र प्रेमर्षिको
सम्पादकत्वमा पल्लव नामक हवाइपत्रिकाको प्रकाशन थाल्यो । सानो आकारमा पनि यथेष्ट
सामग्रीको संयोजन, नियमितता र हुलाकमार्फत् सर्वत्र पहुँचले गर्दा
यो पत्रिका निकै लोकप्रिय पनि भयो । हवाइपत्रिकाको आकारबाट सुुरू भएको पल्लवले
विस्तारै आकार बढाउँदै आफूलाई सोह« पृष्ठको
पत्रिकासम्म पु¥यायो । तर भारतका लागि हुलाक महशूलमा अत्यधिक
वृद्धिलगायतका समस्यापछि यो पत्रिका पनि २४ (चौबीस) अङ्कभन्दा अगाडि बढ्न सकेन ।
वि.सं.
२०५० सालकै अन्त्यतिर नेपालको मैथिली कला–संस्कृतिको
फाँटमा सर्वाधिक सक्रियता देखाउँदै आएको तथा सक्षम संस्था मिथिला नाट्यकला
परिषद्ले जनकपुरधामबाट मिथिलावाणी पत्रिकाको प्रकाशन थाल्यो । त्रैमासिक रुपमा
निस्कने यस पत्रिकाका सम्पादक श्यामसुन्दर शशि, रमेश
रञ्जन र अवधेश पोखरेल थिए । केही अङ्कसम्म नियमित निस्कँदा–निस्कँदै परिषद्लाई विशेष ऊर्जा र उँचाइ प्रदान गर्न
सर्वाधिक योगदान पु¥याउँदै आएका त्यसका अध्यक्ष योगेन्द्र साह ‘नेपाली’ को
असामयिक निधन भयो । यसपछि अध्यक्ष नेपालीको स्मृतिमा थप एक अङ्क निकालेर यो
पत्रिका पनि सेलायो ।
जनकपुरधामबाटै
तत्कालीन समयमा किशोरावस्थामा रहेकाहरुको एउटा समूहले मैथिली विकास परिषद् नामक
संस्था स्थापना गरी सम्भावना नामबाट एउटा पत्रिका निकाल्न थालेको थियो । अनिल
विश्ववन्धु र शैलेन्द्र अभिलाषीको सम्पादकत्वमा प्रकाशित सम्भावनाले किशोर रुचिलाई
नै दृष्टिगत गरी केही अङ्क निकाल्यो, तर यो
पनि लामो समयसम्म चल्न सकेन । यस्तै डा. उपेन्द्र लाभको सम्पादनमा मिथिलाञ्चल
नामबाट पनि एउटा साहित्यिक पत्रिका निस्केर केही अङ्क निस्केपछि बन्द भयो ।
साहित्यिक
पत्रिकाका सन्दर्भमा मैथिली भाषामा केही काम भोजपुरी भाषी क्षेत्र वीरगञ्जबाट पनि
भएको छ । त्यहाँस्थित मैथिली साहित्य परिषदले पुछारि नामबाट पूर्ण मैथिली पत्रिका
निकाल्यो भने माउन्ट एडमन्ड मा.वि. ले नव–पल्लव
नामबाट भोजपुरी, नेपाली र मैथिली भाषामा त्रैभाषिक पत्रिकाको
प्रकाशन ग¥यो । तर अन्य मैथिली पत्रिकाहरुझैँ यी पनि दिगो
हुन सकेनन् ।
मिथिलाका
गौरवपुरुष सलहेसको जन्मथलो सिरहाबाट मैथिलीका प्राध्यापक उमेशकुमार झा ‘ललन’ को
सम्पादकत्वमा सलहेस–वाणी नामक पत्रिकाको प्रकाशन भयो । यसले विविध
विषयवस्तुको राम्रो संयोजन गर्न सकेको थियो । तर यो पनि तीन–चार अङ्कभन्दा अगाडि बढ्न सकेन । जनकपुरमा रहेको त्रिभुवन
विश्वविद्यालयको केन्द्रीय मैथिली विभागसमेतको सौजन्यमा मैथिली साहित्य परिषद्
जनकपुरधामले भूमिजा नामबाट एउटा वार्षिक पत्रिका निकाल्ने गरेको छ । प्रा.डा.
पशुपतिनाथ झाको सम्पादनमा निस्कँदै गरेको यस पत्रिकाले दिगोपना र स्तरीयताको
पर्याप्त आधार राख्दाराख्दै पनि गतिलो लक्षण देखाउन सकेको छैन । जनकपुरमै क्रियाशील
आकृति नामक संस्थाले आकृति नामबाटै सामयिक सङ्कलनको केही अङ्क निकालेको पनि पाइन्छ
।
पछिल्लो
चरणमा जनकपुरधामबाट विविधा मञ्चका तर्फबाट नैमिकानन नामक पत्रिका त्रैमासिक रुपमा
प्रकाशित हुँदै आएको छ । यसलाई हालका दिनमा नेपालबाट प्रकाशित हुँदै आएको एक मात्र
अपेक्षाकृत नियमित मैथिली साहित्यिक पत्रिका भन्न सकिन्छ । डा. रेवतीरमण लालको
सम्पादकत्वमा प्रकाशन हुँदै आएको यस पत्रिकाले केही विशेषाङ्कहरु पनि मैथिली
साहित्यलाई दिएको छ । यसैगरी प्रा. परमेश्वर कापडिको सम्पादकत्वमा प्रकाशित हुने
काव्य–चौपाडि नामक लघुपत्रिकाले पनि पछिल्लो समयमा सामान्य तर
निरन्तर योगदान पु¥याउँदै आएको छ ।
मैथिली
पत्रकारितामा सरकारी संलग्नता
नेपालको
दोस्रो सबैभन्दा ठूलो जनसमूहको भाषा र प्राचीनता एवं स्तरीयताका दृष्टिले समृद्धतम
भाषा भएर पनि नेपालमा मैथिलीका लागि राज्य नियन्त्रित निकायहरुबाट कुनै ठोस योगदान
हुन सकेको थिएन । तर डा. वासुदेव त्रिपाठीको उपकुलपतित्व कालमा नेपाल राजकीय
(तत्कालीन) प्रज्ञा–प्रतिष्ठानले आँगन नामबाट एउटा अद्र्धवार्षिक
साहित्यिक पत्रिकाको प्रकाशन सुुरू ग¥यो ।
यस पत्रिकाको दुई अङ्क हालसम्म देखिन सकेको छ । सरकारी निकायबाट निस्केका कारण
यसको गेटअप र मेकअप आकर्षक एवं खर्चिलो देखिन्छ । तर सामग्री संयोजनमा कुनै
किसिमको दृष्टिकोण वा मापदण्ड नदेखिँदा त्यसले प्रतिष्ठान र मैथिली दुवैको
गरिमासँग न्याय गर्न सकेको छैन । उक्त पत्रिकाको स्वरुप र सामग्री हेर्दा यस्तो
लाग्दछ मानौँ कुनै खातेले घच्चिको नयाँ बोरा पाएर त्यसमा पाएजत्तिको खाते सामग्री
हुल्दै गएको होस् ।
यसै
गरी गोरखापत्र दैनिकले माओवादी सरकारको पालादेखि नयाँ नेपाल खण्डमा विविध भाषामा
दुई पृष्ठ सामग्री दिने गरेको थियो । सुुरूमा मैथिली, नेवारीलगायत केही भाषाको मात्र सामग्री प्रकाशन गरिँदा
सामान्यतया हप्ताको एकपटक एउटा भाषाको सामग्री आउने गथ्र्यो । प्रारम्भिक दश–बाह« अङ्क
धीरेन्द्र प्रेमर्षिको संयोजकत्वमा मैथिली खण्ड प्रकाशित होउञ्जेल ती सामग्रीहरु
साहित्यिक मूल्यका हुने गर्दथे । पछि दुई पृष्ठबाट कहिले आधा त कहिले एक पृष्ठ महिना–महिना दिनमा छापिन थाल्यो । यसमा सामयिक समाचारहरु बढी दिन
थालिए । सुरेशकुमार यादव र मनोज झा ‘मुक्ति’ को संयोजनमा आउने यसको पछिल्लो स्वरुपले मैथिली
गतिविधिसम्मलाई समेट्यो, साहित्यबाट
झण्डै–झण्डै हात झिक्यो । तसर्थ पछिल्लो समयमा भइरहेको यो कार्य
गोरखापत्रले मैथिली पनि छापिरहेको छ भन्ने देखाउनमा बढी केन्द्रित भएको छ ।
सरकार
नियन्त्रित निकायमा साझा प्रकाशन साहित्यिक क्रियाकलापका लागि महŒवपूर्ण थलो हो र त्यहाँ पछिल्ला दुईटा अध्यक्ष तथा
महाप्रबन्धक मैथिलीभाषी नै रहेका छन् । तर पनि त्यहाँबाट यस दिशामा कुनै पहल हुन
सकेको छैन । खासगरी मैथिलीभाषीको देशमा घनीभूत उपस्थिति र यसको गरिमामय साहित्यिक
परम्पराका दृष्टिले पनि साझा जस्ता निकायबाट ठोस कदम चाल्नुृ वाञ्छनीय थियो ।
जनकपुरमा वृहत्तर जनकपुर विकास परिषद् जस्तो साधनसम्पन्न निकाय भएर पनि त्यसले यस
दिशामा कुनै कार्य गर्न नसक्नु भनेको आफैमा लाजमर्दो कुरा हो । पछिल्ला समयमा
सरकारले मिथिलाका विभिन्न स्थलहरुलाई आधार मानेर सलहेस, जनकपुर, सिमरौन
आदि पर्यटकीय क्षेत्र विकास समितिहरु बनाएको छ । त्यस्ता निकायबाट पनि नियमित
प्रकाशनको अपेक्षा राख्नु स्वाभाविक थियो । तर दुर्भाग्य– सबै राजनीतिक भागबण्डामा मात्र सीमित छन् ।
विद्युतीय
माध्यममा मैथिली साहित्य
वि.सं.
२०५८ सालपछि मैथिली साहित्यले विद्युतीय सञ्चार माध्यममा पनि महŒवपूर्ण प्रवेश पायो । कान्तिपुर एफएममा हेल्लो मिथिला
कार्यक्रम सुुरू भएपछि यसका सञ्चालकद्वय धीरेन्द्र प्रेमर्षि र रुपा झाको
साहित्यिक पृष्ठभूमिले गर्दा कार्यक्रममा साहित्यिक रचना र साहित्यिक
व्यक्तित्वहरुले यथेष्ट स्थान पाउँदै गए । यसबाट नयाँ पुस्तामा आफ्नो भाषा र
साहित्यप्रति जागरुकता बढेको महसुस भएको पाइन्छ । यसै समयमा मनोज झा ‘मुक्ति’ ले
इमेज एफएमबाट मैथिली गुञ्जन नामक कार्यक्रम थाले । यसको पनि शैली र प्रक्रिया
झण्डै–झण्डै उस्तै थियो । यी रेडियो कार्यक्रमहरुले पस्केको
जागरुकताको फलस्वरुप पनि राजविराजबाट रवेन्द्र मडर ‘रवि’ को
सम्पादनमा अभिनव तथा राजविराजबाटै सतीश दत्तको सम्पादनमा सुरभि जस्ता साहित्यिक
पत्रिकाहरु निस्केका पाइन्छन् । हाल मिथिलाञ्चलका गाउँ–सहरहरुमा दर्जनौँ एफएम रेडियोहरु खुलेका छन् । तिनले ठोस
रुपमा नभए पनि फाट्ट–फुट्ट रुपमा साहित्यिक क्रियाकलापलाई टेवा पु¥याउने काम गरेका छन् ।
सामान्यतया
साहित्यिक पत्रिकाले साहित्यिक गतिविधिहरुलाई पनि टेवा पु¥याएको पाइन्छ । यस क्रममा हेल्लो मिथिला कार्यक्रम सुुरू
भएताका सम्पूर्ण मिथिला क्षेत्रमा साहित्यिक तथा सांस्कृतिक गतिविधिहरुमा व्यापक
अभिवृद्धि भएको थियो । अधिकांशतः युवाहरुमा आफ्नो भाषा–संस्कृतिप्रतिको दायित्वबोध बढ्नुका साथै कुनै कार्यक्रम
गरेमा हेल्लो मिथिलामा आफ्नो नामको प्रचार–प्रसार
हुने मोहले पनि राम्रो भूमिका खेलेको थियो । मिथिलाका जिल्लापिछे आधा दर्जनको
हिसाबले एफएमहरु खुल्न थालेपछि यस्ता गतिविधिहरु झन् बढ्ने अपेक्षा गरिएको थियो ।
तर नतिजा उल्टो आएको छ । अहिले मिथिला क्षेत्रमा स्वतः स्फूर्त रुपमा विगतमा हुँदै
आएका साहित्यिक गतिविधिहरु शून्यप्रायः भएका छन् । यसको कारणतर्फ घोत्लिँदा के
पाइन्छ भने हिजोको दिनमा नामसमेतको मोहले साहित्य–कलामा बामे सर्दै गरेका युवाहरु जम्मैजसो कुनै न कुनै
रेडियोमा आबद्ध भए । तिनमा साहित्यिक चेतना परिपक्व हुनुअगाबै कोही कार्यक्रम सञ्चालक
त कोही समाचारवाचकका रुपमा नाम–दाम कमाउन थाले । यसबाट उनका
लागि साहित्य गौण हुन गयो र त्यस्ता गतिविधि शून्य झैँ हुन पुगे ।
यता
व्यापक हुँदै गएको इन्टरनेटको प्रयोगलाई समेत उपयोग गर्ने दृष्टिले पल्लव
पत्रिकालाई इन्टरनेटमार्फत् २०६० सालमा पल्लव मिथिलाबाट निकाल्ने काम पनि गरियो ।
तर यो प्रयास पनि प्रभावकारी र नियमित हुन सकेन ।
गैरसाहित्यिक
पत्रिकाहरुको भूमिका
मैथिली
भाषामा जसरी साहित्यिक पत्रिकाहरु निस्कने र बन्द हुने क्रम जारी रहेको छ, यसभन्दा फरक अवस्था समाचारपत्र तथा अन्य खाले पत्रिकाहरुको
पनि छैन । तर मैथिलीमा समाचारपत्र नै निस्के पनि तिनमा रहने अधिकांश सामग्री भने
साहित्यिक नै हुन्छन् । उदाहरणका लागि रामभरोस कापडि ‘भ्रमर’ को
सम्पादनमा २०३९ सालदेखि निस्कन थालेको गामघर साप्ताहिकलाई लिन सकिन्छ । घरि सक्रिय
पत्रिका,
घरि सरकारी अनुदान पाउन निस्कने पत्रिकाका
रुपमा आफ्ना गतिविधिलाई अघि सारिरहे तापनि यसले मैथिली साहित्य–संस्कृतिसम्बन्धी रचनाहरुलाई प्राथमिकतासाथ स्थान दिने
मात्र नभई कतिपय महŒवपूर्ण विशेषाङ्कहरुसमेत प्रकाशित गरेको छ ।
यसैगरी
विगत एक दशकभन्दा लामो समयदेखि राजविराजबाट मैथिली साहित्य परिषदले प्रकाशन गर्दै
आएको साप्ताहिक समाचारपत्र मिथिलाले प्रचुर मात्रामा साहित्यिक खुराक पस्कँदै आएको
छ । राजविराज क्षेत्रको समग्र मैथिली साहित्यिक गतिविधिको केन्द्रमा मिथिला
पत्रिका रहनुले पनि यसको साहित्यिक योगदानको पुष्टि गर्दछ ।
जनकपुरबाट
रामानन्द युवा क्लवले २०६१ सालमा केही समयसम्म प्रकाशन गरेको साप्ताहिक विद्यापति
टाइम्सले पनि साहित्यिक सामग्रीहरुका माध्यमबाट मैथिली साहित्यलाई केही हदसम्म
टेवा पु¥याएको छ भने साप्ताहिकबाट हाल दैनिक रुपमा सञ्चालन हुन
थालेको सीमाञ्चल (सम्पादक ः उपेन्द्र भगत नागवंशी) तथा मिथिला डट कम (सम्पादक ः
सुजीतकुमार झा) ले बेलाबेला मैथिली साहित्यलाई मनग्गे योगदान दिएका छन् ।
राजविराजमा दर्ता भई बेलाबेला निस्कने रामनारयण देवको सम्पादनको मिथिलाञ्चल दैनिक
तथा परमेश्वर कापडिको सम्पादनमा जनकपुरधामबाट सुुरू भएको साप्ताहिक पत्रिका धुवा–धाजाले पनि साहित्यिक गतिविधि र सिर्जनालाई टेवा पु¥याउँदै आएको छन् ।
यस
दिशामा २०४८ सालदेखि पाक्षिक समाचारपत्रका रुपमा विराटनगरबाट रामरिझन यादवको
सम्पादकत्वमा प्रकाशित हुन थालेको मिथिला टाइम्सले पछिल्ला दिनहरुमा अनियतकालीन
सङ्कलनका रुपमा कतिपय विशेषाङ्कहरु प्रकाशित गरी मैथिली साहित्यको श्रविृद्धिमा महŒवपूर्ण टेवा पु¥याएको
छ । यसैगरी २०६२ साल भदौदेखि मोहनकुमार सिंह, नित्यानन्द
मण्डल आदिको सम्पादकत्वमा आधुनिक साजसज्जाका साथ प्रकाशन हुन थालेको मिथिलाञ्जलिले
पाँच–छ अङ्क निकालेर मैथिली पत्रकारिता र गतिविधिमा नयाँ पुस्तालाई
समेट्न महŒवपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । यस
माध्यमबाट मैथिली साहित्यले पनि धेरथोर टेवा पाएकै देखिन्छ । यस पत्रिकाको पछिल्लो
चरणमा राष्ट्रिय स्तरमा स्थापित पत्रकार (हालका पत्रकार महासङ्घ अध्यक्ष)
धर्मेन्द्र झा ‘विह्वल’ अतिथि
सम्पादकका रुपमा संलग्न भएपछि यसले ठोस गति र दिशा लेला भन्ने आशा गरिएको थियो, तर उनले दायित्व सम्हालेपछि एक अङ्क मात्र निस्केर यो
पत्रिका बन्द भयो ।
नेपाल
मैथिल समाजको मुखपत्रका रुपमा काठमाडौँबाट २०४९ सालदेखि त्रैमासिक रुपमा छापिन
थालेको नेपाल मैथिल समाज पत्रिकाले पनि मैथिली साहित्यको विकासमा राम्रै योगदान
दिएको मान्नुपर्दछ । गोपाल झाको सम्पादन–संयोजनमा
निस्कँदै आएको यस पत्रिकाले मूलतः समाजका गतिविधिहरुलाई समेट्ने गर्दथ्यो । २०६०
सालतिर फरक गेटअपमा मैथिल समाज नामबाट धीरेन्द्र प्रेमर्षिको सम्पादनमा पूर्ण
साहित्यिक पत्रिकाको रुपमा पनि यसको एक अङ्क देखियो । तर यो पनि त्यस रुपमा दिगो
रहन सकेन ।
उपलब्धिशून्य
लोकतान्त्रिक गणतन्त्र
मैथिली
पत्रकारिताको सार्वकालिक समस्या भनेको मूल आधार तयार नहुनु हो । जहिले पनि मैथिली
पत्रपत्रिकाहरु निस्के– कुनै
ठोस आधार, विचार र शैली खडा नगरिकन व्यक्तिविशेष वा
संस्थाविशेषको तत्कालीन आवेश वा उत्साहलाई तुष्टि प्रदान गर्ने किसिमले मात्र
निस्के । सम्बद्ध व्यक्तिको तत्कालीन निहित पूरा हुनासाथ वा समयविशेषमा पलाएको
उत्साह मलिन हुनासाथ ती पत्रिका धरमर हुन थालिहाले । तर यो चिन्ताको कुरो थिएन ।
चिन्ताको कुरो भएको छ– मैथिल
युवामा यस किसिमको उत्साह कम हुँदै जानु । देशका हरेक समस्याको समाधानका रुपमा जुन
कुरालाई लिइयो त्यही कुरा मैथिली साहित्य, साहित्यिक
गतिविधि र साहित्यिक पत्रकारिताका सन्दर्भमा समस्या वा बाधकका रुपमा देखा प¥यो । देशमा हरेक जनआन्दोलनको गर्भावस्था तथा प्रसव कालमा
फस्टाउने वा व्यापकता लिने गरेको मैथिली पत्रकारिता २०६२–०६३ को आन्दोलनका सन्दर्भमा भने मौन र भूमिकाविहीन देखियो ।
यस आश्चर्य र चिन्ताको अवस्थाका पनि विविध आयामहरु छन् ।
यस
समयमा प्रायः सिर्जनशील कार्यमा पहिल्यैदेखि लागेका युवा तथा प्रौढहरुको समेत तीन
चरित्र देखियो । एउटा चरित्र स्वाभाविक रुपले परिवर्तनकामी व्यक्तिहरुको थियो, जो तत्कालीन समयमा लोकतन्त्र स्थापना निमित्त नागरिक समाजले
सञ्चालन गरेको अभियानमा क्रियाशील थियो । नागरिक अभियान राजधानीमा सशक्त र
प्रभावकारी भएकोले यस चरित्रको सक्रियता राजाधानीमै केन्द्रित थियो । राजधानीमा
केन्द्रित भएकोले यसले आफूलाई नेपाली भाषामै वा राजधानीका लागि प्रभावकारी हुने
माध्यममा आफूलाई क्रियाशील राख्यो । यसमा एक्का–दुक्का व्यक्ति मात्र संलग्न थिए । अर्को खाले चरित्र
पर्खौं, हेरौँ र अघि बढौँको मानसिकतामा थियो । यो चरित्र जनता सडकमा
उर्लिसकेपछि मात्र आन्दोलनमा सम्मिलित भयो । यस्ता चरित्रको गर्भमा आन्दोलनले ठाउँ
नपाएका हुनाले यिनी जनआन्दोलनको सफलतापछि पनि सिर्जनशीलतामा लाग्न सकेनन् र
आन्दोलनमा सहभागिताको प्रतिफल खोज्न तल्लिन भए । हाल लोकतन्त्रको लाभ लिइरहेको
जमातका थुप्रै रचनाशील भनाउँदाहरु यसै चरित्रमा पर्दछन् । तेस्रो चरित्र
प्रतिगामीहरुको थियो, जो राजाको शासन रहञ्जेल अञ्चल प्रशासकको
कार्यालय कुरेर लोकतन्त्रवादीहरुको चुक्लीमा आफ्नो सारा ऊर्जा खर्च गरिरहेका थिए ।
यस्ताबाट यस्तो समयमा सिर्जनशीलताको अपेक्षा नै गर्न सकिने अवस्था रहेन ।
आन्दोलन
सफल भइसकेपछि भने मिथिलाका मानिसहरुमा पनि यथेष्ट लोकतान्त्रिक जोश देखियो । तर
आन्दोलन परिपक्व बनाउने काममा खासै भूमिका निर्वाह गर्न नसकेकाहरुले यस जोशलाई
सिर्जशीलतामा रुपान्तरित गर्न सकेनन् । यसैबीच मधेस आन्दोलन भइदियो । मधेश आन्दोलनले
त्यहाँका युवाहरुमा चेतनाको गजब वीजारोपण ग¥यो ।
यो बीज विद्रोही बढ्ता र उत्पादनशील कम थियो । यसले गर्दा सडकमा यी विशेष प्रकट भए, सिर्जनामा आउन सकेनन् । मधेस आन्दोलनबाट स्थापित वा सुदृढ
भएका राजनीतिक दलहरुले पनि कार्यकर्तामाझ राजनीतिक नारा त दिए तर सांस्कृतिक, सामाजिक संस्कार दिनेतर्फ कुनै पहल गरेनन् । परिणामतः न त
त्यो युवा समूह पार्टीहरुमै सिद्धान्तका आधारमा अडिग रहन सके, न तिनले मिथिला क्षेत्रलाई नै आफ्नो योगदान दिन सके । मधेश
आन्दोलनको अर्को दुर्गुण के पनि भयो भने यसले जनमानसलाई लोकतन्त्रप्रति आस्थावान र
आफ्नो अधिकारका लागि जुझारू हुन प्रेरित गर्नुभन्दा बढी ध्यान हिजोका भ्रष्ट, लोकतन्त्रका विरोधीहरुलाई चोख्याउने काममा दिए । यसबाट
लोकतान्त्रिक आन्दोलनका सहयात्रीहरुमा वितृष्णा जाग्यो भने सिर्जनात्मक कार्य
सुुरू गर्ने अवस्थाका युवा पुस्तामा चम्चातन्त्र सबैभन्दा सफलतन्त्र रहेछ भन्ने
मानसिकताले जरा गाड्यो । अर्को कुरा, मधेशवादी
दलहरुले एक मधेस एक प्रदेशलाई साकार रुप दिने सन्दर्भमा मिथिला र मैथिलीसम्बन्धी
गतिविधिलाई बाधक ठानी सदा यसलाई निरुत्साहित मात्र गरे ।
यी
यावत राजनीतिक परिपाटीको नकारात्मक प्रभावले जनआन्दोलन भाग– २ तथा मधेस आन्दोलन मिथिला क्षेत्रमा सिर्जनशीलताका
दृष्टिले नकारात्मक सावित भयो । यसको सबैभन्दा बढी दुष्प्रभाव मैथिली साहित्य र
पत्रकारिता क्षेत्रले व्यहोनुप¥यो । बाँकी रहेसहेको कसर
लोकतान्त्रिक–गणतान्त्रिक नेपालको पहिलो महŒवपूर्ण साहित्यिक नियुक्तिहरुले पूरा गरिदियो । नेपाल
प्रज्ञा–प्रतिष्ठानमा परिषद्तर्फ महŒवपूर्ण जिम्मेवारीमा यसपटक दुईजना मैथिलीभाषी पर्नु
सकारात्मक पक्ष हुन सक्छ । तर व्यक्तिहरुको चयन जुन किसिमको भयो त्यसले साहित्यको
परभाषा नै फेर्नुपर्ने अवस्था उत्पन्न गरिदियो । मिथिलाको केन्द्र जनकपुरधाममा
लोकतन्त्र प्राप्तिपछि जारी गरिएको कालो सूचीमा सबैभन्दा माथि नाम रहेको व्यक्ति
लोकतन्त्रमा बनेको पहिलो प्रज्ञा–परिषदको सदस्य भएपछि
सिर्जनधर्मीहरुले लोकतन्त्रका लागि किन मरिहत्ते गर्ने भन्ने प्रश्न खडा ग¥यो । यस्तै नेपालको कुनै पनि भाषामा एकै अक्षर पनि नलेखी
प्रतिष्ठानको परिषद् सदस्य भएका अर्का सदस्यलाई देख्दा कुनै पनि व्यक्तिले साहित्य नै किन सिर्जना गर्ने भन्ने
प्रश्न उभ्याइदियो । त्यही व्यक्ति र त्यस्तै चरित्रका व्यक्तिले साझा प्रकाशनमा
पनि निरन्तर ठाउँ पाउँदै जानु भनेको सिर्जनाकर्म र लोकतन्त्रका पथिकहरुलाई राज्यले
उल्याउनु तथा गिज्याउनु नै हो । खास योग्यले स्थान नपाउँदाभन्दा धेरै गुणा बढी चोट
अयोग्यले स्थान पाउँदा लाग्दो रहेछ । यस्तोमा जतिसुकै कर्मन्यावाधिकारस्ते मा
फलेषु कदाचनः जप्दै हिँड्ने मानिस पनि विचलित हुन्छ र त्यसको असर सामाजिक सिर्जनशीलतामा
पर्दछ ।
उपसंहार
मैथिलीमा
साहित्यिक पत्रकारिताको इतिहास हेर्दा खासै निराशाको अवस्था छैन । शताब्दीभन्दा
लामो इतिहास हुनु भनेको सानोतिनो गौरवको विषय होइन । नेपालमै पनि यसको इतिहास आधा
शताब्दीभन्दा लामो भइसकेको छ । पत्रिका निस्कने र बन्द हुने प्रक्रियाले केही
चिन्ताजनक अवस्था उत्पन्न भए पनि मैथिली साहित्यिक पत्रकारिताको जीवन–सञ्चार भने यसरी नै हुँदै आएको छ । यस्ता पत्रिकाहरुले नै
मैथिली साहित्य र साहित्यिक पत्रकारिता दुवैको इतिहासलाई गतिशील पार्न टेवा पु¥याई रहेका हुँदा तिनलाई कम किमार्थ आँक्न मिल्दैन ।
हालको
दिनमा मैथिलीको कुनै निश्चित र व्यापक प्रभाव भएको स्थान नहुनु, मिथिला र मैथिली भाषा भएको स्थानलाई मधेसवादी दलहरुले आफ्नो
प्रभाव क्षेत्र भने तापनि त्यहाँको भाषा–संस्कृतिको
उत्थान निम्ति सिन्कोसम्म नभाँच्नु बरु त्यसको तेजोवध गर्नका निम्ति विदेशी भाषाको
वकालत गर्नु, राष्ट्रिय राजनीति गर्दैछु भन्ने काङ्ग्रेस, एमाले जस्ता पार्टीसम्बद्ध मैथिल नेताहरुमा आफ्नै भाषाको
प्रयोग गर्दा पनि अराष्ट्रिय भएको आरोप लाग्ला कि भन्ने त्रास देखिनु, मिथिला क्षेत्रकै उद्योगी–व्यवसायी तथा पूँजीपतिहरुमा पनि मैथिलीको लागि योगदान दिएर
सानो क्षेत्रमा चर्चा पाउनुभन्दा नेपालीकै लागि सहयोग दिएर राष्ट्रिय स्तरमा चर्चा
बटुल्ने मोह हुनु जस्ता कारणले मैथिली पत्रकारिताले आर्थिक टेवा पाउन सकेको छैन ।
दक्षिण एशियामै साहित्यलाई अनुत्पादक क्षेत्रकै रुपमा लिइराखिएको परिप्रेक्ष्यमा
दुईटा राज्यमा बाँडिएर बिटुलिएको मिथिलाका लागि झनै फाल्तु कुरा हुन पुगेको छ ।
यसले गर्दा व्यावसायिकतालाई पनि अँगाल्न सकेको छैन । राज्यको साँच्चीकै टेवा पु¥याउने खालको नीति पनि छैन ।
अहिलेसम्म
नेपालमा खासगरी दुईथरि मानिसले मैथिली पत्रकारिता गर्ने गरेका छन् । एकथरि
पत्रकारिताको नाउँमा सरकारी अनुदान र विज्ञापन तान्नुका साथै आफ्नो उद्देश्यविशेष
पूरा गर्नका निमित्त सम्बद्ध क्षेत्रको ध्यान तान्ने खालका । अर्कोथरि भाषा–संस्कृतिको माया तथा यसका लागि केही गर्नुपर्छ भन्ने जोश
भएका । दुवैथरिको यात्रा दिगो हुने कुरै आउँदैन । पहिलो थरि मान्छे आफ्नो उद्देश्य
पूरा हुनासाथ यसबाट विमुख हुन्छ भने अर्कोथरि पारिवारिक बोझ र आर्थिक भारले
गाँज्दै गएपछि थाक्छ ।
यसरी
नै चलिरहे तापनि मैथिली साहित्यिक यात्राको शृङ्खला भने अटूट छ । यस शृङ्खलाले
निरन्तर केही जोशिला व्यक्ति जन्मँदै आएका छन्, सकारात्मक
कार्य हुँदै आएका छन् । यसलाई पनि महŒवपूर्ण
नै मान्नुपर्ने हुन्छ । हालका दिनमा रेडियो, टेलिभिजन
जस्ता माध्यममा पनि मैथिल र मैथिलीको पहुँचमा अभिवृद्धि हुँदै गएको छ । यसमा रहेको
मैथिल संलग्नतालाई मैथिली पत्रकारिताको विकासका दृष्टिले पनि उपयोग गरिनुपर्ने
आवश्यकता छ । त्यस्तै इन्टरनेट पत्रिका तथा फेसबुक जस्ता सञ्जालका माध्यमबाट पनि
मैथिली पत्रकारितालाई व्यापक पार्न सकिने आधारहरु स्थापित हुँदै गएका छन् । आशा छ– आगामी दिनमा यी सबैको प्रयोगले मैथिली पत्रकारिताले ठोस
आकार र गन्तव्य निर्धारण गर्दै आफूलाई निरन्तर अग्रसर राख्नेछ ।
मजष्उचभ२थबजयय।अयm
सिक्किममा
नेपाली साहित्यिक पत्रकारिताको विकास
डा.
