Wednesday, June 28, 2023

उद्योगधन्दाभन्दा पहिल्यै जन्मिएको ‘उद्योग’ पत्रिका - कमल दीक्षित

 


‘भवसिन्धुमा छ भारी विचित्र उद्योग नामको कमल ।
चपलतमा कमलाका चरण रहन्छन् जहाँ सदा अचल ।।’

छन्द जात्रे मान्छेलाई पनि लय हालेर पाठ गर्न गाह्रो लाग्ने आर्या छन्दको यो श्लोक ‘लेखनाथ’ को हो, पछिका कविशिरोमणि लेखनाथ पौड्यालको । १९९२ भदौ १ गते निस्कन थालेको पाक्षिक पत्रिका उद्योगको पहिलो अंकको पहिलो पृष्ठमै माथि टाउकैमा छापिएको छ यो श्लोक— पत्रिकाको ‘मास्टहेड’ या ‘आदर्शवाक्य’ का रूपमा । एक वर्ष पूरै बस्यो यो त्यहाँ । पत्रिका दोस्रो वर्ष लागेपछि किन हो, त्यो श्लोक हटाएर त्यहाँ संस्कृतको श्लोक हालिएछ यो :

‘उद्योगिनः करालम्बं करोति कमलालया ।
अनुद्योगिकरालम्बं करोति कमलाग्रजा ।।’

यो संस्कृत सूक्ति धेरै वर्ष बस्यो त्यहाँ; २००४ सालसम्मै । त्यसपछि भने शुभाषितहरू हाल्नै छाडिएछ उद्योगमा ।

शारदा मासिक पत्रिका निस्केको छ महिना नबित्तै प्रकाशित हुन थालेको उद्योग पत्रिकाले पनि नेपाली भाषा र साहित्यको कम सेवा गरेको होइन । भाग्यको विडम्बना हो अथवा हामीहरूकै पक्षपातपूर्ण व्यवहारले हो; उद्योगले त्यति प्रशंसा या स्याबासी भने पाउन सकेन । स्याबासीको त कुरै छाडूँ ‘उद्योग भत्रे पत्रिका नेपाली भाषामा निस्केको थियो’ भत्रेसम्म पनि बिर्सिदिए हाम्रा साहित्यिकहरूले । तर बिर्सनु हुने नाम होइन उद्योग । त्यसले १२–१३ वर्षसम्म नेपाली भाषा र साहित्यको सेवा गरेकै हो । शुरूमा ‘नेपालबाट निस्कने एक मात्र उद्योगप्रधान पाक्षिक’ भने तापनि उद्योग र व्यापारका साथै साहित्यलाई पनि सँगै बोकेर हिँडेको थियो त्यसले ।

उद्योगका सम्पादक सूर्यभक्त जोशी साहित्यिक व्यक्ति होइन, उनी सफल ज्योतिष थिए । उनले ज्योतिष कार्यालय नै चलाएका थिए । उनको एउटा प्रेस पनि थियो, ‘ठहिंटि भगवती प्रेस’ भत्रे । त्यसबाहेक, एक प्रकारका उद्यमी पनि रहेछन् उनी । दरबार स्कूलको ‘मजलिसघर’ मा पर्दा तानेर नबोल्ने सिनेमा (बाइस्कोप) शुल्क असुलेर देखाउने आँटसम्म गरेका थिए यिनले कुनै बेला । त्यसै भएर होला, लेप्टेन सूर्यबहादुर बस्नेत र खर्दार तीर्थराजसिंह सुवालले सूर्यभक्तलाई सम्पादक हुन मनाएर उनकै छापाखानामा उद्योग पत्रिका छाप्ने चाँजो मिलाएका भत्रे अनुमान गर्नुपर्छ । किनभने उद्योगमा प्रकाशक भनेर कसैको नाम दिइएकै थिएन । शुरू शुरूमा, “ले. सूर्यबहादुर बस्नेत. ख. तीर्थराजसिंह सुवालका सञ्चालकत्वमा” भत्रे लेखिएको छ । पछिसम्म पनि ‘प्रकाशक’ भनेर कसैको नाम आएन उद्योगमा तर सम्पादकमा भने आखिरीसम्म पनि एक मात्र नाम सूर्यभक्त जोशीको नै आइरह्यो । तर साँच्चै यसको सम्पादन कल्ले या ककसले गरे त्