पुष्प शर्मा
साहित्यिक
अभिव्यक्तिको माध्यम भाषा हो भने त्यस अभिव्यक्तिलाई पाठकसम्म पु¥याउने एउटा प्रमुख माध्यम पत्रकारिता हो । आधुनिक
विश्वसाहित्यको बहुमुखी विकासमा पत्रपत्रिकाको ठूलो भूमिका रहेको छ । पत्रकारिता
एउटा त्यस्तो माध्यम हो जसबाट हामी भाष साहित्यका प्रथम प्रयास र लेखनीको उद्घाटन
गर्न सक्षम बन्छौँ । आज कतिपय वरिष्ठ मानिएका साहित्यिक महारथीहरु सर्वप्रथम
पत्रिकाबाटै साहित्यितर्फ उन्मुख भएर प्रसिद्धि र सम्मानका चुलीमा पुगेका छन् ।
उदीयमान लेखक,कवि तथा सिकारु कलमहरुलाई हौसला र प्रोत्साहन
दिनमा पत्रकारिताको महŒवपूर्ण योगदान रहेको छ ।
भाषा, साहित्य, कला, संस्कृति आदिको सिर्जना, विकास, प्रचार र प्रसार गर्ने प्रमुख साधन पनि पत्रपत्रिकालाई
मान्न सकिन्छ । प्रजातन्त्रमा पत्रकारितालाई चौथो अङ्ग भनिएजस्तै साहित्यको
विकासका लागि पनि पत्रकारितालाई एउटा प्रमुख संवाहक मन्न सकिन्छ ।
विकासक्रमअनुसार
मान्छेको जीवन परिवर्तनशील भएजस्तै भाषा–साहित्यको
गतिविधिमा पनि परिवर्तन र विकास हुँदैछ । मान्छेको सोचाइको क्षमता, जीवनलाई सूक्ष्मातिसूक्ष्म केलाउने दृष्टि र अनुभवको
व्यापकता पनि समयसँगसँगै परिवर्तनशील हुँदै, गहिरिँदै, विस्तृत हुँदै अघि बढ्छ । त्यसैले मानवजीवनको आन्तरिक र
बाह्य स्वरुपको प्रतिबिम्बझैँ समाज र साहित्य पनि गतिशीलताको पछिपछि विकिसत हुँदै
जान्छ । परिवर्तनका नयाँनयाँ स्वरुप चिनाउने एक मात्र सुगम माध्यम हुन्
पत्रपत्रिका । समयको रफ्तार जति नै तीव्र र तेज किन नहोस्, समाचारपत्रदेखि लिएर साहित्यिक पत्रकारिताले अक्षरशः
व्यापकता विश्वमा आफूलाई विस्तार गर्दछ ।
आजभन्दा
तीस–चलीस वर्षअघिको नेपाली भाषा अनि साहित्यको अवस्था र वर्तमान
साहित्यिक गतिविधिको अध्ययन गर्ने हो भने यी दुई कालमा समानुपातिक प्रवाह पाइँदैन, आजको स्थिति कता हो कता विकसित भन्न सकिन्छ । विकासलाई
व्यापक प्रचारप्रसार गराउने माध्यम पत्रकारिता नै आजको दैनन्दिन सहज संवाहक हो ।
त्यसैद्वारा हामी इतिहासदेखि वर्तमानसम्मका यावत हालखबरसँग अवगत बन्न सक्छौँ ।
त्यसैले सामाजिक, ऐतिहासिक, राजनीतिक
, अर्थनीतिक, व्यवहारिक, साहित्यिक आदि विविध पक्ष र मोर्चालाई जीवित राख्ने
सर्वश्रेष्ठ माध्यम हो पत्रकारिता ।
सन्
१९४६–१९४७ सालको पूर्वाद्र्ध अर्थात् जुन बेलामा भारतवर्ष
अङ्ग्रेजहरुको साम्राज्यवादी निरङ्कुश शासनभित्र बोल्नै नपाई गुम्सिरहेको थियो, त्यसबेला सिक्किममा पनि ठेकेदारी, जमिन्दारी प्रथाका दबाबपूर्ण चपेटामा सर्वसाधारण पिल्सिरहेक
थिए ।वास्तवमा स्वस्थ्य समाजबिना साहित्यको अस्तित्व हुँदैन र जहाँसम्म स्वथ्य
समाजको प्रश्न उठ्छ, सिक्किममा बहुजनको अस्तित्व थिएन । साहित्यको
विकासका निम्ति सामाजिक वातावरण अनुकूल थिएन, त्यसकारण
यहाँ साहित्यिक श्रीवृद्धिको कार्य सहज सम्भव हुन सकेन अथवा समयको मागअनुसार यहाँ
प्रजातान्त्रिक वातावरणमा साहित्य, सङ्घ
संस्थाको उदय हुन सकेन, तैपनि
कतिपय उत्साही, प्रतिभाशाली युवाहरु सिक्किममा नेपाली भाषा र
साहित्यको विकासतर्फ अघि बढिरहेका थिए । युवाहरुमा व्याप्त साहित्यिक जागरणको
फलस्वरुप एक–दुई संस्थाको उदय भयो । साहित्यिक क्रियाकलाप
सञ्चालन भएपछि विकासका अनेक खुड्किला टेक्दै–टेक्दै
सिक्किमको साहित्यले वर्तमान रुप धारण गर्न सक्यो । यस सन्दर्भमा यहाँका
पत्रपत्रिकाको भूमिका अत्याधिक महŒवपूण
रहेको पाइन्छ । सिक्किमको नेपाली साहित्यिक पत्रकारिताको विकासपरम्परामा यसको
ऐतिहासिक अन्वेषण गर्ने हो भने सन् १९४७ सालमा स्थापित अपतन साहित्य
परिषद्द्वारा सन् १९४८–४९ सालतिर हस्तलिखित पत्रिकाका
रुपमा प्रकाशित गरेको अमूल्य रत्न र फूलबारी (तुलसीबहादुर क्षेत्रीद्वारा
सम्पादित) नै सिक्किमको पहिलो नेपाली साहित्यिक पत्रिकाका रुपमा देखिन्छन् ।
त्यसपछि करिब तीन सालपछि सन् १९५२ तिर गणेशमान राईको सम्पादनमा मानव निर्बोध
प्रकाशित भएको थियो ।
सन्
१९५७ सालको सेप्टेम्बर महिनादेखि गान्तोकबाट श्री काशीराज प्रधान सम्पादनमा नेपाली
साहित्यिक तथा राजनीतिक समाचारप्रधान पत्रिकाको वास्तविक स्वरुपको प्रारम्भ हुन्छ
। सर्वप्रथम कञ्चनजङ्घा नेपाली मासिक पत्रिकाका रुपमा त्यसपछि वर्ष ३, अङ्क १ देखि यता पाक्षिक पत्रिकाका रुपमा प्रकाशित हुन
थाल्यो । भाषाको सेवाबाट प्रेरित भएर सर्वप्रथम समाचार पत्रिकाका रुपमा प्रकाशित
भएको यो पत्रिका सन् १९५७ मा सुरू भएर बीचमा २ वर्षजति हराएर फेरि लेखक–कविको सहयोग पाएर सन् १९७० सम्म साहित्य क्षेत्रमा उत्रन
सक्षम भयो । कञ्चनजङ्घा राजनीतिक पत्रिकाका रुपमा मात्र होइन, विशुद्ध साहित्यिक पत्रिकाका रुपमा पनि त्यत्ति नै महŒवपूर्ण देखिन्छ । विभिन्न स्थानका विभिन्न समाचार, घटना, शोकसमाचार, शुभसमाचारदेखि लिएर कथा, कविता, निबन्ध, संस्मरण, जीवनी इत्यादिसम्म लोकप्रियता पाउन सफल कञ्चनजङ्घाको
अत्यधिक महŒव भएको पाइन्छ । यति मात्र होइन, यसका अरु पनि विशेषता छन्–
(क)
सर्वप्रथम नेपाली मासिक पत्रिकाको रुपमा यसले एक वर्षको अवधिमा १५ सेप्टेम्बर सन्
१९५७ देखि सन् १९५८ सम्म १२ ओटा अङ्क नियमित रुपमा प्रकशित ग¥यो ।
१५
सितम्बर सन् १९५८ देखि सन् १९५९ सम्म १० अङ्क प्रकाशित ग¥यो । बीचमा कुनै कारणवश २ वर्ष जति स्थगित भए तापनि जनताको
इच्छा र भाषा–साहित्यको सेवा गर्ने निःश्वार्थ कामनाले ३१
अगस्त सन् १९६२ देखि सन् १९७० सम्म नेपाली पाक्षिक पत्रिकाका रुपमा प्रकाशित भयो ।
यसप्रकार कञ्चनजङ्घाले साहित्यिक विशेषतालाई हृदयङ्गम गरेर नियमिततालाई कायम
राखेको थियो ।
(ख)
कञ्चनजङ्घाले आफ्नो जीवनकालमा कतिपय विशेषाङ्कहरु पनि प्रकाशित ग¥यो ।
वर्ष
४ मा विजयाङ्क, वर्ष १० मा अङ्क ८÷९ मा सिक्किम अङ्क, वर्ष
५ अङ्क १५÷१६ मा सिक्किमका अन्तिम राजाको राज्याभिषेकको
अवसरमा शुभ राज्याभिषेक अङ्क प्रस्तुत गरेर यसले आफ्नो महŒव बढाएको पाइन्छ ।
(ग)
कञ्चनजङ्घाबाट नवोदित उदयिमान साहित्यकारहरुले साहित्यिक प्रेरणा प्राप्त गरेका
छन् औ यदि यिनीहरुको अथक प्रयासले सिक्किमको साहित्यिलाई सिङ्गो साहित्यको दाँजोमा
पु¥याएर चरमोत्कर्षको रुप प्रदान गर्ने प्रयास गरेको छ भने
त्यसको श्रेय कञ्चनजङ्घालाई दिनुपर्छ । यसप्रकार विविध विषयलाई प्रस्तुत गर्दै सबै
किसिमक मानिसलाई साहित्यको परिभाषाको बोधगराउने काम यसले ग¥यो । सानु लामा, शान्ति
क्षेत्री, गिर्मी शेर्पा, केदार गुरूङ, रामदत्तलाल
ठाकुर, देवीप्रसाद कौशिक, शैलेश
प्रधान, गङ्गा कप्तान, तुलसी
कश्यप, सन्तोष बरदेवा प्रभृति प्रतिभाहरुलाई आजको साहित्यको
स्थितिमा पु¥याउने र तिनीहरुको प्रतिभा प्रकाश पार्ने काममा
कञ्चनजङ्घाको विशिष्ट हात छ । यसप्रकार नेपाली भाषा–साहित्यलाई स्तरीय रुप प्रदान गर्दै सन् १९७० देखि कचनजङ्घा
पनि बन्द भयो । यसपछि सिक्किममा झन्डै एक सयभन्दा बढी सङ्ख्यामा पत्रपत्रिकाहरु
प्रकाशित भएका छन् ।
सिक्किमेली
नेपाली पत्रिकाले यता ४०÷५० वर्षको अवधिमा
सङ्ख्यात्मक वृद्धि मात्र गरेन तर गुणात्मक वृद्धि पनि गरेको छ । यीमध्ये कुनै
पत्रिकाहरु विविध आकार–प्रकारका प्रकाशित भए, कुनै नियमित रुपमा धेरे अङ्क निकाल्न सक्षम भए भने कुनैले
अल्पायुमा नै पूर्णविराम लिन पुगेको पनि पाइन्छ । पाठक वा किनेर पढिदिने ग्राहकको
टेवाको अभाव र पत्रिकाको साविक रोगका कारणले पनि कतिपय पत्रिकाहरु अल्पेका अल्पैभए
। हामी यस्ता पत्रिकाहरुलाई तीन कोटिमा विभाजन गर्न सक्छौँ–
(क)
विशुद्ध साहित्यिक पत्रपत्रिका
(ख)
हास्यव्यङ्गप्रधान पत्रिका
(ग)
विविध विषयक समसामयिक पत्रिका
विशुद्ध
साहित्यिक पत्रपत्रिकाअन्तर्गत आउने पत्रिकाहरुमा हामी सुनाखरी (१९६७), नवज्योति (१९६६), अर्चना
(१९७३), आकाशदीप (१९८२), स्रष्टा, निर्माण, सिद्धि
(१९८९), चिन्तन आदिलाई लिन सक्तछौँ ।
सन्
१९५८ तिर साइक्लोस्टाइल गरी सुनाखरीको प्रथम अङ्क रश्मिप्रसाद आले र साथीहरुले
निकालेका थिए । सन् १९६४ मइमा १४९ औँ भानुजयन्ती समारोह समितिले
सुनाखरीको द्वितीय अङ्क प्रस्तुत गरेको थियो । कम अङ्क मात्र निकाल्न सके तापनि
सुनाखरीले नेपाली विशुद्ध साहित्यको विभिन्न विधाहरुको विकासमा जेजस्तो योगदान
दिँदै रह्यो, त्यसैमा यसको सर्वोपरि महत्ता र साहित्यिक
स्तरीयता देखा पर्छ । रश्मिप्रसाद आले र साथीहरु तथा लाल देउसा र साथीहरुको
सम्पादनमा प्रकाशित भएको सुनाखरीसँगै यी सम्पादकवर्ग पनि वन्दनीय छन् ।
सन्
१९६६ मा गान्तोक छात्र सङ्घद्वारा कर्ण बस्नेत र साथीहरुको संयुक्त सम्पादनमा युवा
पुस्तकालयबाट नवज्योति त्रैमासिक साहित्यिक सङ्कलनको प्रथम अङ्क प्रकाशित भयो ।
यसको वर्ष ९ अङ्क १४ को सानुभाइ शर्माको सम्पादनमा प्रकाशित भयो । विभिन्न सम्पादकहरुको
सम्पादनपछि फेरि यसले सन्तोष बरदेवा र गिर्मी शेर्पाको कुशल सम्पादनमा प्रकाशित
हुने अवसर प्राप्त ग¥यो र अन्तर्राष्ट्रिय महिला वर्ष विशेषाङ्क
प्रकाशित गरेर आफ्नो विशिष्टताको परिचय दियो ।
सिक्किमेली
नेपाली भाषा र साहित्यको विकास र प्रगतिका निम्ति नवज्योतिले विशुद्ध साहित्यिक
रचना, अन्य, विविध
विधामा गरेको उन्नति उल्लेखनीय मानिन्छ । पत्रपत्रिकाको मुख्य भूमिका साहित्यिक
गतिविधि सृष्टि गर्नु हो भने यस प्रसङ्गमा नवज्योतिले साहित्यिक उत्कृष्टता र
विशिष्टतालाई हृदयङ्गम गर्दै सिक्किमेली नेपाली साहित्यलाई उच्चतामा आरोहित गरेको
थाहा लाग्छ । यसले यहाँको वर्तमान साहित्यको स्तर निर्माण गराउनमा पनि सफलता
प्राप्त गरेको प्रतीत हुँदैछ ।
गुणात्मक
दृष्टिले, शुद्ध साहित्यिक रचना प्रकशित गर्नुमा, पाठकहरुलाई रुचिलाई ध्यान दिँदै राम्रा–राम्रा सामग्री दिनुमा, नवज्योतिकै
छत्रछायामा उदाएका कवि–लेखकलाई आधुनिक साहित्यकारको
स्तरमा पु¥याउने श्रेय नवज्योतिलाई दिनुमा कहीँ शङ्का छैन
। सिक्किमले नेपाली साहित्य क्षेत्रमा दार्जीलिङ,काठमाडौँ जस्ता अन्य नेपाली साहित्यिक गोष्ठीसमक्ष आफूलाई
साक्षत्कार गराउन सक्षम भएको पनि नवज्योतिकै पालामा हो । त्यसैले गर्दा
नवज्योतिलाई विशुद्ध साहित्यिक पनमा पहिलो स्थान दिइन्छ भने गुणत्मा दृष्टिले
यसलाई विशेष महŒवपूर्ण मानिन्छ । साहित्यप्रेमी सन्तोष बरदेवा
र कवि गिर्मी शेर्पाको सम्पादनमा यसले सबैभन्दा धेरै विकास गरेको र सिक्किमेली
नेपाली साहित्यको अभिवृद्धिमा यथाशक्य साहित्यिक वातावरणको निर्माण गरेको कुरा
उल्लेखनीय मानिन्छ । पछि जीवन थिङको संयोजकत्वमा नवज्योतिले झन् साहित्यिक
स्तर उँचो पा¥यो ।
अखिल
सिक्किम छात्र सङ्घको बुलेटिनका रुपमा सन् १९५६–५७ तिर महानन्द पौड्यालले दी पोल स्टार प्रकाशित गरे । दुई
अङ्कसम्म प्रकाशित उक्त पत्रिकाको साहित्यिक महŒव रहेको पाइन्छ । १५ अगस्ट सन् १९८२ मा आकाशदीपको प्रथम
शिखा प्रकाशित भयो । यसको द्वितीय शिखा १९८७ अगस्टमा र तृतीय शिखा जुलाइ, सन् १९८८ मा सामयिक साहित्यिक सङ्कलनका रुपमा श्री महानन्द
पौड्यालको सम्पादनमा प्रकाशित भयो । प्रथम शिखामा आकाशदीपलाई एक डाइजेस्टको रुप
दिइएको थियो, धेरै सफल पनि भएको थियो । यसले आफ्नो द्वितीय
शिखामा रामकृष्ण शर्माको पुण्य स्मृतिमा रामकृष्ण स्मृति अङ्क र तृतीय शिखामा
भानुजयन्ती अङ्कका रुपमा र रसिक स्मृति अङ्क गरी तीनवटा अङ्कलाई स्मृति
अङ्कका रुपमा प्रकाशित ग¥यो । साहित्यको इतिहास, आलोचना, संस्मरण, कथा, कविता, चर्चित व्यक्ति, बालसाहित्य, अनूदित साहित्य आदि साहित्यिक रचनाहरु प्रस्तुत गर्नु यसको
लक्ष्य थियो । आफ्नो भेषभूषा, संस्कृति, सभ्यता र रीतिथितिमाथि युवापिँढीको हृदयमा स्नेह श्रद्धाको
भाव उत्पन्न होस् भन्नाखातिर आकाशदीप प्रकाशित भएको पाइन्छ । यसके झण्डै एक्काइस
वर्षअघि सन् १९६१ मा पश्चिम सिक्किम गेजिङबाट यिनकै सम्पादनमा धु्रवताराले नेपाली
साहित्यलाई धेरै रचनासामाग्री अर्पण गरेको पाइन्छ ।
सन्
१९६३÷६४ मा नाम्चीतिरबाट श्री नरबहादुर भण्डारीको सम्पादनमा हाम्रो
पुकार सामयिक साहित्यिक सङ्कलन प्रकाशित भयो । सन् १९७३ तिर यिनकै सम्पादनमा
अर्चना प्रकाशित भएर वर्ष ९ अङ्क १३ सम्म प्रकाशित हुँदै सन् १९८१ देखि ओझेल भएको
थियो तर फेरि यसका अरु केही अङ्कहरु प्रकाशित भई अङ्क १६ सम्म पुगेको पाइन्छ । हाल
प्रकाशितमध्ये कथा अङ्क निक्कै गहकिलो उपलब्धि मान्नुपर्छ । सिद्धि, निर्माण तथ स्रष्टा आदि साहित्यिक पत्रिकाहरुको साहित्यिक
विशुद्धता, गुणात्मक क्रियाकलाप पनि उल्लेखनीय छन् ।
हास्यव्यङ्ग्यप्रधान
पत्रिकाहरु अन्तर्गत आतुरी (सन् १९८५), रौसे
(सन् १९८२), झ्याल्टुङ (१९८६)। ससुराली (सन् १९७३), ढोलढ्याङ्ग्रो (सन् १९८५), सोल्टिनी, दिल्लगी
(सन् १९८१), खेलाँची (सन् १९८०), चतुरे, प्रहास, नौगेडी, डडेलो
आदि पत्रिकाहरुलाई लिन सकिन्छ तर यी पत्रिकाहरुमा साहित्यिक विशेषता र गुणात्मक
उत्कृष्टता केही पाइँदैन । हास्यव्यङ्ग्यबाट कुनै प्रकारको हाँसो पनि उठ्दैन र
व्यङ्ग्यबाट घत पनि लाग्दैन । हाँसो उठाउनका निमित्त शब्द र वाक्यको विकृति, छिचरा शब्दको प्रयोग, फेसनसम्बन्धी
बद्ख्वाइँ गरेकाले पाठकहरुलाई त्यतिको असर पारेको देखिँदैन । हास्यरसको रचना बनाउन
कुनै हाँसो उठाउने वस्तुको अवलम्बन गरेको मात्र हुँदैन, अनकूल घटनाहरुको सङ्कलन र अनुकूल विवरण हुनुपर्छ । यस
सम्बन्धमा यी हास्यव्यङ्ग्यका पत्रपत्रिकाहरुबाट हाँसो उठ्नुको सट्टा सस्ता र
निम्न दर्जाका शब्द प्रयोग र शारीरिक असङ्गति वर्णन गरेको देख्ता त असजिलो अनुभव
हुन्छ । ससुरालीमा प्रकाशित चूडामणि कर्मीको लेखमा भने केही व्यङ्ग्य अनुभव गर्न
सकिन्छ ।
विविध
विषयका पत्रिकाअन्तर्गत आउन सक्ने पत्रिकाहरुमध्ये सामयिक साहित्यिक सङ्कलन
क्षितिज,
सयपत्री, लालुपाते
(सन् १९८७), चेतना (सन् १९८०), तुफान, उत्सर्ग, गलबन्दी (सन् १९८२), सञ्जीवनी, वर्षा, गान्तोक, मुना, प्रतीक, कोसेली, गोरेटो, दुधेरी (सन् १९८०), कस्तुरी
(सन् १९८८), स्थापना, प्रक्रिया, परिमल (सन् १९८५), गोठाला, हाम्रा नौमती (सन् १९८२), बिखमा, सम्मेलन
पत्रिका (सन् १९८२), कानका, शिखर
(सन् १९८५), संवद्र्धन (सन् १९८४), लहर (सन् (१९८४), गाउँले
(सन् १९८५), दोभान (सन् १९७८), मुनाल (सन् १९६७), चाँप–गुराँस (सन् १९७३), प्रतिबिम्ब
(सन् १९७७), सुधा (सन् १९८७), अभियान (सन् १९७९), चिन्तन, वियोगी आदिलाई लिन सकिन्छ । यीमध्ये कुनै विशुद्ध साहित्यिक
पत्रिकाका रुपमा छन् भने कुनै पत्रिकाहरु विविध विषयका छन् । कुनै–कुनै पत्रिकाहरु विशुद्ध साहित्यिक पत्रिका होइनन् भनेर
यिनीहरुको महŒव छैन भन्ने मेरो अभिप्राय होइन तर गेजिङ, चाम्ची, गान्तोक, मङ्गन तथा अन्य स्थानहरुबाट प्रकाशित भएका यी पत्रिकाहरुको
योगदान उल्लेखनीय मानिन्छ । सिक्किमेली नेपाली भाषा–साहित्यको विकासमा यी पत्रपत्रिकाहरुको महŒवपूर्ण स्थान छ ।
सन्
१९५८ मा श्री नयन छिरिङको सम्पादनमा तीनतारा छापियो । यसबाहेक सन् १९६९ स्टुडेन्ट
एसोसिएसनका निम्ति छत्रबहादुर तामाङद्वारा सम्पादित त्रिवेणी, पाक्षिक प्रगति (सन् १९६९) भरत सरकार सूचना प्रचार तथा
प्रसार विभाग गान्तोकबाट हिमालय सन्देश आदि पत्रिकाहरुमा सामाजिक, आर्थिक, साहित्यिक
विषयका रचनाहरु प्रकाशित भए । सन् १९६७ तिर सार्वजनिक पुस्तकालयबाट उषा प्रकाशित
भयो । यसको पनि साहित्यिक महŒव छ ।
हस्तलिखित
पत्रिकाअन्तर्गत आउन सक्ने यी पत्रिकाहरुको गुणात्मक महŒव पाइन्छ । सुनाखरी, फूलबारी, मानव निर्बोध, नवपल्लव
(बलबहादुर राईको सम्पादनमा नाम्चीबाट प्रकाशित पत्रिकाकाको प्रतियोगितामा द्वितीय
स्थान प्राप्त), बीजन, नयाँ
धरती (सन् १९७१) आदि हस्तलिखित पत्रिकाहरुको विशेष महŒव मान्नुपर्दछ । सन् १९७४ मा पश्चिम सिक्किम सोरेडबाट
बेनसिंह राईको सम्पादनमा एउटा हस्तलिखित पत्रिका प्रकाशित भएको थाहा लाग्छ । सन्
१९७५ देखि सन् १९७७ सम्मको आपतकालीन स्थितिको प्रभावमा प्रकाशन बन्द हुँदा
शीतकालीन बिदाइमा तालिमरत शिक्षकहरुले केही हस्तलिखित पत्रिकाहरु निकालेका थिए ।
यसरी
लगभग ४०÷५० वर्षको अवधिभित्र सिक्किमबाट पुग नपुग १०० भन्दा
बढी नेपाली साहित्यिक पत्रपत्रिकाहरु प्रकाशित भइसकेका छन्– तीमध्ये नौगेडी, जदौ, पुष्पवृष्टि, शुभेच्छा, डढेली, मनोरञ्जन, खैलाबैला, गोठाला, कोसेली, प्रतीक, तुफान, हाम्रो
नौमती, पुष्पाञ्जली, जस्केलो, आधार, सङ्घर्ष, चेतना, गलबन्दी, रौसे, कोपिला, चिन्तन, नकिमा, नयाँ दिशा, बालवाणाी, चोसे, चोबाटो, नयाँ धरती, बिस्फोटन, बुलेट, पोखरा, चिनापर्ची, दोभान, विनायो आदि पत्रपत्रिकाहरुले सिक्किमेली नेपाली साहित्यलाई
उच्चता हासिल गराउन र साहित्यको विकास गराउन महŒवपूर्ण योगदान प्रदान गरेका छन् ।
यसबाहेक
प्रतिबिम्ब (सन् १९७७), शिखर
(सन् २०३४), सुधा (सन् १९७८), निर्माण (सन् १९७९), जनपक्ष, अर्चना, स्रष्टा
(सन् १९७८), चिन्तन (सन् १९८५) आदिका विशेष साहित्यिक
गुणपाइन्छ । प्रतिबिम्बले पाठकको रुचिअनुसार अन्तर्वार्ता, समाजशास्त्र, यौनविज्ञान, बालकथा, नाटक
र एकाङ्की, हँस्यौली आदि छपाएर एकोहोरो साहित्यिक रचनाबाट
मात्र सन्तुष्ट नहुने पाठकका भावनालाई बुझेर यस्ता नयाँनयाँ विषय प्रतिपादन गरेको
पाइन्छ । त्यसैले यसको विशेष महŒव दृष्टिगोचर हुन्छ । शिखरको
वर्ष २ अङ्क ३ ले स्व. जीवन थिङस्मृति अङ्क प्रस्तुत ग¥यो । घनश्याम नेपालको सम्पादनमा नेपाली साहित्यिक सामयिक
पत्रिका शिखरले सिक्किमको नेपाली साहित्यलाई नबिर्सिने गुण लाएको छ । फेरि यसको
वर्ष ३ अङ्क ५, सन् १९८० ले राधाकृष्ण शर्माको सम्पादनमा
विशिष्ट रचनाहरु प्रकाशित गर्न सक्षम भएको पाइन्छ । रोचक नेपाली मासिक पत्रिका
सुधा (सन् १९७८) को महŒव पनि बिर्सन सकिँदैन ।
विनोद अग्रवाल र जीवन थिङको सम्पादनमा उच्चस्तरीय कलाकारहरुसँग गरेको अन्तर्वार्ता, उनीहरुसँग सम्बन्धित रोचक घटनाहरु, खेलसम्बन्धी फूटबल विशेषाङ्क (वर्ष १, अङ्क ३–३८) आदि स्तम्भ प्रस्तुत
गर्दै जनमनोरञ्जन प्रदान गरेको पाइन्छ । यसको अर्को विशेषता एक–दुई अङ्क छोडी नियमित रुपमा भूतनाथद्वारा लिखित सत्यकथा, जीवन थिङ विशेषाङ्क (वर्ष १, अङ्क ६ मा), डा.
नरेन्द्र कोहलीको दीक्षा उपन्यास धाराबाहिक रुपमा प्रकाशित ग¥यो । मनबहादुर सुब्बाको कथा एउटा धमिलो खोलो किनारमा
पुरस्कृत कथा हो । स्रष्टा नियमित रुपमा प्रकाशित पत्रिका हो । साहित्यिक
गुण र विशिष्ट रचना प्रस्तुत गर्नुमा यसको महŒव अझ
बढेको पाइन्छ ।
सन्
१९७८ अक्टोबरमा लघु साहित्यको सामयिक सङ्कलन गोजिका इन्दिरा राईको सम्पादनमा
विभिन्न साहित्यकारहरुका लघुकथा, व्यङ्ग्यलेख
(गोजिका वर्ष २ पूर्णाङ्क २) मा पूर्ण राईका लघुकथाहरु, (वर्ष ३, अङ्क
५) मा सानु लामाका लघुकथाहरु, (वर्ष
३, अङ्क ४) दिलु मास्केका लघुकथाहरु, एकपछि अर्को गर्दै प्रकाशित भए । सन् १९६९ तिर गान्तोकबाट
उदय सुब्बाको सम्पादनमा विनायो गोजिका प्रकाशित भयो । आहत (गोजिका) पनि यसैताक
मगनबाट प्रकाशित भयो । गोजिकाबाट पनि यहाँको साहित्यको विकास भएको पाइन्छ ।
डाइजेस्टपरक
साहित्यिक पत्रिकाहरुमा सम्बद्र्धनको स्थान शीर्षस्थ रहेको छ । यसले स्तरीय
साहित्यिक रचनाहरुमात्र समावेश नगरेर विशिष्ट व्यक्तित्वका अन्तर्वार्ता, वैज्ञानिक जानकारी, खोजपरक
भाषिक लेख, सौरजगत्बारे जानकारी, गायन वा वाद्यवादन वा शिक्षाप्रद सामग्री उपलब्ध गराउन
पाठकलाई प्रशस्त रुचि, मनोरञ्जन
वा प्रेरणा दिएको पाइन्छ ।
यसै
सन्दर्भमा भन्नुपर्दा सिक्किमेली नेपाली पत्रकारिताको इतिहासमा एक दशकभन्दा
अघिदेखि प्रकाशमा आइरहेको समाचारपत्र गान्तोकको आफ्नै विशिष्ट भूमिका छ । श्री शिव
प्रधानद्वारा सम्पादित यस समाचारपत्रले समाचार भन्ने मात्रै काम गरेन तर यसले
क्षेत्रीय राजनीतिक कतिपय सामाजिक समस्याहरुलाई खूबै तर्कपूर्ण गहन विश्लेषण ग¥यो । नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुसूचीमा
अन्तर्भूत गराउने अभियान र सङ्घर्षका तीतामीठा घटनाप्रधान कथाहरुलाई यसले आफ्ना
विशेषाङ्कहरुद्वारा अनि तथ्यपूर्ण सम्पादकीयहरुद्वारा मर्मपूर्ण अभिव्यक्ति प्रदान
ग¥यो । सम्पादकद्वारा लिखित पुस्तक आन्दोलनमा यी
विषयहरुलाई राम्ररी समेटिएको छ । दार्जीलिङमा चलिरहेको जातीय चिनारीको आन्दोलनबारे
पनि गान्तोकले समय–समयमा लगातार आफ्ना बौद्धिक प्रतिक्रिया व्यक्त
गरेर आन्दोलनको मर्मलाई जनसमक्ष लगातार अहम भूमिका निर्वाह ग¥यो । समय–समयमा भाषा परिशिष्टाङ्क, अभिनन्दनग्रन्थ आदि दिनमा यसको विशेष महŒव छ । यस सन्दर्भमा गान्तोकले पारसमणि परिशिष्टाङ्क समेत
प्रकाशित गरेर साहित्य र साहित्यकारको उचित श्रद्धा अर्पण गरेको छ । नयाँ
प्रतिभाहरुका रचनाहरु छापेर साहित्यिक उद्यानलाई फाँटिलो र रमणीय बनाउन यसको थप
विशेषता रहेको छ भने भाषिक शुद्धता यसको अर्को वैशिष्ट्य हो ।
समाचार
प्रस्तुतिको आफ्नै पद्धति हुन्छ । यसतर्फ यतातिरका धेरै समाचारपत्रले आँखा
चिम्लिएको बुझिन्छ । विचारले यो पद्धतिलाई नलत्याई अघि बढेको छ । नयाँ प्रतिभा, विशेष गरी विद्यार्थी समुदायलाई साहित्यतर्फ आकर्षित गराउने
ध्येय राख्ने विचारको एउटा स्मरणीय प्रयास गरेको छ । विशेषाङ्कहरुका हकमा विचारले
त्यति बढी केही प्रकाशित नगरे तापनि समय–समयमा
सरकारका क्रियाकलाप तथा उपलब्धिहरु र स्थानीय विशिष्ट व्यक्तिहरुका
अन्तर्वार्ताहरु, विशेषाङ्कका रुपमा प्रकाशित गरेको पाइन्छ
। साक्षात्कार यस्ता अन्तर्वार्ताहरुको एउटा विशिष्ट सामग्री हो । तीबाहेक अन्य
पत्रिकहरुको योगदानलाई पनि नकार्न सकिन्न ।
यहाँ
पत्रपत्रिकाको तथा सम्पादकका नाम थुपार्दै गुण मात्र गाउन खोजिएको होइन तर अवश्य
यति भन्न खोजिएको हो– सिक्किमेली नेपाली साहित्यले सङ्ख्यात्मक र
गुणात्मक वृद्धि पनि ग¥यो । अन्य स्थानका साहित्यिक
पत्रपत्रिकाहरुको प्रवाहसित आफूलाई पनि साक्षात्कार गर्ने प्रचेष्टा ग¥यो । यसरी साहित्यिक पत्रिकाले भाषाको स्तर र साहित्यको
विकासमा तीव्रता ल्याउँछ, समाजले
भाषाका साथै साहित्यिक विधाका विविध पक्षको अध्ययन गरेर चेतना एवम् जागृति र
अस्तित्वको बोध गर्ने मौका पाउँछन् । नवोदित लेखक र उदीयमान साहित्यकारहरुले आफ्नो
कलाको परिचय दिएर अघि बढ्ने प्रेरणा पाउँछन् । पत्रिका त्यसैले नवचेतनाको द्योतक
हो, सिर्जनाको माध्यम हो र भावी सन्तानको (समाजको) प्रतीक हो ।
किनभने यसका माध्यमबाट समाजका विभिन्न प्रकारका मानिसका समस्या समाधान गर्न सकिन्छ
।
सिक्किममा
नेपाली साहित्यको विकासमा पत्रपत्रिकाहरुले दिएको योगदान र पत्रपत्रिकाको विकास
अवश्य केही हदसम्म आफ्नो साहित्यिक उत्कृष्टता र विशिष्टता राख्न सफल देखिन्छ । यस
प्रकारको लगनशीलता र उत्साहले चरमोत्कर्ष राख्न सफल भए यसको समुचित विकास अझ बढेर
जाने आशा राख्न सकिन्छ । कैयन् पत्रिका जन्मँदै, बिलाउँदै गए तापनि विभिन्न आकारप्रकारका अथवा सानाठूला
जेजस्ता भए पनि यिनीहरुको साहित्यिक महŒवको
कदर गरिन्छ । सिक्किमको नेपाली पत्रकारिताको सर्वाधिक सशक्त धारा विशुद्ध
साहित्यिक पत्रकारिता मात्र नभएर दैनिक समाचारप्रधान खबरकागज पनि हो । विशुद्ध
साहित्यिक पत्रिकाको खेमाभित्र पर्ने पत्रिकाहरुमध्ये नवज्योति, प्रतिबिम्ब, सुधा, स्रष्टा, निर्माण, प्रक्रिया, अर्चना
उल्लेखनीय एवम् प्रमुख रहेका छन् । समय, दैनिक, हाम्रो प्रजाशक्ति, समाचारप्रधान
साहित्यिक खबरकाजगअन्तर्गत पर्ने प्रमुख पत्रिका हुन् ।
राजतन्त्रमा
जन्मिएको कञ्चनजङ्घाले विस्तार गरेको पत्रकारिताको फाँट प्रजातन्त्रसम्म आइपुग्दा
प्रशस्त साहित्यिक पत्रकारिताले जन्म लिएर समृद्ध, स्वस्थ, सबल
तथा समुच्च रुप धारण गरे तापनि कतिलाई अनियमितताको सावित रोगले नसमाती छाडेन ।
निर्माणले आफूलाई यस रोगबाट आजसम्म मुक्त राखेको छ । सन्तान भर्खरै जन्मेको सशक्त
साहित्यिक पत्रिका हो । यसले आफूलाई नियमितता दिन सके बुद्धिजीवी पाठकले प्रशस्त
बौद्धिक खुराक प्राप्त गर्न सक्ने थिए भन्न सकिन्छ ।
रुपन्देहीको
साहित्यिक पत्रकारिताः एक झलक
बालकृष्ण
भट्टराई
कुनै
पनि भाषा र साहित्यको विकासमा पत्रपत्रिकाको योगदान महŒवपूर्ण हुन्छ । नेपाली भाषा र साहित्यको विकासमा पनि
पत्रपत्रिकाहरुले प्रभावकारी भूमिका निर्वाह गरेको पाइन्छ । नेपालको भाषा–साहित्यलाई अघि बढाउन गोरखापत्र, माधवी, चन्द्रिका, साहित्यस्रोत, शारदा, उद्योग, प्रगति, दियालो, नेबुला, रुपरेखा, मधुपर्क, गरिमा, नेपाली
साहित्यसम्मेलन पत्रिका, गोर्खासंसार, युगवाणी आदि तमाम पत्र–पत्रिकाहरुको
उल्लेखनीय भूमिका रहेको छ । सुरुका दिनहरुमा अधिकांश नेपाली पत्र–पत्रिकाको प्रकाशन कि त राजधानी काठमाडौँबाट कि भारतका
बनारस, दार्जिलिङ, देहरादून, असम, कलकत्ता
आदि सहरहरुबाट भएको पाइन्छ । शारदापूर्वका धेरै जसो पत्रपत्रिका प्रवासबाटै
प्रकाशित भएका हुन् । रोजगारीका निम्ति वा शिक्षा आर्जन गर्न भारतका विभिन्न
ठाउँमा गएका र लामो समयदेखि बसोबास गर्दै आएका नेपालीहरुको क्रियाशीलतामा ती
पत्रिकाहरु प्रकाशित भएका देखिन्छन् ।
नेपाली
पत्रपत्रिकाको ऐतिहासिक अध्ययन गर्दा वनारसमा पढ्न बसेका मोतीराम भट्टको प्रयासमा
हिन्दी भाषाबाट नेपालीमा अनूदित ‘गोर्खाभारत जीवन’ (वि.सं. १९४३) नेपाली भाषामा छापिएको पहिलो नेपाली पत्रिका
मानिएको छ । नेपाल भित्रबाट प्रकाशित पत्रिकामा भने ‘सुधा सागर’ (वि.सं.
१९५५) लाई प्रथम मानिएको छ । परन्तु ‘सुधा
सागर’ अप्राप्य भएकाले यो धारणा विवादास्पद रहेको छ । त्यसैले
राणाशासक देव शमशेरको शासनकाल (वि.सं. १९५८) मा काठमाडौँबाट प्रकाशित ‘गोरखापत्र’ नेपालबाट
प्रकाशित नेपालीको प्रथम पत्रिका हो । सुरुमा साप्ताहिक, वि.सं. २००० आश्विनदेखि अद्र्धसाप्ताहिक, २००३ पौषदेखि सातामा तीन पटक र २०१७ साल फागुन ७ गतेदेखि
दैनिक रुपमा प्रकाशित यो पत्रिका नै नेपालको प्राप्त प्रथम र जीवित पत्रिका हो ।
साप्ताहिक परिशिष्टाङ्क र राष्ट्रिय महŒवका
विविध सन्दर्भमा विशेषाङ्क निकालेर यस पत्रिकाले नेपाली वाङ्मयको विकासमा
अविस्मरणीय काम गरेको छ । खास गरी नेपाली गद्यविधाको विकासमा यस पत्रिकाले
प्रशंसनीय काम गरेको छ । नेपाली लेखकहरुलाई रचनाका लागि पारिश्रमिक प्रदान गर्ने
परम्पराको थालनी पनि यसैले गरेको हो भनेमा अत्युक्ति हुने छैन । नेपालभित्रबाट
गोरखापत्रले थालनी गरेको पत्रपत्रिका प्रकाशनको लामो यात्रामा धेरै आरोह–अवरोहहरु देखापरेका छन् ।
समग्रमा
हेर्दा नेपाली वाङ्मयका विविध विधाको विकासमा कोसे ढुङ्गाको रुपमा काम गरेको
पत्रिका भने ऋद्धिबहादुर मल्लको सम्पादनमा वि.सं. १९९१ सालमा प्रकाशित ‘शारदा’ पत्रिका
हो । ‘शारदा’ पछि ‘उद्योग’, ‘साहित्यस्रोत’, ‘युगवाणी’ ‘पुरुषार्थ’, ‘आवाज’, ‘उदय’, ‘रुपरेखा’, ‘मधुपर्क’, ‘गरिमा’ आदि
अनेकौँ पत्रिका स्वदेश र विदेशबाट प्रकाशित भए । नेपाली भाषा–साहित्यको विकास र उन्नयनमा समयानुकूल भूमिका ती
पत्रिकाहरुले निर्वाह गरेका हुन् । राज्यको सञ्चारनीति, प्रेसप्रति सरकारको अनुदार दृष्टिकोण, उपयुक्त छापाखानाको अभाव, चेतनाको कमी, प्रकाशनका
निम्ति उचित वातावरणको अभाव आदिका कारण धेरैपछि मात्र मोफसलबाट पत्रिकाहरुको
प्रकाशन प्रारम्भ भएको पाइन्छ ।
रुपन्देही
जिल्लाबाट प्रकाशित पत्रपत्रिकाको कालक्रमिक अध्ययन गर्दा वि.सं. २०१२ सालमा
परीक्षितप्रसाद लाकौलको सम्पादनमा ‘बुटवल’ नामक समाचारप्रधान साप्ताहिक पत्रिका प्रकाशन भएपछि प्रकाशन
प्रारम्भ भएको पाइन्छ । २०१२ पछि २०१७ सम्म रुपन्देहीबाट खासै पत्रिका प्रकाशित
भएनन् । त्यसपछि भने फाट्टफुट्ट पत्रिका निस्के । समाचारप्रधान पत्रिकाहरुमा
लुम्बिनी (२०१८, सं. सूर्यलाल), लुम्बिनी सन्देश (२०२२, सं.
मोदनाथ प्रश्रित), दैनिक निर्णय (२०२३), सं. प्रतापकुमार भट्टचन), निष्पक्ष ध्वनि (सं. करुणानिधि शर्मा), विचार (२०२७ सं. लेखनाथ ज्ञवाली करुणानिधि शर्मा), खसोखास (साप्ताहिक सं. कपूर ज्ञवाली, २०२७) एक्सरे (साप्ताहिक २०३९) सं. वसन्तध्वज जोशी)
समालोचना (२०३९, सं. रामचन्द्र भट्टराई), सिद्धार्थ (२०३९, संं
बाबुराम अर्याल), परिवर्तन (२०३९, सं. बाबुराम अधिकारी), मुक्तिसन्देश
(२०३९, सं. नारायण सापकोटा), प्रतिमान
(सं. वामदेव पहाडी) लगायत थुप्रै साप्ताहिक, पाक्षिक, दैनिक रुपमा रहेका छन् ।
साहित्यिक
पत्रिकातर्फ संस्थागत र खास गरी शिक्षण संस्थाहरुबाट प्रकाशित मुखपत्रहरुको
सङ्ख्या उत्साहप्रद देखिन्छ । रुपन्देही जिल्लाबाट २०२० को दशकमा साहित्यिक
पत्रिका विगतको तुलनामा निकै बढी प्रकाशित भए । प्रकाशन वर्ष र सम्पादक यकिन भएका
केही पत्र–पत्रिका निम्नानुसार रहेका छन् – कोपिला (२०१६) (पछि नव कोपिला) सं. हर्षबहादुर बुडा मगर, (सिद्धार्थ २०२६ सं. हर्षबहादुर बुडा, बालकृष्ण भट्टराई, नरेन्द्रसिंह
राना), गुराँस (२०२२ सं. मोदनाथ प्रश्रित), सगुन (२०२३, प्र.सं.
माधव ओम), जुनकिरी (२०३०, सं. वसन्तध्वज जोशी) जनजीवन (२०२९, सं. बूँद राना) तिलोत्तमा (२०२३, संं नारायण घिमिरे, अमरकिशोर
घिमिरे) सङ्कल्प (गोजिका, सं.
अनन्तमणि पन्त) आदि ।
२०३०
को दशकमा बालकृष्ण भट्टराईको सम्पादनमा क्षितिज (२०३३), रामचन्द्र भट्टराईको सम्पादनमा ‘सुस्केरा’ (२०३७), बालकृष्ण पाण्डेको सम्पादनमा ‘वीणा’ (२०३६), अर्जुन ज्ञवालीको सम्पादनमा ‘नमुना’ (२०३४), लवकुमार जोशीको सम्पादनमा ‘दौतरी’ (२०३१)
आदि धेरै पत्रपत्रिका रुपन्देहीबाट प्रकाशित भए ।
२०४०
यता पुराना केही पत्रिकाले निरन्तरता पाइरहे भने अधिकांश पत्रिकाको प्रकाशन बन्द
भयो । बालकृष्ण भट्टराईको सम्पादनमा ‘साधना’ र ‘मिलन’ (२०४२, २०४३, २०४४, २०४५), कपिल लामिछानेसमेतको सम्पादनमा ‘अणु’ (२०४४), रामलाल श्रेष्ठको सम्पादनमा ‘बौद्धिक जगत्’ (२०५४), गोपाल अधिकारीका सम्पादनमा अर्पण (२०३६) र कादम्बरी (२०४७)
पत्रिका प्रकाशित भए भने विभिन्न सङ्घसंस्था विद्यालय क्लब आदिबाट सामयिक सङ्कलन
निस्कने क्रम हाल पनि जारी रहेको छ । पछिल्ला दिनहरुमा भैरहवाबाट ‘पदचिह्न’ र ‘सोपान’ प्रकाशित
भए । युवा पुस्ताका स्रष्टाहरुले जितगढी, गजलसागर, शब्ददीप, शब्ददूत, नवक्षितिज, सङ्गम, अनुराग आदि पत्रिका प्रकाशित गरे ।
स्थानगत
दृष्टिले हेर्दा रुपन्देही जिल्लाका पत्रपत्रिकाको विकासमा बुटवल र भैरहवा दुवै
ठाउँबाट समानान्तर रुपमा पत्रिका प्रकाशन भएको पाइन्छ । कुनै समय भैरहवाबाट झण्डै
आधा दर्जन समाचारप्रधान पत्रिका प्रकाशित हुन्थे । मोदनाथ प्रश्रित रामचन्द्र
भट्टराई,
कपूर ज्ञवाली, करुणानिधि शर्मा, प्रतापकुमार
भट्टचन, पृथ्वी शेरचन, वामेदव
पहाडी, बाबुराम अर्याल, लक्ष्मीनाथ
ज्ञवाली,
वेदराज पन्त, बूँद राना, कृष्णराज
पाण्डे, सुरेन्द्रप्रसाद आचार्य, श्यामसुन्दर
गुप्ता, हर्षबहादुर बुडा, बालकृष्ण
भट्टराई,
नारायण घिमिरे आदिको संलग्नतामा भैरहवाबाट
समाचार प्रधान र साहित्यिक पत्रिका प्रकाशित भए भने सूर्यलाल, वसन्तध्वज जोशी, लवकुमार
जोशी, फणिन्द्रराज काफ्ले, गोपाल
अधिकारी जयबहादुर खत्री, कर्णबहादुर
कार्की, आदि बुटवलमा सक्रिय रहे । पाल्ही माझ खण्ड गोस्वारा, अञ्चलाधीशको कार्यालयसमेत भैरहवामा भएको र अदालत, मालपोत, प्रहरी
कार्यालय यहीँ भएकाले पनि सामाजिक, सांस्कृतिक, शैक्षिक गतिविधिमा भैरहवा पहिले धेरै अगाडि थियो, तर पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग निर्माण भई यातायात नियमित हुन थालेपछि
बुटवलको सहरीकरण तीव्र गतिमा भयो । अञ्चल सदरमुकाम, व्यापार–व्यवसायको पुरानो थलो, पहाड–तराईको मिलनविन्दु, चारैतिरको नाकाका रुपमा स्थापित भएपछि जनसङ्ख्याको चाप
बुटवलमा अझ भनौँ खस्यौलीमा बढ्दै गयो अनि समाजविकासका यावत् क्षेत्रहरुमा परिवर्तन
देखिन थाले । जनसङ्ख्याकै अनुपातमा खुलेका आधुनिक शिक्षालयहरुका कारण पनि बुटवल
बौद्धिक क्रियाकलापको केन्द्र बन्यो । २००७ सालको जनक्रान्तिमा पश्चिमकै नेतृत्व
लिएको भैरहवाको ठाउँ पछिल्ला दिनहरुमा बुटवलले लियो । राजनीतिक चलखेल बुटवलमा बढी
हुन थाल्यो । त्यसको प्रभाव पत्रपत्रिका र साहित्यमा पर्नु अस्वाभाविक थिएन । यसरी
समाचारपत्रहरुको प्रकाशनमा बुटवल अघि बढ्यो । रुपन्देहीको पत्रकारितामा
बामबुद्धिजीवीहरुको वर्चस्व पहिलेदेखि नै रहेको हो । वामराजनीतिको केन्द्र क्रमशः
बुटवल बन्दै गएपछि प्रकाशनको क्षेत्रमा त्यहाँ तीव्रता आयो । यति हुँदाहुँदै कुनै
समयमा भूपिशेरचन, कुलमणि देवकोटा, टेकबहादुर पन्थी, मोदनाथ
प्रश्रित, वामदेव पहाडी, शक्ति लम्साल, चूडामणि
बन्धु, मुकुन्दशरण उपाध्याय, राचमन्द्र
भट्टराई,
माया ठकुरी, भागीरथी
श्रेष्ठ,
टङ्क न्यौपाने, दिल साहनी, पं.
रामप्रसाद भट्टराई, हर्षबहादुर बुडा, हर्षध्वज राई, पृथ्वी
शेरचन, पुरुषोत्तम भट्टराई, महेन्द्रनाथ
खनाल, महेश्वर शर्मा, भाउ
पन्थी आदि स्रष्टाहरुको अल्पकालीन र दीर्घकालीन कार्यस्थल रहेको सिद्धार्थनगरबाट
प्रकाशित पत्रपत्रिकाहरुले साहित्यका विविधविधाहरुको विकासमा आ–आफ्नै किसिमको योगदान गरेको कुरा बिर्सन सकिँदैन । वि.सं.
२०३८ सालमा स्थापित सिद्धार्थ साहित्य परिषद् त्यसअघि स्थापित मिर्मिरे मिलन, लुम्बिनी साहित्य परिषद्, नेपाली साहित्य संस्थान (लुम्बिनी शाखा) लगायत साहित्यिक, सांस्कृतिक प्रतिष्ठानहरुको ऐतिहासिक महŒव उत्तिकै छ । तीमध्ये सिद्धार्थ साहित्य परिषद्ले निरन्तर रुपमा
साहित्यिक गतिविधि सञ्चालन गरिरहकै छ । यता आएर डा. घनश्याम न्यौपाने ‘परिश्रमी’का उत्प्रेरणाबाट स्थापित ‘सृजनशील साहित्यिक समाज’ भैरहवामा
संलग्न केही युवाहरुले ‘सोपान’ नामक पत्रिका प्रकाशन गर्न लागेका छन् । युवाहरुको यो
उत्साह प्रशंसायोग्य छ ।
जेहोस्, सिद्धार्थनगरबाट विगतमा कोपिला÷नवकोपिला, सिद्धार्थ, तिलोत्तमा, गुराँस, भेटघाट, क्षितिज, मिलन, बौद्धिक
उद्यान, प्रतिमान, बहिरादर्पण÷वाणी उदय, नवजीवन, साधना, सुस्केरा, वीणा, प्रभात, इन्द्रेनी, सङ्कल्प
(गोजिका), अणु (गोजिका), सिर्जना, दैनिक
निर्णय, खसोखास, लुम्बिनी
सन्देश, निष्पक्ष ध्वनि÷विचार, भावना, भैरहवा
साप्ताहिक, नानी, सञ्जीवनी, शान्तिद्वीप, पदचिह्न, भैरहवा क्याम्पस जर्नल, मुक्तिसन्देश, यथार्थ, संश्लेषण, चित्कार, समालोचना, धवल, प्रयास, मुक्तिसन्देश आदि दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, अद्र्धवार्षिक, वार्षिक
र समसामयिक गरी तीन दर्जनभन्दा बढी पत्रपत्रिका प्रकाशन भएको पाइन्छ । तिनका
अतिरिक्त सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, औद्योगिक–व्यापारिक र खेलकूद सम्बन्धी सङ्घ–संस्था एवं प्रतिष्ठानहरुबाट मुखपत्र, स्मारिका आदि फुटकर रुपमा धेरै प्रकाशित भएका देखिन्छन् ।
तर, ती सबैले निन्तरता पाउन भने सकेका छैनन् ।
यसरी
विभिन्न समयमा विविध पत्रपत्रिका प्रकाशित भए पनि पर्यटनको मेरुदण्डका रुपमा रहेको
सिद्धार्थनगरले अन्य क्षेत्रको तुलनामा साहित्यिक पत्रकारिताका क्षेत्रमा जे जति
गर्नुपथ्र्यो त्यति गर्न सकिरहेको छैन । साहित्यिक क्षेत्रमा राष्ट्रिय कीर्तिमान
कायम राख्ने कतिपय स्रष्टाहरुको कार्यस्थल रहेको सिद्धार्थनगरले मोदनाथ
प्रश्रितको सम्पादनमा २०२० को दशकमा कतिपय अङ्क प्रकाशित ‘गुराँस’को स्तरलाई पछिका
पत्रपत्रिकाले निरन्तरता दिनसकेका छैनन् । पत्रिका–प्रकाशनलाई संस्थाको वार्षिकोत्सव, रजतजयन्ती वा स्वर्णजयन्ती पर्खनुपर्ने संस्कारबाट यहाँको
बौद्धिकजगत् मुक्त हुन नसकेको वर्तमान अवस्थामा हामीले फेरि एउटा जमर्को गर्न
लागेका छौँ । शब्दसिन्धु (सं. यादव भट्टराई, २०६५)
यसै जमर्कोको प्रतिफल हो ।
सिद्धार्थनगर
–१२, रुपन्देही
(साभार : शब्दसिन्धु वर्ष १, अङ्क १)
काभ्रे
जिल्लाको साहित्यिक पत्रकारिता : सङ्क्षिप्त अध्ययन
मोहन
दुवाल
प्रजातन्त्रको
उदयपछि अर्थात् २००७ सालदेखि जनतामा चेतना बाँड्न सोच्नेहरुले खुलमखुला समाचार
पत्रपत्रिकाहरु र साहित्यिक पत्रपत्रिकाहरु निकालेर आ–आफ्नो ढङ्गले सक्रिय हुन खोजेका हुन् । काठमाडौँ नजिकको
जिल्ला काभ्रेमा पनि यस परिप्रेक्ष्यमा प्रयासहरु नभएका होइनन् । यसै सन्दर्भमा
वि.सं. २०१० सालतिर पनौतीबाट भोर र त्रिवेणीको प्रकाशन भएको देखिन्छ । यी
पत्रिकाहरु विशेष गरी साहित्यसँग सम्बन्धित छन् । २०११–०१२ सालतिर कृष्णप्रसाद दुवालको सम्पादनमा हस्तलिखित सग
पत्रिका,
२०१३ सालमा कृष्णप्रसाद पराजुलीको सम्पादनमा
ज्ञानसागर लिथो पत्रिका निकालेको देखिन्छ । यसरी साहित्यिक जागरण ल्याउने
उद्देश्यले हस्तलिखित तथा लिथो पत्रिका प्रकाशन गरी साहित्यिक पत्रपत्रिका
निकालेको सन्दर्भ ऐतिहासिक देखिन्छ ।
काभ्रे
जिल्लाकै साहित्यिक पत्रकारिताको इतिहासकै सन्दर्भमा मूल्याङ्कन गरिदिनुपर्दा चिरक
(मासिक २०१६) लाई नै अग्रणी साहित्यिक पत्रिकाका रुपमा स्वीकार्नुपर्ने हुन्छ । ९
अङ्कसम्म प्रकाशित भएको यस पत्रिकाका सम्पादक भई सहयोग गर्नेहरुमा हरिप्रसाद
दुुवाल, कृष्णप्रसाद दुवाल र आशाकाजी सेवकहरु हुन् । साहित्यिक
सामग्रीहरु मात्र प्रकाशित गर्ने उद्देश्यले प्रकाशित उक्त पत्रिकामा
राष्ट्रियस्तरका तथा जिल्लाका प्रतिष्ठित साहित्यकारहरुका लेख रचना प्रकाशित भएका
छन् । काभ्रेकै साहित्यिक पत्रिकाको बिम्बमा एउटा सुन्दर इतिहास खोपेर गएको यस
चिरक पत्रिकाले साहित्यिक सिर्जनाका डोबहरु सम्प्र्रेषण गर्न निकै महŒवपूर्ण भूमिका निभाएर गएकामा कसैको दुई मत नहोला । बनेपामा
नै स्थापित भएको सागर प्रेसबाट मुद्रित भई निस्केको चिराक बिर्सिनसक्नु छ ।
यस्तैगरी वि.सं. २०१७ सालतिर धुलिखेलका साहित्यकारहरुको सक्रियतामा पालुवा
त्रैमासिक साहित्यिक पत्रिका दुई अङ्कसम्म निकालेको देखिन्छ । उक्त पत्रिका
निकाल्न जाँगर चलाएर सम्पादन, प्रकाशन
व्यवस्थापनमा रहेर सेवा पु¥याउनेहरुमा दुर्गाप्रसाद
शास्त्री, कृष्णप्रसाद पराजुली, शशीदेवी वैद्य, पं.
साम्बभक्त शर्मा, वंशी श्रेष्ठ, पङ्कजकुमार नेपाली, दीर्घराज
श्रेष्ठ,
कमल व्याञ्जूहरु छन् । पुस्तक आकारमा निकालिएको
यस साहित्यिक पत्रिकामा पनि राष्ट्रियस्तरका साहित्यकारहरुका साथै जिल्लाका
साहित्यकारहरुको लेख रचना प्रकाशित छन् । २०२२ सालमा बनेपाबाट हस्तलिखित साहित्यिक
पत्रिका ल्हाकायोमायनको प्रकाशन भएको देखिन्छ ।
पञ्चायती
व्यवस्थाको प्रादुर्भाव भएपछि पत्रपत्रिका प्रकाशनमा प्रत्यक्ष÷अप्रत्यक्ष शिथिलता आएको देखिन्छ । तर पनि साहित्यिक
भावनालाई कदर गर्ने उज्ञेश्यले काभ्रे जिल्ला पञ्चायत आफैँ प्रकाशक भई २०२४
सालदेखि २०२९ सालसम्म युगलहिमाल मासिकको प्रकाशन भएको देखिन्छ । उक्त साहित्यिक
पत्रिकोको सम्पादनमा रही सेवा पु¥याउनेहरुमा
दीर्घराज श्रेष्ठ, विष्णुप्रसाद सेवाचार्य, भरतराज श्रेष्ठ हन् । युगल हिमाल जिल्ला पञ्चायतबाट
प्रकाशित भइरहेकै समयताका मोहन दुवाल र राजभाइ प्रधानको सम्पादनमा प्रगतिशील
सामयिक सङ्कलनका रुपमा २०२७ सालमा विगुल पत्रिकाको पहिलो अङ्क देखा प¥यो । विगुलको दोस्रो अङ्क २०२८ सालमा निस्क्यो । २०२९ सालको
तेस्रो अङ्क विगुल प्रेसबाट जफत गरी तत्कालीन श्री ५ को सरकारले निलम्बन गरिदियो ।
काभ्रे जिल्लाकै प्रगतिशील साहित्यको प्रथम घोषणापत्रका रुपमा प्रकाशित विगुल
पत्रिकामा राष्ट्रियस्तरका प्रगतिशील साहित्यकारहरुका लेख–रचना प्रकाशित छन् । विगुल फुक्न प्रतिबन्ध भएपछि पनौतीबाट
२०२९ सालमा रोशीमार्फत् प्रगतिशील रहर ल्याउने कार्य भयो । रोशीका सृष्टिकर्ता
लक्ष्मण सुन्दा सैँजु हुन् भने सल्लाहकार मोहन दुवाल रहेका छन् । विगुल र रोशीलाई
फुक्न र बग्न नदिएपछि धुलिखेलका युवा प्रगतिशील साहित्यकारहरु दिल वरदान र सुवास
श्रेष्ठले २०३० सालतिर वेदना मर्मस्पर्शी साहित्यिक गीतहरु साहित्यिक पत्रकारितामा
सुसेलेर देखाए । अर्धवार्षिक पत्रिकाका रुपमा दर्ता भएको वेदनापछि त्रैमासिकका रुप
प्रकाशित भएर राष्ट्रिय स्तरमा प्रगतिशील साहित्यिक सिर्जनाहरु बाँड्न सक्रिय छन्
। वेदना २०३० सालमा स्वीकृत प्राप्त साहित्यिक पत्रिका हुन् । सुरु र मध्यकालतिर
धुलिखेलका दिल वरदान र सुवास श्रेष्ठले सम्पादन र प्रकाशनमा तन मन दिएर प्रकाशित
गरिँदै आएको साहित्यिक पत्रिकामा हाल निनु चापगाईं र मातृका पोखरेल सम्पादन
कार्यमा संलग्न छन् । प्रगतिशील साहित्यकार तथा लेखकहरुमाझ निकै लोकप्रिय रहेको
साहित्यिक पत्रिका वेदनाले आफूलाई उल्लेख गर्न लायकको साहित्यिक पत्रिकाको रुपमा
राष्ट्रमा चिनाउन सफल छन् । तेज खरेलको सम्पादनमा जागरण मासिक २०३५ सालतिर केही
अङ्क प्रकाशित भएको देखिन्छ ।
जनमत
विचारप्रधान पत्रिकाका रुपमा २०३९ सालमा दर्ता भएर २०४५ साल माघ महिनादेखि
साहित्यिक मासिकका रुपमा स्वीकृत प्राप्त भएर हालसम्म प्रकाशित छन् । जनमत
प्रकाशनका तर्फबाट यस साहित्यिक प्रकाशनले प्रत्येक वर्षको चैत्रको दोस्रो हप्ताको
शनिबारका दिन साहित्यकारहरुको सम्मान गर्ने परम्परा चलाउनुका साथै ८३ ओटा विविध
विधाका पुस्तकहरु प्रकाशन गरिसकेको छ । यस प्रकाशनले दाङ, धनगढी, विराटनगर, पाल्पा, पोखरा, भैरहवा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर
काभ्र्रेका साहित्यकारहरुद्वारा लिखित पुस्तक प्रकाशन गर्दै पुस्तक उपहार
कार्यक्रम समेत सञ्चालन गर्दै आएको देखिन्छ । जनमत साहित्य वाटिका मार्फत् विविध
साहित्यिक संस्थाहरुलाई स्वागत गर्दै साहित्यिक कार्यक्रम पनि सञ्चालन गर्दै आएको
यस संस्थाले जनमन साहित्यिक हाजिरीजवाफ पनि सञ्चालन गरेको थियो । यस संस्थामार्फत्
थुप्रै खालका साहित्यिक कार्यक्रमहरु भएको देखिन्छ । जनमत सहित्यिक मासिक काभ्रेको
बनेपाबाट प्रकाशित भएर राष्ट्रिय साहित्यिक मासिकका रुपमा चिरपरिचित छन् । हाल भएको
सूचना विभागको मूल्याङ्कन मासिक पत्रिकाको वर्गीकरणमा ‘क’ वर्गमा
परेर यसले छुट्टै पहिचान बनाउन सफल भएको देखिन्छ । नियमति रुपमा आकर्षक गाताको साथ
मासिक रुपमा प्रकाशन हुँदै आएको यस जनमत साहित्यिक मासिकको ८०० भन्दा बढी स्थायी
ग्राहक छन् । बनेपा, काभ्रे हुँदै राष्ट्रमा सिर्जना बाँड्दै
आएको यस पत्रिकाको भविष्य झन् झन् उज्ज्वल हुँदै गएको देखिन्छ । ५०० पृष्ठभन्दा
बढी पृष्ठको शताङ्क, नेपालभाषा विशेष अङ्क, हाल विविध लेखकहरुको विशेष अङ्कमार्फत् राष्ट्रमा आफूलाई
देखाउँदै आएको यस जनमत मासिकले भीननिधि तिवारी, काभ्रेली
अङ्क १ र २, कविता अङ्क, पारिजात
अङ्क, पारिजात स्मृति अङ्क, धुस्वाँ
सायमी अङ्क, लैनसिंह वाङ्देल अङ्क, चूडामणि रेग्मी अङ्क, केवलपुरे
किसान अङ्क निकालेर आफ्नो मौलिक पहिचान देखाइसकेका छन् । स्तरीयताको हिसाबले पनि
आफ्नो स्तरीयता देखाउन सफल यस जनमत साहित्यिक मासिक पत्रिका काभ्रेले आफूलाई
चिनाउन सफल एक सिर्जनात्मक अक्षर अभियानका रुपमा समीक्षकहरुले स्वीकारेको देखिन्छ
।
विशेषतया
काभ्रेका कृष्णप्रसाद पराजुली र मोहन दुवाल संस्थापक अध्यक्ष र सचिव रहेको सुनकोसी
साहित्य प्रतिष्ठानले पनि सुनकोसीको प्रकाशन र साहित्य गतिविधिहरु, सम्मान कार्यक्रम, पुस्तक
प्रकाशन गरेर काभ्रेको साहित्यिक जागरण र साहित्यिक पत्रिका प्रकाशनमा योगदान पु¥याई दिएका छन् । कृष्णप्रसाद पराजुलीको सम्पादनमा सुनकोसी, गोधुली, काभ्रेली
लगायतका साहित्यिक पत्रिकाहरु प्रकाशित छन् । जुन साहित्यिक पत्रिकाहरु राष्ट्रमा
परिचित र प्रख्यात छन् । कृष्णप्रसाद दुवालद्वारा सम्पादित मैत्रीय–सन्देश पछिल्लो पटक प्रकाशित साहित्यिक मासिक हुन् । केही
अङ्कपछि बन्द भएको देखिन्छ ।
यस्तै
साहित्यिक पत्रपत्रिका सम्पादन गरेर योगदान पु¥याउनेहरुमा
इन्द्रकर्मी भोमी बन्दिकामा, भूषण
श्रेष्ठ,
बालबाटिकामा, रमा कर्णजीत मनोभावना÷समर्पण
र नारी समुदायमा, आरसी विरही, विजय
सापकोटा,
माधव काभ्रेलीहरु जूनकीरीमा, सत्यश्वर मकै र रत्नप्रसाद श्रेष्ठ हवाइपत्रिका अभियानमा, अनन्तप्रसाद वाग्ले र गुराँस श्रेष्ठ साहित्यिक पत्रमा, रामहरि बुढाथोकी नवप्रतिभामा, अशोक व्याञ्जु जितमा वांख्यो खलः भिन्तुनामा मुक्ता श्रेष्ठ
नारीमुक्तिमा रहेर साहित्यिक जागरण ल्याउन साहित्यिक प्रकाशनमा सक्रिय भइदिएका छन्
।
बनेपाबाट
सङ्गम कवितासङ्ग्रहको प्रकाशन मोहन दुवाल र सत्यश्वर मकैको संयुक्त प्रकाशनमा २०४८
सालमा प्रकाशित भएपछि पनौतीबाट विश्वनाथ ताम्राकारको सम्पादनमा त्रिवेणीको प्रकाशन
भएको देखिन्छ । यसरी थुप्रैले थुप्रै खालका परिश्रम पोखेर साहित्यिक प्रकाशनमा
आफूलाई समर्पित गर्न खोजेका थुप्रै खालका प्रसङ्गहरु बिर्सिनसक्नु छ । २०५९÷२०६० सालमा दर्ता भएर बालोद्यान मासिक बालपत्रिकाको प्रकाशन
भएको देखिन्छ । सूर्यप्रसाद लाकोजू र मानसागर श्रेष्ठहरुको प्रयासमा प्रकाशित
भइरहेको यस बालपत्रिका हाल नियमित छ । विश्व सिग्देलको सम्पादनमा अकाल कुसुम
साहित्यिक पत्रिका केही अङ्क प्रकाशित छन्् । नयाँ पुस्ताका एक जना सक्रिय युवा
साहित्यकारको सम्पादनमा निस्केको यस पत्रिकाको उत्कृष्ट सम्भावना रहँदै पनि हाल
त्यति नियमित रुपम प्रकाशनमा आइरहेको देखिँदैन ।
साहित्यिक
जागरण ल्याउने कार्यमा साहित्यिक पत्रपत्रिकाको विशेष भूमिका रहन्छ । थुप्रैले
थुप्रै खालका योगदानहरु यस क्षेत्रमा पु¥याएका
छन् । जसमध्ये क्याम्पस र विद्यालयहरुबाट भएका प्रयासहरुलाई पनि भुल्न गाह्रो
हुन्छ । काभ्रे बहुमुखी क्याम्पसले नेपालभाषामा सपत्रिकाको प्रकाशनमात्र गरेन, भुजङ्गको वार्षिक शृङ्खलाहरु छापेर स्मारिका प्रकाशनमा
अग्रसरता देखाइदिएका छन् । महेन्द्र मावि साँगाले केही अङ्कसम्म भन्ज्याङ छपाएर, दीपेन्द्र प्रहरी उच्च माविले दीपिका छपाएर आ–आफ्नो साहित्यिक माया देखाएजस्तै सञ्जीवनी माविले
सञ्जीवनीका स्पर्शहरु साहित्यमा लेखेर, काभ्रे
माविले कारिकामा आफूलाई साहित्य मन परेको देखाएर आ–आफ्नो पहिचान साहित्यमा देखाएका छन् । त्यस्तै बालबाटिका
विद्यामन्दिर, प्रगति प्रभात मावि, आजाद मावि, विद्यासागर
इ.बो.स्कुल, पञ्चकन्या इ.बो. स्कुल, शिक्षासदन मावि., चैतन्य
बहुमुखी क्याम्पसले पनि यस क्षेत्रको साहित्यिक उत्थानका लागि साहित्यिक
स्मारिकाहरु प्रकाशन गरेका छन् । श्रीराम मावि खोपासीबाट रामवाणी, इन्द्रेश्वर माविबाट इन्द्रेश्वर, सर्वमङ्गलाबाट सर्वमङ्गला, तेजगङ्गा क्याम्पसबाट तेजामृत, मङ्गलटार जनविजय माविबाट मङ्गल, भालेश्वर माविबाट भालेश्वरले पनि साहित्यिक स्मारिका
प्रकाशित गरेर साहित्यमा मर्म पोखेका छन् । त्यस्तै काभ्रेबाट प्रकाशित सबैैजसो
साप्ताहिक र दैनिक समाचारपत्रहरुले पनि साहित्यिक लेख रचना छापेर साहित्यिक जागरण
र सिर्जनामा टेवा पु¥याइदिएका छन् ।
यस
काभ्रे जिल्लाको साहित्यिक पत्रकारिताको इतिहासमा चिराकमा ज्योतिले देखाइदिएको
साहित्यिक भावनाशील मर्महरुलाई पछि पालुवाको प्रकाशनबाट साहित्यिक प्रयासहरु भएर
थप सहयोग र योगदान भएका छन् । त्यस्तै विगुलका नाममा उठेका साहित्यिक
उत्सर्गहरुलाई साथ दिन रोशी गर्जेकै हुन् र त्यस्तै वेदनारुपी साहित्यिक उच्छवास
जिल्लामा भक्कानिएर गुञ्जेका हुन् । अठोटका साहित्यिक कवितात्मक भावनासँगै
काभ्रेमा पछि जनमत साहित्यिक उत्सर्गहरु आवाज भएर उठेका छन् र उठिरहेका छन् ।
साहित्यिक
पत्रकारिता र व्यवसायिकता
रमेशप्रसाद
भट्टराई
१.
विषय प्रवेश
नेपालमा
साहित्यिक पत्रकारिताको प्रवेश पाएको एक शताब्दीभन्दा लामो समय बितिसक्दा पनि यसको
सैद्धान्तिक र व्यवहारिक पक्षका विषयमा गम्भीर चर्चा र वहस प्रारम्भ हुन सकेको छैन
। साहित्यिक पत्रकारिता विश्व विद्यालयको पाठ्यक्रमको विषय बन्न सकेन भने
साहित्यका स्नातक र स्नातकोत्तर पाठ्यक्रममा पनि यसलाई महŒवका साथ प्रवेश दिइएको पाइन्न । युरोप तथा अमेरिकामा पनि
यसले छुट्टै विधाका रुपमा मान्यता प्राप्त गरेको छ तर नेपालमा भने यो विधा प्रायः
उपेक्षित जस्तै छ । साहित्यिक पत्रकारिता हाम्रा सन्दर्भमा रहर जस्तै भएको छ र
राज्यले पनि यसलाई पत्रकारिताका सन्दर्भबाट जुन मान्यता र महŒव दिनुपर्ने हो, त्यस्तो
मान्यता दिन सकेको छैन । पत्रकारिताका लागि तालिम र गोष्ठीमा समेत साहित्यिक
पत्रिका र पत्रकारितलो प्रवेश पाएको देखिन्न । नेपाल प्रेस काउन्सिलले पनि अन्य
पत्रकारितालाई जति महŒव दिएको छ, त्यसलाई त्यति महŒव
दिएको छैन । विगत वर्षका तुलनामा यसले केही अंशमा प्रवेश पाए पनि त्यो पूर्ण छैन ।
निजी क्षेत्रका प्रकाशन गृहहरुले दैनिक, साप्ताहिक
र मासिक पत्रिका प्रकाशन गर्ने र त्यसमा साहित्य विधालाई स्थान दिने काम गरे पनि
तिनमा साहित्यिक पत्रकारिताको पेशागत र व्यवसायिक विकासभन्दा पाठकको तत्कालीन रुचि
नै बढी प्रतिबिम्बन भएको छ । तिनले साहित्य प्रधान प्रकाशनमा आफ्नो चासो बढाएका
छैनन् । सरकारी र अर्ध सरकारी सरहका गोरखापत्र, साझा
प्रकाशन जस्ता संस्थाका साहित्यिक प्रकाशनमा निरन्तरता त छ तर तिनले पनि पूर्ण
व्यावसायिक स्वरुप ग्रहण गर्न सकेका छैनन् । त्यस्ता प्रकाशनमा काम गर्ने
पत्रकारको पेशागत विकासमा ती संस्था र राज्यको ध्यान पुगेको पाइन्न । नेपाल
प्रज्ञा प्रतिष्ठानका पत्रिकाको प्रकाशनमा पनि नियमितता छैन । प्रकाशन हु“दा पनि सामग्रीहरुको सम्पादन त्यति सशक्त रुपमा भएको पाइन्न
। निजी रुपमा प्रकाशित साहित्यिक पत्रिका मर्नु र बाच्नुको दोसाधमा रहदै आएका छन्
। राज्यले ती पत्रिकाको प्रकाशन–निरन्तरता र प्रवद्र्धनमा
सामान्य चासो पनि नदिएको अवस्था छ भने, कतिपय
पत्रिका आफैँमा पनि पठनीय, रोचक
र आकर्षक बन्न सकेका छैनन् । राज्य र निजी क्षेत्रबाट दिइने विज्ञापन र सहयोग
प्राप्त गर्र्न पनि नीति, नियमको
अभावमा जटिलता सिर्जना भएको छ । पत्रिका पनि किनेर पढ्ने हो र भन्ने मनोविज्ञान
पनि हामीमा विकसित छ भने पाठक सर्वेक्षण र अनुसन्धान गरी कस्ता सामग्री पाठकका
लागि पठनीय र रोचक हुन्छन् भन्ने कुरामा चासो नराखिएको अवस्था पनि छदैछ ।
साहित्यिक पत्रिकाको संस्थागत र व्यवसायिक विकास हुन नसक्दा जन्मिएका यी र यस्ता
अनेकौं समस्याका बीच पनि नेपालको साहित्यिक पत्रकारिताले निरन्तरता पाएको छ ।
गुणस्तरीय र नया“ नया“ साहित्यिक
पत्रिका निकाल्ने प्रयत्नहरु पनि भइरहेका छन् भने निरन्तरता निस्किएका साहित्यिक
पत्रिकाको विकासको चासोमा प्रकाशकहरु लागेका पनि छन् । व्यक्ति विशेषका सक्रियतामा
प्रकाशित साहित्यिक पत्रिकाले पनि आफ्नो गुणवक्ताप्रति चासो राखेको अवस्था छ ।
प्रेस काउन्सिलको बदलिँदो भूमिका पनि यसका लागि सहयोगी बन्दैछ भने साहित्यिक
पत्रिकाको उर्वरता पनि उत्साहजनक छ । यस्तो परिस्थितिमा साहित्यिक पत्रिकाको
व्यवसायिकताका बारेमा गरिने वहस र छलफलले साहित्यिक पत्रिकाको विकासमा सहयोग पुग्न
जाने कुरामा पनि विश्वस्त हुन सक्ने अवस्था छ ।
२.
साहित्यिक पत्रकारिता
साहित्यिक
पत्रकारिताको चर्चा गर्दा साहित्य, पत्रकारिता
र साहित्यिक पत्रकारिताको सामान्य चर्चा गर्नु पनि सान्दर्भिक हुनेछ । साहित्यिक
पत्रकारितामा आउने ‘साहित्य’ शब्द
सिर्जन र कर्मस“ग सम्बद्ध छ । अङ्ग्रेजीमा ‘लिटरेचर’ भनिने
यस शब्दको प्राचीन रुप ल्याटिन भाषाको लितेरा हो । ‘लितेरा’ बाट ‘लितेराचुरा’ हुदै
बनेको ‘लिटरेचर’ शब्दले
साहित्यका कविता, नाटक, आख्यान
तथा आख्यानेत्तर गद्य विधाको समग्रतालाई बुझाउ“छ ।
यसरी विभिन्न विधाका माध्यमबाट अभिव्यक्त हुने साहित्यले जीवनको यथार्थलाई व्यक्त
गर्छ । लेखकले सिर्जना गर्ने हु“दा साहित्यको सर्जक लेखक
हुन्छ र उसले वस्तु यथार्थका बारेमा पाठकलाई भाषाका माध्यमबाट कुनै न कुनै सन्देश
सम्प्रेषण गर्छ । लेखक र पाठकका बीचमा रागात्मक÷भावनात्मक सम्बन्ध स्थापित गर्ने कार्यमा कलाको भूमिका महŒवपूर्ण हुन्छ । त्यसै आधारमा अन्तर्वस्तु र रुपको विशिष्ट
संयोजनबाट साहित्यको जन्म हुन्छ र लेखकले प्रस्तुत गर्ने शैली, भाषिक भेद आदिका आधारमा साहित्यका विधागत भेदहरु छुट्टिएका
हुन्छन् । यही ‘साहित्य’ शब्दमा
‘इक’ प्रत्यय
लागेपछि ‘साहित्यिक’ शब्द
बन्छ । साहित्यिक शब्दले चाहिं साहित्यका विषयमा वा साहित्य सम्बन्धी भन्ने अर्थको
बोध गराउ“छ । सामान्यतः साहित्यसम्बन्धी विषय साहित्यिक
हुन्छ र साहित्य स्वतः गर्ने व्यक्ति साहित्यकार हुन्छ । पत्रकारिता साहित्यभन्दा
भिन्न विषय हो । सामान्य अर्थमा पत्रकारिताले समाचार सम्बन्धी कार्यलाई बुझाउ“छ । तापनि पत्रकारिता समाचारको लेखन, सङ्कलन, सम्पादन, अन्तर्वार्ता स्तम्भ लेखन, कार्टुन प्रस्तुति, चित्राङ्कन, फोटोकारिता आदिको कला हो र यस्तो कार्यमा संलग्न सबै
व्यक्ति पत्रकार हुन् । यस दृष्टिबाट हेर्दा पत्रकारिता मूलतः सूचना र सूचनाको
सम्प्रेषणस“ग सम्बद्ध विषय हो । पत्रकारितामा सूचनाको
सङ्कलन मात्र गरिन्न, त्यसको सम्पादन पनि गरिन्छ । त्यस वाहेक
त्यस्ता सूचनाहरुको अवलोकन, मूल्याङ्कन, विवेचना र प्रस्तुतिको शैली पनि पत्रकारिता अन्तर्गत
समेटिने विषय हुन् । पत्रकारितालाई विधागत रुपमा पनि भिन्न भिन्न रुपमा हेर्ने
गरिन्छ । सुरूमा मुद्रित रुपमा मात्र पत्रकारिता गरिन्थ्यो भने प्रविधिको विकासस“गै रेडियो, टेलिभिजन
तथा इ–पत्रकारिताको पनि विकास भयो । यी विधाहरुको आयामस“गै पत्रकारिताको आयाम पनि फराकिलो हुन पुग्यो ।
साहित्यिक
पत्रकारिता चाहिँ साहित्य र पत्रकारितालाई संयोजन गर्ने विषय हो । नेपाली भाषामा
साहित्यिक पत्रकारितालाई परिभाषित गरिएका सामग्रीको अभाव नै रहेको देखिन्छ । त्यसो
त नेपालमा साहित्यिक पत्रकार भन्नाले साहित्यिक पत्रिकाका सम्पादक र सम्पादन
समूहलाई मात्र बुझ्ने परम्परा पनि छ । त्यस परम्परालाई सीमित र सङ्कुचित अर्थका
रुपमा मात्र लिइन्छ । साहित्यिक पत्रकारिता साहित्यसम्बन्धी पत्रकारिता हो ।
अर्थात् जसले साहित्यसम्बन्धी पत्रकारिता गर्छ त्यसलाई साहित्यिक पत्रकार भनिन्छ र
त्यस्तो पत्रकारितालाई साहित्यिक पत्रकारिता भनिन्छ । त्यसो त साहित्य र
पत्रकारितामा समानता पनि नभएको होइन । दुवैमा भाषाको प्रयोग हुन्छ र त्यस्तो भाषा
पाठकलाई तान्ने प्रकारको हुनु पनि जरुरी हुन्छ । पत्रकारिता र साहित्यक दुवैले
मानव अनुभवलाई टिप्दछन् र यथार्थको वर्णन गर्दछन् । दुवैमा कुनै न कुनै रुपमा
मनुष्यको कथालाई प्रस्तुत गर्ने कौशल हुन्छ र मानवीय मनोविज्ञान तथा मनस्थितिको
चित्रण गर्ने प्रवृत्ति हुन्छ । यति भएर पनि पत्रकारिताको प्रभाव ज्यादा जसो
अस्थायी हुन्छ । पत्रकारिताको मूल्य विशिष्ट हुन्छ र स्थान विशेष तथा समय विशेषमा
केन्द्रित रहन्छ भने साहित्यको मूल्य तुलनात्मक रुपमा सार्वभौमिक र सार्वजनिक
हुन्छ ।
पत्रकारिताको
विकासस“गै साहित्य र पत्रकारिता भेद गर्नै नसकिने अवस्थामा पुगेको
छ भन्ने धारणा राख्ने विद्वानहरु पनि छन् । कार्डेटले भनेका छन्– आजकल साहित्य र पत्रकारिताका बीच यति एकत्व भएको छ, जसले गर्दा साहित्य के हो र पत्रकारिता के हो भन्ने कुरा
छुट्याउन नै कठिन छ । पाठकले दैनिक पत्रिका र अन्य पत्रिकाहरुमा पनि समकालिन
साहित्यकारका रचना मात्र नभई अन्तर्वार्ता र प्रतिवेदन समेत पढ्ने अवसर प्राप्त
गर्दछन् । यस्तो पत्रकारिता गुण र कार्यका दृष्टिले पनि माथि रहेको छ । यसले
आख्यान, नाटक र अन्य विधाहरु पुस्तकमा पढे जत्तिकै गरी स्वाद पस्कने
क्षमता राख्छन् ।
पाठकको
स्वाद र रुचिका लागि दैनिक र मासिक पत्रपत्रिकामा प्रकाशित हुने साहित्यिक
सामग्रीका आधारमा पत्रकारिता र साहित्यलाई छुट्याउन सकिन्न भनिए पनि साहित्यिक
पत्रकारिता र पत्रकारितामा ठूलो भिन्नता रहेको छ । साहित्यिक पत्रकारिता
पत्रकारिताको विधागत भेद हो । यसमा पत्रकारितामा जस्तो समाचार वा सूचना मात्र हु“दैन, यसमा
त कथा, कविता, नाटक, निबन्ध, अन्तर्वार्ता, जीवन वार्ता, संस्मरण
यात्रा वर्णन जस्ता विविध विधा समेटिएको हुन्छ । यसले साहित्य विशेषको मात्र
पत्रकारिता गर्दछ र यसमा सम्प्रेषित सूचना, सम्पादकीय
लगायत सामग्रीहरु साहित्यस“ग मात्र सम्बद्ध हुन्छन् ।
यसको लक्ष्य आम पाठक नभएर साहित्यिक पाठक हुन्छ । यसको सम्पादन कौशलमा सिर्जनात्मक
क्षमताको आवश्यकता पर्दछ । साहित्यको विधागत ज्ञान, त्यसको सम्पादन, कौशल
तथा अन्य सिर्जनात्मक ज्ञानबाट मात्र साहित्यिक पत्रकारिताको उचाइ प्राप्त गर्दछ ।
साहित्यिक पत्रकारमा पत्रकारिताको ज्ञान र सीप त चाहिन्छ नै साहित्यको समेत
आधारभूत ज्ञान आवश्यक हुन्छ । विचारधाराले डो¥याएको
आधुनिक विश्वमा साहित्यिक पत्रकार विचारधारात्मक रुपमा सचेत, सङ्ज्ञात्मक क्षमताले युक्त तथा साहित्यको सिर्जनात्मक कला
तथा सीपले समेत सम्पन्न हुनुपर्छ भन्ने भनाइ विद्वानहरुको छ । सम्पादन कलाको ज्ञान
उसको केन्द्रीय पक्ष हो भने समूहमा काम गर्ने क्षमता, साजसज्जाको उपयुक्तताका लागि आवश्यक सौन्दर्य पक्षको ज्ञान
पनि साहित्यिक पत्रकारिताको महŒवपूर्ण पक्ष हो । यसका लागि
साहित्यिक पत्रकारलाई साहित्यिक पत्रपत्रिकाको सम्पादनसम्बन्धी तालिम वा
पाठ्यक्रमको आवश्यकता पर्दछ । साहित्यिक पत्रकार जति बढी सक्षम र सङ्ज्ञात्मक
क्षमताले सम्पन्न हुन्छ त्यति नै मात्रा साहित्यिक पत्रकारिता पनि सक्षम बन्दछ ।
नेपालमा
साहित्यिक पत्रकारिता सम्पादनमा मात्र सीमित रहे पनि पाश्चात्य जगत्मा चाहिँ
साहित्यिक पत्रकारिता अन्तर्गत लेखकलाई पनि समावेश गर्ने परम्परा छ ।
पत्रपत्रिकाका नियमित लेखक यस अन्तर्गत पर्ने गर्दछन् । पत्रपत्रिकामा लेख्ने, आख्यानकार, संस्मरण
लेखक, स्तम्भकार, अन्तर्वार्ता
लिने व्यक्ति, प्रतिवेदक लगायत सबैलाई साहित्यिक पत्रकारिता
अन्तर्गत समेट्ने तथा तिनलाई आख्यान र आख्यानेत्तर गद्य विधाको सिर्जना सम्बन्धी
तालिम दिई राम्रा साहित्यिक पत्रकार तयार पार्ने परम्परा पश्चिमा साहित्यिक
पत्रकारितामा पाइन्छ ।
३.
व्यवसायिकता
व्यवसाय, व्यावसायिकता र व्यवसायीकरण शब्द एक आपसमा सम्बन्धित छन् ।
व्यवसाय मानिसले आर्जन गरेको ज्ञानका आधारमा उसले गर्ने पेसा हो । यो जीविको
पार्जनको माध्यम पनि हो । आफ्नो दक्षता अनुसारको काममा रमाएर मानिसले व्यवसाय
सञ्चालन गर्दछ । कुनै मानिस पूर्ण रुपमा आफ्नो व्यवसायमा लाग्छ भने कुनै मानिस
आंशिक रुपमा अन्य व्यवसायमा पनि लाग्दछ । उदाहरणका लागि कुनै मानिस
विश्वविद्यालयमा पढाउँछ र साहित्यिक पत्रिकाको सम्पादन पनि गर्छ भने प्राध्यापन
उसको मूल व्यवसाय (पेसा) हो भने साहित्यिक पत्रकारिता उसको आंशिक कार्य हो ।
व्यवसायको प्रकृति देश, जीवनस्तर, शैक्षिक अवस्था, अर्थतन्त्र
र राजनीतिक विचारधाराका आधारमा भिन्न हुन्छ । नेपालमा प्राध्यापन जीवन यापनको आधार
त बन्छ तर सुखद् जीवनको माध्यम बन्दैन । त्यसैले प्राध्यापक अन्य कामको खोजीमा
लाग्छ । राज्यले प्राध्यापनमा नै लाग्ने र त्यसैबाट प्राज्ञिक र आर्थिक उन्नति
गर्ने वातावरण पनि प्रदान गर्दैन भने विकल्प खोज्नु उसको बाध्यता जस्तै हो ।
व्यावसायिकता
व्यवसायभन्दा विस्तृत अर्थ बोकेको शब्द हो । यसले व्यक्तिको दक्षता वा सक्षमताको
बोध गराउ“छ । कुनै व्यक्ति कति व्यावसायिक छ भन्ने कुरा
उसले आर्जन गर्ने ज्ञान, सीप र
अभिवृत्तिमा भर पर्दछ । व्यवसायिक मान्छे आत्म निर्भर हुन्छ र उसको ज्ञान समाज र
राष्ट्रमा बिक्दछ । यस्तो व्यवसायिकता पनि विचारधारात्मक हुन्छ । पूँजीवादी
अवधारणामा व्यवसायिकतालाई आर्थिक आधारमा नापिन्छ । अहिलेको ज्ञान अर्थतन्त्रले त
व्यावसायिकतालाई पैसामा साटफेर गर्न सकिने बुद्धिका रुपमा परिभाषित गर्दछ ।
वास्तविक अर्थमा व्यावसायिकता यत्तिमा मात्र सीमित हुन्न । एउटा राम्रो डाक्टर
हुनु भनेको पैसा कमाउनु मात्र होइन । राम्रो सेवा दिनु पनि हो । सम्पादनको कलामा
अधावधिक हुने सम्पादक व्यावसायिक त हो नै तर उसले पाठकलाई पनि सुन्दर विचार पस्कन
सक्नु पर्दछ । यही आधारमा मिकाएल एराउटले व्यवसायिकतालाई विचारधाराका रुपमा
अथ्र्याएका छन् । उनका विचारमा व्यावसायिकता ज्ञान र सीप हो र आर्थिक उपार्जनको
आधार पनि हो । त्यसका साथै यो सामाजिक इज्ज्त र प्रतिष्ठा पनि हो । व्यावसायिकता
ज्ञान र सीप मात्र नभएर त्यसको प्रयोग पनि हो । ज्ञानको प्रयोगका सन्दर्भमा एउटा
साहित्यिक पत्रकारले ज्ञान मात्र आर्जन गरेर पुग्दैन । उसले त्यस ज्ञानलाई प्रयोग
गर्ने वातावरण पनि प्राप्त गर्नु पर्दछ । ज्ञान प्रयोग गर्ने सन्दर्भ नपाई उ
व्यावसायिक बन्न सक्दैन र उसको व्यावसयिकता स्थापित हुन पनि सक्दैन ।
व्यावसायिकतालाई सम्पादनका सन्दर्भमा प्रयोग गरेर नै उसले अझ नयाँ र व्यवहारिक
ज्ञानको विकास गर्दछ र पूर्ण व्यावसायिक बन्दछ । व्यावसायिकता व्यक्तिको निपुर्णता
भए पनि यसमा सामाजिक नियन्त्रण र समूह स्वार्थ प्रतिबिम्बन हुन नसक्दा वास्तविक
व्यवसायिकता प्रतिबिम्बन हुन सक्दैन भन्ने धारणा एउटाको छ । त्यसैले व्यावसायिकता
जहिले पनि असक्षमता, उपेक्षा र शोषणका विरूद्ध हुन्छ । एउटाले यसका
लागि डाक्टरको उदाहरण प्रस्तुत गरेका छन् । विरामीप्रति उपेक्षा वेवास्ता र शोषण
गर्ने डाक्टर व्यावसायिक होइन भन्दै उनले व्यावसायिकताको विकासमा विशष्टि
निपुर्णता, नैतिक मूल्य, स्पष्टता, शोषणहीनता
आवश्यक पर्ने बताएका छन् । निरन्तरको अध्ययन, सिद्धान्तको
र व्यवहारको संयोजन, हार्दिकता र सिक्न सक्ने गुण, लोकतान्त्रिक आचरण, रुचि, आन्तरिक र बाह्य परिवेश, रुपान्तरण
क्षमता, आदिबाट नै व्यक्तिमा व्यावसायिकताको विकास सम्भव हुन्छ ।
व्यावसायीकरण
चाहिँ व्यावसायिकताको व्यवस्थापकीय पक्ष हो । वयवसायिक हुनका लागि चाहिने वातावरण, सुविधा, उसले
प्राप्त गर्ने सामाजिक प्रतिष्ठा, सरकारी
दायित्व आदिले व्यवसायीकरणको प्रकृयालाई मार्ग निर्देश गरेको हून्छ । साहित्यिक
पत्रकारितामा व्यवस्थापक वा राज्यको अति नियन्त्रण वा अति खुकुलोपन भएमा
व्यवसायीकरण सम्भव छैन । त्यस्तै संस्थागत प्रयत्न वा चासो नहु“दा पनि व्यवसायीकरणले मूर्त रुप लिन सक्दैन । व्यावसायीकरण
चाहिँ भन्ने तर उपयुक्त वातावरण चाहिँ प्रदान नगर्ने संस्था वा सरकारले
व्यवसायीकरणको विकास गर्न सक्दैनन् ।
४.
साहित्यिक पत्रकारिता र व्यावसायिकता
४.१
समस्याहरु
नेपालमा
साहित्यिक पत्रकारिताको प्रारम्भ र विकासमा निजी प्रयासकै प्रधानता रहेको पाइन्छ ।
संस्थागत साहित्यिक पत्रपत्रिकाको रुपमा भने ‘मधुपर्क’ २०२५ र गरिमा २०३९ आदिको नाम आउ“छ । साहित्यिक पत्रपत्रिकाको प्रकाशन र यसको निरन्तरतामा
पर्याप्त कठिनाइ र जटिलता देखा पर्नुमा यस्ता पत्रिकाप्रतिको सरकारी उदासिनता नै
मूल पक्षका रुपमा देखा पर्छ । त्यसले गर्दा साहित्यिक पत्रिका प्रकाशन हुने र बन्द
हुने क्रम निरन्तर चलिरहेकै छ । निरन्तरता पाएका साहित्यिक पत्रिकाले पनि जेनतेन
आफ्नो अस्तित्व कायम राखेको अवस्था छ । साहित्यिक पत्रिकाको प्रकाशनका लागि चाहिने
व्यवस्थापकीय, प्राज्ञिक र सम्पादन कौशलको अभावमा कतिपय
साहित्यिक पत्रिका प्रकाशन भएर पनि बन्द भएका छन् भने आर्थिक कारणले पनि यस्ता
पत्रिका प्रकाशनमा समस्या देखा परेको छ । यस आधारमा हेर्दा नेपालमा साहित्यिक
पत्रिका र पत्रकारिताको व्यावसायिक विकास नगन्य प्रायः रहेको छ । नेपालमा
साहित्यिक पत्रकारिताको व्यवसायिक विकास नहुनुमा निम्न समस्याहरु मुख्य रुपमा
रहेका छन् ः
(क)
सङ्गठित र संस्थागत प्रयास हुन नसक्नु ः
साहित्यिक
पत्रिकाको उत्पादनमा सङ्गठित र संस्थागत प्रयास पहिलो सर्तका रुपमा रहन्छ । नेपालमा
साहित्यिक पत्रकारिता फस्टाउन नसक्नुमा व्यक्ति विशेषको मात्र योगदान रहनु पनि
एउटा कारण हो । काठमाडौँ र काठमाडौँ बाहिरबाट प्रकाशित हुने साहित्यिक पत्रिका
प्रायः एक दुई जनाको प्रयासबाट मात्र अघि बढेका छन् । यस्तो हु“दा व्यवस्थापकीय पक्ष लेख रचना सङ्कलन, सम्पादन बजार लगायतका क्षेत्रमा योजनाबद्ध काम हुन सक्दैन ।
साहित्यिक पत्रकारिता सिर्जन कर्मस“ग
समेत सम्बद्ध हुने हु“दा यसका सम्पादकको मूल काम
रचनाको सम्पादन हुनु पर्ने हो । नेपालको साहित्यिक पत्रकारितामा यस कुराको अभाव छ
। प्रायः पत्रिकाका प्रकाशक र सम्पादक एकै व्यक्ति हुन्छन् । स्रष्टाले सिर्जना
गरेको लेखा रचना सम्पादन गर्ने फुर्सद हुन्न भने कतिपय सम्पादकमा त्यस्तो क्षमता
पनि रहन्न । यस्तो अवस्था अन्त्य गर्न साहित्यिक पत्रकारितामा सङ्गठित र संस्थागत
प्रयत्न हुनुपर्दछ । संस्थागत नेपालका साहित्यिक पत्रिकामा समेत यस्तो समस्या छ ।
सङ्गठित
प्रयास भनेको पत्रिकालाई संस्थागत बनाउने प्रयत्न हो । त्यसका लागि समूह कार्यको
आवश्यकता पर्दछ । समूह कार्य हु“दा सबैमा कामको जिम्मेवारी
बा“डफा“ड हुन्छ र दक्षता अनुसारको
काम विवरण गर्ने अवसर पनि रहन्छ । विषयवस्तु, भाषा
आदिको सम्पादन, लेख रचनाको सङ्कलन, साजसज्जा र चित्रकारित, डिजाइन
आदि सबै कार्यमा दक्ष जनशक्ति प्रयोग गरी स्तरीय साहित्यिक पत्रिकाको प्रकाशन गर्न
सके साहित्यिक पत्रकारिताले व्यवसायिकता प्राप्त गर्छ र यसबाट पाठक पनि बढ्न जाने
हुन्छ । व्यक्तिगत रुपमा प्रकाशक÷प्रकाशन गृहहरुले त यो काम
गर्न सकेका छैनन् नै संस्थागत भनिएका प्रकाशन गृहहरुमा समेत पत्रिका प्रकाशनका
लागि सम्पादक नै चारैतिर दौडनु पर्ने अवस्था आउन सक्छ । साहित्यप्रति व्यवस्थापकको
पनि सकारात्मक सोच पाइन्न । पत्रकारिता भनेको समाचारमूलक पत्रिका मात्र हो भन्ने
सोच व्यवस्थापनमा पाइन्छ । साहित्यिक पत्रकारिता र यसको महŒव स्थापित हुन नसक्दा यसले संस्थागत रुप प्राप्त गर्न सकेको
छैन ।
(ख)
नीतिगत अवस्था
साहित्यिक
पत्रकारिताका बारेमा सरकारी नीति अझसम्म पनि स्पष्ट हुन सकेको पाइन्न । प्रेस
काउन्सिल र सूचना विभाग जस्ता सरकारी निकायहरुको जोड पत्रकारिताको मूल विधामा नै
रहेको छ । प्रेस काउन्सिलमा साहित्यिक पत्रकारिताको प्रतिनिधित्व र उपस्थिति पनि
नाम मात्रको रहेको छ । साहित्यिक पत्रिका र पत्रकारिताको प्रवद्र्धनका लागि
राजनीतिक प्रतिबद्धता पनि व्यक्त भएको पाइन्न । समग्र साहित्य क्षेत्र नै राज्यबाट
उपेक्षित जस्तै बनेको अवस्थामा साहित्यिक पत्रकारिता पनि राजनीतिक क्षेत्रबाट
उपेक्षित प्रायः छ । खेलकुदमा छुट्याइए पनि रकम समग्र सांस्कृतिक क्षेत्रमा
नहुनुले पनि राज्य साहित्य र साहित्यिक पत्रकारिताका क्षेत्रमा उदासिन रहेको
प्रष्ट हुन्छ । राज्य साहित्य र साहित्यिक पत्रकातिराको विकासमा उदासिन भएकै कारण
साहित्यिक पत्रकारिताले पाठ्यक्रम, पाठ्यपुस्तक, तालिम आदिमा प्रवेश पाएको छैन । मिडिया हाउसहरु पनि
व्यवस्थित किसिमको साहित्यिक पत्रकारिताका पक्षमा छैनन् । रेडियो, टेलिभिजन, दैनिक, साप्ताहिक र मासिक पत्रपत्रिकामा साहित्यको प्रवेश पहु“चका साथ हुन सकेको पाइन्न । साहित्यिक समाचारलाई
प्राथमिकतामा पार्न पनि मन्त्री र राजनीतिक नेताहरुको उपस्थिति अनिवार्य जस्तै
भएको छ । पछिल्लो समयमा यसमा आंशिक सुधार जस्तो देखिए पनि नीतिगत रुपमा संशोधन नभई
साहित्यिक पत्रकारिताको व्यवसायिक विकास हुन नसक्ने कुरा स्पष्ट छ ।
(ग)
दक्षताको अभाव
साहित्यिक
पत्रकारिताको व्यावसायिकताको लागि दक्षता पनि महŒवपूर्ण पक्षका रुपमा रहेको हुन्छ । व्यावसायिक विकासका दुई
किसिमको दक्षता आवश्यक पर्छ ः पेशागत दक्षता र वैयक्तिक दक्षता । व्यावसायिक
दक्षता अन्तर्गत विशेषज्ञतासम्बन्धी ज्ञान, सूचनाको
ज्ञान, आलोचनात्मक र मूल्याङ्कनको क्षमता, विषयगत ज्ञान, विधाको
सिर्जना र सिर्जनात्मक लेखन सम्बन्धी ज्ञान, उपयुक्त
सम्पादन कौशल र बोध, व्यवस्थापकीय कौशल, साहित्यिक पत्रकारिताको वैश्विक ज्ञान, वैश्विक ज्ञानलाई स्थानीयकरण गर्ने सीप, इ–पत्रकारिता, दृश्य र श्रव्य पत्रकारिता तथा त्यस सम्बन्धी ज्ञान र सीप, पठन सर्वेक्षण र अनुसन्धानको ज्ञानका आधारमा पाठकको
आवश्यकता र रुचिको पहिचान क्षमता, लेखन
र लेखन सीप, समस्या समाधानको सीप, शैक्षिक क्षमता, प्रकाशन
सम्बन्धी ज्ञान लगायतका विषयहरु पर्दछन् । साहित्यिक पत्रकारितामा प्रवेश गर्ने
पत्रकारमा न्यूनतम व्यावसायिक सक्षमता आवश्यक नै हुन्छ । वैयक्तिक दक्षता अन्तर्गत
चाहिं पेसाप्रतिको निष्ठा र समर्पण, समूहमा
काम गर्ने क्षमता, नेतृत्व प्रदान गर्ने क्षमता, उपयुक्त वातावरणको निर्माण तथा वैयक्तिक सीप, अवसरको खोजी गर्ने कौशल लचकता तथा सकारात्मक सोच, परिवर्तनलाई आत्मसात् गर्न सक्ने सीप जस्ता विषयहरु पर्दछन्
।
नेपालको
साहित्यिक पत्रकारिताको व्यावसायिक विकास नहुनुमा दक्षतायुक्त जनशक्ति प्राप्त
गर्न नसक्नु पनि हो । सिर्जना र पत्रकारिता भिन्न कुरा हुन् । राम्रो सर्जक
पत्रकार नहुन पनि सक्छ भने पत्रकार सर्जक नै हुन्छ भन्ने पनि छैन । यी दुवै गुण
भएका व्यावसायिक पत्रकार नेपालको प्राज्ञिक क्षेत्रले जन्माउन सकेको छैन । अनुभव
गरेर सिक्ने क्रममा केही पत्रिका र सम्पादकहरुको कुशलता देखिए पनि पेशागत दक्षतायुक्त
व्यक्ति यस क्षेत्रमा पाउन कठिन छ । साहित्यिक पत्रकार हुन उसमा चाहिने न्यूनतम
सक्षमता कति हुन्छन् । हुनुपर्छ भन्ने आधार निर्माण गरिएको छैन । विश्व विद्यालयको
डिग्रीलाई मात्र आधार मान्दा त्यहा“ साहित्यिक
पत्रकारिताका विषयमा कुनै ज्ञान र सीप दिन सकिएको पाइन्न । सिर्जनात्मक लेखन
पाठ्यक्रम पनि त्यति व्यवहारिक नरहेको भन्ने गुनासो सुनिने गरिन्छ । सिद्धान्तलाई
व्यवहारस“ग जोड्न नसक्दा सिर्जना र सिद्धान्त भिन्न कुरा
पो हुन् कि भन्ने अवस्था छ । यस्तो अवस्थामा दक्ष साहित्यिक पत्रकार नेपालको
साहित्यिक पत्रकारिताले प्राप्त गर्न गाह्रो छ । यस क्षेत्रमा प्रवेश गरेका
अधिकांश साहित्यिक पत्रकारले पत्रिका सञ्चालनका क्रममा नै न्यूनतम दक्षता प्राप्त
गरेका छन् भने साहित्यिक पत्रकारितामा भनेको सर्जकले दिएको रचना प्रकाशन गर्नु
मात्र हो भन्ने भ्रम पनि कतिपय पत्रकारमा छ । विश्वका र नेपालकै पनि चर्चित
साहित्यकार जन्माउने काम साहित्यिक पत्रिकाले गरेका सन्दर्भमा लेखकलाई प्रशिक्षित
गर्ने कला विकास पनि साहित्यिक पत्रकारहरुमा हुनुपर्दछ । यस बाहेक अन्तर्वार्ता, लेखकीय अनुभवको प्रस्तुति, स्तम्भ लेखन र सम्पादकीय लेखनका दृष्टिले पनि हाम्रा
साहित्यिक पत्रिकाको व्यावसायिक विकास उचाइमा पुग्न सकेको छैन । विश्वको ज्ञान र
विधागत विस्तार र विकासका कारण साहित्य, सिर्जना
तथा साहित्यिक पत्रकारिताको विकासको अधावधिक ज्ञानका लागि पनि साहित्यिक पत्रकार
दक्ष बन्नु पर्ने अवस्था छ । पेशागत दक्षता बाहेक वैयक्तिक र अन्तर वैयक्तिक
सीपहरुको विकासमा पनि साहित्यिक पत्रकारिता र पत्रकारको ध्यान जानुपर्छ ।
पेसाप्रतिको निष्ठा र प्रतिबद्धता, त्यसको
निरन्तरता, समूहका काम गर्ने क्षमता तथा साहित्यिक
पत्रकारिता प्रतिको सकारात्मक सोच समेतलाई बोध गर्ने दक्ष व्यक्तिको अभावमा
एक्काइसौँ शताव्दीको साहित्यिक पत्रकारिताले व्यावसायिक स्वरुप प्राप्त गर्न
सक्दैन ।
पेशागत
दक्षताको कुरा गर्दा नेपाली अनुभव पनि अगाडि आउ“छ । नेपालका ‘रचना’ ‘अभिव्यक्ति’ ‘जनमत’ ‘जुही’ ‘उन्नयन’ जस्ता साहित्यिक पत्रिका व्यक्तिगत अनुभव र निष्ठाले बा“चेका पत्रिका हुन् निरन्तरता यिनको प्राप्ति हो र नयाँ
सिर्जना र सर्जकका लागि उपयुक्त वातावरण प्रदान गर्न तथा आफ्नो पनका कारण यी
पत्रिकाहरु चल्दै छन् । त्यसै गरी ‘कलम’ ‘वेदना’ झिसमिसे’ जस्ता पत्रिका सङ्गठित प्रयासका उपज हुन र सङ्गठन यिनको
शक्ति हो । दुवै थरिमा आफ्ना विचारधारा छन् र वैचारिक प्रतिबद्धता छन् । यत्ति भएर
पनि नेपाली पाठकलाई प्रभावित पार्ने र पठनीय सामग्री उत्पादन गर्ने अवस्था सिर्जना
गर्न यिनलाई कसरी राम्रो र झन् राम्रो पार्ने भन्ने कुराका लागि दक्ष नया“ पुस्ता प्राप्त गर्न सके र अहिलेका सम्पादकले व्यवस्थापकीय
भूमिका प्रदान गर्न सके गुणवत्ता बढाउन सकिन्छ । भर्खरै प्रकाशनमा आएका ‘भृकुटी’ ‘शब्द
यात्रा’ जस्ता साहित्यिक पत्रिकाहरुले गुणवत्ता खोजे पनि पहु“चका दृष्टिले आम पाठकभन्दा टाढा रहेको भन्ने जनगुनासो पनि छ
। यसरी व्यवसायिकताका नाममा पहु“चभन्दा पर र पत्रकारिताका
नाममा सेवा मात्र गरिरहने अवस्थाको अन्त्यका लागि सक्षमता र दक्षतायुक्त साहित्यिक
पत्रकारिता आवश्यक भइसकेको छ ।
दक्षतास“ग जोडिएको अर्को विशेष पक्ष रचनाको छनोट पनि र सम्पादन पनि
हो । साहित्यिक पत्रिकामा पठाइएका सबै रचना छाप्न योग्य हुन्छन् भन्ने कुरा सत्य
होइन । सिकारु लेखकलाई प्रोत्साहन गर्न रचनाको सम्पादन परिमार्जन आवश्यक हुन्छ ।
सम्पादन र परिमार्जन पछि पनि रचना स्तरीय बन्न नसके त्यसलाई अस्वीकृत गर्न पनि
सक्नुपर्ने हून्छ । विकसित र व्यावसायिक साहित्यिक पत्रकारिता भएका देशहरुमा
प्रकाशन गृहले त्यस्ता रचनाको पुनर्लेखन र परिमार्जनका लागि सम्पादकहरुको व्यवस्था
गरेको हुन्छ र तिनले रचनाको अन्तर्वस्तु, रुप
तथा भाषाको समेत सम्पादन गर्ने क्षमता राख्दछन् । नेपालमा सम्पादकले सर्जकका रचना
छुन पाउ“दैन भन्ने सोच पनि छ भने स्थान अभावका नाममा रचनाको सार भा“चभु“च र काटकुट पारी रचनालाई
अङ्गभङ्ग बनाउने सम्पादक पनि छन् । यी दुवै पक्षमा सुधार गरेर साहित्यिक पत्रिकाको
व्यावसायिकताको विकास गर्नु पर्ने चुनौति पनि हाम्रा सामु छदैछ ।
(घ)
पाठक सर्वेक्षणको अभाव
साहित्यिक
पत्रिकाको विकास पाठक विना असम्भव छ । नेपालमा पठन संस्कृतिको विकासमा
राज्यस्तरबाट ज्यादै कम मात्र कार्य भएको छ । पठन संस्कृतिको विकास गर्न खुलेका
सामुदायिक पुस्तकालय पनि जनशक्ति र संरक्षणको अभावमा टाक्सिएका छन् । तिनीहरुस“ग क्रय सामथ्र्य छैन । ज्ञानको विकासस“गै समाजमा नया“ स्वाद
र अनुभव बोकेका पाठकहरुको विकास भएको छ । राम्रा रचना र रोचक सामग्रीप्रति तिनको
रुचि पनि छ । तिनको स्वादमा परिवर्तन आएको छ भने विविधताको खोजी पनि बढ्दो छ । नया“ अनुभव, ज्ञान
र रुचिका कारण तिनको पठन क्षेत्र फराकिलो बनेको छ । साहित्यका नयाँ पक्ष, सिनेमा, सांस्कृतिक
विविधतासहितका सिर्जनात्मक सामग्रीको प्रस्तुति भाषा तथा जीवन वार्ताको नयाँपन, नया“ विधाहरुको
छनौट र स्तरीकरण जस्ता कुरामा पाठकको ध्यान जान थालेको छ । नेपाली समाजको बनोट तथा
आवश्यकता अनुसारका कस्ता सामग्री प्रकाशन गर्न सके व्यावसायिकताका साथ साथै
पत्रिकाको बजार पनि बढ्छ भन्ने कुरामा हामी सचेततापूर्वक लाग्न सकेका छैनौँ भने
पाठक मनोविज्ञानलाई पनि संशोधन गर्न सकेका छैनौँ । यसका लागि साहित्यिक
पत्रकारिताका क्षेत्रबाट पाठकहरुको सर्वेक्षण वा अनुसन्धान हुनु जरूरी छ । विभिन्न
प्रकृतिका प्रश्नावलीको निर्माण गरी ती प्रश्नका उत्तरहरुको विश्लेषणात्मक आधारमा
पाठक रुचि पहिचान गर्न र त्यस अनुसारको सामग्री र स्तम्भ दिन सके साहित्यिक
पत्रिकाको व्यावसायिकता बढ्छ । यसले पत्रकारिताको गुणस्तरको विकास हुन्छ र
साहित्यिक पत्रकारिताको पनि बजार प्राप्त गर्ने अवसर सिर्जना हुन्छ ।
ङ.
आर्थिक समस्या
साहित्यिक
पत्रकारिताको व्यावसायिक विकासका लागि आर्थिक पक्ष पनि मुख्य रुपमा आउ“छ । नेपालमा साहित्यिक पत्रकारिताको व्यावसायिक विकास
नहुनुको एउटा कारण आर्थिक कारण पनि हो । साहित्यिक पत्रपत्रिकाको बिक्रीबाट यसलाई
धान्ने खर्च उठ्दैन भने राज्यले पनि यसको विकासका लागि भरपर्दो सहयोग गरेको अवस्था
छैन । राज्यका विभिन्न खाले लोककल्याणकारी विज्ञापन प्राप्त गर्न पनि साहित्यिक
पत्रिकालाई कठिन छ भने निजी क्षेत्रका विज्ञापनहरुले पनि अन्य पत्रिकामा नै
प्राथमिकता पाउ“छन् । संस्थागत रुपमा प्रकाशित साहित्यिक
पत्रिकाले समेत आफ्नो खर्च आफैँ धान्न नसकेको अवस्था छ । ठूला ठूला मिडिया हाउसहरु
त छन् तर तिनले नाफामुखी पत्रकारिता गर्ने हु“दा
साहित्यक पत्रिकामा लगानी गर्ने चाहना राख्दैनन् । त्यही कारण नेपालमा साहित्यिक
पत्रकारिता व्यवसाय नभएर सेवा बन्न पुगेको छ । आफ्नो घरखेत बेचेर वा तलव कटाएर साहित्यिक
पत्रकारिता गर्न बाध्य समाजमा साहित्यिक पत्रकारिताको व्यावसायिक विकास कसरी सम्भव
होला र ?
आर्थिक
समस्याको अर्को पक्ष यसमा काम गर्ने पत्रकारहरुको पनि छ । संस्थागत रुपमा काम
गर्ने साहित्यिक पत्रकारले त मासिक तलवमा काम गर्दछन् तर निजीस्तरमा काम गर्ने
पत्रकार विना पारिश्रमिक काम गर्न बाध्य छ । साहित्यिक पत्रकारिता पनि उद्योगका
रुपमा विकसित हुनसक्छ भन्ने मान्यता विकसित हुन नसक्दा र नेपालको साहित्यिक बजार
सीमित र सङ्कुचित रहेको हु“दा पनि साहित्यिक पत्रिकामा
लगानी गर्ने रुचि राखेको पाइन्छ । साहित्यिक लेखक पनि विना पारिश्रमिक लेख रचना
दिन बाध्य छ । परिश्रमको मूल्य नपाइने भएपछि साहित्यिक पत्रिकामा नभएर दैनिक
पत्रिकामा लेख्ने प्रवृत्ति बढ्दो छ । संस्थागत रुपमा प्रकाशित पत्रिकाले पनि उचित
पारिश्रमिक दिन सकेका छैनन् । अहिले निजी क्षेत्रबाट प्रकाशित ‘भृकुटी’ ‘शब्दयात्रा’ जस्ता पत्रिकाले पारिश्रमिकको व्यवस्था गरे पनि कति दिगो
बन्ने हो त्यो भने हेर्न बा“की नै छ ।
(च)
बजार व्यवस्थापनमा समस्या
बजार
भएर पनि बजारको व्यवस्थापन गर्न नसक्नु नेपालको साहित्यिक पत्रकारिताको अर्को
समस्या हो । बजारका लागि वितरण र विज्ञापनको व्यवस्था आवश्यक र अनिवार्य सर्त हुन्
। सङ्गठित पत्रकारिताको अभावमा नेपालको साहित्यिक पत्रकारिता कतिपय अवस्थामा त
झोलामा मात्र सीमित छ । साहित्यिक पत्रिका बिक्रीको राष्ट्रव्यापी सञ्जाल बन्न
सकेको छैन । यसलाई नेपाली भाषा भाषीको अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न
सकिएको छैन । साहित्यिक पत्रिका पनि किनेर पढ्ने हो र भन्ने नेपाली मानसिकतालाई
बदल्न पनि सकिएको छैन । यस्तो अवस्थामा पत्रिकाको गुणस्तरस“गै यसको बजारलाई व्यवस्थित, व्यापक, सञ्जालयुक्त
बनाउनु जरुरी छ । यसको वितरणलाई व्यवस्थित गर्नका लागि योजना, निर्माण, बजार
सर्वेक्षण, विज्ञापन विनिमय कार्यक्रम, कम लागतमा विज्ञापन प्रसारणका लागि दबाब र आग्रह जस्ता
कुरामा व्यस्थित ढङ्गले लाग्नै पर्ने भएको छ । स्तरीय साहित्यिक पत्रिका बजारमा
बिक्री त हुन्छ तर त्यसका लागि बजारको उचित व्यवस्थापनमा सचेत हुनैपर्छ ।
(छ)
विषय विश्लेषण र समीक्षाको अभाव
बजारमा
साहित्यिक पत्रिकाको निरन्तरता बढे पनि त्यसको अन्तर्वस्तुको विश्लेषण र समीक्षा
गर्ने प्रणालीको विकास हुन सकेको छैन । पत्रिका निस्केपछि त्यसका विषयको विश्लेषण
गर्ने गर्यो भने सम्पादकलाई पत्रिकाका बारेमा रचनात्मक सुझाव प्राप्त हुन्छ भने
समीक्षाले पत्रिकाका बारेमा पाठकलाई सूचना र ज्ञान प्राप्त हुन्छ । समग्र मिडियाकै
अन्तर्वस्तुका विषयमा छलफल नभएको वर्तमान अवस्थामा साहित्यिक अन्तर्वस्तुको
विश्लेषण निकै टाढाको विषय बन्न पुगेको छ । कस्ता रचना प्रकाशित भए, सम्पादकीय कस्तो छ, स्तम्भहरु
कस्ता छन्, पाठकलाई रूचि वृद्धि गर्न अरु के गर्नुपर्छ
भन्ने कुराको पहिचानका लागि अन्तर्वस्तुको विश्लेषण गर्ने गराउने परम्परा बसालेर
साहित्यिक पत्रकारिताको व्यावसायिकतामा वृद्धि गराउन सकिन्छ । त्यस बाहेक दैनिक
पत्रिका,
टेलिभिजन, रेडियो
आदिमा समेत साहित्यिक पत्रिका, पत्रकारिता
आदिका विषयमा छलफल, बसह, अन्तक्र्रिया
र समीक्षा प्रसारण गर्ने वा गराउने कुरामा सचेत गराएर वा दवाव दिएर पनि साहित्यिक
पत्रकारिताको विकासका लागि कार्य गराउनु पर्ने देखिन्छ ।
(ज)
पाठ्यक्रम, तालिम र पाठ्यपुस्तक
देशका
पत्रकारिता पढाइ हुने विश्वविद्यालयका विभिन्न तहमा अनिवार्य रुपमा साहित्यिक
पत्रकारिता विधालाई पनि समावेश गरिनु पर्दछ । नेपाली पत्रकारिताको पाठ्यक्रममा
साहित्यिक पत्रकारिता उपेक्षित हुनुले पनि साहित्यिक पत्रकारिताले व्यावसायिकता
पाउन नसकेको हो । फिचर लेखनदेखि समाचार लेखनसम्मको कला साहित्यिक कला पनि हो ।
रिपोर्ताज र अनुभव वर्णन सिर्जनाकै महŒवपूर्ण
पक्ष हुन् र त्यो साहित्यि पनि हो । रिपोर्ताज र अनुभव वर्णन सिर्जनाकै महŒवपूर्ण पक्ष हुन् र त्यो साहित्य पनि हो । एउटा लेखक
आख्यानेत्तर सिर्जनाका लागि पनि कति सचेत हुनुपर्छ जस्ता कुराको शिक्षणका लागि पनि
साहित्यिक पत्रकारिता पाठ्यक्रम अनिवार्य पक्ष बन्नै पर्दछ । त्यसै गरी सरकारी र
गैर सरकारी संस्था, पत्रकार महासङ्घ र अन्य सङ्घहरु, नेपाल प्रेस काउन्सिल लगायतले साहित्यिक पत्रकारिताका
विषयमा तालिम दिने वा दिन लगाउने कार्य गर्नु पर्दछ । राम्रा सर्जक र पत्रकारको
सहभागितामा साहित्यिक पत्रकारिताका पुस्तकहरुको प्रकाशन पनि हुनुपर्दछ । नेपालमा
यस क्षेत्रमा ठोस काम हुन नसक्दा पनि साहित्यिक पत्रकारिताको व्यावसायिकतामा
समस्या उत्पन्न भएको छ ।
(झ)
प्रतिनिधित्वको व्यवस्था
नेपालमा
साहित्यिक पत्रकारिताले विभिन्न सरकारी निकायहरुमा हस्तक्षेप बढाउन सकेको छैन ।
प्रेस काउन्सिल लगायतका संस्थामा साहित्यिक पत्रकाको उचित प्रतिनिधित्व आवश्यक छ
भने देशका वरिष्ठ साहित्यिक पत्रकारलाई प्रज्ञा प्रतिष्ठान लगायतका संस्थामा समेत
प्रतिनिधित्व नगराइएको अवस्था छ । त्यसले गर्दा साहित्यको विकासमा योगदान दिने
साहित्यिक पत्रकार र पत्रकारिता उपेक्षित बनेको छ । त्यही कारण राज्यका विभिन्न
सम्बद्ध निकायमा साहित्यिक पत्रकारको अनिवार्य उपस्थितिको व्यवस्था नहुन्जेल पनि
साहित्यिक पत्रकारिताले पूर्ण व्यावसायिक विकास गर्न नसक्ने देखिन्छ ।
(ञ)
विचारधारात्मक समस्या
नेपालमा
साहित्यिक पत्रकारिताको विकास नहुनुमा राजनीतिक र विचारधारात्मक समस्या पनि कारणका
रुपमा रहेको छ । २००७ सालदेखि नै नेपाली राजनीतिमा एउटा विचारलाई निषेध गर्ने
प्रवृत्ति रह्यो भने पञ्चायती निरङ्कुश कालमा लोकतान्त्रिक र जनपक्षीय विचार र
चिन्तनलाई दबाउने कार्य भयो । जसले गर्दा स्वतन्त्र पत्रकारिताले फस्टाउने मौका
पाएन । २०४७ सालपछि पनि विचारधाराको निषेधको एउटा प्रवृत्ति कायम रह्यो । २०६२÷६३ को आन्दोलनमा स्रष्टाहरुले वैचारिक समावेशीकरणलाई पनि
एउटा मुद्दाका रुपमा उठाए भने गणतन्त्रको वर्तमान युगमा चाहिं विचारहरु निषेधित
नहुने कुरामा निश्चिन्त हुन सकिएला । जसले व्यावसायिक साहित्यिक पत्रकारिताले
फस्टाउने वातावरण प्राप्त गर्न सक्नेछ ।
साहित्यिक
पत्रकारितामा विचारधारा हुन्छ कि हुन्न भन्ने प्रश्न पनि अहिलेको महŒवपूर्ण प्रश्न हो । वर्गीय समाजमा विचार पनि वर्गीय हुन्छ र
त्यही अनुसार दृष्टिकोणको पनि निर्माण हुन्छ । यस आधारमा हेर्दा साहित्यिक
पत्रकारिता विचारधारात्मक हुन्छ । अर्कोतिर साहित्यिक पत्रकारिताको विचारधारा
साहित्यिक पत्रकारिताको गुणवत्ता र स्वतन्त्रताको खोजी हो भन्ने मत पनि छ ।
विचारधारात्मक पत्रकारिताले नेपालको विचारधारात्मक पत्रकारिताको धारालाई विकास
गरेको तथ्यलाई भने नकार्न सकिन्न । नेपाली साहित्यिक पत्रकारितामा रहेको
विचारधारात्मक निषेध पनि लामो समयसम्म यसको व्यावसायिकताको बाधकका रुपमा रहेको
देखिन्छ ।
४.२
समस्या समाधानका उपायहरु
यस
कार्यपत्रमा साहित्यिक पत्रकारिताको व्यावसायिक विकासका केही समस्याको उठान गरियो
। आखिर समस्या नै त्यस्तो विषय हो जसले समाधान पनि लिएर आउ“छ । माथि चर्चा गरिए झैँ नेपालको साहित्यिक पत्रकारिताको
व्यावसायिकताका समस्या मात्र छैनन्, यसका
राम्रा संभावना पनि छन् । साहित्यिक पत्रकारिताको विकास गर्नकै लागि नेपाल
साहित्यिक पत्रकार सङ्घ जन्मेको छ भने यसले राज्यलाई दबाब दिने काम पनि गर्दैछ ।
साहित्यिक पत्रकारिताको विकासमा समर्पित अनुभवी पुस्ता र नया“ पुस्ताको सहकार्य र एकताले नेपालको साहित्यिक पत्रकारिताको
व्यावसायिकतामा बल पुगेछ भने यो पेशा मर्यादित बन्न जाने क्रम पनि बढ्दो छ ।
माथिका समस्याहरुको समाधान गर्न सके नेपालको साहित्यिक पत्रकारिता व्यावसायिक
रुपमा सक्षम र गुणस्तरका दृष्टिले उत्कृष्ट बन्न सक्छ । त्यसका लागि सामूहिक र
सङ्गठित प्रयत्नको खा“चो भने छदैछ । समस्या उठानकै
क्रममा समाधानको सङ्केत गरिए तापनि समाधानका मुख्य वु“दाहरुलाई यहा“ सङ्क्षेपमा
प्रस्तुत गरिएको छ ।
(क) साहित्यिक पत्रकारिताको व्यावसायिक विकासमा संस्थागत र
सङ्गठित प्रयासका लागि आवश्यक गृहकार्य गरी त्यसका लागि आवश्यक दक्ष जनशक्ति
निर्माणमा योजनाबद्ध कार्यको थालनी हुनुपर्दछ । नेपाल साहित्यिक पत्रकार सङ्घ, लगायत पत्रकारिता विभाग तथा अन्य संस्थाहरुलाई समेत सहभागी
गराई यसको संस्थागत विकासका लागि अध्ययन, अनुसन्धान
तथा कार्य योजना निर्माण गरी त्यसको कार्यान्वयन समेत हुनुपर्दछ ।
(ख) साहित्यिक पत्रकारिताको विकासका लागि राजनीतिक प्रतिबद्धता
आउनु पर्दछ । राजनीतिक प्रतिबद्धताकै आधारमा यसको व्यावसायिक विकासका लागि नीति
निर्माण गरी त्यसको कार्यान्वयन हुनुपर्दछ ।
(ग) साहित्यिक पत्रकार र पत्रकारिताका लागि चाहिने आवश्यक
सक्षमताको पहिचान गरी ती सक्षमता प्राप्त गर्न सक्ने दक्ष साहित्यिक पत्रकार
उत्पादन गर्ने र तिनलाई कामको अवसर पनि प्रदान गर्ने गरी साहित्यिक पत्रकारिताको
दक्षता अभिवृद्धि गर्ने कार्यक्रम ल्याइनु पर्दछ ।
(घ) साहित्यिक पत्रकार र पत्रकारिताका लागि चाहिने आवश्यक
सक्षमताको पहिचान गरी ती सक्षमता प्राप्त गर्न सक्ने दक्ष साहित्यिक पत्रकार
उत्पादन गर्ने र तिनलाई कामको अवसर पनि प्रदान गर्ने गरी साहित्यिक पत्रकारिताको
दक्षता अभिवृद्धि गर्ने कार्यक्रम ल्याइनु पर्दछ ।
(ङ) पाठक सर्वेक्षण र पहिचानका लागि आवश्यक कार्य गर्न राज्यको
सहयोग आवश्यक छ । पठन सचेतना अभिवृद्धि गर्न राज्यका तर्फबाट राष्ट्रिय पुस्तक तथा
साहित्यिक पत्रिका सम्बन्धी नीति निर्माण गर्ने, राष्ट्रिय पुस्तक परिषद् गठन गर्ने तथा पठनलाई जीवन शैलीका
रुपमा विकास गर्न सचेतनामूलक अभियान तथा पठन अनिवार्यताको विकास गरिनु पर्दछ ।
(च) साहित्यिक पत्रिकालाई दिइने आर्थिक सहयोग वृद्धि हुनुपर्छ, साहित्यिक पत्रिकाले राज्यका लोक कल्याणकाी विज्ञापन सहज
रुपमा प्राप्त गर्नु पर्दछ । साहित्यिक पत्रिकाको बजार प्रवद्र्धन तथा प्रचार–प्रसारका लागि विज्ञापन खर्चमा विशेष सहुलियत प्रदान
गरिनुपर्दछ ।
(छ) साहित्यिक पत्रिकाको बजार विस्तार गरी यसको बजारलाई
राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा फराकिलो पारिनु पर्दछ ।
(ज) साहित्यिक पत्रिका स्तरीय र गुणवत्तायुक्त होस् भन्ने
कुरामा विशेष ध्यान पु¥याउ“दै पाठकको रुचि र आवश्यकता अनुसारका नया ज्ञान, रचना तथा सामग्रीगत विविधतामा विशेष ध्यान पु¥याउनु पर्दछ ।
(झ) साहित्यिक पत्रकारितालाई पत्रकारिताको आवश्यक र अनिवार्य
उपविधाका रुपमा स्वीकार गरी पाठ्यक्रममा यसलाई समावेश गरिनु पर्दछ ।
(ञ) साहित्यिक पत्रकारिता तथा सिर्जनसम्बन्धी गोष्ठी, कार्यशाला तथा तालिमको आयोजना गरी पत्रकारहरुको व्यावसायिक
कौशलको विकासमा विशेष ध्यान पु¥याइनु पर्दछ ।
(ट) साहित्यिक पत्रकारितासम्बन्धी पुस्तक तथा पाठ्यपुस्तकको
प्रकाशन गरी यसलाई ज्ञान र सीपको एउटा पक्षका रुपमा प्रस्तुत गरिनु पर्दछु ।
(ठ) प्रेस काउन्सिलमा साहित्यिक पत्रकारिताको प्रतिनिधित्व
बढाइनु पर्दछ भने नेपाल प्रज्ञा प्रतिष्ठानमा अनिवार्य प्रतिनिधित्वको व्यवस्था
गरिनु पर्दछ ।
(ड) साहित्यिक पत्रकारिताका क्षेत्रमा काम गर्ने पत्रकारहरुको
पेशागत सुरक्षा तथा न्यूनतम पारिश्रमिक निर्धारण गरी यसलाई व्यावसायिक र
व्यवस्थापकीय रुप प्रदान गर्ने कार्यमा विशेष पहल गरिनु पर्दछ ।
(ढ) देशभरिका निजी तथा सामुदायिक पुस्तकालयको विकास गर्ने तथा
पुस्तकालय सञ्जाल निर्माण गरी एक एक प्रति साहित्यिक पत्रिका किन्ने व्यवस्था
मिलाइनु पर्दछ ।
५.
निष्कर्ष ः
नेपालमा
साहित्यिक पत्रकारिताको व्यावसायिक विकास नहुनुको मुख्य कारण त पत्रकारिताबाट
आर्थिक एवं सामाजिक उन्नति हुन नसक्नु नै हो । साहित्यिक पत्रकारिता राज्यबाट
उपेक्षित प्रायः हुनाले पनि यसले निरन्तरता प्राप्त भए पनि गति लिन नसकेको अवस्था
हो । यस्तो स्थितिमा साहित्यिक पत्रकारिताको व्यावसायिक पक्षको विकास गरी यसलाई नै
पेसा बनाउने वातावरण निर्माणका लागि साहित्यिक पत्रकारहरुकै भूमिका महŒवपूर्ण हुन्छ । नेपालका साहित्यिक पत्रकारहरुको सङ्गठित
संस्था नेपाल साहित्यिक पत्रकार सङ्घको भूमिका यसका लागि महŒवपूर्ण रहेको छ । सङ्गठनको बलबाट नै शक्ति प्राप्त हुन्छ र
योजनाबद्ध कार्यले नै व्यावसायिक दक्षता पनि प्राप्त गर्न सकिन्छ । साहित्यिक
पत्रकारिता संसारमा पाठकका बीच लोकप्रिय छ भने पाठकहरु पनि यसप्रति आकर्षित छन् ।
नेपालमा साहित्यिक पत्रकारिताको विकासमा समर्पित पत्रकारहरुको सङ्ख्या पनि ठूलै छ
। यसलाई अझ विकास गर्न यसको व्यवसायिकताको विकास गर्नु जरुरी छ । यस कामका लागि
साहित्यिक पत्रकार नै लाग्नु पर्छ र राज्यलाई दबाब दिनु परे त्यसका लागि पनि तयार
हुनुपर्छ । हाम्रो विकास हाम्रै बलमा हुने हु“दा
यसको व्यावसायिक विकासमा जुट्नु अब हामी सबैको कर्तव्य र दायित्व भएको छ ।
साहित्यिक
पत्रकारिता र चितवन घोषणापत्र एक दृष्टिकोण
रामेश्वर
राउत ‘मातृदास’
साहित्यिक
पत्रिका–भाषा, साहित्य,कला, संस्कृतिको
जग हो । मानव हृदयलाई चेतनशील, जागरुक
र सिर्जनशील मार्गमा उन्मुख गराउनमा साहित्यिक पत्रिकाहरुले खेल्दै आएको भूमिका र
दिएको देन शब्दमा वर्णन गर्न कठिन छ । एउटा भर्खरको सिकारुदेखि भविष्यको सिद्धहस्त
कवि, लेखक, साहित्यकारको
रुपमा उभ्याउने र उठाउने जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्ने प्रशंसनीय कार्यको
घनीभूत दायित्व बहन गर्ने कार्यलाई साहित्यिक पत्रिकाहरुले निरन्तरता दिँदै
आइरहेका छन् । सुधासागर, शारदाजस्ता
ऐतिहासिक साहित्यिक पत्रिकाहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, बालकृष्ण सम, चित्तधर
हृदय, सिद्धिचरण श्रेष्ठ, धर्मराज
थापा, श्यामदास वैष्णवजस्ता होनहार प्रतिभाहरु हुर्काएर सिर्जनशील
धरातललाई उपहार दियो ।
त्यसपछि
प्रकाशनमा आएको साहित्यिक पत्रिका ‘रुपरेखा’ ले खेलेको भूमिका पनि त्यत्तिकै अविष्मरणीय मानिएको छ ।
साहित्यिक पत्रिका निरन्तर प्रकाशन गर्ने कार्य आफैँमा अत्यन्त कठिन र चुनौतीपूर्ण
छ । साहित्यिक पत्रिकाहरुले राष्ट्र र समाजको गतिशील धरातललाई फराकिलो बनाउनमा पु¥याएको योगदानको कुनै लेखाजोखा नहुने र शासक र सरकारको
कोपभाजनका कारणले पनि साहियित्यक पत्रिकहरुले आफ्नो यात्रालाई अविछिन्न राख्न
सकेनन् । राष्ट्र र समाजको सिर्जनशील मार्गप्रशस्त गर्ने कार्यमा लागि पर्दै आएका
साहित्यिक पत्रिका र पत्रकारहरुको अवस्था एक्काइसौँ शताब्दीमा पनि सन्तोषप्रद छैन ।
मूलतः पत्रकारिताको प्रारम्भ साहित्यिक पत्रिकाबाटै भएको वास्तविकता सर्वविदित नै
रहेको छ । न्युज पेपरको बर्चश्वलाई सरकारी समर्थन रहे तापनि न्युजपेपर साहित्यिक
पत्रिकाको अवस्था आज पनि उही दयनीय नै छ ।
समस्या
देखाउने र समाधानका लागि समुन्नत उपाय सोच नराखेमा उपलब्धि शून्य हुने
वास्तविकतालाई टार्न सकिन्न । एकयुग र पिँढीले सङ्घर्षको रापिलो भुङ्ग्राको
कठिन परिस्थितिलाई निर्भीकतापूर्वक सामना नगरेसम्म आउने युगका लागि सहज र
अवलम्बनीय मार्गप्रशस्त नहुने यथार्थतालाई अत्मसात् गरेर साहित्यिक पत्रिकाहरुको
संस्थागत विकास र त्यसका लागि उत्पन्न हुने सम्पूर्ण कठिनाइहरुसँग सामना गर्ने
सुदृढ आँट र अठोट बोकेर ‘नेपाल साहित्यिक पत्रकार
सङ्घ–२०६३’ को
विधिवत स्थापना भयो । यस सङ्घको सुरूका दिनहरु निश्चय चुनौतीपूर्ण रहेकै हुन् । ती
सबै अवस्थाहरुलाई सहासपूर्वक सामना गर्दे नेपाल साहित्यिक पत्रकार सङ्घ आफ्नो
निर्धारित लक्ष्य र उद्देश्यमा निरन्तर अग्रगामी गोरेटोमा लम्कँदै आइरहेको छ ।
मूलतः नेपाल साहित्यिक पत्रकार सङ्घले केन्द्रमा मात्र केन्द्रित हुने मनस्थितिलाई
पन्छाएर मोफसलमा भएका साहित्यिक पत्रिका र पत्रकारहरुको हक, हित र समस्या समाधान गर्न सधैँ तत्परता देखाउँदै आइरहेको छ
। सोही प्रतिबद्धता एवम् निरन्तरताको ज्वलन्त नमुनाको रुपमा यस सङ्घले वि.सं. २०६४
सालमा हेटौँडामा ‘साहित्य सङ्गम मकवानपुरसँग’ सहकार्य गर्दै ‘बृहत्
साहित्यिक पत्रकाारिता गोष्ठी’ सम्पन्न
भएको थियो । त्यही निरन्तरताको कडीको रुपमा नेपाल साहित्यिक पत्रकार सङ्घले प्रेस
काउन्सिल नेपालसँग हातेमालो गर्दै चितवनमा ‘मोफसल
साहित्यिक पत्रकारिता सङ्गोष्ठी आयोजना गरेको हो । यस गोष्ठीलाई सफल पार्न सहयोग
गर्ने विभिन्न संस्था एवं व्यक्तिहरु प्रति कृतज्ञता व्यक्त गर्दै सङ्गोष्ठीमा
सहभागीहरुबाट प्राप्त सुझाव र मन्तव्य समेतका आधारमा मोफसल साहित्यिक पत्रिका
सङ्गोष्ठीमा चितवन घोषणा पत्र–२०६६’ जारी गरिएको छ । यसले साहित्यिक पत्रकारितामा महत्वपूर्ण टेवा दिनेछ ।
नेपाली
साहित्यिक पत्रिका र साहित्यिक पत्रकारिता
रोचक
घिमिरे
नेपाली
पत्रकारिता बारेको चर्चामा साहित्यिक पत्रकारितालाई सामेल गरिएन भने त्यसको चर्चा
अधुरो मात्र होइन निरर्थक नै ठहरिने छ । वास्तविक तथ्य के हो भने नेपालमा होस वा
विदेशमा नेपाली पत्रकारिता विधाको थालनी नै साहित्यिक पत्रकारिताबाट भएको हो ।
वि.सं.१९५५ मा पं.नरदेव मोतीकृष्ण शर्माको सम्पादनमा पाशुपत प्रेस काठमाडौँमा
मुद्रित भै निस्केको ‘सुधासागर’ साहित्यिक पत्रिका नेपालको सबभन्दा जेठो र पहिलो पत्रिका हो
। त्यसो त ‘गोरखा भारत जीवन’ नामक साहित्यिक पत्रिका ‘सुधासागर’ भन्दा
पहिल्यै नै वि.सं.१९४३ मा बनारसबाट निस्केको मानिन्छ । तर तत्कालीन केही पुस्तकमा
त्यसको विज्ञापन देखिनु बाहेक हालसम्म त्यसको मुद्रित प्रति फेला परेको छैन । ‘सुधासागर’ र ‘गोरखा भारत जीवन’ दुवै
पत्रिकाको प्रकाशनमा नेपालका अति गौरवशाली साहित्यिक व्यक्तित्व मोतीरामको मुख्य
हात रहेको थियो । त्यसैले मोतीराम भट्टलार्ई हामीले नेपालका आदि पत्रकारका रुपमा
मान्यता दिन पनि सङ्कोच गर्न हुँदैन । ‘सुधासागर’ निस्केको तीन वर्ष पछि मात्र वि.सं. १९५८ मा काठमाडौँबाट
समाचारपत्रको रुपमा ‘गोरखापत्र’ प्रकाशित
हुन थालेको हो । यसबाट के छर्लङ्ग हुन्छ भने साहित्यिक पत्रिकाले नै नेपालको जेठो
पत्रकारिताको गौरवपूर्ण ठाउँ पाएको छ ।
नेपालमा
छापाखानाको सुविधा नभएको हुँदा त्यो बेला पुस्तक पत्रपत्रिका छाप्न भारतको बनारस
पुग्नुपर्ने बाध्यता थियो । अध्ययन निम्ति, तीर्थयात्राका
निम्ति अथवा काशीवासका निम्ति नेपालीहरु ठूलो सङ्ख्यामा बनारस जाने गर्थे ।
शिक्षित र साहित्यप्रेमी उत्साही नेपालीहरुको बसोवास बनारसमा प्रशस्त हुने गथ्र्यो
। यिनै कारणले पनि त्यो बेलाको बनारस नेपाली पुस्तक पत्रिका प्रकाशन निम्ति निकै
सजिलो थलो मानिन्थ्यो ।
बनारसबाट
त्यस बखत निस्केका साहित्यिक पत्रिकाहरु सादाशिव शर्माको सम्पादनको ‘उपन्यास तरङ्गिणी’ (वि.सं.१९५९), रसिक शर्माको सम्पादनको ‘सुन्दरी’ (वि.सं.१९६३), राममणि आ.दी.को सम्पादनको ‘माधवी‘ (वि.सं.१९६५), माधव प्रसादको सम्पादनको ‘चन्द्र’ (वि.सं.१९७१), सूर्य विक्रम ज्ञवालीको सम्पादनको ‘जन्मभूमि (वि.सं.१९७९), काशीबहादुर
श्रेष्ठको सम्पादनको ‘उदय’ (वि.सं.१९९३), लक्ष्मीप्रसाद
देवकोटाको सम्पादनको ‘युगवाणी’ (वि.सं.२००४), इत्यादि
हुन् । त्यसैगरी दार्जिलिङ्ग र भारतका अन्य क्षेत्रबाट प्रकाशित
पत्रिकाहरुमा पारसमणि प्रधानको सम्पादनको ‘चन्द्रिका’ (वि.सं.१९७४), ‘आदर्श‘ (वि.सं.१९८७), ‘नेपाली
साहित्य सम्मेलन पत्रिका’ (वि.सं.१९८९), ‘नेबुला’ (वि.सं.१९९३), ‘खोजी’ (वि.सं.१९९८), ‘गोर्खा संसार’ (वि.सं.१९८३), ‘तरुण गोर्खा’ (वि.सं.१९८९)
आदिको पनि बेग्लै महŒव रहेको कुरा नेपाली साहित्यिक पत्रकारिताको
इतिहासमा अङ्कित छ ।
नेपालभित्र
चाहिँ ‘गोरखापत्र’ छापिएको
३२ वर्ष सम्म पनि साहित्यिक अथवा अरु कुनै पनि पत्रिका प्रकाशित भएको देखिंदैन ।
तीन दशकको त्यस कालखण्डमा भारतबाट प्रकाशित उपर्युक्त साहित्यक पत्रिकाहरुले नै
नेपाली पत्रकारिताको दियो उकासेर जीवन्त बनाई राख्ने प्रयत्न गरेका थिए ।
‘गोरखापत्र’ छापिएको ३२ औं वर्षमा काठमाडौँबाट वि.सं. १९९१ मा सुब्बा
ऋद्धिबहादुर मल्लको सम्पादनमा ‘शारदा’ मासिक पत्रिकाको प्रकाशन आरम्भ भयो । ‘शारदा’ले नेपाली साहित्यका अनेक
सशक्त प्रतिभालाई प्रोत्साहित ग¥यो । ‘शारदा’ को
छहारी पाएका त्यस्ता प्रतिभाले वाङ्मय क्षेत्रलाई सम्पन्न तुल्याउन कुनै कसर बाँकी
राखेनन् । लेखनाथ, लक्ष्मीप्रसाद, बालकृष्ण, सिद्धिचरण, भिक्षु जस्ता कालजयी हस्ताक्षरहरुलाई उजिल्याएर अघि बढाउने
जस ‘शारदा’ लाई
नै जान्छ । सूर्यभक्त जोशीको सम्पादनमा वि.सं. १९९२ मा प्रकाशित ‘उद्योग’, हृदयचन्द्र
सिंह प्रधानको सम्पादनमा वि.सं २००४ मा प्रकाशित ‘साहित्यस्रोत’, २००६
को शेषराज रेग्मीको ‘पुरुषार्थ’ पत्रिकाहरुको
पनि नेपाली साहित्यिक पत्रकारितामा उल्लेख्य ठाउँ रहेको छ ।
जहानियाँ
राणा शासनको अन्त्य भएर २००७ सालमा आएको प्रजातान्त्रिक प्रणाली पछि मुलुकमा
साहित्यिक पत्रकारिताले पनि महŒवपूर्ण कोल्टे फे¥यो । साहित्यिक पत्रकारिताको स्वस्थ परम्परालाई
सशक्ततापूर्वक अघि बढाउन त्यो बेला केही सक्रिय साहित्यिक व्यक्तित्वहरु जम्जमाएर
लागि परे । नारायणप्रसाद बाँस्कोटाले वि.सं. २०१० सालमा ‘प्रगति’ निकाले
। ईश्वर बराल र भवानी भिक्षुको सम्पादनमा ‘धरती’ वि.सं. २०१३ मा प्रकाशित भयो । त्यही वर्ष ईश्वर बरालको
सम्पादनमा ‘इन्द्रेणी पनि निस्क्यो । वि.सं.२०१६ सालमा
श्याम प्रसादको सम्पादनमा प्रकाशित ‘साहित्य’ र त्यसै सालमा कमल दीक्षितको सम्पादनमा प्रकाशित ‘नेपाली’ पत्रिकाको
पनि आआफ्नै महŒव रहेको कुरा हामीले स्वीकार्नै पर्दछ ।
‘शारदा’ पत्रिकाको प्रकाशन नेपाली साहित्यिक पत्रकारितामा जसरी एउटा
कोशे ढुङ्गा साबित भएको थियो, त्यसैगरी
२०१७ सालमा प्रकाशित ‘रुपरेखा’ ले साहित्यिक पत्रकारितामा सबैभन्दा धेरै अङ्क निकालेर अनि
अनेक नवोदित प्रतिभालाई प्रोत्साहित गरेर कीर्तिमान कायम ग¥यो । बालमुकुन्द देव पाण्डे र उत्तम कुँवरको सम्पादनमा
प्रकाशित ‘रुपरेखा’ ले
साहित्यको अत्याधुनिक चिन्तन धारालाई साहसिक रुपमा आफूमा सामाहित ग¥यो । वि.सं. २०१७ सालमा प्रकाशित अन्य साहित्यिक पत्रिकामा
के.पी शैलको सम्पादनको ‘इन्दु’ र गोपालप्रसाद रिमालको सम्पादनको ‘दर्पण’ पर्दछन्
। वि.सं. २०१८ मा रोचक घिमिरेको सम्पादनमा ‘रचना’ प्रकाशित भयो । २०१८ सालमा नै के.बी नेपालीको सम्पादनमा
बिन्दु प्रकाशन, लामडिङ्ग (असम) भारतबाट ‘बिन्दु नेपाली साहित्यिक त्रैमासिक पनि प्रकाशित भयो । यो
पत्रिकाले पनि यसै २०६७ सालमा ५० वर्ष पूरा गर्दैछ । २०१९ वि.सं.मा नेपाली साहित्य
संस्थानको प्रकाशनमा ‘हिमानी’, पुरुषोत्तम बस्नेतको सम्पादनमा ‘मुकुट’ र
वासुदेव त्रिपाठीको सम्पादनमा ‘सिंहनाद’ प्रकाशित भए । ‘बिहान’, ‘रत्नश्री’, अरूणोदय, ‘फूलपाती’, ‘भानु’, जस्ता साहित्यक पत्रिकाहरु वि.सं २०२० सालमा प्रकाशनमा आए ।
भवानी घिमिरेको सम्पादनको ‘भानु’ विशेषाङ्क परम्परामा आफ्नो प्रभाव र पन छोड्न सफल भयो ।
मदनदेव शान्तदेव भट्टराईको सम्पादनको ‘रत्नश्री’ ले नारी अङ्क प्रकाशनमा विशेषता कमायो ।
वि.सं.२०२०
पछि निस्केका उल्लेख्य साहित्यिक पत्रिकाहरु ‘नयाँ
कविता’,
‘कविता’, ‘रमझम’, ‘तुवाँलो’, ‘सौगात’, ‘कल्पना’, पारिजात; ‘मधुपर्क’, ‘बिम्ब’, ‘सञ्चय’, ‘प्रज्ञा’, सुनगाभा’, ‘बान्की’, ‘विदेह’, ‘सङ्कल्प’, ‘सन्दर्भ’, ‘अभिव्यक्ति’ आदि हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा’, ‘कविता’, गोरखापत्र संस्थानको ‘मधुपर्क’, र नगेन्द्रराज शर्माद्वारा सम्पादित ‘अभिव्यक्ति’ अहिले
पनि प्रकाशित भईरहेकै छन् । विगतका विभिन्न कालावधिमा प्रकाशित ‘उत्साह’,‘जुही’, ‘लहर’, ‘साँग्रिला’, ‘झिसमिसे’, श्रीजा, आदिले पनि साहित्यिक पत्रकारितामा उल्लेख्य ठाउँ बनाएका छन्
।
आज
प्रकाशनमा आइरहेका साहित्यिक पत्रिकाहरु रचना, अभिव्यक्ति, बगर, उन्नयन, भानु, तन्नेरी, समकालीन नेपाली साहित्य, जनमत, शब्दाङ्कुर, शिवपुरी
सन्देश, साथी, नव
प्रज्ञापन, सुगन्ध, शब्द
संयोजन, प्रलेस, नदी, फित्कौली, जुही, पल्लव, बनिता, वेदना, हाम्रो
संस्कृति, कौशिकी, कलश, दायित्व, लिपीपौं, तेस्रो आवाज, नैमकानन
(मैथिली भाषा), नवज्योति, गुगुल्डी, जनमत, कालीको
सुसेली, जमघट, अक्षलोक, तीखो प्रहार, दोभान, निर्झर, अक्षर, नागार्जुन, दायित्व, रश्मि, कलम, कल्पतरु, अन्तर्वोध, अन्तध्र्वनी, हाम्रो
यात्रा, प्रज्ञा, थाय्
भु, आँगन, सयपत्री, कविता, गुन्जन, अभिनव, हाम्रो
ध्वनि, निर्माण, हाम्रो
सिर्जना,
दियालो आदि हुन् । संस्थागत रुपमा प्रकाशित
नेपाली, मधुपर्क, गरिमा, मुना, समकालीन
साहित्य,
सयपत्री, समष्टी, मिर्मिरे जस्ता प्रकाशनहरुले पनि आज पर्यन्त प्रकाशित भएर
साहित्यिक पत्रकारिताको उल्लेख्य सेवा गरिरहेका छन् । रत्नश्री, नवकविता, सारस्वत, वन्दना, मुकुट, आकाश, गोलार्ध, श्रीजा आदि उल्लेख्य साहित्यिक पत्रिकाहरु हाल प्रकाशित
भएका देखिँदैनन् । एक युगकै विश्रान्ति पछि ‘शारदा’ फेरि प्रकाशित हुन थाले पनि थलिएर हाल बन्द भएको छ ।
माथि
जति पनि चर्चा गरिए ती प्रायः सामयिक सङ्कलनको रुपमा निस्किए भन्दा बाहेकका
पत्रिका हुन् । सामयिक साहित्यिक पत्रिकाको आवरणमा निस्केका पत्रिकाहरुको आफ्नै
विशिष्टता र महŒव रहेको छ । नेपालको साहित्यिक पत्रकारिताको
इतिहासमा सामयिक सङ्कलनको प्रकाशन एउटा आन्दोलनकै रुपमा भएको थियो । निरङ्कुश
पञ्चायती शासनमा जब अभिव्यक्ति स्वतन्त्रतामा पूर्ण बन्देज थियो, व्यवस्थाको विरोधमा कतै कुनै गतिविधि सञ्चालन गर्न सकिंदैन
थियो । त्यसबेला विरोधी स्वरका विविध सामयिक सङ्कलनहरु निकालेर थुप्रै युवाहरु
सत्ताको कोपभाजन भएका थिए । वि.सं.२०२५ सालदेखि २०३० सालसम्म प्रकाशित केही प्रमुख
सामयिक साहित्यिक सङ्कलनहरु यी हुन् ः– ‘मन्त्र’ सम्पादक शैलेन्द्र साकार, ‘स्वतन्त्रता’ सम्पादक
किशोर झुत्रे र विनोद रिमाल, ‘सिउँडी’ सङ्कलक भुवन कोइराला र पुरुषोत्तम बस्नेत, ‘त्रिफला’ सम्पादक
लक्ष्मण किरण, ‘जागरण’ सम्पादक
तेज खरेल, ‘विचार’ सम्पादक
किशोर नेपाल, ‘प्रतीक’ सम्पादक
हरिश बमजन, हरि अधिकारी र ध्रुव सापकोटा, ‘सुस्केरा’ सम्पादक
रामचन्द्र भट्टराई, ‘गुनकेशरी’ सम्पादक
दीपक जोशी, ‘श्रीनगर’ सम्पादक
विनय कसजु, ‘जस्केलो’ सम्पादक
बलराम उप्रेती, ‘चित्कार’ सम्पादक
खिलध्वज थापा र मोहन घिमिरे, ‘अभिनव’ सम्पादक विनय रावल, ‘रेषा’ सम्पादक अन्जीर प्रधान पीडित आदि ।
नेपाली
साहित्यिक पत्रिका र सामयिक साहित्यिक सङ्कलनहरुको उपर्युक्त तत्थ्यात्मक
वृत्तान्त पछि तिनको कालक्रमिक प्रवृत्तिगत वैशिष्ट्यको बयान गर्नु आवश्यक छ ।
सुरूका साहित्यिक पत्रिकाहरुको उद्देश्य मुख्यतया कविता, कथा, नाटक, उपन्यास आदिका माध्यमबाट पाठकहरुको मनोरञ्जन गर्नमा नै बढी
लक्षित थियो । पारम्परिक शास्त्रीय शिल्प र शैलीको परिधिमा रहेर रचित तत्कालीन
रचनाहरु दैविक अथवा लौकिक स्तुतिगान तर्फ समेत केन्द्रित हुने गर्दथे । मूल
संस्कृत भाषाका रचनालाई उल्था गरेर प्रकाशित गर्ने प्रवृत्ति पनि त्यो बेलाका
साहित्यिक पत्रिकाहरुमा रहेको थियो । नेपाली पाठकहरुलाई आफ्नै भाषामा लेखिएका
रचनाको पठनीयतातर्फ पे्ररित गर्न र लेखकहरुलाई नेपालीमा लेख्न प्रोत्साहित गर्न ती
साहित्यिक पत्रिकाको प्रशस्त योगदान रहेको थियो ।
राणा
शासनको बेला नेपाल बाहिर भारतमा बसेर नेपालीहरुले निकालेका साहित्यिक पत्रिकाहरुमा
स्वदेश प्रेम, मुलुकको दयनीय स्थिति र जनमानसमा व्याप्त
उकुसमुकुसलाई प्रतिबिम्बित गर्ने प्रवृत्ति टड्कारो रुपमा देखिन्थ्यो । महाकवि
लक्ष्मीप्रसाद देवकोटाले बनारसमा बसेर ‘युगवाणी’ मार्फत नेपालीहरुलाई जागृतिको सन्देश दिएका थिए भने धरणीधर
कोइराला,
महानन्द सापकोटा जस्ता राष्ट्रप्रेमी कविहरुले
भारतबाटै प्रकाशित विभिन्न साहित्यिक प्रकाशनका माध्यमबाट सामाजिक र राजनीतिक
कुरीति विरूद्ध शङ्खघोष गरेका थिए । यथार्थमा भन्दा समाचारपत्रहरुको अभावको त्यो
बेला साहित्यिक पत्रिका नै लेखक र बौद्धिकहरुका एकमात्र सशक्त अभिव्यक्तिका माध्यम
बनेका थिए । यसरी तत्कालीन अँध्यारो युगमा नेपाली समाजमा राजनीतिक चेतना उकास्न, प्रजातान्त्रिक सङ्घर्षलाई टेवा दिन र क्रान्तिकारी
उत्सर्गको भावना उमार्न तत्कालीन साहित्यिक पत्रिकाहरुले गरेको योगदान अत्यन्त
स्तुत्य रहेको छ ।
वि.सं.
२००७ सालदेखि २०१७ सालसम्मको अल्प अवधिको प्रजातान्त्रिक कालमा प्रकाशित विभिन्न
साहित्यिक पत्रिकाहरुले विविध विधागत माध्यमबाट नेपाली भाषा र साहित्यलाई गतिशील
ऊर्जा दिएका थिए । नेपाली वाङ्मयलाई विश्वजनीन आधुनिकतातर्फ डो¥याउन समेत ती पत्रिकाहरुको प्रशस्त योगदान रहेको तथ्य
हामीले बिर्सनु हुँदैन ।
नेपाली
साहित्यिक पत्रिकाले सर्वाधिक उर्वर सशक्त र प्रभावोत्पादक भूमिका निर्वाह गरेको
समय चाहिँ वि.सं.२०१७ देखि २०३६ साल सम्मलाई मान्नु उपयुक्त हुनेछ । प्रजातन्त्र
प्रतिबन्धित रहेको, अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लागेको, जनताका शाश्वत मानवीय अधिकारहरु कुण्ठित रहेको त्यो समयमा
प्रकाशित साहित्यिक पत्रिकाहरु र सामयिक साहित्यिक सङ्कलनहरुले मुलुकमा व्याप्त
अन्यायको विरुद्ध सशक्ततापूर्वक आफूलाई उभ्याएका थिए । मुलुकको असहनीय बेथितिको
प्रतिकारमा जागरणको सन्देश दिन प्रतीकात्मक माध्यमले ती पत्रिकाहरुमा सामग्री
प्रकाशन हुन थाले । अनेक प्रयोगधर्मी युवा प्रतिभाहरुले दमन, शोषण र अन्यायको विरोधमा विविध माध्यमबाट चोटिलो प्रहार गरे
। मुलुकको वेथिति र विसङ्गतिका यथार्थ चित्रणयुक्त समाचार सन्देशहरु कविता, कथा, नाटक
र प्रहसनको आवरणमा साहित्यिक पत्रिका र सामयिक सङ्कलनहरुले जोखिम उठाएर प्रकाशमा
ल्याए । यी प्रकाशनले आफूभित्र विद्रोह र विप्लवको ज्वाला नै समाहित गरेका थिए ।
फलस्वरुप तत्कालीन सत्ताका निमित्त यस्तो कुरा अपराध ठहरियो र पत्रपत्रिका र
सङ्कलनहरुमा कडा सेन्सरको व्यवस्था लागू गरियो । पत्रिका र सङ्कलनहरुलाई सेन्सरको
मारमा पारेर मुुद्रित सामग्रीहरुमा कालो पोतेर मात्र बाहिर निकाल्ने अनुमति दिइयो
। यतिबाट मात्र तत्कालीन सत्ताको चित्त बुझेन र २०३१ सालमा सम्पूर्ण साहित्यिक
सङ्कलनहरुमाथि नै प्रतिबन्ध लगाइयो । तर पनि जुन साहित्यिक पत्रिकाहरु दर्ता भएर
प्रकाशित भएका थिए ती मध्ये थुप्रैले प्रत्यक्ष परोक्ष रुपले प्रतीकात्मक भाषा
छद्म बिम्ब र प्रयोगशील शैलीयुक्त अभिव्यक्तिबाट प्रजातान्त्रिक स्वतन्त्रताको
आह्वान गरिनै रहे । वि.सं. २०४६ सालको जनआन्दोलन अघिसम्मका पत्रिकाहरुमा यस्तो
प्रवृत्ति टड्कारै देखिन्छ । वर्तमानमा पनि नेपालको साहित्यिक पत्रकारिता आफ्नो
कर्तव्य निर्वाहमा अग्रणी नै रहेको छ ।
नेपाली
साहित्यिक पत्रकारिता अहिले मुद्रित साहित्यिक पत्रिका प्रकाशनमा मात्र सीमित छैन
। सूचना प्रविधिको अपूर्व वैज्ञानिक विकासको फलस्वरुप साहित्यिक पत्रकारिता पनि
प्रगतिको तीव्र फड्को मारिरहेको छ । विश्वका अनेक मुलुकमा बसेका साहित्यप्रेमी
युवाहरु वेबमा साहित्यिक पत्रिका चलाइरहेका छन् । घरमै बसेर कम्प्युटरको पर्दामा
ती साहित्यिक पत्रिका पढ्न पाइन्छ । मुद्रित रुपमा प्रकाशित केही साहित्यिक
पत्रिकाहरु पनि अहिले वेबमा भित्रिएका छन् । यस प्रविधिले नेपाली साहित्यिक
पत्रकारितामा नौलो र चमत्कारिक आयाम थपिएको छ । विश्वको जुनसुकै कुनामा बसेका
नेपालीलाई आफ्नो भाषा, साहित्य, संस्कृतिसँग सधैँ नजिकिएर न्यास्रो मेट्ने अवसर वेब
साहित्यिक पत्रकारिताले दिएको छ ।
साहित्यिक
पत्रिका प्रकाशित गर्नु नै साहित्यिक पत्रकारिता हो भन्ने भ्रम आज पनि साहित्यिक
क्षेत्रमा देखिन्छ । वास्तवमा साहित्यिक पत्रकारिता आज त्यस्तो सङ्कुचित घेराबाट
मुक्त हुन चाहिरहेको छ । विभिन्न माध्यमहरु मार्फत् साहित्यिक सामग्री प्रस्तुत
गरिने कार्यलाई साहित्यिक पत्रकारिताको दर्जा दिन अब हामीले हिच्किचाउनु हुँदैन ।
कतिपय दैनिक, साप्ताहिक पत्रपत्रिकाहरुमा नियमित साहित्यिक
स्तम्भ चलाउने व्यक्तिहरु साहित्यिक पत्रकार हुन् । रेडियो, एफ.एम.का साहित्यिक कार्यक्रम प्रस्तोताहरु साहित्यिक
पत्रकार हुन् । टेलिभिजनमा साहित्य विषयका कार्यक्रम चलाउनेहरु साहित्यिक पत्रकार
हुन् । इन्टरनेटमा साहित्यिक पत्रिका प्रस्तुत गर्नेहरु साहित्यिक पत्रकार हुन् ।
यी सबै माध्यमबाट साहित्य निम्ति गरिएका कामहरुको समष्टि नै साहित्यिक पत्रकारिता
हो ।
उपर्युक्त
कुराहरुलाई आत्मसात् गरेर नेपाल साहित्यिक पत्रकार सङ्घले साहित्यिक पत्रकारिताको
मापदण्ड निर्धारित गर्दा सबै माध्यमबाट साहित्यिक पत्रकारिता गर्ने व्यक्तिहरुलाई
साहित्यिक पत्रकार मानेको छ, र
त्यस्ता व्यक्तिहरुलाई सङ्घको सदस्यता दिने प्रावधान बनाइएको छ । यसलाई
स्वागतयोग्य मान्नु पर्दछ ।
पत्रकारिता
साहित्य हुन सक्दैन अतः साहित्यिकहरु पत्रकार हुन सक्तैनन् अथवा साहित्यिक
पत्रकारिता हुन सक्तैन भन्ने धारणा पनि यहाँ देखिन्छ । यसबारे पनि केही चर्चा
गर्नु सान्दर्भिक नै ठहरिएला । साहित्यको मूल्य र मान्यता जीवनको मूल्य र मान्यता
भन्दा फरक हुन सक्तैन र साहित्यिक अनुभूतिहरु जीवनका अनुभूतिहरु भन्दा बेग्लै हुन
पनि सक्तैनन् । जीवन मूल्यहरुसँग पत्रकारिताको पनि सोझो सम्बन्ध रहेको हुन्छ ।
जीवन मूल्यको जस्तो स्थापना साहित्यमा गरिन्छ त्यसलाई पत्रकारिताले व्यावहारिक आयाम
दिएर प्रस्तुत गर्ने गर्दछ । यसरी साहित्य र पत्रकारितामा खास भिन्नता छैन ।
शैलीको भिन्नता चाहिं छ । साहित्य अलि दिमाग खियाएर चिन्तन मन्थन गरेर लेखिन्छ भने
पत्रकारितालाई हतारमा लेखिने साहित्य भन्ने गरिन्छ । प्रत्येक साहित्यकार पत्रकार
हुन्छ भन्ने छैन, तर प्रत्येक पत्रकारमा कुनै न कुनै अंशमा
साहित्यकारिता अवश्य नै रहेको हुन्छ । अभिव्यक्तिका अनेक शैली मध्ये केही शैली
साहित्यकारका निम्ति उपयोगी हुन्छन् त केही शैली पत्रकारका निम्ति । साहित्यकार
कुनै विषय लेख्न एक हजार शब्द प्रयोग गर्दछ भने पत्रकार त्यही विषयलाई निकै थोरै
शब्दमा लेख्ने सामथ्र्य राख्दछ । पत्रकार आफ्नो शैलीलाई सरल र सरस बनाउछ भने
साहित्यकारको शैली अलि दुरूह र बौद्धिक विलासमा रत्तिएको हुन्छ । पत्रकारको निम्ति
कुनै पनि विषय अग्राह्य हुदैन तर साहित्यकार कुनै खास विषयमा सीमित रहन्छ । यसरी
आपूm आफ्नो वेग्लै अस्तित्व राखे पनि पत्रकारिता र साहित्यको
अन्तरङ्ग नाता गाँसिएकै हुन्छ ।
हाम्रै
पत्रकारिताको कुरा गर्ने हो भने पनि यहाँका सबैजसो समाचार पत्रपत्रिकाका सम्पादक
अथवा सम्बद्ध पत्रकारहरु कुनै न कुनै वेला अथवा अहिले पनि लेखक साहित्यकार वा कवि
नै भएका व्यक्तिहरु छन् । साहित्यिक पत्रकार हुन सक्तैनन् भन्ने मान्यता राख्ने
पत्रकारले आफ्नै साहित्यिक पृष्ठभूमि बिर्सनु विडम्वना नै मान्नुपर्दछ ।
सूचना
पत्रकारिताले समाचार–सामयिक टिप्पणी र तात्कालिक महŒवका सामग्री प्रस्तुत गर्दछ भने साहित्यिक पत्रकारिताले
शाश्वत मूल्य महत्ताका लेखरचना, कथा–कविता नाटक–निबन्ध
आदि प्रस्तुत गर्दछ । दुवैमा खास भिन्नता यही मात्र हो । अझ सूचना पत्रकारिताले
पनि अचेल कविता–कथा, निवन्ध
सहितका साहित्यिक सामग्री आ–आफ्ना पत्रिकामा प्रशस्त
पस्कने गरेका छन् । यसरी त तिनको र साहित्यिक पत्रकारिताको झन् समानता र निकटता पो
देखिन्छ । उपर्युक्त दृष्टान्तहरुलाई केलाउने हो भने साहित्य, पत्रकारिता र साहित्यिक पत्रकारितालाई एक अर्कोका पूरक कै
रुपमा हेर्नु उपयुक्त होला ।
साहित्यिक
पत्रकारिताले सेवाको यत्रो चरण पार गरेता पनि यसको प्रगति निम्ति भने राज्यले
आफ्नो दायित्व पूरा नगरेको कटु अनुभव यस क्षेत्रले गरेको छ । समाचार पत्रकारिता
निम्ति जुन लगानी राष्ट्रले गरेको छ, त्यस
क्षेत्रको विकास निम्ति जस्तो सहयोग गरिएको छ त्यस अनुपातमा साहित्यिक
पत्रकारितालाई गरिएको उपेक्षा भनिसाध्य छैन । प्रेस काउन्सिलले यसलाई पत्रकारिताको
एउटा अङ्ग मानेर साहित्यिक पत्रकारलाई प्रेस काउन्सिल सदस्यमा ठाउँ दिन थाले तापनि
साहित्यिक पत्रकारितालाई अपहेलित गर्ने त्यहाँको प्रवृत्तिमा अझै सुधार आएको छैन ।
नेपाली पत्रकारिताको जनक साहित्यिक पत्रकारिता भएर पनि पत्रकारितासँग सम्बन्धित
हाम्रा सङ्घ संस्थाहरुमा यस क्षेत्रलाई अछुत झैं ठान्ने प्रवृत्ति पनि यथावत् नै छ
। साहित्य र साहित्यिक पत्रकारिताकै धरातलबाट उठेर प्रबुद्ध पत्रकार, चतुर राजनीतिज्ञ, सफल
सत्ताधारी भएकाहरुले नै साहित्यिक पत्रकारितालाई हेला गरेको दुर्नियति आज
साहित्यिक पत्रकारिताले भोगिरहेको छ । यो क्षेत्र अहिलेसम्म टिकिरहेको छ भने त्यो
आफ्नै भरमा मात्र टिकेको छ । निस्वार्थ साहित्य सेवाको भावना लिएर हिडेका केही
व्यक्तिहरुको बलबुतामा मात्र साहित्यिक पत्रकारिता बाँच्न बाध्य भएको छ । यो
गम्भीर अवस्थाबाट साहित्यिक पत्रकारितालाई उकास्नु प्रत्येक बौद्धिकहरुको कर्तव्य
हो । यस सन्दर्भमा नेपाल साहित्यिक पत्रकार सङ्घको आयोजनामा हेटौँडामा आयोजित ‘‘वृहत् साहित्यिक पत्रकारिता गोष्ठी, २०६४’’ र ‘‘मोफसलको साहित्यिक पत्रकारिता गोष्ठी, २०६६’’ मा
जारी गरिएका घोषणापत्रहरुलाई कार्यान्वयन गर्ने तर्फ सम्बन्धित निकायहरुले गम्भीर
पाइला चाल्ने हो भने साहित्यिक पत्रकारिताको भलो हुन्छ ।
निचोडमा
के भन्न सकिन्छ भने नेपालको साहित्यिक पत्रकारिताले आफ्नो अतीतदेखि वर्तमानसम्म
भाषा, साहित्य, संस्कृति, ज्ञान विज्ञान र कला क्षेत्रको विकासमा आफ्नो उत्तरदायित्व
स्वाभाविक रुपले पूरा गरेको छ । त्यतिमात्र नभएर हाम्रो साहित्यिक पत्रकारिताले
नेपाल राष्ट्र र नेपाली जातिलाई युगानुकुल प्रखर स्वतन्त्र चेतनातर्फ जागृत गराउन
ऐतिहासिक महŒवको अत्यन्त सकारात्मक भूमिका निर्वाह गरेको छ
। यसै तथ्यले गर्दा नै हाम्रो साहित्यिक पत्रकारितालाई बौद्धिक समाजले गरिमामय
मान्यता र आदर समेत दिएको हो ।
साहित्यिक
पत्रकारितामा नारी सहभागिता
लक्ष्मी
उप्रेती
कुनै
पनि समाजको भौगोलिक, ऐतिहासिक तथा राजनीतिक वस्तुस्थितिको अध्ययन
अनुसन्धान गर्नु तथा सत्यतथ्य जानकारी विश्वसामु प्रस्तुत गर्नका लागि सञ्चार
क्षेत्रको महŒवपूर्ण भूमिका रहेको हुन्छ । एक ठाउँमा घटित
घटनालाई क्षणभरमा नै विश्वसामु प्रस्तुत गरी हलचल मच्चाउने कार्य पनि सञ्चार
क्षेत्रबाट नै हुन्छ । छापा सञ्चार (अखबारी), श्रव्यदृश्य सञ्चार (टेलिभिजन), श्रव्य सञ्चार (रेडियो, एफएम)
आदि जस्ता अनेकौं माध्यम छन् । त्यसरी नै नयाँनयाँ प्रविधिले विश्वमा नै सञ्चार
क्षेत्रको विकास दिनानुदिन तीव्र रुपले बढ्दो छ । यसमध्ये पनि छापा (अखबारी)
सञ्चार त सर्वसाधारणका निम्ति पहुँचका दृष्टिले झन् भरपर्दो र महŒवपूर्ण सञ्चार माध्यमका रुपमा लिन सकिन्छ । पत्रकारिताका
विभिन्न क्षेत्रमध्ये साहित्यिक पत्रकारिताको छुट्टै विशेषता छ । समाजमा घटेका
घटनाहरुलाई कल्पनाशक्तिसमेत जोडेर भूतलाई प्रतिनिधित्व र भविष्यलाई मार्ग निर्देशन
गरी स्थायीरुपमा प्रभाव पार्न सक्ने साहित्यिक पत्रकारिताको विकासको क्रम बढ्दो छ
।
छापामा
नेपाल बाहिरबाट प्रकाशित युवाकवि मोतीराम भट्टको ‘गोरखा भारत जीवन’ (१९४८)
लाई नै पहिलो नेपाली पत्रिका माने तापनि नेपालबाट प्रकाशित भने ‘सुधासागर’ (१९५५)
पहिलो पत्रिका हो । ऐतिहासिक सन्दर्भलाई नियाल्दा ‘सुधासागर’को प्रकाशनपश्चात् १९५८
वैशाख २४ गते नेपालको सबैभन्दा जेठो तथा निरन्तरता दिन सफल अखबार ‘गोरखापत्र’ समाचारमूलक
पत्रिकाका रुपमा आएको भए तापनि अन्य सामग्रीसँगै साहित्यिक सामाग्री पनि समावेश
गरी साहित्यिक सामाग्री पत्रकारिताको विकासमा महŒवपूर्ण योगदान दिँदै आइरहेको छ । त्यसपछि नेपाली भाषा
साहित्यिलाई प्राथमिकताका साथ स्थान दिएर प्रकाशन गरेका साहित्यिक पत्रिकाहरुको
विकास बढ्दै गयो । निजीस्तरबाट पनि साहित्यिक पत्रकारिताको प्रयत्न प्रशस्त हुन
थाल्यो । त्यही क्रममा शारदा मासिक –१९९१, उद्योग, –१९९२, उदय १९९३, साहित्य
स्रोत –२००४, आँखा –२००५, पुरुषार्थ
–२००६, भारती
– २००६, सेवा
२००८, प्रतिभा – २००९, प्रगति –२०१०, नौलो पाइला – २०१२, इन्दे्रणी– २०१३, धरती – २०१३, स्वास्नी मान्छे – २०१५, साहित्य– २०१६, नेपाली – २०१६, रुपरेखा – २०१७, रचना –२०१८, हिमानी – २०१९, सिँहनाद –२०१९, भानु–२०२०, रत्नश्री–२०२० आदि पत्रिकाहरुको
प्रकाशनले साहित्यिक पत्रकारिताका क्षेत्रमा विशिष्ट योगदान पु¥याएर इतिहास बनाएर छन् ।
नेपाल
बाहिरका पहिलो नेपाली नारी पत्रकार
साहित्यिक
पत्रकारितामा मात्र नभई आम पत्रकारिता क्षेत्रमा नै नारी सहभागिता एकदमै न्युन
रह्यो । जसरी वि.स. १९५० मा नेपाल बाहिरबाटै नै पत्रकारिता सुरु गरियो, त्यसरी नै नेपाल बाहिर (वनारसबाट) सन् १९४० वि.सं. १९९७
सालमा सर्वहितैषी पत्रिका प्रकाशक ‘सर्वहितैषी
कम्पनीको प्रचारप्रसार गर्ने उद्देश्यले प्रकाशित पत्रिकामा पहिलो नारी सहभागिता
रह्यो । सो पत्रिका सञ्कलन र प्रकाशनमा मोतीदेवीको नाम छ । त्यसैले नेपाली भाषाकी
जेठी नारी पत्रकार नै मोतीदेवी हुन् भन्ने तर्क कमलमणि दीक्षितको ‘भवदीय फलानो’ नामक
सञ्ग्रहभित्र ‘मोतीदवी’ शीर्षकमा
पहिलो नेपाली भाषाकी नारी पत्रकार भनेर श्रीमती मोतीदेवीलाई लिएका छन् । त्यस्तै
नेपाल बाहिर दार्जीलिञबाट नै ‘शिक्षा’ मासिक सन् १९४९ को नोभेम्बरमा श्री सुनकेशरी प्रधान
बी.ए.बी.टी. को सहभागितामा नारी पत्रकारको रुपमा दोस्रो नारीको नाम थपिएको देखिन्छ
।
देवकुमारी
थापा नेपाल आउनु पूर्व दार्जीलिञ छँदा नै देवकुमारी सिंहको नामले सन् १९५१ मा ‘हिमाल किशोर’ नामक
पत्रिकाको उल्लेखनीय र सफल सम्पादनमा बालसाहित्यिक पत्रिका प्रकाशित हुन थाल्यो ।
नेपाली साहित्य सम्मेलन दार्जीलिञबाट निस्कने ‘दियालो’ साहित्यिक पत्रिकाको सम्पादनमा पनि देवकुमारी सिंहकै भूमिका
रह्यो । पछि नेपाल आएर देवकुमारी थापाको नामले ‘एसेलु’ विराटनगर, ‘पारिजात’ विराटनगरको
(नारीपृष्ठ) लगायत समय समयमा विभिन्न स्मारिकाहरु सम्पादन लगायत स्तम्भ लेखनमा
सहभागिता देखाउँदै साहित्यिक पत्रकारिताका क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
नेपालभित्रका
पहिलो नेपाली पत्रकार
नेपालभित्रबाट
प्रकाशित भएका पत्रिकामा भने साधना प्रधान र कामाक्षादेवीहरुको सम्पादनमा ‘महिला’ (मासिक–२००९) र श्री शीलवन्ती मधुकरी, प्रमिलाको सम्पादनमा (नेपाल महिला सङ्घले) प्रकाशन गरी
नेपालमा नारी पत्रकारिताको यात्रा सुरू भयो ।
प्रियम्बदा
शर्मा र लक्ष्मीदेवीको प्रधान सम्पादकत्वमा ‘प्रभा’ (मासिक –२००८), पत्रिका कन्यामन्दिर हाइस्कुलको साहित्य विभागबाट एक अञ्क
मात्रै प्रकाशित भए पनि साहित्यिक पत्रकारितामा नारी सहभागिता देखियो । त्यसपछि
श्रीमती कुन्तिदेवीको सम्पादनमा ‘प्रतिभा –२००९’ (नेपाल
महिला, सञ्घ काठमाडौँ) बाट १२ अञ्कसम्म प्रकाशित भयो । रमादेवीकै
सम्पादन र प्रकाशनमा ‘जन–विकास–२०१०’ मासिक, रीता
र कल्पनाको सम्पादनमा ‘भोर–२०११’ मासिक, रमादेवी पन्तको सम्पादन सहयोगमा ‘जनसाहित्य’ द्वैमासिक– २०११ माघ–फागुन, चन्द्राको सम्पादनमा ‘रञ्गमञ्च’ (मासिक–२०१४,भाद्रमा) र विजयालक्ष्मी मल्ल र लक्ष्मीदेवी चित्रकारको
सहभागितामा ‘ज्ञान विकास’ मासिक –२०१५ साल जेठमा प्रकाशित गरी
विविध विषयमा नारीहरुको सहभागिता बढ्न थाल्यो ।
साहित्यिक
पत्रकारितामा नारीहरु
यस्तो
खट्किँदो अवस्थामा ‘स्वास्नीमान्छे’ लिएर २०१५ सालमा शशिकला शर्मा उदाइन् । उनी आफँै पनि
साहित्यकार र साहित्यिक परिवेशको भएकीले ‘स्वास्नीमान्छे’ लाई साहित्यिक पत्रिकाको रुपमा स्थापित गरिन् । तीन महिने ‘स्वास्नीमान्छे’ को
पहिलो अञ्कमा, पहिलो वर्ष, पहिलो
भेट, २०१५ साल साउन–भाद्र–असोज उल्लेख छ । त्यस्तै वार्षिक मोल २÷५० र एक प्रतिको मूल्य ७५ पैसा राखी शशिकलाले पत्रिका
सञ्चालन सुरु गर्नुभयो । यसको पहिलो अञ्क पहिलो भेटमा, यस पल्टका कोसेली भनेर विषयसूचीमा साहित्यतिर कथा, कविता –३, शिक्षा र संस्कृतितिर–४, राजनीतिक–३, चिनारी–१, घरगृहस्थीका कुरा –२, यताउतिबाट –३, स्वास्नीमान्छेको चिनारी–३ र अन्तिममा प्रकाशकको तर्फबाट भनेर सङ्क्षिप्त प्रकाशकीय
प्रकाशित भएको छ । पहिलो अञ्कमा ४४ पेजबाट प्रकाशन सुरू गरेको स्वास्नी मान्छेको
प्रकाशन संस्था साहित्य सेवासदन काठमाडौँले २ वर्षसम्म त्रैमासिक अञ्क त्यसपछिका
अञ्कहरु द्वैमासिकका रुपमा शशिकलाले छोटो समयमा आकर्षक सम्पादन गरी आफ्नो कार्यको
प्रभावले लोकप्रियता हासिल गरिन् । २०१५ सालदेखि २०२५ सालसम्म नियमितरुपमा ‘स्वास्नीमान्छे’ को
प्रकाशन गर्नु चानचुने कुरा थिएन । त्यसबेला नारीका लागि अनुकुल समय नहुँदानहुँदै
शशिकलाको योगदानले साहित्यिक पत्रकारितामा अग्रणी नारी भएर आफ्नो स्थान ओगट्न सफल
भइन् । त्यसबेलाको समाज आजको जस्तो थिएन । त्यस समयको प्रशासनले पत्रिकाको नाम ‘स्वास्नीमान्छे’ राखेकोमा
सजिलै चित्त बुझाएन । विशिष्ट पाँच जना नारीहरुको सहमतिपछि मात्र हो पत्रिका ‘स्वास्नीमान्छे’ नाममा
दर्ता हुनसक्यो । फेरि शशिकलाले ‘उदिय’ –२०३६ पत्रिकाको सम्पादन गर्नुभयो । उदियमान सम्पादकमण्डलमा
सम्झना, सपना र स्पदन पनि रहेका छन् । २०४४÷१÷३० मा शशिकला शर्माले
प्रस्तुत गरेको एक टुक्रा अभिव्यक्ति यस्तो छ – “आजका
साहित्यकारहरुले आफ्नो युगअनुसार कलम चलाएकै छन् । जस्तो स्थिति आउँछ मान्छे
त्यसैबाट प्रभावित भएको हुन्छ । तर, जथाभावी
कोर्नु भन्दा भनेको कुरा बुझिने हुनुपर्छ । लेखकले लेखेको कुरा लेखकलाई नै
सोध्दा......‘खै त्यो बेलामा के मुढ आयो ? भन्ने खालकोचाहिँ हुनु हुँदैन ।”
त्यसपछि
२०२६ सालमा समसामयिक साहित्यिक सञ्कलन भनेर ‘सिउँडी’ले छुट्टै प्रकारको प्रभाव जमायो । २०२६ साल भदौदेखि भुवन
कोइरालाको सम्पादनमा ‘सिउँडी’ पत्रिकाको प्रकाशन प्रारम्भ भयो । रु १.५० पैसा मूल्य राखेर
प्रकाशन सुरु भएको ‘सिउँडी’ को
आयु छोटो नै रहे पनि यसको सम्पादन, सञ्कलन
र लेखनको स्तरीयताले महŒवपूर्ण स्थान ओगट्न सफल भयो
। ‘सिउँडी’ को
जम्माजम्मी ६ अञ्क मात्र अर्थात् २०२६ साल भदौदेखि भुवन कोइराला समेतको (संयुक्त)
सम्पादनबाट सुरु भएको ‘सिउँडी’ २०२८ साल असोजसम्म आइपुग्दा भुवन ढुञ्गानाको नामबाट एकल
सम्पादनमा प्रकाशन भयो । यसमा पहिलो अञ्कको आवरण चित्र मनुबाबु मिश्रको थियो भने
अन्य अञ्कका आवरणसमेत भुवन ढुञ्गानाकै रहेको थियो । यसमा पहिलो अञ्कमा
प्रकाशकीय मन्तव्यसमेत ७२ पेजमा ११ जना लेखक समावेश थिए । दोस्रो अञ्कमा मोहन
कोइरालाको कथासमेत गरेर ७० पेजमा ९ जना, तेस्रोमा
८४ पेजमा ११ जना, चौथोमा ११६ पेजमा १४ जना र पाँचौमा ५० पेज ८
जना, छैठौं अञ्क ५० पेजमा ६ जनाको सृजना सञ्कलन गरी सफलताका साथ
भुवन ढुञ्गानासमेतको सम्पादनमा निस्किएको यो पत्रिकाले पनि नेपाली भाषा, साहित्यको क्षेत्रमा निकै नै लोकप्रियता हासिल गरेको थियो ।
यस पत्रिकाको हरेक अञ्कमा भुवन ढुञ्गानाको छुट्टै स्तम्भले पनि विशेषस्थान ओगट्न
सफल भएको थियो । ‘सिउँडी’ सम्पादन
र प्रकाशनका प्रसञ्गबारे भुवन भन्छिन् – “त्यसबेला
यो पत्रिका सम्पादन गरेर तयार गरेपछि एक पटक अञ्चलाधीश कार्यालयमा सेन्सर गराउनु
पर्दथ्यो अनि मात्र प्रकाशन गर्न पाइने समय थियो ।’
साहित्यिक
पत्रकारिताको क्षेत्रमा अर्को विशिष्ट नाम हो कुन्ता शर्मा । उनले २०३० सालदेखि ‘सञ्कल्प’ द्वैमासिक
साहित्यिक पत्रिकाको सम्पादन कार्यमा संलग्न भई साहित्यिक पत्रकारितामा आफ्नो
परिचय स्थापित गर्न सफल भएकी छन् । उनले यो पत्रिका निकै समयसम्म नियमित रुपमा
केही समयको अन्तरालमा भए पनि ६८ अञ्कसम्म निस्कियो । सुनसरीमा दर्ता भई मोफसलबाट
प्रकाशित हुने ‘सञ्कल्प’ लगायत
‘छायाँ’ को
केही अञ्कसमेत सम्पादन गरी साहित्यिक पत्रकारिता क्षेत्रमा कुन्ता शर्माले योगदान
दिँदै आएकी छन् ।
पीताम्बरा
पियूषको सम्पादनमा नेपालगञ्जबाट २०३२ सालदेखि ‘साहित्यिक
सृजना’ त्रैमासिक २०३४ सालसम्म ६ अञ्क प्रकाशित भई बन्द भयो ।
अन्जुकुमारी सिंह–‘नाकवेली’–२०३६
विराटनगरबाट केही अङ्क श्रीमती मिठ्ठाइदेवी विश्वकर्मा, सञ्जीवनी– २०३६, काठमाडौँ, चमेली
शाक्य–‘सरोज’ २०२२
बाग्लुञ,
श्रीमती शकुन्तला थापा – ‘आर्यतारा’–२०३६, सुश्री दुर्गा पोखरेल ‘प्रताप’ –२०२७, ‘मानस’–२०३५, ‘पञ्चतन्त्र’ २०३१ वीरगञ्ज, आँशुलक्ष्मी
श्रेष्ठ–
‘हिमाल’– २०२४
गण्डकी अञ्चल पोखरा, छत्रकुमारी गुरुञ–‘बहिनी’ २०३९, सुशीला ‘आकृति’–२०२८ काठमाडौँ, सुमति
वैद्य ‘शान्ति भूमि’– २०३५
काठमाडौँ, प्रमिला प्याकुरेल ‘खर्पन’, सुश्री
लक्ष्मी र राणा ‘सङ्गीत सरिता’–२०२९, गीता
पन्थ ‘गजलसागर’–२०६०, ‘शब्ददुत’–२०६१
बुटवल, सुश्री पद्मासन शाक्य– ‘स्वर्णद्वार
२०३१’ भक्तपुर प्रकाशित भए ।
डा.
सुशीला भण्डारी र कालिका ढकालको संयुक्त सम्पादनमा विराटनगरबाट २०३४ सालदेखि २०३५
सालसम्म ‘प्रतिष्ठा’ साहित्यि
त्रैमासिक ३ अङ्क प्रकाशनमा आयो । त्यस्तै २०१७ सालमा अर्कैका सम्पादनमा प्रकाशित
भएर रोकिएको ‘सोझो बाटो’ २०६०
सालदेखि फेरि डा. सुशीला भण्डारीको सम्पादनमा ३ अञ्क प्रकाशित भयो । भागीरथी
श्रेष्ठले ‘कस्तुरी’–२०२४, ‘पाल्पादर्पण’, ‘रुरु–२०२३’ आदि
सम्पादन गरी साहित्यिक पत्रकारितामा सहभागिता रहेको छ । तोया गुरुञले नेपाल राजकीय
प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने कविता प्रधान पत्रिका ‘कविता’को २०५६ सालदेखि २०६१
सालसम्मका अञ्कहरु कुशलतापूर्वक सम्पादन गरिन् । डा. सञ्गीता रायमाझी र विन्दु
सुवेदीको सम्पादनमा ‘एक्रस’ त्रैमासिक
–२०५४ हालसम्म २४ अञ्कसम्म नियमित प्रकाशित भयो । अङ्ग्रेजी
र नेपाली भाषामा प्रकाशित हुने ‘एक्रस’ अङ्गे्रजीतिर डा.सङ्गीता रायमाझी र नेपालीतिर विन्दु
सुवेदीको कुशलतापूर्वक सम्पादनले राम्रो सम्भावना बोकेको भएतापनि २४ अङ्कभन्दा अघि
बढ्न सकेन ।
इन्दिरा
प्रसाईको सम्पादित ‘कथाक्रम’ (विराटनगर)
कथाप्रधान पत्रिका प्रकाशित गरी ४० को दशकमा अत्यन्तै लोकप्रियता कमाएको थियो ।
यस्तो पत्रिकालाई पनि इन्दिरा प्रसाइले निरन्तरता दिन सकिनन् । तर, इन्दिरा प्रसाईको अन्य थुप्रै साहित्यिक पत्रपत्रिकाहरु
सम्पादन तथा लेखन कार्यमा सक्रियता रही यस क्षेत्रमा आफ्नो पहिचान बनाएकी छन् ।
लक्ष्मी उप्रेतीको सम्पादनमा निस्कने ‘वनिता’ त्रैमासिक –२०५६
विराटनगर पनि नियमितरुपमा प्रकाशित भइरहेको छ । यस्तै लक्ष्मी उपे्रतीको सम्पादनमा
‘लाइनेस’ स्मारिका
विराटनगर–२०५१, भानु
मोरञ प्रतिबिम्ब–२०५७, केन्द्रीय
नारी उद्यमी स्मारिका–२०५८ प्रकाशित भए । सावित्री
श्रेष्ठको सम्पादनमा २६ पूर्णाङ्कसम्म ‘अक्षरलोक’ पत्रिका प्रकाशित भएको छ । जमुना शर्मा वर्षा, रेणुका थापाको संयुक्त सम्पादनमा धौलागिरी अञ्चल वागलुञबाट
नै प्रकाशित हुने ‘धवलप्रभात’ राष्ट्रिय
मासिकको ३६ अञ्क प्रकाशित भइसकेको छ । गंगा सुवेदीले लाइन्स क्लब कोशी स्मारिका
लगायत विभिन्न सङ्घसंस्थाका स्मारिका सम्पादन गरी साहित्यिक पत्रकारिताको
क्षेत्रमा कलम चलाएकी छन् ।
हिरण्यकुमारी
पाठकद्वारा सम्पादित ‘नारी’–२०४८ साहित्यिक पत्रिकाले पनि आफ्नो स्थान बनाएको छ । डा.
गार्गी शर्माले ‘नेपाली साहित्य वाटिका’ – २०५० सम्पादन गर्नुका साथै विभिन्न पत्रपत्रिकामा कलम चलाई
साहित्यिक पत्रकारिताको क्षेत्रमा विशेष योगदान दिएकी छन् । गोमा, गार्गी, देवी, प्रमिला उपाध्याय, शशी
रिमालको सहभागितामा ‘युगश्री’– २०४४, श्रीमती गोमा उपाध्याय, श्रीमती
सुशीला भट्ट, श्रीमती वेटीदेवी बज्राचार्य, श्रीमती पद्यावती सिंह, देवी
शर्मा र गार्गीको सहभागितामा ‘कर्मिका’–२०४१ र रमा शर्माले पनि ‘राष्ट्रभाषा’ – २०४८
वार्षिकको सम्पादन गर्दै आएका छन् । शारदा अधिकारीले ‘प्रभात’, ‘नमुना
शिक्षक’ को एकल सम्पादन र ‘कस्तुरी’, ‘नेपाली वाञ्मय’, –२०५४ ‘बालसाहित्य’ वार्षिकमा
संयुक्त सम्पादन गर्नुका साथै ‘गरिमा’ मासिकको सम्पादक मण्डलमा आपूmलाई स्थापित गरेकी छन् । शारदा शर्माको सम्पादनमा ‘संवत्सर’ र ‘नियोजन डाइजेष्ट’ तथा
श्रीमती इन्दिरा श्रेष्ठ, श्रीमती
रञ्जना पोखरेल सम्पादक मण्डलमा रहेका छन् । झापाबाट ४० को दशकमा चन्द्रकला
आचलद्वारा सम्पादित ‘कल्पवृक्ष’ का
साथै धनकुमारी थापाको सम्पादनमा ‘फूलबारी’ को केही अङ्क प्रकाशित छन् । पद्यकन्या क्याम्पसको
विद्यार्थी युनियनबाट ‘दिपशिखा’ २०४० सालदेखि नियमितरुपमा प्रकाशित भइरहेको छ ।
पद्मावती
सिंहद्वारा ‘नियोजन’ र ‘गुञ्जन’ सम्पादन
भएको छ । पद्मावती सिंह लगायत उषा शेरचन र डा. ज्ञानु पाण्डेद्वारा ‘गुञ्जन’–२०६०
काठमाडौँमा प्रकाशित पत्रिकाले नारी साहित्यकारको इतिहास खोतल्ने प्रयत्न गरिएको छ
भने गुञ्जन २०५५ देखि २०६० सम्म–४ अञ्क प्रकाशित भएको छ ।
बालिका गिरीको सम्पादनमा नियमित प्रकाशित हुने ‘दोभान’–२०५७
को साहित्यिक पत्रकारितामा राम्रो स्थान रहेको छ । सामरिका श्रेष्ठको सम्पादनमा ‘श्रेष्ठता’ द्वैमासिक
६ अञ्क प्रकाशित भएका छन् । मिना सुवेदीद्वारा ‘नारी उद्घोष’ –२०५७, अध्यात्म्–२०५५ सम्पादन गर्नुका साथै ‘कौशिकी’ त्रैमासिकको
सम्पादन मण्डलमा रहेकी छन् । गौरा रिजालको प्रधान सम्पादकत्वमा ‘साहित्य सन्ध्या’–२०५९, सरिता ढकालको सम्पादकत्वमा ‘कोपिला’–२०१७
सामायिक साहित्य सञ्कलन इन्दु नेपाल –‘नयाँ
सृजना’–२०३६, सुश्री
रञ्जना शर्माको –‘सुनगाभा’ मासिक–२०२७, श्रीमती
पम्फा राईको सम्पादनमा –साझा– २०२६ (साझा केन्द्रीय कार्यालय), मोमिलाको सम्पादकत्वमा ‘नोबेल
साहित्य वार्षिकी –२०५९, ‘कलाश्री’ साहित्य वार्षिकी –२०६२, धधध।लभउबष्पिबबिकबजष्तथब।अयm –२०६१ ‘कलाचक्र’, कविताञ्क –२०६२ को सम्पादन भएका छन् ।
सन्ध्या पहाडीद्वारा ने.प्र.प्र.द्वारा प्रकाशित प्रज्ञा गतिविधि त्रैमासिक ६
वर्षदेखि सम्पादन गर्नका साथै कविताप्रधान पत्रिकामा हालदेखि कार्यकारिणी
सम्पादकको रुपमा काम गर्नुको साथै नेपाल टेलिभिजनको साहित्यिक कार्यक्रम ‘अभिव्यक्ति’ सञ्चालन
गर्दै आएकी छिन् । श्रेष्ठप्रिया पत्थरको सम्पादनमा ‘अँकुर’ साहित्यिक
सञ्गालो तथा ‘गजल प्रवाह’ अर्धवार्षिक
धनगढीबाट प्रकाशित भएको छ भने स्तम्भ लेखनमा पनि सहभागिता रहेको छ ।
निलम
कार्की नीहारिकाले तेह्रौँ साहित्यिक वन महोत्सव ‘जमर्को’–२०५४
का साथै खोजतलास, सीमाङ्कन साप्ताहिकमा स्तम्भ लेखिन् । गीता
कार्कीले स्पेसटाइपमा १ वर्ष र सत्याग्रह साप्ताहिकमा ६ महिनासम्म नियमित स्तम्भ, चौधौं साहित्यिक वन महोत्सवको सम्पादन गरी यस क्षेत्रमा
योगदान दिएका छन् । मेरिना स्मृतिको सम्पादनमा ‘कलश’–२०५७, ‘शुभचिन्तन’– २०५४, ‘शुभकामना’–२०५४, मञ्जु शर्माको सम्पादकत्वमा –परिप्रेक्ष्य २०३८ र शोभा कटुवालको ‘नारी’ २०३९
प्रकाशित छन् ।
प्रायः
साहित्यिक पत्रिकाहरु नियमित हुन सकेका छैनन् । जसमध्ये आशा सिंह (शाह) ले ‘युगबोध’ र ‘सिम्रिक’ साप्ताहिकका
साथै अन्य केहीको सम्पादन, प्रमिला
उपाध्यायले – ‘नेपाल’ द्वैमासिक
– २०२५, ‘दर्पण’ मासिकका केही अङ्क सम्पादन, अनिता तुलाधरले ‘जुरेली’ त्रैमासिकका केही अङ्क, सीता
पाण्डे ‘प्रवेश’ त्रैमासिक, सुषमा आचार्यद्वारा ‘माछापुच्छ्रे, प्रतिमा विवश राई – ‘सुनसरी
स्मारिका’, धरानबाट नै प्रकाशित हुने ‘मिस्र’ टाइममा
सहभागिता देखिन्छ । पोखराबाट तारा काफ्लेको सम्पादनमा ‘सिउँडी’–२०५८
को ५ अंञ्क प्रकाशित भएको छ । पूर्ववर्ती शेरचन – ‘दीपशिखा’ त्रैमासिक, सुश्री कृष्णा पौडेलको साहित्यक त्रैमासिक – मधुश्री–२०६१, श्रीमती रमा कर्णगीत नारी समुदाय–२०६०, देविका, –‘उत्साह’, राधा
शर्मा आचार्यको ‘कर्मक्षेत्र’, गायत्री विष्ट ‘शब्दपथ’ रजनी थापा, ‘साहित्य
सागर’ होमकुमारीको सहभागितामा – ‘पलाँस’ – २०६०, शोभा जोशी ‘बालतारा’, सुश्री तारा प्रजापति – ‘प्रक्षेपण’, शोभा श्रेष्ठ –‘हाम्रो
अभियान’,
राधा बुढाथोकी मगरको, ‘नवप्रतिभा’, रोशनी
थापाको–‘द हिमालय भ्वाइस’, ‘बमकुमारी
बुढामगरको –‘कोञ्जा मारुम’, कमला पराजुलीको ‘अपेक्षा’, सुजाता श्रेष्ठ ‘समुन्द्र
पारि’, सरिता अर्यालको – ‘सुखी
संसार’ कविता आरसीको –‘सिद्ध
पाइला’– २०६१ ‘समचेतना’ मासिक, अस्मिता
भण्डारी,
सरस्वती खनाल र अजिता राई, ‘मानचित्र’–२०६१, श्रीमती उर्मिला श्रेष्ठ ‘श्रद्धा सुमन’–२०५६, श्रीमती अम्बिका पौडेल ‘गौरावाणी’ द्वैमासिक र ‘प्रतिभा’ अर्धवार्षिक झापा, विमला
कार्की, शोभा कटुवालको – ‘नारी’ नारी प्रधान त्रैमासिक – २०३८, पूर्णकुमारी बुढाथोकीको, ‘शिशिर
वसन्त–२०६१, सविता
शर्माको ‘समयधारा’– २०३५
समण्डल, श्रीमती लक्ष्मीप्रभा स्थापित, श्रीमती मन शर्मा –‘जन
प्रभात –२०३३, श्रीमती
शुभलक्ष्मी राईको– ‘सिरिजङ्गा’– २०५१, भारती सिलवाल गिरीसहित सुमित्रा प्रधान, दीव्या शाही, सरिता
दीक्षित,
शान्ता कुँवर, वेञ्जु शर्मा, –नेपाल
महिला सङ्घ स्मारिका –२०४९, श्रीमती ज्योति भण्डारीको – सरगम – २०५१, सुर्यकुमारी प्रधान, ‘सञ्कलन’– २०२७, सीता
न्यौपाने ‘अधिकारी’–‘काँचुली’–२०५१, रोशनी, रजनी, दीपाको
–‘पुकार’ द्वैमासिक–२०३७, श्रीमती
तारादेवी भट्ट, सुश्री वीणा पन्तको –‘वीणा’ –२०३०, अन्जना देवीको – ‘जम्को’–२०२७ मासिक, श्रीमती
आशा राणा, मीरा राणा, स्नेहप्रभा
अर्याल, जया शाह, यूँहजुर
थापा, इन्दिरा मल्ल, हरिप्रिया
अर्यालको –‘सेवा सुवन –२०४५, सुशिला पन्थको –‘रत्न’ २०४३, श्रीमती
गञ्गा जोशीको –‘उषा’ २०२०, रमा उपाध्यायको –‘फेवा’–२०३०, त्रैमासिक
श्रीमती श्यामली देवीको ‘चन्द्रोदय’–२०३७ (राजविराज), विद्यालक्ष्मी
श्रेष्ठको – ‘कर्मठ’–२०३७, सुश्री मिठ्ठु पाण्डेको ‘झारेली’ २०३९, रमा खरेलको ‘रैबारे’ त्रैमासिक –२०३७, सुश्री प्रमिला थापामगरको – ‘सिरिजञ्गा’–२०५०, सुश्री रञ्जना शर्माको –‘सुनगाभा’–२०२६, सुश्री
विजया बरालको –‘सिर्जना’–२०१७
मेनुका कुमारीको –‘फूलबारी’–२०१७, गीता थापाको – ‘नयाँ
गोरेटो’–२०२७ (भरतपुर), जसोदा
प्रधानको ‘समचेतना’ २०३४
र विद्यार्थी (इलाम), सावित्री मल्लको ‘प्रतिष्ठा’ द्वैमासिक, रेणुका भट्टराईको ‘जनप्रहार’ साप्ताहिक, सरस्वती
खड्काको ‘रौतहट टाइम’, प्रभा
भट्टराईको –‘नेपाली वाञ्मय’ –२०५४ र ‘भानुदर्शन’–२०६१, पारिजातको
–उत्साह, प्रमिला
गिरीको –गाग्री, चन्द्रा
ठकुरीको –मिर्मिरे, सीतामैंया
सिँह थापाको –हाम्रो सम्पदा २०५७, ज्योती प्याकुरेलको –विधुषी
२०५३ को साहित्यिक पत्रकारितामा सहभागिता भएको पाइन्छ ।
पुष्पा
भुसालको ‘चिनारी’– २०६१
अर्घाखाँची, मञ्जु मिश्रको, ‘सिन्धु प्रवाह’–२०५३, मायामितु न्यौपानेको ‘दक्षिणा’–२०६१, शोभा
श्रेष्ठ र सीता शर्माको, ‘साहित्य
कोसेली’–२०५६ मेनका पोखरेल र सीता भट्टराईको ‘अभिनव–२०५८, सृजना अर्याल, शोभा
अधिकारी,
ज्ञानु शर्मा र सर्मिला घलेको –नारी लेखक मञ्च चितवन द्वैमासिक ‘बुलेटिन’– २०६१, ज्ञानकुमारी पुन ‘सहस्राब्दी’–२०६०, सुनिता
खड्का ‘सहारा’ राष्ट्रिय
मासिक – २०६१, हिरादेवी
‘युवा सायरी’–२०६०, सीतामैयासिंह थापाको ‘हाम्रो
सम्पादन’–२०५७, नमिता
चपाइँको साहित्यिक कोसेली लक्ष्मी क्षेत्रीको –‘बसुन्धरा’ –२०५६ द्वैमासिक, ‘मोती’ स्मारिका (विराटनगर) –निर्मला
भट्टराई,
भारती श्रेष्ठ तथा सृजना दुवालको – ‘जनमत’–२०४०
(काभ्रे), रुपा झाको –‘पल्लव’ राजविराज)– मिश्र
बैजयन्तीको – ‘दुवो २०५५ (झापा), रीता खत्रीको –‘सभ्यता’ –२०६१, (विराटनगर), रोशनी कार्कीको, –‘सिन्धु
आवाज’ (सिन्धुपाल्चोक), कुञ्जिनी
२०४७, प्रभा बराल (तिवारी) र रेनुका थापाको ‘साहित्यकुञ्ज’ जयन्ता
पोखरेलको – ‘लघु आयाम’ २०५७
(भोजपुर) को साहित्यिक पत्रिका प्रकाशनमा सहभागिता देखिन्छ । माथि उल्लेखित भएका
कुनै पत्रिकाहरु साहित्यप्रधान नभएर पनि साहित्यिक सामग्रीहरुलाई प्रशस्त स्थान
दिएर प्रकाशित भएका पनि छन् ।
त्यस्तै
‘हवाई’ पत्रिकाको
सम्पादनतिर पनि नारीले सहभागिता जनाउँदै आएका छन् । कविता क्यालेन्डरहरुको
सम्पादनमा पनि नारीहरुको सहभागिता पाइन्छ । कविता क्यालेन्डरमा नम्रता गुरागाई र
भावना पौडेलको नाम साहित्यिक क्यालेन्डरको प्रचलन सुरू हुँदै पाइन्थ्यो भने
मुक्तकप्रधान भित्ते पात्रोमा रेनुका भट्ट सहभागी छन् ।’ ‘गुलाफ’ गोजीपात्रोमा– बेटी बज्राचार्य रहेकी छन् ।
बालसाहित्यिक
पत्रकारितामा नारी
बालसाहित्यका
क्षेत्रमा निकै नै पत्रिकाहरु सम्पादन र संयोजन गरी प्रकाशन भइरहेका छन् । तर
नारीद्वारा नै सम्पादन÷प्रकाशन भएका बालसाहित्यिक
पत्रिकामा २०४५ सालदेखि प्रकाशित ‘चिचिला’ नामक बाल पत्रिकालाई लिनुपर्दछ । भुवनेश्वरी सत्यालले यस
पत्रिकाको १९० अङ्कसम्म निजी स्तरबाट नियमित प्रकाशनमा ल्याइरहेकी छन् । यसै
पत्रिकामा गीता भण्डारी र शिला पन्तको पनि सहभागिता छ । त्यस्तै भुवनेश्वरी सत्याल
तथा श्रीमती पद्मा मल्लले बालमन्दिरबाट प्रकाशित हुने ‘बालक’– २०२२
को केही अञ्क पनि सम्पादन गरेका छन् । कमला ओली र समीक्षा दाहालको सहभागितामा ‘बालतृष्णा’–२०५७
र ‘बाल प्रयास’– २०६१, (त्रैमासिक बालपत्रिका) गीता त्रिपाठीका ‘बालकमुजुरा–२०६२’ (मासिक), ऋचा
भट्टराई श्रुति कडरिया बालक, प्रमिला
श्रेष्ठ,
प्रयासमा ‘बाल
प्रयास –२०६१’, गीता
त्रिपाठीको ‘बालक’, ‘मुजुरा’ मासिक– २०६२, तेजकुमारी तिवारीको ‘अपाञ्ग
शसक्तीकरण’–२०६१, भेषकुमारी
नेपाली, दीपिका हमाल, पिङ्की
विजयानन्दको –‘बालसंसार’ ‘प्लान’ लगायत अन्य थुप्रैको सहभागितामा बालपत्रिकाहरु प्रकाशित
भइरहेको छन् ।
साहित्यिक
पत्रकारिता र स्तम्भ लेखनमा नारी
स्वतन्त्ररुपमा
कलम चलाउने नारी स्तम्भकारको यस क्षेत्रमा अहं भूमिका रहेको छ । सुधा
त्रिपाठीले केही समय ‘पौरव’ मासिक, ‘रश्मी’– २०४० को सम्पादन गरे तापनि उनलाई साहित्यिक
पत्रकारिता स्तम्भ लेखनका क्षेत्रमा प्रसिद्धि छ । त्यस्तै सुलोचना मानन्धरको पनि
यस क्षेत्रमा विशिष्टता रहेको छ । कोमल वलीले पनि केही समय स्तम्भ लेखनमा आफ्नो
कलम चलाइन् ।
राधिका
राय (झापा), लीला सुब्बा (धरान), सुस्मिता नेपाल, मञ्जुश्री
थापा, डा. बानीरा गिरी, लीला
लुईटेल पनि यस क्षेत्रमा आफ्नो स्थान ओगट्न सफल छन् । त्यस्तै, झमककुमारी घिमिरे, (धनकुटा)
ले पनि नियमित स्तम्भ लेखनले यस क्षेत्रमा प्रभावकारी भूमिका खेलेकी छिन् । डा.
अरुणा उप्रेतीको कलमले पनि यस क्षेत्रमा महŒवपूर्ण
स्थान लिएको छ । गायत्री श्रेष्ठ चितवन, सावित्री
मल्ल, मञ्जु काँचुली, तथा
पछिल्लो समयमा आएर विमला तुम्खेवाको स्तम्भ तथा स्वतन्त्र लेखन पनि राम्रै छ ।
त्यस्तै
अन्य विषयसँगै साहित्यिक विषयमा पनि कलम चलाउने मीठाईदेवी, कमला न्यौपाने, मुक्ता
नामकी विष्णुदेवी श्रेष्ठ, सञ्जीता
रावल, गोमा देवकोटा, लक्ष्मीदेवी
अर्याल, अष्टलक्ष्मी शाक्य, कुमकुम
शर्मा, मिथिला देवकोटा, प्रजिता
देवकोटा,
अनिता राई, शर्मिला
खड्का, बाबा बस्नेत, शकुन्तला
जोशी, आचार्य प्रभा, सीता
आस्था सरिता उप्रेती, पार्वती पोमो, लीला अनमोल, इन्दिरा
अधिकारी ‘इन्दु’, कोपिला
ढकाल, पूजा लुइँटेल, विमला
चिमोरिया, विनु, पोखरेल, मीरा सिलवाल, गीता
पन्थ, सञ्गीता गुरुञ, सञ्गीता
स्वेच्छा, शशी थापा ‘सुब्बा’, शारदा सुब्बा, अलका
अधिकारी,
समुन्द्रा शर्मा, सुजाता, सुभद्रा
पन्त, अंगुरबाबा जोशी, शान्ता
मानवीकी साथै विभिन्न ठाउँबाट स्वतन्त्ररुपमा साहित्यिक पत्रकारितामा कलम चलाउने
नारीहरुमा – मन्दिरा कोइराला, मधु राई, सीमा
आभाष, मञ्जु शर्मा
(विराटनगर), सुमित्रा वाङ्गदेल ‘चेली’, विनु पोखरेल, अञ्जना
न्यौपाने, सरस्वती ढकाल, भवानी क्षेत्री (झापा), डा.
आशा सिन्हा, सरस्वती चौधरी, रुपा झा, विजेता
चौधरी, सङ्गीता अधिकारी (जनकपुर), उषा हमाल (सल्यान), नर्वदा
शर्मा
(नेपालगञ्ज), इन्दिरा शाह (जाजरकोट), वसन्ती
शाही (जुम्ला), मीना ठाकुर, बच्ची
मिश्र, साधना झा (राजविराज), शुशिला
अधिकारी (मलञ्गवा), राधिका सिवाकोटी (हरिऔन) आदि । गीता सापकोटा
(इलाम), ऋचा लुइँटेल (धनगढी), अञ्जना
ताम्ली (धनकुटा), मेनुका कान्दु (ताप्लेजुङ्ग), शान्ता मावोहाञ (पाँचथर), कविता राई (भोजपुर), मिनकुमारी
लिम्बु –
(तेह्रथुम), शशी
नेमाङ्ग (इलाम) लगायत अन्यले पनि साहित्यिक पत्रकारितामा धेरथोर हात चलाएका छन् ।
साहित्यका
विभिन्न विधाको उत्थानका लागि नेपाली तथा नेपाल भाषाका साथै अन्य भाषासमेत कलम
चलाउने विन्दिया प्रधान, पूर्णशोभा
चित्रकार, प्रतिसरा सायमी, शशिकला मानन्धर, रजनीमिला
महर्जन, रीता महर्जन, ईश्वरीमैयाँ
श्रेष्ठले निरन्तरता दिएका छन् । सिल्भिया राजोपाध्यायको सम्पादन सहयोगमा
अङ्ग्रेजी भाषाको ‘वेब म्यागजीन’ सुश्री अञ्जलीकुमारी चौधरी रहेको – ‘हौली’– २०५०
थारु साहित्यिक पत्रिका ‘सञ्कल्प’ प्रकाशित भएको छ । प्रा.डा. उषा ठाकुर, सजिता बर्मा र प्रमिला उप्रेती, मञ्चला झाको संयुक्त सम्पादनमा नियमित रुपमा नेपालबाट
प्रकाशित हिमालिनी नामक हिन्दी पत्रिका निस्केको छ । स्तरीय हिन्दी भाषाको
पत्रिकाको रुपमा यसलाई लिइन्छ ।
निष्कर्ष
ः
हिजो
नारीहरु सञ्चार माध्यमका निस्क्रिय उपभोक्ता तथा विज्ञापन प्रायोजनका साधन मात्र
थिए भने आज केही मात्रमा सञ्चार माध्यमका उपभोगकर्ता हुनुलाई सकारात्मक रुपमा लिन
सकिन्छ । नारीहरु आफ्नो आवश्यकता र इच्छा पूरा गर्न आफ्ना लागि आफैले सञ्चार
क्षेत्रमा आकर्षित हुनु पनि यस क्षेत्रको विकास हुनु हो । यही माध्यमबाट यसले जाँगर
चलाउँछ, वर्गहित, नारीको
विकास र समानताका साथ सबलतातिर अग्रसरता गराउने अवसर प्राप्त गर्दछ ।
विगतका
केही वर्ष यता सञ्चार क्षेत्रमा पर्याप्तरुपमा नारी सहभागिता बढेको छ । तर त्यहाँ
चुनौतीको सामना गर्दै पनि सञ्चारका विभिन्न क्षेत्रमा नारी आकर्षित भएझैँ साहित्यिक
क्षेत्रमा पनि प्रशस्त नारी सहभागिता जुट्नु भनेको लैङ्गिक समानताको राम्रो
सम्भावना हो । बेइजिङ नारी सम्मेलनले ठम्याएका नारीका १२ वटा सर्वाधिक चासोका
क्षेत्रहरुमध्ये सञ्चार क्षेत्रलाई पनि प्रमुख विषय माने अनुरुप आज केही उपलब्धि
हासिल भएको देखिन्छ ।
मगर
भाषा साहित्यिक पत्रिका बीम्लीक र स्रष्टा
लोकबहादुर
थापा मगर
स्थिर
होइन गतिशील मानव चेतनाले नयाँनयाँ सोच र विचारले जन्म लिन्छ । दबिएका स्वरहरु
आफूले जानेका भाषाहरुमा प्रकट हुन्छन् । राज्यको नीतिमा समयानुकूल सुधार र
परिवर्तनले नेपालका विभिन्न दमित भाषा भाषीहरुमा नयाँ किरण छाउन लाग्दा मगर भाषा
साहित्यको पनि सिर्जना गर्ने चाहना केही शिक्षित मगरहरुमा स्वाभाविक रुपले जागृत
भयो । वि.सं. २०४६ सालको परिवर्तनले ल्याएको बहुदलीय व्यवस्थाको आगमनसँगै
मातृभाषाको आवादमा लाग्ने इच्छाशक्ति जागेको देखिन्छ विभिन्न मातृभाषीहरुमा ।
यसैको परिणाम मान्नु पर्छ मगर भाषा साहित्यको श्रीवृद्धिमा ‘बीम्लीक’ (जुनकिरी)
ले आफ्नो अभियानको थालनी गरेको
हो ।
मगर
भाषा साहित्यको कवितातर्फ सर्वप्रथम कलम चलाउने जीतबहादुर सिंजाली मगर, सु. रेखबहादुर थापा मगर तथा बालकृष्ण पोखरेल (रुपाखेती)
अग्रस्थानमा रहेका छन् । त्यसैले जीतबहादुर सिंजाली मगर र सु. रेखबहादुर थापा
मगरलाई मगर समुदायले आफ्नो भाषा साहित्यको यो थालनी पनि कैयौँ वर्षको भ्याकुम
अन्तरलाई आपूर्ति गर्न ‘बीम्लीक’ ले २०५२ वैशाखबाट आफ्नो अभियान थालनी ग¥यो । पोखरा, कास्कीबाट प्रकाशन आरम्भ गरिएको तीन महिने साहित्यिक
पत्रिका ‘बीम्लीक’ हालसम्म
जम्मा ६ अङ्क प्रकाशित छन् । मगर भाषा साहित्यमा कविता, कथा, एकाङ्की
नाटक, निबन्ध, नाटक
आदि समेटिएका यस साहित्यिक पत्रिकाले मगर स्रष्टाहरुमा एउटा हलचल ल्याउन सफल
देखियो । करिब डेढ वर्षजति निरन्तर रुपमा प्रकाशित रहे तापनि विविध कठिनाइले गर्दा
पत्रिका प्रकाशन कार्यमा अवरोध आउन थाल्यो । पत्रिका प्रकाशनमा टुटेको कडी जोडिएर
फेरि प्रकाशित हुन थालेको छ । यो शुभ सङ्केत मान्नु पर्दछ ।
मगर
भाषा अन्तर्गत पर्ने मगर ढुट, मगर
खाम÷पाङ र मगर काइके तीओटै मगर भाषालाई समावेश गरेर लैजाने
लक्ष्य राखिएको यो साहित्यिक पत्रिकामा मगर ढुटका स्रष्टाहरु बढी क्रियाशील
रहेकाले उनीहरुकै लेख रचनाहरुले बढी स्थान पाएको देखिन्छ । प्रधान सम्पादक
लोकबहादुर बरही थापा मगर रहेको यस साहित्यिक पत्रिकामा विविध विधामा कलम चलाउने
व्यक्तिहरु रहेका छन् । तीमध्ये ‘भावूक’ मगर, ‘वैरागी’ नाता मगर, पूmल कुमारी थापामगर, वेग
आलेमगर, अमृता थापामगर, ईमान
तमु, ‘संजोग’ लाफा
मगर, मनबहादुर बगाले मगर, जङ्ग
घले मगर,
होमबहादुर आले मगर, सोम राना मगर, रामबहादुर
थापा मगर, गणेश ठाडा मगर, विवश पाटा मगरको नाम लिन सकिन्छ ।
मगर
भाषा साहित्यको उपन्यास विधामा बढी कृतिहरु प्रकाशित छन् । यस क्षेत्रमा योगदान पु¥याउनेहरुमा लोकबहादुर थापा (झुस्या मगर), ‘सन्जोग’ लाफामगर, ‘वैरागी’ नाता
मगर, शिवलाल थापा मगर, विप्लव
मगर, मेक राना मगर, टिकाराम
आले, ‘गोरखाली’ मगर, उल्लेख्य रहेको पाइन्छ । यसरी नै कवितातर्फ पनि ‘वैरागी’ नाता
मगर, लोकबहादुर थापा (झुस्या मगर), रुद्र थापा हिटान मगर, उमेश
लाटो मगर, वेग आले मगर, सन्तोष बुढा मगर, बमकुमारी
बुढा मगर, विष्णु सिंजाली मगर, हरिकला थापा मगर, मुन ‘मिगिन’, धनबहादुर
मगर, खड्कबहादुर आले मगर, पूर्णबहादुर
राना मगर, उजीर राना मगर, उमा राना ‘सानु’ रहेका छन् । कथा तर्फ टेकबहादुर सारू मगर, फुलकुमारी थापा मगर, विष्णु
सिंजाली मगर, उमा राना मगर, उजीर राना मगरको नाम आउँछ ।
मगर
भाषा साहित्यको क्षेत्रमा योगदान पु¥याउने
अन्य विधाका स्रष्टाहरुमा रूद्र ‘सन्देश’ मगर, (मुक्तक), मीमिक माकिम मगर (गजल), मीन
थापा मगर
(हाइकु)
युवराज मास्की मगर (नाटक), शिवलाल
थापा मगर (निबन्ध), ‘वैरागी’ नाता
मगर (गीति खण्डकाव्य), जनक
माकीम मगर (मुक्तक), हिरासिंह थापा मगर (मगर ढुट शब्दकोश), कर्णबहादुर बुढा मगर (खगर खाम शब्दकोश), जुक्तिप्रसाद पुन मगर (खाम शब्कोश), लोकबहादुर थापा मगर (मगर ढुट व्याकरण प्रकाशोन्मुख) प्रमुख
रहेका छन् ।
हाल
मगर ढुट (भाषा) को लागि कक्षा १ देखि ५ सम्मको पन्ध्र ओटा पुस्तक पाठ्यक्रम विकास
केन्द्रबाट तयार भई केही विद्यालयमा पठनपाठन गर्न सुरूवात भएको छ । यसरी नै यस
भाषामा अनौपचारिक शिक्षा केन्द्रले अनौपचारिक शिक्षाको लागि पाठ्यपुस्तक तयार
गर्दै छ । मगर ढुटको खबर पत्रिका ‘कानूङ
खबर’ दैनिक रुपमा पोखराबाट प्रकाशित (हाल रोकिएको), लाङ्घाली मासिक छन् । गोरखापत्रको नयाँ नेपाल पृष्ठमा मगर
भाषाका खबर तथा लेखहरु प्रकाशित भइरहेका छन् । सरकारको तर्फबाट सहयोगको नीति आएको
खण्डमा मगर भाषा साहित्यको विकासमा गति लिने उज्ज्वल आशा गर्न सकिन्छ ।
साहित्यिक
पत्रकारका रुपमा भरतपुर यात्रा
वासुदेव
अधिकारी
– तपाईहरु
चितवन आउनु भएकाले मौसम सितल भयो । (अनौपचारिक कथन)
– अक्षरकर्मीहरुले
अविभाजित यात्रा गर्नुपर्छ ।
– साहित्यिक
पत्रकारिता दधिचीको हाडघोटाइ हो । त्यो हामी गरिरहेकै छौं । यो काममा संलग्न हुनु
शिवजीले बिख पिउनुतुल्य काम गर्नु हो ।
– देवकोटाले
युगवाणी,
प्रगति र इन्द्रेणी सम्पादन गर्दा अभिलिखित
साहित्यिक पत्रकारिताको समस्या अझै हल भएको छैन, त्यो ज्यूँका त्यूँ छ ।
– साहित्यिक
पत्रकारिताको अथक साधक चूडामणि रेग्मीलाई पुरस्कृत गरेर नेपाल साहित्यिक पत्रकार
सञ्घले साँच्चिकैको हीरा चिनेको महसूस भयो ।
– वर्तमान
लेखनले गम्भीरताका साथ आत्मसात गर्न र जनसमक्ष पु¥याउनु पर्ने कुरा धेरै छ । सीमा मिचिएको सम्वेदनशीलता
हामीले व्यक्त गर्न सकेका छैनौँ ।
– साहित्यिक
पत्रकारको हालत हुम्लाको गरीब किसानको जस्तो छ, रोग
लाग्दा उपचार गराउने पैसा छैन, पैसा
जुटे सिटामल किन्न पाउने अवसर छैन ।
– इलामको
साहित्यिक पत्रकारिताले महानन्द सापकोटाहरुको गोडमेल पाउन सक्यो ।
– चितवनको
साहित्यिक बाली आनन्ददेव भट्टहरुको सञ्चेतनाको उपज हो । चितवनको साहित्य
डायस्पोरिक विशेषताले भरिएको छ ।
– मोफसलको
साहित्य मोफसलमा फल्ने तर केन्द्रमा चाखिने फूल हो ।
– लिएर
कति नै पुग्छ र ? जति सक्छौँ त्यति दिने हो हामीले ।
– ग्रिष्मबहादुर
देवकोटाले प्रारम्भ गरेको साहित्यिक पत्रकारिताको इतिहास लेखनलाई अद्यावधिक गर्नु
अहिलेको आवश्यकता हो ।
– सरकारसँग
आफ्नो स्पष्ट कुरा राखौँ, धेरै
रोइकराइ नगरौँ । साहित्यिक पत्रिका सके निकालौँ अन्यथा बन्द गरौँ ।
– साहित्यिक
पत्रिकाको समस्या ठूलै छ तर त्यो भन्दा ठूलो कुरा ज्यान सुरक्षित गर्नु हो ।
– पत्रिका
पठन संस्कृति विकसित गर्नु आवश्यक छ अहिले ।
– हाम्रो
साहित्यमा पश्चिमी अक्टोपसको प्रवेश छ तर माटोको सुगन्ध अझै महकिन सकेको छैन ।
– साहित्यकारको
दृष्टि मुलुकको मुल मुद्दा तथा सानातिना कुरा दुवैतिर बाडिनु पर्छ ।
– मोफसलले
कतिपय अवस्थामा नेपाली साहित्यलाई धेरै महत्वपूर्ण गुन लगाएको छ ।
– २०२३
सालको वृहत् साहित्य सम्मेलनपछि चितवनमा यो नै महत्वपूर्ण साहित्यिक सञ्गोष्ठी
हुनसक्यो ।
– १६
बुँदे चितवन घोषणपत्र कार्यान्वयन हुनसके साहित्यिक पत्रकारिताले गुणात्मक फड्को
मार्न सक्छ ।
नेपाल
साहित्यिक पत्रकार सञ्घको आयोजनामा चितवनको क्यान्सर अस्पतालस्थित सभाकक्षमा यसै
जेठ नौ गते शनिबार सम्पन्न एक दिवसीय मोफसल साहित्यिक पत्रकारिता सञ्गोष्ठीमा बडा
मीठो, गहिरो र सान्दर्भिक छलफल भयो । छलफलको केन्द्रविन्दु
साहित्यिक पत्रकारिताको विकास थियो । साहित्यिक पत्रकारितमा गासिएकाहरुको ऐतिहासिक
भेला थियो त्यो । झापादेखि कञ्चनपुरसम्मका निजी तथा संस्थागत साहित्यिक पत्रकारहरु
भेला भएका थियौं हामी । संस्थाका अध्यक्ष रोचक घिमिरेको तन्मयता, बीपी क्यान्सर अस्पतालका कवि डाक्टर बालकृष्ण थापाको
हार्दिकता, साहित्यिक पत्रकारिताका जीवित पुस्तामध्येका
भीष्मपितामह नगेन्द्रराज शर्मा र चूडामणि रेग्मीको सार्थक उपस्थिति, प्रा. राजेन्द्र सुवेदी, प्रा.
घनश्याम कँडेल, डा. तुलसी भट्टराई, विजय चालिसे, कृष्ण
धराबासी,
मोहन दुवाल, ज्ञानुवाकर
पौडेल, डि.आर. पोखरेल, हरिगोविन्द
लुईटेल, ईश्वरचन्द्र ज्ञावालीलगायत नयाँ पुरानो पुस्ताका पाँच
दर्जनजति साहित्यिक पत्रकारहरुको जागरुक उपस्थिति र सक्रिय विचार विमर्शले चितवन
तातियो यस पटक । चितवनको साविकको गर्मीलाई भने त्यस दिन तथा अघिल्लो रात परेको
पानीले निकै मत्थर बनाइदिएको थियो । त्यही कारणले त आत्मीयजनलाई सितलताको कुरा गर्ने
मेसो मिलेको थियो । कार्यक्रमबाट चितवनका स्रष्टाहरु आल्हादित भए । विषयवस्तुले
पूरै तान्यो उनीहरुलाई । प्रेस काउन्सिल नेपालले समेत सघाएको उक्त कार्यक्रममा
काठमाडौँ चितवनका स्रष्टा परस्परमा घुलमिल भए । आपसमा स्मृति, अनुभूति र चिनजान साटासाट भयो । भेटमा व्यक्तिगत, सामुहिक र संस्थागत कुराकानी भयो । साहित्य साधनामा लागेका
उत्तरदायित्वपूर्ण स्रष्टाहरु नै हुन् साहित्यिक पत्रकारितामा लाग्ने पनि । यस
भेटघाटले साहित्यिक पत्रकारहरुलाई अरु आत्मिय बन्न प्रेरित ग¥यो । हेटौंडा घोषणापत्र जारी गर्ने बेला भएको भेटघाट पछिको
यो ऐतिहासिक समारोहमा झापा छुटेन, कञ्चनपुरले
धरी नाइनास्ती गरेन त्यहाँ आउन । अधिकांश स्थानको प्रतिनिधित्व भयो । हामीले
त्यसैमा खुशी साट्यौं । सञ्गोष्ठीमा नेपाल साहित्यिक पत्रकार सञ्घले मोफसललाई
गरेको माया झड्कृत भयो । कार्यक्रममा आगामी सञ्गोष्ठी सुनसरीमा गर्ने प्रतिबद्धता
व्यक्त भयो । खानापूर्व सुरु भएको गोष्ठी लगातार सात घण्टा जति चल्यो । तथापि
सहभागीहरुमा थकानभाव देखिएन ।
चितवनको
एउटै कार्यक्रमले छलफलको निकै लामो पोयो बाट्यो । रोचक घिमिरेको अध्यक्षता र
राजेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम चल्यो । कार्यक्रम सञ्चालन गरे यादव
भट्टराई तथा भूपिन ब्याकुलले । सभामा २ वटा कार्यपत्र प्रस्तुत भए । महाकवि
लक्ष्मीप्रसाद देवकोटालाई माल्यार्पणले मात्र होइन तुलसी भट्टराईलिखित देवकोटाको
साहित्यिक पत्रकारिता विषयक कार्यपत्रमार्फत् पनि श्रद्धा र सम्मान गरियो । इलामको
साहित्यिक पत्रकारिताबारे शिव रेग्मीको कार्यपत्र र चितवनको साहित्यिक
पत्रकारिताबारे डी.आर.पोखरेलको कार्यपत्रले सहभागीहरुको मस्तिष्कमा प्रशस्त
उज्यालो फाल्यो । दुबै कार्यपत्रउपर सहभागीहरुले आ–आफ्ना जिज्ञासा राखे । कार्यक्रमको दुवै सत्र गरी करिब २०–२२ जनाले आफ्नो मन्तव्य राखे । मन्तव्यमा यस लेखको
प्रारम्भमा टिपोट गरिएका बुँदाहरु नै मूल रुपमा उठाइए । साहित्यिक पत्रकारिताको
उन्नयन र विकासका लागि सहभागीहरुले उठाएका जिज्ञासा साँच्चिकै मननयोग्य थिए र छन्
।
सञ्गोष्ठीमा
केवल गुनासा, पीडा र सरकारसँग विज्ञापन लिने र खाने खालका
मात्र कुरा भएनन् यस अभियानमा जीवन समर्पण गर्ने शीर्ष व्यक्तित्व चूडामणि
रेग्मीलाई सगर्व सम्मान कार्यसमेत गरियो । जुहीका सम्पादक रेग्मीको साहित्यिक
समर्पण सदैव अनुकरणीय रहिआएको छ । त्यस्तै, कार्यक्रममा
रह शर्माको निबन्ध कृति पहाडको फेदीको पाहुनाघरको विमोचनका साथै जनमत प्रकाशनले
डी.आर. पोखरेल विशेष भनी निकालेको जनमतको अड्ढ सम्बन्धित स्रष्टालाई प्रदान गर्ने
काम पनि भयो । सञ्गोष्ठीले साहित्यिक पत्रकारिताको संस्थागत, दिगो, स्तरीय
एवम् भरपर्दो प्रकाशनका लागि १६ बुँदे चितवन घोषणपत्र समेत जारी गरेको छ ।
घोषणपत्र सही तवरबाट कार्यान्वयन हुनसके साहित्यिक पत्रकारिताको भविष्य उज्यालिँदै
जाने देखिन्छ ।
साहित्यिक
पत्रकारिता कठिन कार्य हो अहिलेको अवस्थामा । न यसमा मनग्गे विज्ञापन प्राप्त
हुन्छ न रोजगारीको अवसर । यो प्रकाशन गर्ने चेष्टाले न लेखकलाई पारिश्रमिक दिन
सकिन्छ न पाठकको घरघर पु¥याउन सघाउने वातावरण नै
प्राप्त छ । साहित्यिक पत्रिकालाई हुलाक दर्तासम्मको छुट छैन । लक्ष्मीप्रसाद देवकोटाले २०१३ सालमै
माग गरेको विषय रहेछ हुलाक दर्ता । ५३ वर्ष व्यतीत भयो त्यो हुन सकेको छैन । सूचना
प्रविधिको यतिविघ्न विकास भएको अवस्थामा राज्यले साहित्यिक पत्रिकाको स्तर
निर्धारण गरी नियमित न्यूनतम विज्ञापन, शून्य
लागतमा इन्टरनेट सुविधा, ५००
देखि १००० थानसम्म पत्रिका खरिद गरी विभिन्न पुस्तकालय, स्कुल कलेज वा स्थानीय निकायमा पठाउने काम गर्ने र सम्पादक÷प्रकाशकले पनि पत्रिकालाई अरु पठनीय र सुरुचिपूर्ण बनाउन
सकेसम्मको मेहनत गर्ने हो भने यसको विकास असम्भव छैन । आफूखुशी सम्पादक बनेका
व्यक्तिहरुलाई सम्पादन कला, पाठकअपेक्षा, स्तरीकरणको सवाल आदिबारे बेलाबेला छलफल, अन्तक्र्रिया र गोष्ठी गरेर पनि सरकार वा गैर सरकारी
संस्थाले यस क्षेत्रको विकासमा टेवा पु¥याउन
सक्छ । वर्षभरि प्रकाशित हुने स्तरीय साहित्यिक पत्रिकालाई आकर्षक पुरस्कारको
व्यवस्था गरेर पनि यस कार्यमा मलजल गर्न सकिन्छ । आर्थिक तथा गैरआर्थिक दुवै तवरले
टेवा दिँदा मात्र साहित्यिक पत्रकारिता अघि बढ्न सक्छ । यसको विकासको निम्ति
आर्थिक सवाल महŒवपूर्ण समस्या हो तथापि केवल पैसाको बिटो
बाँडेर मात्रै चाहिँ साहित्यिक पत्रकारिता बलियो हुने होइन । सम्पादक प्रकाशकले
सिर्जना सम्प्रेषणमा निष्ठा, इमान्दारिता
र समर्पणसहित लेखक पाठकको बीचमा प्रभावकारी भूमिका निर्वाह गर्ने, त्यस कार्यलाई सरकार, प्रज्ञा
प्रतिष्ठानहरु, स्थानीय निकाय तथा गैरसरकारी क्षेत्रले यथोचित
सहयोग गर्ने अवस्था सिर्जना हुनसके नेपाली साहित्यिक पत्रकारिताले निरन्तरता पाउन
सक्ने थियो । साहित्यिक पत्रकारिताको निरन्तरताले स्रष्टा उन्नयनमा महŒवपूर्ण योगदान गर्ने यथार्थलाई आत्मसात गरी चितवन सञ्गोष्ठीले
तदनरुप १६ बुँदे चितवन घोषणापत्र (खासमा मागपत्र) जारी गरेको हो । चितवन घोषणापत्र
अघिल्ला घोषणापत्रहरुजस्तै थन्क्याउने कागजातमा परिणत नहोस् भन्ने सर्तकता यस
पटकको कार्यक्रमको विशेष पूँजी थियो । त्यो पूँजीलाई कार्यान्वयन र अनुगमन मार्फत्
अक्षय बनाउने काम भने नेतृत्व वर्गको नै हो ।
यात्रारम्भमै
बिग्रिएको बसले मुड बिगारे पनि तत्काल तीनथानामा त्यसलाई बदली गरिएको हाम्रो चितवन
यात्रा हादिकता र छलफल दुवै तहमा उपलब्धिपूर्ण रहयो । साहित्यिक लेखनमा मेधावी
तवरले अघि बढिरहेका चितवनका युवा पुस्ता र इतिहास रचना गरिसकेका पाका पुस्ता
सबैसँग भेटघाट भयो । कतिपयसँग आफ्नै पत्रिका शब्दसंयोजनको पनि कुरा भयो । आत्मियता
बढ्यो । काठमाडौँबाट बसमा जाँदा नरेश श्रेष्ठसँग पहलमान सिंह स्वारको पुख्र्यौली
घरसम्मको यात्राबारे कुरा भयो । मैले शब्दसंयोजनमा उनले खिचेको फोटो मागे । फर्किदा
रामेश्वर राउत मातृदासँग हिंसामुक्त मनोविज्ञानको बारेमा लामै छलफल भयो । दुई
दिनको चितवन यात्राले समय खेर गएको अनुभूति दिएन । चितवनले साँच्चै माया ग¥यो साहित्यिक पत्रकार समुदायलाई ।
(साप्ताहिक
प्रकाश, २०६६ जेठ १५ गते शुक्रबार)
मोफसलको
साहित्यिक पत्रकारिता
विजय
चालिसे
साहित्यिक
पत्रकारितालाई समस्याको पहिचान गर्ने र तिनको निराकरणमा सरकारलाई आह्वान गर्ने
दृष्टिले प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल साहित्यिक पत्रकार सञ्घले आयोजना
गरेको चितवन सञ्गोष्ठी उल्लेख्य रह्यो । “मोफसल
साहित्यिक पत्रकारिता सञ्गोष्ठी ” नाम
दिइएको त्यो सञ्गोष्ठीले मोफसलमा पुगेर मोफसलकै साहित्यिक पत्रकारितालाई
केन्द्रविन्दु बनाइ गम्भीर छलफल चलाउने अवसर दियो ।
साहित्यिक
पत्रकारिताको चितवन सञ्गोष्ठीमा सहभागी भइरहँदा यो पङक्तिकारलाई वि.सं. २०६५ पुस
अड्ढको यसै स्तम्भमा चलाएको मोफसलको साहित्य चर्चाको सम्झना भइरह्यो । त्यतिबेला
साहित्यको सन्दर्भमा जे चर्चा गरिएको थियो, एक
अर्थमा साहित्यिक पत्रकारिताको सन्दर्भमा पनि तिनै कुरा सत्य लाग्छन् । मोफसल
साहित्यले कतिपय सन्दर्भमा मूलधारका कथित केन्द्रीय साहित्यलाई जसरी चुनौती
दिइरहेका छन् केन्द्रबाट प्रकाशनमा आइरहेका संस्थागत र केही निजी प्रकाशनलाई छाडेर
हेर्दा आकार, पृष्ठ, सज्जा
र सामग्रीको स्तरको दृष्टिले अन्य कतिपय साहित्यिक प्रकाशनमा पनि लागू हुन्छ । यस
दृष्टिले अन्य कतिपय साहित्यिक पत्रिकाबाट अहिले नै पनि केन्द्रका कतिपय नियमित
प्रकाशन पछि परिसकेका नदेखिने होइन । पूर्वका इलाम–झापादेखि सूदुर पश्चिमका महेन्द्रनगरसम्मका नियमित
प्रकाशनमध्ये कतिपयलाई उदाहरणमा लिन सकिन्छ । त्यसैले राजधानीका भन्दैमा सबै
स्तरीय र साधनसम्पन्न होलान र मोफसलका जति सबै स्तर–साधनविहीन छन् भन्ने कुनै वस्तुगत आधार भेटिन्न । वितरण
समस्याका कारण मोफसलका प्रकाशनहरु केन्द्रमा उपलब्ध छैनन् । किनेर पढ्न त
केन्द्रकै पनि केही स्थापित र स्तरीयबाहेक साहित्यिक पत्रिकाका पाठक पाइँदैन भने
मोफसलका पत्रिका केन्द्रकाले किनेर पढ्ने कुरा त कल्पनाबाहिरको कुरा भइहाल्यो । यस
कारणले पनि मोफसलको साहित्यिक पत्रकारिताको शक्ति केन्द्रसँग अपरिचित नै रह्यो, त्यसबारे केन्द्रले बुझ्न पनि चाहेन सायद । त्यसैले केन्द्र
र मोफसलका साहित्यिक पत्रकारिताले एक अर्कालाई बुझ्न र एक अर्काको समस्या जान्न
पनि यस्ता कार्यक्रमले महŒवपूर्ण सहयोग गर्नेछन् ।
कार्यक्रममा
विभिन्न कुराहरु आए, तिनमा विचारविमर्श पनि भए । करिब पाँच घण्टा
लामो एकदिने त्यो कार्यक्रमको लामो समय उद्घाटन, परिचर्चा, प्रमाणपत्र
र सम्मानपत्रहरुको वितरण हस्तान्तरण आदिमा उपयोग भयो । गोष्ठीको भागको समय यसरी
सबैतिरबाट नखोसिएको भए वा मूल सञ्गोष्ठीलाई बढी समय उपलब्ध गराउन कार्यक्रमलाई दुई
दिने बनाउन सकिएको भए मोफसलमा साहित्यिक पत्रकारिताका थप समस्या, सीमा र कठिनाइहरुका बारेमा अझ गहन ढङ्गमा छलफल हुनसक्थ्यो र
कार्यक्रमको सक्रिय सहभागितामा समेत देखिने केन्द्रको वर्चस्व न्यून बनाउन पनि
यसले मद्दत पु¥याउँथ्यो । त्यसो नहुँदा सञ्गोष्ठीमा होस् वा
त्यसपूर्वका र समापनसमेतका अन्य चरणमा वक्ताहरुमा समेत केन्द्रकै मात्र वर्चस्व
देखियो, केन्द्रकै वक्ताहरुको बाहुल्य रह्यो । कार्यक्रममा देखिएका
यी केही पक्षबाहेक कार्यक्रम अरु हिसाबले निकै उपयोगी रह्यो, मोफसललाई केन्द्रले बुझने प्रयास गरिरहेको छ भन्ने सानो भए
पनि सन्देश दिन सफल रह्यो । जे होस् थोरै समयमा जे जति छलफल भयो, त्यो निश्चय नै गम्भीर थियो र चितवन घोषणापत्रको मस्यौदा
तयार भएर त्यसको अनुमोदनसमेत हुनसक्यो । गोष्ठीको सर्वाधिक सफल पक्ष पनि सायद
त्यही रह्यो ।
सञ्गोष्ठीमा
दुईवटा पत्र प्रस्तुत गरिए । साहित्यिक पत्रिकाका गम्भीर अन्वेषक शिव रेग्मीको “इलाम जिल्लाबाट प्रकाशित साहित्यिक पत्र–पत्रिका” शीर्षक
पत्र सबै प्रकारले कार्यपत्र थिएन । त्यो लेखकले प्राक्कथनमा भन्नुभएजस्तै उहाँको
नेपाल अधिराज्यका जिल्लाहरुबाट प्रकाशित साहित्यिक पत्रिकाहरुको इतिहास जान्ने
जिज्ञासाको फलस्वरुप जन्मेको एउटा सामान्य आलेख मात्र थियो । त्यसैले त्यसमा
कार्यपत्रको संरचना, विषयगत प्रतिपादन, राष्ट्रिय साहित्यिक पत्रकारिता र मोफसलबीचको तुलनात्मक
अध्ययन र आजको मोफसल साहित्यिक पत्रकारिताका प्रवृत्ति, सीमा र समस्याहरुबारे वस्तुगत अध्ययनको अपेक्षा स्वाभाविक
पनि रहेन । त्यसमाथि पत्र प्रस्तोता स्वयंको अनुपस्थितिमा ती कमी कमजोरीमाथि छलफल
र सुझावको सन्दर्भ पनि त्यहाँ रहेन तर पनि गम्भीर अध्येता रेग्मीको त्यो आलेख
पूर्ण नभए पनि इलामा जिल्लाबाट निस्किएका केही पत्रिकाको राम्रो परिचय गराउनमा
उहाँको निकै परिश्रम परेको अनुमान गर्न नसकिने होइन ।
दोस्रो
कार्यपत्र डी. आर. पोखरेलको कार्यपत्र चितवनको साहित्यिक पत्रकारितासँग सम्बन्धित
थियो, तर पत्र उपलब्ध नहुँदा सहभागीहरु गहिरिएर त्यसको अध्ययन
गर्ने अवसरबाट बञ्चित रहे तर पनि यो कार्यपत्रको ढाँचामा प्रस्तुत गरिएको थियो र
केही कमजोरी भए पनि चितवनको साहित्यिक पत्रकारिताको लगभग साञ्गोपाङ्गो जानकारी दिन
सफल थियो ।
जे
होस् सञ्गोष्ठी कार्यक्रमले मोफसलको साहित्यिक पत्रकारितालाई केन्द्रीय विषय बनाएर
गम्भीर छलफलको वातावरण सिर्जना ग¥यो । साथै सञ्गोष्ठी
केन्द्रबाहिर आयोजना गरेर नेपाल साहित्यिक पत्रकार सञ्घले निश्चय पनि राम्रो काम
गरेको छ । साहित्यिक सङ्घसंस्थाका कार्यक्रमहरु राजधानी केन्द्रित हुँदै आएका छन्
र प्रायः सञ्घसंस्था राजधानी र राजधानीका सुविधाभन्दा बाहिर निस्कन चाहँदैनन् । यो
परम्परामा परिवर्तन हुन आवश्यक पनि छ । आशा गरौं, सञ्घसंस्थाहरुको केन्द्रभिमुख कार्यक्रम र गतिविधिलाई
केन्द्र बाहिर पुग्न पनि यस्ता कार्यक्रम प्रेरक बन्न सकून् ।
साभार, मधुपर्क, २०६४
असार
प्रसवकालीन
ती दिनहरु
विवश
वस्ती
नेपाल
साहित्यिक पत्रकार सङ्घ आज पा“चौ वर्षमा हि“ड्दैछ । इतिहास निर्माणको हिसाबले चार–पा“च वर्षलाई लामो अवधि मान्न
नसकिएला । तर पनि आफ्नो यात्राको अल्पअवधिमै देशभरिका सम्पूर्णजसो साहित्यिक
पत्रकारहरुलाई समेटेर नया“ गति र
दिशा पर्गेल्ने काममा भने सङ्घले उल्लेख्य उपलब्धि हासिल गरेको छ । र, सबै साहित्यिक पत्रकारहरुलाई छहारी उपलब्ध गराउने वटवृक्षको
रुपमा यसले आफ्नो गहन चिनारी बनाउ“दै
गएको छ । आज यो कुरा निर्विवाद रहेको तथ्यप्रति सायदैलाई शङ्का होला ।
यतिबेला
एउटा प्रश्न स्वाभाविक रुपमा उठ्छ, किन
आवश्यक ठानियो नेपाल साहित्यिक पत्रकार सङ्घ ? यो
प्रश्नको उत्तर खोज्नुअघि छ–सात वर्षअघिको परिवेशमा
फर्किनै पर्छ । देशमा शाहीतन्त्रको कालो बादल मडारिइरहेको बेला, स्वतन्त्रताका हातखुट्टाहरु बा“धिएको बेला र राजनीतिक अन्योल, अस्थिरता र उथलपुथल परिस्थिति जन्मिएको बेला नेपाल
साहित्यिक पत्रकार सङ्घ स्थापनाको आवश्यकताबोध गरिएको थियो ।
२०६१
को नया“ वर्षको सुरूवातस“गै ‘शब्द–संयोजन’ मासिक साहित्यिक पत्रिका आरम्भ गरियो । संस्थागत रुपबाट
निस्किरहेका सीमित साहित्यिक पत्रिकाहरुले प्रगतिशील मूल्य, मान्यता र स्वरहरु बोक्ने र बोल्ने सिर्जना प्रकाशनमा
छेकबार लगाइरहेको कुरा अनुभूत हुनु स्वाभाविक थियो । र, एउटा बेग्लै धारको मासिक साहित्यिक पत्रिकाको आवश्यकता
खट्कि“दै गएको थियो । त्यही आवश्यकता पूरा गर्न ‘शब्द–संयोजन’को प्रकाशनले सैद्धान्तिक मान्यता पाएको थियो । प्रखर
प्रगतिशील स्रष्टा एवम् अग्रज वासुदेव अधिकारीसित मैले एकदिन मासिक साहित्यिक
पत्रिका प्रकाशनको प्रस्ताव राखे“ ।
मधुपर्क,
गरिमाजस्ता संस्थागत सहयोगमा चलिरहेका
पत्रिकाहरु आर्थिक रुपले धरमर रहेको वास्तविकता एकातिर छ“दै थियो । त्यस्तो स्थितिमा केही व्यक्तिहरुको पहलमा
साहित्यिक पत्रिका निकाल्ने विषय ‘लहड र
दुई चार दिनको फूर्ति’ बाहेक
अरु हुन सक्दैनथ्यो । मासिक रुपमा साहित्यिक पत्रिका निकाल्ने कुरा उप्काउ“दा प्रगतिशील वृत्तका स्रष्टाहरु हाम्रो कुरालाई ‘नितान्त गफ’ ठान्थे
। र, महŒवाकाङ्क्षी सोचको उपजको
रुपमा पनि हेर्दथे । वासुदेवजीले त भन्नु पनि भयो–‘महिना–महिनामा निकाल्न सकिएला र ?’
मैले
भने“–‘योजनाबद्ध रुपले काम गर्दा निकाल्न सकिन्छ ।’
प्रकाशन
प्रारम्भ भएर ‘शब्द–संयोजन’ले पाइला चाल्दै थियो । त्यही क्रममा साहित्यिक
पत्रकारहरुको प्रभावशाली संस्थाको आवश्यकता खट्कियो । साहित्यिक पत्रिका र
पत्रकारहरुका बारेमा बोल्ने संस्थाको सर्वथा अभाव रहेको महसुस हुन थाल्यो । लामो
इतिहास बोकेको साहित्यिक पत्रकार सङ्घ थियो त्यो बेला । क्रियाशीलताको अभाव झेलेर
बा“चिरहेको उक्त संस्थामा आबद्ध रहेर साहित्यिक पत्रकारिताको
क्षेत्रमा संस्थागत पहल गर्न सकिने आशा सुरुका दिनहरुमा पलायो पनि । र, मैले साहित्यिक पत्रकार सङ्घको आजीवन सदस्यता लिए“ र एक–दुईवटा बैठकहरुमा सहभागिता
पनि जनाए“ । उक्त संस्थामा आवद्ध भएपछि मैले अनुभूत गरे“, यो संस्था आफ्नै सा“घुरो
वृत्तमा मात्र रुमल्लिइरहेको छ, फराकिलो
क्षितिज नियाल्ने सोच र सङ्कल्पमा उभिएको छैन । उक्त संस्थामा औँलामा गन्न सकिने
एकाध क्रियाशील पत्रकारबाहेक ठूलो सङ्ख्याका साहित्यिक पत्रकारहरु आबद्ध रहेनछन् ।
र, प्रायजसो पत्रकारका कुनै पनि पत्रिका नियमित रुपमा प्रकाशित
रहेनछ र दस–पन्ध्र वर्षअघि केही अङ्क साहित्यिक पत्रिका
निकालेको आधारमा साहित्यिक पत्रकार भइटोपलेको रहस्य क्रमशः खुल्दै गयो । सङ्घका
तत्कालीन अध्यक्ष राधेश्याम लेकालीसमक्ष मैले प्रस्ताव पनि राखे“–‘सङ्घलाई फराकिलो पारौं, क्रियाशील
पत्रकारहरुलाई समेटौं ।’ तर
मेरो प्रस्ताव साहित्यिक पत्रकार भइटोपलेकाहरुका निम्ति सुपाच्य हुने कुरै भएन ।
मैले सो संस्थासित पारपाचुके गरेर क्रियाशील पत्रकारहरुको संस्था स्थापना
गर्नुपर्ने सच्चाइ बुझे“ र
त्यस्ता कोटीका पत्रकारहरुसित सम्वादको प्रक्रिया बढाउन आवश्यक ठाने“ ।
‘बगर’का सम्पादक नकुल सिलवाल पनि क्रियाशील पत्रकारहरुको
संस्थाको अभाव महसुस गरिरहनुभएको थियो । नया“ संस्था
स्थापना गर्ने सिलसिलामा एकदिन चावहिलमा भेला पनि भयौैं हामी । ‘सुगन्ध’का सम्पादक कैलाश भण्डारी
(दिवङ्गत), मातृका पोखरेल, चेतनाथ धमला र म थिए“ त्यतिबेला
। चावहिलको एउटा चिया पसलमा बसेर नया“ संस्थाका
बारे छलफल भयो । क्रियाशील साहित्यिक पत्रकारहरुको संस्था स्थापनाका लागि जग बसालिएको
सीमित व्यक्तिहरु उपस्थित रहेको त्यो भेलामा नकुल सिलवाल कार्यव्यस्तताका कारण
आउनु भएन भने अरु साथीहरु पनि आउन सक्नुभएन । हुन त हामीले विशेष आग्रहसहित वियोगी
बुढाथोकीलाई पनि निम्त्याएका थियौं, तर
उहा“ पनि आउन सक्नुभएन । जोजति उपस्थित थिए, उनीहरुबीच क्रियाशील साहित्यिक पत्रकारहरुको संस्था गठन
गर्ने कुरामा सैद्धान्तिक सहमति कायम भयो ।
२०६२÷०६३ को जनआन्दोलनपछि नेपाल साहित्यिक पत्रकार सङ्घ जन्मिएको
भए पनि बिजारोपण भने एकाध वर्ष पहिले नै भएको थियो । तर विविध कारणबस त्यसले मूर्त
रुप पाउन सकिरहेको थिएन । संस्था दर्ता गर्नुअघि साहित्यिक पत्रकारहरुलाई एकै
थलोमा बसाउने उद्देश्यअनुरुप २०६३ जेठ २२ गते एउटा भेला बसी भेला आयोजक कमिटी गठन
ग¥यौं । र, उक्त
भेलाले संयोजकमा नकुल सिलवाल, सचिवमा
विवश वस्ती, कोषाध्यक्षमा चेतनाथ धमला र सदस्यहरुमा मातृका
पोखरेल, प्रकाश सिलवाल, नवराज
पुडासैनी र लक्ष्मी उप्रेतीलाई चयन ग¥यो ।
२०६३ असार १० गते भेला बोलाउने टुङ्गो पनि भयो । भेला आयोजक कमिटीको बैठक २०६३ जेठ
३० गते बस्यो र उक्त बैठकले भेला आयोजक कमिटीमा रामेश्वर राउत ‘मातृदास’ र
नवराज रिजाललाई मनोनयन गर्ने निधो पनि भयो ।
२०६३
असार १० गते भेला सम्पन्न भयो । उक्त भेलाले नया“ कार्यसमिति गठन ग¥यो ।
जसमा अध्यक्ष नकुल सिलवाल, उपाध्यक्ष
लक्ष्मी उप्रेती, सचिव विवश वस्ती, सहसचिव प्रकाश सिलवाल, कोषाध्यक्ष
चेतनाथ धमला र सदस्यहरु मातृका पोखरेल, नवराज
पुडासैनी, नवराज रिजाल र यादव भट्टराई चयन भए । र, अग्रज पत्रकार रोचक घिमिरे, मोहन दुवाल र वियोगी बुढाथोकीले सल्लाहकारको रुपमा उभिएर
संस्थालाई अग्रगति दिनका लागि अहम् भूमिका खेल्नुभयो ।
संस्था
दर्ताको क्रममा केही तीता प्रसङ्गहरु पनि भए । सम्भवतः असारको तेस्रो साताको कुरा
थियो । हामी चाहन्थ्यौँ, प्रशासनिक
ढिलासुस्ती नहोस् । तर त्यस्तै सङ्केत पाइयो । मैले नकुल सिलवाललाई भने“–‘सिडियो मेरै जिल्लाबासी रहेछन्, एकपटक गएर अनुरोध गर्ने कि ?’
हामी
सिडियोको कार्यकक्षमा छि¥यौँ । सिडियो स्थानेश्वर
देवकोटाले सहयोगी भूमिका खेल्नुभन्दा पनि सबै प्रक्रिया पुगेको भएमात्र काम हुने
बताए । काम छिटो हुने अपेक्षा स“गाल्दै ‘जिल्लाबासी’को
लगाइएको साइनो त्यत्तिकै खेर गयो । उनको रवाफले मलाई भित्रभित्रै पोल्यो । नजिकै
बसिरहेका कवि रामचन्द्र भट्टराईले हाम्रो बारेमा रामै्र कुरा गर्दा पनि उनले
वास्ता गरेनन् । त्यसपछि हामी प्रशासनिक अधिकृतको कोठातिर हान्नियौं । नेमप्लेट
हेर्नेबित्तिकै मैले भने“–‘ल, चिनेकै मान्छे रहेछन्, एकपटक
अनुरोध गरौँ न ।’
२०६१, साउनको पहिलो साता अछाम जा“दा नेपालगञ्जको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरि
प्याकुरेलले अचम्मकै सहयोग गरेका थिए । हामीलाई अछाम छिट्टै पुग्नु थियो तर
नेपालगञ्जबाट सा“फेबगरमा एक सातादेखि प्लेन उडिरहेको थिएन र झन्
सिट पाउने कुरा त ‘आकाशको फल’जस्तै
थियो । प्रशासनलाई दिने गरिएको दुईटा सिट पाउने अपेक्षा बोक्दै हामी बिहान दसै बजे
पुगेका थियौं, प्रशासन कार्यालयतिर । प्याकुरेलजीले तत्कालीन
शाही नेपाल वायुसेवा निगमका नेपालगञ्ज प्रमुखलाई फोनबाट आग्रह गर्दै भने–‘उहा“हरुलाई आज जसरी भए पनि सा“फेबगरको सिट मिलाइ दिनु । धेरै नै जरुरी कामले हि“ड्नुभएको हो ।’ संयोग
पनि कस्तो प¥यो भने एक सातादेखि नगइरहेको प्लेन त्यही दिन
उड्यो ।
तिनै
सहयोगी प्याकुरेलजीसामु मैले भने“–‘हामी
साहित्यिक पत्रकारहरुको संस्था हो यो, प्रहरी
रिपोर्ट बुझ्ने बहानामा समय लगाउनु आवश्यक छैन ।’
प्याकुरेजीले
भने–‘अब आज तीन बजिसक्यो, भोलि
दस बजे नै आउनुस्, काम हुन्छ ।’
हामी
भोलिपल्ट समयमै पुग्यौं । संस्थाको विधान रुजु गर्ने काम था“ती नै थियो । तर प्याकुरेलजीले त्यहा“का कर्मचारीलाई अ¥हाउ“दै भने–‘उहा“हरुको संस्थाको प्रमाणपत्र तयार पारेर ल्याउनुस्, विधान पछि हेर्दै गर्दा हुन्छ ।’ प्याकुरेलजीले भने–‘मैले
तपाईको मुख हेरेर सही गरिदिएको छु, तलमाथि
त नपर्ला नि ।’
यसरी, प्रशासनिक कार्यालयमा सामान्य माथापच्चीपछि नेपाल साहित्यिक
पत्रकार सङ्घले विधिवत मान्यता पायो । र, हामी
पनि नया“
संस्थालाई कसरी क्रियाशील बनाउने, देशभरिका साहित्यिक पत्रकारहरुलाई कसरी समेट्ने भन्ने धुनमा
सामेल भयौँ । संस्थागत रुपमा अघि बढ्दा साहित्यिक पत्रिकाहरुले राज्यबाट पाउनु
पर्ने सुविधा र सहयोगमा पनि निकै नै प्रगति भएको छ । लामो इतिहास बोकेको साहित्यिक
पत्रिका र पत्रकारहरुले आज निरीह भएर बस्नुपरेको छैन । संस्थागत रुप नलि“दा साहित्यिक पत्रकारहरुलाई राज्यले जसरी बेवास्ता गर्दै
आइरहेको थियो, आज आंशिक रुपमै भए पनि त्यो स्थितिमा फेरबदल
आएको छ । साहित्यिक पत्रकारितामा देखिएका समस्याहरुलाई सामुहिक रुपमा उठाउन पाइएको
छ र राज्यले पनि साहित्यिक पत्रकारहरुलाई उपेक्षा गरेर अघि बढ्ने दिन समाप्त भएको
महसुस गर्न थालेको छ । नेपाल साहित्यिक पत्रकार सङ्घ स्थापना गर्नुको ठूलो फाइदा र
खुसीको विषय नै यही हो भन्ने लाग्छ ।
आज
देशभरिका साहित्यिक पत्रकारहरुको एउटा साझा मञ्चको रुपमा नेपाल साहित्यिक पत्रकार
सङ्घले आफूलाई विकसित, समृद्ध
र परिपक्व तुल्याउ“दै लगिरहेको छ । जसरी नेपाल पत्रकार महासङ्घमा
सबै राजनीतिक आस्था बोकेका पत्रकारहरु आबद्ध छन्, नेपाल साहित्यिक पत्रकार सङ्घमा पनि त्यही स्थिति छ ।
राजनीतिक आस्था, वादप्रतिवादका कुराहरु आफ्नो ठाउ“मा भए पनि साहित्यिक पत्रकारिताको स्तरवृद्धिका लागि र
पत्रकारहरुको हक, हित प्रवद्र्धनका लागि क्रियाशील रुपले अगाडि
बढिरहेको छ । पा“च वर्षको हि“डाइमा नेपाल साहित्यिक पत्रकार सङ्घले आफूलाई एउटा समृद्ध र
प्रभावकारी संस्थाको रुपमा स्थापित गरिसकेको तथ्यलाई अब कसैले पनि ढाकछोप गर्न
सक्दैन ।
बालाजुटार, काठमाडौँ
साहित्यिक
पत्रिका सहयोग र वितरण प्रणाली
श्रीओम
श्रेष्ठ ‘रोदन’
साहित्यिक
पाठकको रुचि बढाएर पढ्ने र पढाउने साहित्यिक पत्रिकाको उद्देश्य रहेको हुन्छ । यही
उद्देश्य अनुरुप प्रकाशन हुन प्रारम्भ गरेको साहित्यिक पत्रकारिताले एक शताब्दी
पार गरिसकेको छ तर साहित्यिक पत्रकारिताले अतीतदेखि भोग्नुपरेको समस्या
वर्तमानसम्म पनि यथावत् नै रहेको छ । हजारौँ लेखक कवि तथा बौद्धिक जमातको खुराक बन्नसकेको
साहित्यिक पत्रकारिताले अझसम्म पेशागत रुप लिनसकेको छैन । समाज र राष्ट्रले यस
क्षेत्रलाई अनुत्पात्दक क्षेत्रका रुपमा लिएकै कारण साहित्यिक पत्रकारिता
व्यावसायिक बन्नसकेको छैन् ।
नेपाली
साहित्यिक पत्रकारिता जगत्को विकास एवं संवद्र्धन गर्न तथा यस जगत्ले भोग्नुपरेको
समस्याहरुको समेत अनुसन्धान गरी समाधानको विकास पहिल्याउने उद्देश्यले प्रेस
काउन्सिल नेपालले साहित्यिक पत्रकारिता उपसमिति बनाए पनि खासै परिणाममुखी हुनसकेको
देखिँदैन । प्रेस काउन्सिलले मासिक पत्रिकाहरुमा लगाएको बत्तीस दिने नियमले गर्दा
साहित्यिक पत्रिकाहरुले सुविधा उपभोग गर्न सकिरहेका छैनन् । सरकारी तथा संस्थागत
प्रकाशन बाहेकका अधिकांश साहित्यिक पत्रिकाहरु द्वैमासिक र त्रैमासिक छन् । मासिक
रुपमा प्रकाशित पत्रिकाहरु पनि नियमित रुपमा बत्तीस दिनभित्रै प्रकाशित हुन सहज
हुँदैन ।
यस्तो
परिस्थिति भोगिरहेको साहित्यिक पत्रिकाहरुले गत वर्षदेखि अलिकति भए पनि राहत अनुभव
गर्नपाएका छन् । श्री ५ को सरकारले आर्थिक वर्ष २०६१÷६२ को बजेटमा १५ लाख रुपिया साहित्यिक पत्रपत्रिकाका लागि
विनियोजन गरेको थियो ।
साहित्यिक
रचना मात्र प्रकाशन गरी नेपाली साहित्यको श्रीवृद्धिमा लामो समयदेखि योगदान पु¥याउँदै आएका साहित्यिक पत्रिकाहरुलाई सरकारले सहयोग गर्नु
आवश्यक ठानी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमार्फत अनुदान प्रवाह गर्नेगरी रकम
विनियोजन गरिएको थियो । सरकारले प्रदान गरेको १५ लाखमध्ये ५० प्रतिशत रकम सावाँको
रुपमा स्थायी कोषमा जम्मा गरी बाँकी ५० प्रतिशतको साढे सात लाख रकम साहित्यिक
पत्रिकाहरुलाई वर्गीकरणका आधारमा वितरण गरिएको थियो । उक्त आर्थिक सहयोग रकमको
निर्धारण र वितरण सम्बन्धी कार्यक्रमको सुव्यवस्थापन र नियमनका लागि सातसदस्यीय
साहित्यिक पत्रिका सहयोग कोष सञ्चालक समितिको गठन भएको थियो ।
नेपाल
राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा. वासुदेव त्रिपाठीको अध्यक्षतामा
गठन भएको उक्त समितिमा अर्थ मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका एकजना प्रतिनिधि, साहित्यिक पत्रिकाहरुमा प्रकाशक वा सम्पादकमध्येबाट एकजना, प्राज्ञ परिषद्का सदस्य मध्येबाट एकजना, साहित्यिक पत्रकार सङ्घका प्रतिनिधि र प्रज्ञाप्रतिष्ठानका
पत्रिकाका प्रधानसम्पादकमध्येबाट एकजना मनोनित सदस्य रहेका थिए ।
साहित्यिक
पत्रिका सहयोग कोष सञ्चालक समितिद्वारा आर्थिक सहयोगका लागि सिफारिस प्रस्तुत गर्न
सार्वजानिक आह्वान गरे बमोजिम अधिराज्यभरिबाट ५४ वटा साहित्यिक पत्रिकाको आवेदन
परेको थियो । उक्त आवेदनहरुको छानबिन गरी मूल्याड्ढन गर्न, प्राज्ञ भुवन ढुङ्गानाको संयोजकत्वमा सातसदस्यीय मूल्याड्ढन
समितिको गठन गरिएको थियो ।
निर्णायक
समितिको मूल्याड्ढनका आधारमा ५४ वटा पत्रिकामध्ये ३७ वटा साहित्यिक पत्रिकालाई
सहयोग रकम वितरण गरिएको थियो । जसमध्ये धेरै लामो समयदेखि व्यक्तिगत वा सामूहिक
प्रयासमा साहित्यिक सेवाभावबाट प्रकाशित हुँदै आएका र हालसम्म प्रकाशनको क्रमलाई
निरन्तरता दिइरहेका तथा साहित्यिक जगत्मा स्थापित साहित्यिक पत्रिकाहरुलाई
सबैभन्दा बढी सहयोग रकम प्रदान गरेको थियो । जसमध्ये रचना, भानु र अभिव्यक्ति साहित्यिक पत्रिकाले ६० हजारको सहयोग
प्राप्त गरेका थिए । यसरी प्रदान गरिएको सहयोग रकम प्रोत्साहनस्वरुप पाँच
हजारसम्मको रहेको थियो । सहयोग रकम प्राप्त गर्ने साहित्यिक पत्रिकाहरुमा
उपत्यकाबाहिरबाट प्रकाशित भएका तथा तामाञ, मैथिली, नेवारी र राईभाषाका पत्रिका पनि थिए ।
आर्थिक
सहयोग प्रयोजनका निम्ति साहित्यिक पत्रिकाहरुको प्रकाशन, इतिहास, नियमितता, लोकप्रियता, स्तरीयता
र साहित्यिक योगदानलाई समेत आधार बनाएर मूल्याड्ढन गरिएको थियो । साहित्यिक
पत्रिकाको वर्गीकरण र आर्थिक सहयोग प्रदान गर्नका लागि साहित्यिक पत्रिका सहयोग
कोष सञ्चालन कार्यविधि २०६१ निर्माण भएको थियो । जसअनुसार काठमाडौँ उपत्यकाबाट
न्यूनतम ५० अड्ढ प्रकाशित भएका उपत्यकाबाहिरबाट न्यूनतम ३५ अड्ढ प्रकाशित भएका
साहित्यिक पत्रिकालाई बढीमा ६० हजारसम्म र लामो समयदेखि प्रकाशित भएर २५
अड्ढसम्मको निरन्तरता पाइसकेको साहित्यिक पत्रिकालाई ३० हजारसम्म प्रदान गर्ने गरी
वर्गीकरण गरिएको थियो ।
यसैगरी
काठमाडौँ उपत्यकाबाहिरबाट प्रकाशित नियमित साहित्यिक पत्रिकाहरु, राष्ट्रियभाषाका साहित्यिक पत्रिकाहरु र चालू वर्षमा नियमित
छ अड्ढसम्म प्रकाशित भएका साहित्यिक पत्रिकाहरुलाई २० हजारसम्म र्आिर्थक सहयोग
प्रदान गर्ने प्रावधान रहेको थियो । यसरी प्रदान गरिएको आर्थिक सहयोग सरकारी, सरकारको अनुदान प्राप्त र नियमित आर्थिक स्रोत प्राप्त हुने
संस्थाहरुबाट प्रकाशित भएका साहित्यिक पत्रिकाहरुलाई प्रदान गरिएको थिएन् ।
साहित्यिक
पत्रकारिताको प्रारम्भ नेपालमा मात्र नभएर विश्वभरि नै धेरै अगाडि भएको भए पनि
अखबारी पत्रकारिताको तुलनामा साहित्यिक पत्रकारिता अगाडि बढ्नसकेको छैन । यस्तो
स्थितिमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमार्फत साहित्यिक पत्रिकालाई आर्थिक सहयोग
वितरण गर्नु सुखद कुरो हो तर साहित्यिक पत्रिकाहरुलाई प्रकाशित अड्ढको आधारमा
गरिएको वर्गीकरणले पहिलोपटक भएकोले स्वाभाविकै भएको मान्नसकिन्छ तर यही आधारलाई
निरन्तरता दिएर आर्थिक सहयोग वितरण गर्दा वैज्ञानिक र न्यायोचित नहुनसक्छ । यसबाट
एउटै नामका पत्रिकाहरुले विशेष सहयोग पाउनसक्ने भएकोले विशेष ध्यान दिनु जरुरी
देखिन्छ ।
नेपाली
साहित्यिक क्षेत्रमा साहित्यिक पत्रिकाहरुले पु¥याएको योगदानको तुलनामा यसपटक प्रदान गरिएको आर्थिक सहयोग
ठूलो होइन तर यस कोषले प्रत्येक वर्ष निरन्तर पाउनसक्यो भने साहित्यिक पत्रिकाहरु
नियमित र स्तरीय हुने आशा सहज रुपमा गर्नसकिन्छ ।
(प्रस्तुत
लेख २०६१ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले वितरण गरेको
साहित्यिक पत्रिका सहयोग कोषमा आधारित छ । लेखक तत्कालीन साहित्यिक पत्रिका सहयोग
कोष सञ्चालक समितिको निर्णायक सदस्यमध्ये एक हुनुहुन्थ्यो–सम्पादक)
रौतहटमा
साहित्यिक पत्रकारिताको
आधा शताब्दी
सञ्जय
साह ‘मित्र’
मोफसलीय
पत्रकारिता साहित्यिक पत्रकारिताबाट आरम्भ भएको मानिन्छ । वीरगञ्जबाट
श्यमप्रसादद्वारा सेवा सदनको नाउँमा वि.सं. २००८ मा सेवा नामक मोफसलको पहिलो
ऐतिहासिक साहित्यिक पत्रिका निकालिएको झण्डै सात वर्षपछि रौतहटमा वि.सं. २०१५ देखि
साहित्यिक पत्रकरिता आरम्भ भएको पाइन्छ ।
सम्वत््
२००४ को वसन्तपञ्चमीका दिन गौरमा स्थापित शारदा पुस्तकालयको २०१४ सालमा नाम
परिवर्तन गरी कलाकुञ्ज पुस्तकालय बनाइएपछि नेपाल–भारत दुवैतिर साहित्यिक जागरण ल्याउन कलाकुञ्ज पुस्तकालयलाई
प्रकाशक बनाई विक्रमाब्द २०१५ देखि वाणी मासिक पत्रिकाको प्रकाशनारम्भ हुन्छ ।
लखनउ विश्वविद्यालयका एम.ए. रिसर्च स्कालर (हिन्दी) का विद्यार्थी रुपेन्द्रनाथ
शर्मा केही प्राचीन ग्रन्थको खोजी गर्दै इ.सं. १९६० जनवरी २१ मा कलाकुञ्ज
पुस्तकालयमा आएका बेला उनले पुस्तकालयको निरीक्षण पुस्तिकामा वीणा पत्रिकाको
बारेमा हिन्दी–नेपाली मासिक रहेको उल्लेख गरेका छन् । २०१७
सालमा मुलुकमा भएको राजनीतिक परिवर्तनको कालो छायाँ वीणा साहित्यिक माासिकमाथि
परेर यो बन्द हुन पुग्यो । वीणाका तत्कालीन अङ्कहरुबारे जानकारी प्राप्त हुन सकेको
छैन । प्रकाशन बन्द भएको उनान्चालीस वर्षपछि २०५६ सालमा नेपाली, मैथिली र हिन्दी रचनासहित स्मारिकाका रुपमा वीणा फेरि देखा
परेको छ । त्यसपछि रौतहटको पहिलो पत्रिका वीणाको प्रकाशन हुन सकेको छैन ।
वीणाका
तत्कालीन सम्पादकहरुमा जनकनन्दन वर्मा, विष्णुबहादुर
मानन्धर,
पं. मङ्गलकुमार उपाध्यायहरु रहेको पाइन्छ ।
त्यसै गरी २०५६ मा प्रकाशित वीणालाई चित्रबहादुर गिरी, सुशीलकुमार झा, दीपेन्द्रकुमार
श्रीवास्तव, रणधीरकुमार चित्रकार रमण र नीलकण्ठ थपलियाले
संयुक्त सम्पादन गरेका छन् ।
सम्वत्
२०१७ मा वीणाको प्रकाशन स्थगन भएपछि एक दशकसम्म रौतहटमा कुनै साहित्यिक पत्रिका
प्रकाशन भएको देखिन्न । पञ्चायतकालीन समयमा साहित्यिक रचनामार्फत् राजनीतिक चेतना
अभिवृद्धि गर्ने उद्देश्यले हिमालीवासका केही शिक्षित युवाहरुले हिमाली
पुस्तकालयको स्थापना गरी हिमाली आवाज पत्रिका प्रकाशन गरेको देखिन्छ । चार
अङ्कसम्म प्रकाशित भएर बन्द भएको हिमाली आवाजका हर्ताकर्ताहरुमा कौशल पाण्डे, गणेश गौतम, महेन्द्रबहादुर
अमात्य रहेका थिए ।
हिमाली
आवाज बन्द भएको दुई दशकपछि चन्द्रनिगाहपुरको सूर्योदय पुस्तकालयबाट सूर्योदय
साहित्यिक पत्रिकाको प्रकाशनारम्भ हुन्छ । रमेशमोहन अधिकारी, शङ्कर भट्टराई र भूपेन्द्र खड्काको संयुक्त सम्पादनमा २०४९
को वैशाखमा प्रकाशित सूर्योदय २०५७ सालसम्म रौतहट विशेषाङ्कसहित ६ अङ्क प्रकाशित
भएर हाल प्रकाशन स्थगित रहेको छ । रौतहटको साहित्यिक इतिहासमा सर्वाधिक महŒवपूर्ण स्थान ओगट्न सफल सूर्योदयले जिल्लाभित्र तथा
बाहिरसमेत लोकप्रियता हासिल गरेको थियो । रौतहटेली साहित्यमा पुनर्जागरण ल्याउन
सफल सूर्योदय अस्ताचल गमनपश्चात् रौतहटमा स्तरीय साहित्यिक पत्रिकाको अभाव अझै
पूरा हुन सकेको छैन ।
चन्द्रनिगाहपुरबाटै
साहित्यकार यमकुमार श्रेष्ठको प्रकाशन सम्पादनमा २०४५ सालदेखि पाथीभराले
नवप्रतिभाहरुलाई बढी स्थान दिने गरेको पाइएको छ ।
साहित्यिक
प्रकाशनमा शून्यताको अवस्थामा रौतहटेली साहित्यकारत्रय रमेशहरि शर्मा ढकाल ‘समर्थन’, शीतल
गिरी र सुशीलकुमार झाको सामूहिक प्रयासमा २०५७ वैशाखदेखि रौतहटरश्मि साहित्यिक
त्रैमासिकको आरम्भ हुन्छ । प्रारम्भिक अङ्क हवाई पत्रिकाकारमा भए पनि पछि
पुस्तिकाकार रुपमा प्रकाशन हुन थालेको रौतहटरश्मिले साँच्चिकै रौतहटको रश्मि बनेर
१३ अङ्कसम्म निरन्तरता पायो । निरन्तरता तथा स्तरीयताका दृष्टिले मात्र नभई
सर्वाधिक बढी अङ्क प्रकाशन हुने साहित्यिक पत्रिकाका रुपमा समेत रहेको
रौतहटरश्मिले कविता, नारी र रौतहट विशेषाङ्क निकल्ने जस्ता ठोस
कर्यहरु पनि गरेको छ । यस पत्रिकाले रौतहट रश्मिको प्रकाशन रोकिनाले यस जिल्लाको
साहित्येतिहासमा निकै ठूलो धक्का लागेको छ ।
स्मरणीय
कुरा, रौतहट रश्मीले प्रतिभा पुरस्कार÷सम्मान दिन आरम्भ गरेको थियो । यस पुरस्कार÷सम्मानबाट २०५७ मा सञ्जय शाह र २०५८ मा मकवानपुरका प्रतिभा
श्यामकुमार बानियाँ सम्मानित भएका छन् । रौतहटको स्थानीय बजिका भाषामा रचनालाई
समेत महŒवपूर्ण स्थान दिने गरेको छ ।
अङ्ग्रेजी
र नेपाली भाषाका बालरचनाहरु समाविष्ट गरी चन्द्रनिगाहपुरकै नमुना इङ्लिस बोर्डिङ
स्कुलले २०५८ सालदेखि नमुना बाल साहित्यिक द्वैमासिक पत्रिकाको प्रकाशन थालेको हो
। प्रकाशन संस्थाकै बाल रचनाहरुको प्रधानता रहने नमुनामा नियमितता छैन र हाल यसको
प्रकाशन स्थगन छ । नमुनाका सम्पादक प्रकाशक विद्यालयकै शिक्षक प्रकाश राई छन् ।
रमेशमोहन
अधिकारीको सम्पादनमा शङ्कगुदर उच्च माध्यमिक विद्यालय समनपुरद्वारा २०६१ सालदेखि
प्रकाशन सुरु गरिएको साहित्यिक त्रैमासिक पत्रिका हो– समनपुष्प । ग्रामीण समुदायमा साहित्यिक जागरण ल्याउँदै
स्थानीय बज्जिका भाषालाई स्तम्भ नै उपलब्ध गराएको समनपुष्प नियमित रुपमा प्रकाशन
हुँदै एघारौँ पाइलोपश्चात टक्क अडेको छ । प्रतिभा उत्पादन, संरक्षण, सम्बद्र्धन
तथा रौतहटेली साहित्याकाशलाई फराकिलो पार्ने दिशामा सम्पूर्ण साहित्यप्रेमीहरुको
आशाको स्तम्भ पनि चुँडिएको छ । असामयिक रुपमा बन्द हुने यसअघिका पत्रिकाको
परम्परालाई समपुष्पले समेत तोड्न नसकेर रौतहटेली साहित्यलाई ठूलो क्षति भएको
छ ।
विभिन्न
सङ्घसंस्थाहरुले विभिन्न नाम र प्रकारमा दुई–चार
अङ्कसम्म हस्तलिखित भित्ते पत्रिका निकाल्ने र हराउने क्रम जारी छ । कतिपय
संस्थाले एक अङ्कलाई छापाका माध्यमबाट पनि सार्वजनिक गरेको पाइन्छ । तर जनसेवा
नेपाल, माधोपुरले पुस्तिकाकारमा बालप्रयास पत्रिकाको पहिलो अङ्क
२०६६ वैशाखमा प्रकाशन गरेको छ । सञ्जय शाह ‘मित्र’को सम्पादन तथा भाग्यनारायण महतोको संंयोजन रहेको बालप्रयासले
निरन्तरताको प्रतिबद्धता जाहेर गरेको थियो ।
नेपाली
भाषाका यी साहित्यिक पत्रिकाहरुबाहेक रौतहटमा बोलिने विभिन्न एघार भाषाहरुमध्ये
तामाङ र बज्जिका भाषामा पनि पत्रिका प्रकाशनको अभ्यास भएको पाइएको छ । २०४०–०४२ सालतिर चन्द्रनिगाहपुरका केही उत्साही तामाङ युवाहरुको
सक्रियतामा च्छारम्हेन्दो (उदाउँदो सूर्य) नामक साहित्यिक पत्रिका प्रकाशन भएको
उल्लेख पाइन्छ । तीन अङ्कसम्म प्रकाशनपश्चात रोकिएको च्छारम्हेन्दोको पुनः प्रकाशन
हुन सकेको छैन । यसै गरी रौतहटको प्रमुख मातृभाषाका रुपमा रहेको बज्जिकामा २०६४
सालदेखि अर्धवार्षिक रुपमा बज्जिकार्पण साहित्यिक पत्रिकाको प्रकाशन हुन थालेको छ
। पुस्तिकाकारमा चार अङ्कसम्म प्रकाशित यस पत्रिकाको प्रधान सम्पादक सञ्जय शाह
मित्र रहेका छन् ।
यसरी
रौतहटेली साहित्यिक पत्रकारिताले आधा शताब्दीको लामो यात्रा तय गरिसकेको देखिए पनि, इतिहाससको एउटा लामो कालखण्ड बिताइसकेको भए पनि यथार्थमा
रौतहटेली साहित्यिक पत्रकरिता वि.सं. २०१५ कै अवस्थामा छ । साहित्यिक
पत्रकारितारुपी पुलबाट खोलो तरेर धेरै साहित्यकारहरु राष्ट्रिय स्तरमा आफ्नो
पहिचान कायम गर्न सफल भए पनि रौतहटेली साहित्यिक पत्रकारितालाई टेवा पु¥याउने ठोस कदम अहिलेसम्म कतैबाट चालिएको पाइन्न । इतिहासनै
बनेको भए पनि रौतहटेली साहित्याकाशमा सूर्योदय, रौतहटरश्मि
र समनपुष्प सर्वाधिक महत्वपूर्ण पत्रिकाका रुपमा देखिएका छन् ।
(जनमत
पूर्णाङ्क १४८, २०६६, मङ्सिर)
बृहत्
साहित्यिक पत्रकारिता गोष्ठी–२०६४ मा पारित हेटौंडा
घोषणापत्र
१)
साहित्यिक पत्रकारहरुको नेतृत्वदायी संस्था ‘नेपाल
साहित्यिक पत्रकार सङ्घ’को भवन निर्माणका लागि नेपाल
सरकारले सञ्चारग्राम परिसरमा जग्गाको व्यवस्था गर्नुपर्ने,
२)
नेपाल प्रज्ञा प्रतिष्ठान, सूचना
तथा सञ्चार मन्त्रालयअन्तर्गतका आयोग, प्रेस
काउन्सिल र समितिहरु जनक शिक्षा सामग्री केन्द्र तथा साझा प्रकाशनमा नेपाल
साहित्यिक पत्रकार सङ्घको सिफारिसमा साहित्यिक पत्रकारहरुको प्रतिनिधित्व
हुनुपर्ने,
३)
नेपाल सरकारले साहित्यिक पत्रकारहरुलाई देश भ्रमणका लागि अनिवार्यरुपमा प्रबन्ध
गर्नुपर्ने,
४) प्रेस
काउन्सिल नेपालले साहित्यिक पत्रपत्रिकालाई छुट्टै स्थान दिएर मूल्याङ्कन
गर्नुपर्ने,
५)
नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको साहित्यिक पत्रकारिता सहयोग कोष तथा साहित्यकार
उपचार कोषलाई यथाशीघ्र कार्यान्वयनमा ल्याई त्यहाँ रहेको रकम समानुपातिक ढंगले
वितरण गरिनुपर्ने,
६)
नेपाल सरकारले नेपालमा प्रकाशित भएका विभिन्न पुस्तक तथा साहित्यिक पत्रिकाहरु
खरिद गरी देशका विभिन्न भागमा रहेका पुस्तकालयहरुमा वितरण गरिदिनुपर्ने,
७)
पुस्तकसम्बन्धी मापदण्ड निर्धारण गर्न ‘राष्ट्रिय
पुस्तक परिषद्’ गठन हुनुपर्ने, ८) साहित्यिक पत्रकारहरुलाई पनि अन्य समाचार पत्रिकाका
पत्रकारहरुले पाए सरहको प्रेस पास लगायत संचार सम्बन्धी सुविधा र उपकरणहरु उपलब्ध
गराउनुपर्ने,
९)
प्रेस काउन्सिल नेपालले त्रैमासिक साहित्यिक पत्रिका–वर्गीकरण वार्षिक अंकमा छुट दिन र चौमासिक साहित्यिक
पत्रिकालाई पनि वर्गीकरणमा समावेश गरिनुपर्ने,
१०)
साहित्यिक पत्रपत्रिकाहरुको विक्री वितरणको व्यवस्था साझा प्रकाशनलाई अनुरोध गर्ने,
११)
लोकतान्त्रिक राज्यप्रणालीमा मात्रै अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको
सुनिश्चितता हुने भएकोले ऐतिहासिक जनआन्दोलन–२ को
जनादेश अनुसार यथाशिघ्र संविधानसभा निर्वाचनको घोषणा गरी सङ्घीय गणतन्त्रको
स्थापना हुनुपर्ने,
१२)
महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, जिविस
तथा अन्य सङ्घसंस्थाहरुले अनिवार्यरुपमा आफ्नो पूर्ण बजेटको अनुपातका आधारमा
एकाधप्रतिशत रकम साहित्यिक पत्रिका एवं पुस्तकहरुको खरिदका लागि छुट्याउनुपर्ने ।
(नेपाल
साहित्यिक पत्रकार सङ्घ र साहित्य सङ्गम मकवानपुरद्वारा आयोजित बृहत् साहित्यिक
पत्रकारिता गोष्ठी २०६४ मा पारित घोषणापत्र)
मोफसलमा
साहित्यिक पत्रकारिता विषयक सङ्गोष्ठी २०६६ मा पारित चितवन
घोषणापत्र
ज्ञ. साहित्यिक पत्रकारहरुको लामो सङ्घर्षपछि प्रेस काउन्सिलले
साहित्यिक पत्रिकालाई पनि वर्गीरकणमा पार्ने प्रक्रिया सुरू गरेकोमा काउन्सिलप्रति
साहित्यिक पत्रकारहरु आभार व्यक्त गर्दछन् तर वर्गीकरणमा परेको दोस्रो वर्ष
भइसक्दासमेत सरकारले मासिक बाहेकका द्वैमासिक, त्रैमासिक
साहित्यिक पत्रिकाहरुलाई नियमित विज्ञापन सहयोग उपलब्ध गराएको छैन । प्रेस
काउन्सिलको साहित्यिक साहित्यिक पत्रिकाहरुप्रतिको सकारात्मक निर्णयलाई मान्यता
नदिने सरकारको यस्तो कार्यलाई हामी आपत्तिजनक मान्दछौँ । सूचना तथा सञ्चार
मन्त्रालयले साहित्यिक पत्रिकाहरुप्रतिके यस्तो विभेदपूर्ण तथा अन्यायपूर्ण कदमलाई
अन्त्य गर्दै वर्गीकरणमा परेका सबै साहित्यिक पत्रिकाहरुलाई सूचना विभागको
विज्ञापन उपलब्ध गराउन तत्काल सक्रियता देखाओस् भन्ने माग गर्दछौँ ।
द्द. सञ्चार मन्त्रालयले सञ्चारसम्बन्धी संस्थाहरुलाई
नियमितरुपले प्रदान गर्ने आर्थिक अनुदान नेपाल साहित्यिक पत्रकार सङ्घले आजसम्म
प्राप्त गरेको छैन । त्यस्तो अनुदान
सहयोग यस आर्थिक वर्षदेखि ने.सा.प. सङ्घलाई प्रदान गरियोस् ।
घ. सञ्चार मन्त्रालय अन्तर्गतका आयोग, प्रेस काउन्सिल र समितिहरुमा नेपाल साहित्यिक पत्रकारको
अनिवार्य प्र्रतिनिधित्व गराइयोस् ।
द्ध. द्वैमासिक, त्रैमासिक, चौमासिक साहित्यिक पत्रिकाहरुलाई समेत हुलाक दर्ता सयुविधा
दिइयोस् भन्ने आग्रह बारम्बार गरिए पनि सञ्चार मन्त्रालय अझै उदासीन रहनु खेदजनक छ
। यसबारे अबिलम्ब निर्णय गरियोस् ।
छ. नेपाल प्रज्ञा–प्रतिष्ठानमाा
साहित्यिक पत्रिकाहरुलाई सहयोग गन सरकारले वार्षिक बजेटमा छुट्याउँदै आएको र १५
लाख रकम विगत तीन वर्षदेखि प्रदान गरिएको छैन । त्यस्तो रकम तत्काल साहित्यिक
पत्रिकाहरुलाई समानुपातिक ढङ्ग प्रदान गर्ने व्यवस्था संस्कृति मन्त्रालयले
मिलाओस् । नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्यकार उपचार कोष निम्ति सरकारले
वार्षिक बजेटमार्फत् छुट्याइएको प्रतिवर्षको रू. ३५ लाख रकमसमेत विगत तीन वर्षदेखि
निष्क्रिय राखिएको छ । बिरामी साहित्यकारहरुका निम्ति छुट्याइएको त्यस्तो रकम
तत्काल बिरामी स्रष्टाहरुलाई उपलब्ध गराउनेसमेत संस्कृति मन्त्रालयले तत्काल पहल
गराओस् ।
ट. नेपाल प्रज्ञा प्रतिष्ठान र मन्त्रालयसँग सम्बद्ध
निकायहरुमा नेपाल साहित्यिक पत्रकार सङ्घ सहमति र सुझावसमेतका आधारमा साहित्यिक
पत्रकार सङ्घ सहमति र सुझाव समेतका आधारमा साहित्यिक पत्रकारको प्रतिनिधित्व हुने
व्यवस्था सरकारले मिलाओस् । प्रज्ञा प्रतिष्ठानहरुमा सदस्य चयन गर्दा विवादरहित
दीर्घ वाङ्मयसेवी आफ्नो क्षेत्रमा विशिष्ट योगदान दिएका र प्रज्ञा प्रतिष्ठानको
गरिमा बढाउन सक्ने व्यक्तिलाई सम्मिलित गराइयोस् ।
ठ. मोफसलमा ५०० प्रति र काठमाडौँ उपत्यकामा १००० प्रति छापिने
साहित्यिक पत्रिकालाई पनि (क) वर्गमा पर्ने गरी प्रेस काउन्सिलबाट वर्गीकरणको
मापदण्ड बनाइयोस् । मासिक र द्वैमासिक पत्रिकालाई जस्तै त्रैमासिक तथा चौमासिक
साहित्यिक पत्रिकालाई जस्तै त्रैमासिक तथा चौमासिक साहित्यिक पत्रिकालाई पनि अङ्क
छुट गराउने व्यवस्था गरियोस् ।
ड. नेपाल सरकारद्वारा नेपाल प्रकााशित भएका विभिन्न पुस्तक तथा
साहित्यिक पत्रिकाहरु खरिद गरी देशका विभिन्न पुस्तकालयहरुमा र वैदेशिक नियोगहरुमा
वितरण गर्ने व्यवस्था गरियोस् ।
ढ. साहित्यिक पत्रकारहरुको नेतृत्वदायी संस्था नेपाल साहित्यिक
पत्रकार सङ्घको भवन निर्माण निम्ति नेपाल सरकारले सञ्चारग्राम परिसरमा अथवा
राजधनीको उपयुक्त स्थानमा जग्गा उपलब्ध गराओस् ।
ज्ञण्. महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, जि.वि.स.
तथा अन्य सङ्घ संस्थाहरुले अनिवार्यरुपमा आफ्नो पूर्ण बजेटको अनुपातका आधारमा केही
प्रतिशत रकम साहित्यिक पत्रिका एवम् पुस्तक खरिदका लागि छुट्याउनेपर्ने व्यवस्था
गरियोस् ।
ज्ञज्ञ. अब बन्ने संविधानमा भाषा–साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारितालाई राष्ट्रिय निधि मानेर
यिनको उन्नति र संरक्षण गर्नु राष्ट्रको दायित्व हो भन्ने दफा स्पष्ट र अनिवार्य
रुपमा लेख्ने व्यवस्था गरियोस् ।
ज्ञद्द. साहित्यिक पत्रकारिताको अभिलेखालय राज्यस्तरबाट छुट्टै
स्थापना गर्ने व्यवस्था होस् ।
ज्ञघ. गणतन्त्र स्थापनामा योगदान दिने साहित्यिक सहिद तथा अन्य
साहित्यिक व्यक्तित्वहरुको सम्मान गरियोस् ।
ज्ञद्ध. साहित्यिक पत्रकारितासम्बन्धी प्रशिक्षणको व्यवस्था गरियोस्
।
ज्ञछ. पठन संस्कृतिको आधारभूत विकासका लागि विद्यालय तथा
क्याम्पसहरुमा निश्चित प्रति साहित्यिक पत्रिकाहरु सम्बन्धित निकायबाट उपलब्ध
गराउने व्यवस्था गरियोस् ।
ज्ञट. लोकतान्त्रिक संविधान निर्माणपश्चात् मात्र उल्लिखित मागहरु
पूरा हुन सक्ने हुँदा जनआन्दोलनको भावना अनुरुपको लोकतान्त्रिक नेपालको संविधान
निर्माण कार्य सम्पन्न गरियोस् ।
(नेपाल
साहित्यिक पत्रकार सङ्घद्वारा चितवनमा आयोजित मोफसलमा साहित्यिक पत्रकारिता
विषयक सङ्गोष्ठी–२०६६ मा पारित घोषणापत्र)
नेपाल
साहित्यिक पत्रकार सङ्घको प्रथम राष्ट्रिय सम्मेलन २०६४ असार २ गते काठमाडौँमा
प्रस्तुत साङ्गठनिक प्रतिवेदन
विवश
वस्ती, सचिव
यस
राष्ट्रिय सम्मेलनका अध्यक्षज्यू,
उपस्थित
साहित्यिक पत्रकारज्यूहरु,
नेपाली
साहित्यिक पत्रकारिताको लामो र समृद्ध परम्पराको जगमा उभिएर हामी आजको विन्दुसम्म
आइपुगेका छौँ । करिब सय वर्षभन्दा लामो इतिहास बोकेको नेपाली साहित्यिक पत्रकारिता
जगत्ले यात्राको लामो अवधिमा अनेक उकाली–ओरालीहरु
पार गर्दै सम्भावनाका साथै समस्याका अनेक रुपहरुसित साक्षात्कार गरेको कुरा अवगत
नै छ । साहित्यिक पत्रकारिता जगत्ले भोग्नुपरेका अनेकन् समस्या र बाधा अड्चनहरुको
पहाड आजसम्म पनि यथावत नै छ । तर पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जागरुक
र सचेत पञ्तिले, विभिन्न भाषा, संस्कृतिको बाहक बन्दै साहित्यिक पत्रकारिताको विकास र
उन्नतिमा अतुलनीय योगदान दिएको कुरा बिर्सन मिल्दैन । सचेत पञ्तिको यही पहल र
प्रयासले नै नेपाली साहित्यिक पत्रकारिता क्षेत्र समस्याका चाञहरु थुप्रिदा–थुप्रिदै पनि समृद्ध र विकसित हुँदै गइरहेको छ ।
यही
परिप्रेक्ष्यमा नेपालमा साहित्यिक पत्रिका प्रकाशनको लामो इतिहास रहे पनि र
साहित्यिक पत्रिकाको प्रकाशनमार्फत् राष्ट्रको सर्वाङ्गिण विकासमा योगदान पु¥याउने साहित्यिक पत्रकारहरु जागरुक रहे पनि अहिलेसम्म
विशुद्ध साहित्यिक पत्रकारहरुको साझा संस्था नभएको हुँदा हामीले ठीक एक वर्ष अगाडि
२०६३ साल असार १० गते नेपाल साहित्यिक पत्रिकासित सम्बद्ध पत्रकारहरुको एक भेला
बसी भेला आयोजक कमिटी गठन गरिएको थियो । सो कमिटीको संयोजकमा नकुल सिलवाल, सचिवमा विवश वस्ती, कोषाध्यक्षमा
चेतनाथ धमला र सदस्यहरुमा प्रकाश सिलवाल, मातृका
पोखरेल, नवराज पुडासैनी र नवराज रिजाल रहेका थिए । काठमाडौंमा रहेर
साहित्यिक पत्रकारिता गर्ने सीमित पत्रकारहरुको भेलाद्वारा सङ्घ स्थापना गरिएको
कुरा अवगत गराउनु सान्दर्भिक ठानेको छु । यो संस्था स्थापना गर्दा देशभरका
साहित्यिक पत्रकारहरुलाई समेट्न नसकिएको कुरा यथार्थ हुँदाहुँदै पनि हामीले पहिले
संस्था स्थापना गरेर औपचारिक रुपमा साहित्यिक पत्रकारहरुलाई समेट्ने लक्ष्य
राख्यौँ । संस्था स्थापनापछिको अवधिमा महŒवपूर्ण
काम गर्न नसकिए पनि साहित्यिक पत्रकारहरुको साझा चौतारीको रुपमा यो संस्थालाई
उभ्याउने र आगामी दिनमा साहित्यिक पत्रकारहरुको हक, हित र अधिकारका पक्षमा लाग्ने कुरामा भने हामी दृढ रह्यौँ ।
बेग्लाबेग्लै ठाउँमा छरिएर रहेका साहित्यिक पत्रकारहरुलाई समेटेर आफ्नो हक, अधिकारका लागि लाग्नुपर्ने आवश्यकता महसुस गरेर नै यो
संस्था स्थापना गरिएको कुरा अवगत गराउन चाहन्छु । संस्था स्थापनापछिका कार्यहरु
निम्न रहेका छन् ः
१.
बैठक
नयाँ
संस्थालाई कसरी अग्रगति दिने भन्ने सवालमा नेपाल साहित्यिक पत्रकार सङ्घको तदर्थ
समिति निकै नै प्रयत्नशील रह्यो भन्नुमा हामीलाई सङ्कोच छैन । त्यही कारण यो
अवधिमा हामीले १३ वटा बैठक सम्पन्न ग¥यौं ।
ती बैठकहरुले नीतिगत तहमा मात्र महŒवपूर्ण
निर्णयहरु गरेको कुरा पनि अवगत गराउन चाहन्छु ।
२.
सदस्यता विस्तार
कुनै
पनि संस्थालाई क्रियाशील तुल्याउनका लागि त्यसमा सदस्यहरुको विस्तार र सक्रियताको
उत्तिकै जरुरत पर्दछ । तसर्थ हामीले यो अवधिमा देशभर छरिएर रहेका साहित्यिक
पत्रकारहरुलाई कसरी समेट्ने ? उनीहरुको
भावनालाई कसरी संस्थागत प्रतिनिधित्व गराउने ? र , उनीहरुको आवाजलाई कसरी संस्थागत गर्ने ? भन्ने सवालमा केन्द्रीत रह्यौं । सदस्यताका लागि विधानतः
एउटा पत्रिकाबाट दुई जना प्रतिनिधि हुनसक्ने भएको हुँदा हामीले व्यक्तिगत र
संस्थागत पहलबाट निस्किरहेका साहित्यिक पत्रिकाका पत्रकारहरुलाई सदस्यता लिनका
लागि आह्वान ग¥यौं । हाम्रो आह्वानबमोजिम अधिकांश साहित्यिक
पत्रकारले चासो लिने र सदस्यताका लागि रुचि देखाउने काम पनि भएको छ ।
यही
बीचमा सङ्घमा अध्यक्ष नकुल सिलवाल र कोषाध्यक्ष चेतनाथ धमलाले पश्चिम नेपालका
विभिन्न ठाउँमा पुगी सदस्यता विस्तारका लागि पहल गर्नुभएको कुरा पनि स्मरण गराउन
चाहन्छौँ । त्यही कारण स्थापना भएको वर्ष दिनभित्रै संस्थाको चिनारी पूर्वदेखि
पश्चिमसम्म पुगेको छ र मोफसलका साहित्यिक पत्रकारहरुलाई पनि समेट्ने काम सुरु भएको
छ । आगामी दिनमा यो क्रमलाई अझ बढाइने विश्वास पनि दिलाउन चाहन्छु ।
३.
संस्था÷नवीकरण÷कार्ययोजना पेशका सम्बन्धमा
यो
संस्था आर्थिक वर्ष २०६२÷६३ मा जिल्ला प्रशासन
कार्यालय, काठमाडौं दर्ता भएको हुँदा संस्था नवीकरण
गरिसकिएको छ । साथै, संस्थालाई आर्थिक रुपले समृद्ध तुल्याउनका लागि
आवश्यक ठानिएको हुँदा केही निकायहरुमा सहयोगका लागि पहल पनि ग¥यौँ । त्यसक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सूचना तथा सञ्चार
मन्त्रालयले लगायत सम्बद्ध निकायमा सङ्घको तर्फबाट वार्षिक योजना तथा कार्यक्रम
पेश गरियो । उक्त योजना तथा कार्यक्रम तयार पार्नका लागि अध्यक्ष नकुल सिलवाल, सचिव विवश वस्ती र सहसचिव प्रकाश सिलवालसम्मिलित एक समिति
पनि गठन गरिएको थियो । त्यस क्रममा संस्कृति, पर्यटन
तथा नागरिक उड्डयन मन्त्रालयबाट मात्र हामीले सहयोग प्राप्त गर्न सफल भयौं । उक्त
मन्त्रालयबाट हामीले राष्ट्रिय प्रतिभा अनुदान कोषबाट ४०,०००÷– (चालीस
हजार) हजार रुपैयाँ प्राप्त ग¥यौं ।
यसै
बीच साहित्यिक पत्रकारिता क्षेत्रका विविध समस्या र सम्बन्धित निकायले निर्वाह
गर्ने भूमिकाबारे विभिन्न निकायसमक्ष अवगत गराउने काम भयो । त्यस क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय, प्रेस
काउन्सिल नेपाल र नेपाल प्रज्ञा–प्रतिष्ठानसमक्ष साहित्यिक
पत्रकारिताको समस्याबारे अवगत गराइयो ।
४.
उपकुलपतिको राजीनामा माग
नेपाल
प्रज्ञा–प्रतिष्ठानको तर्फबाट आर्थिक वर्ष २०६१÷०६२ देखि साहित्यिक पत्रिका अनुदान कोषमार्फत् वितरण गरिने
अनुदान आर्थिक वर्ष २०६२÷०६३ मा स्थगन भयो ।
जनआन्दोलनको बलद्वारा देशमा निरङ्कुशतन्त्रको अन्त्य भएर नयाँ राजनीतिक परिवर्तन
आए पनि शाही कालमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा नियुक्त भएका
उपकुलपति डा. वासुदेव त्रिपाठीले बदलिदो परिस्थितिमा राजीनामा नदिई प्रज्ञा–प्रतिष्ठानको काम ठप्प भएको हुँदा साहित्यिक पत्रिका अनुदान
कोष पनि प्रभावित बन्न पुग्यो । उपकुलपति डा. त्रिपाठीको राजीनामापछि कोष सुचारु
हुने र साहित्यिक पत्रिकाहरुले अनुदान पाउने बाटो खुल्ने भएको हुँदा उपकुलपतिको
राजीनामा वा महाअभियोग लगायतका कारबाही चलाउन तत्कालीन प्रतिनिधिसभासमक्ष माग
गर्ने निर्णयसमेत गरियो ।
५.
पत्रपत्रिका वर्गीकरण बारे
प्रेस
काउन्सिल, नेपालले पत्रपत्रिका वर्गीकरण गर्दा
मासिकसम्मका पत्रिकालाई मात्र वर्गीकरण गर्ने निर्णय गरिएको हुँदा विद्यमान ऐन, कानुनमा परिवर्तन गरी अर्धवार्षिकसम्मका साहित्यिक
पत्रिकालाई वर्गीकरणमा समावेश गर्नका लागि सूचना तथा सञ्चार मन्त्रालय तथा
सम्बन्धित निकायसमक्ष ज्ञापन पत्र दिने काम पनि सम्पन्न भएको छ ।
अन्त्यमा, विगत एक वर्षको अवधिमा यो संस्थाले आफ्नो चिनारी व्यापक
गराउने र देशभरका साहित्यिक पत्रकारहरुलाई समेट्ने कार्यमा समय व्यतित गरेको कुरा
अवगत गराउन चाहन्छु । कतिपय कार्यक्रमहरु गर्ने निधो गरिए पनि आर्थिक स्रोतको
अभावका कारण यी कार्यहरु सम्पन्न गर्न सकेनौँ । नयाँ
संस्था भएको हुँदा सरसहयोगको अपर्याप्तताका कारण तय गरिएका कार्यक्रमहरु पनि गर्न
नसकेको कुरा स्पष्टै छ । आगामी दिनमा नयाँ कार्यसमितिले ठोस योजना बनाएर
कार्यसम्पादन गर्ने अपेक्षा राख्छु ।
धन्यवाद
।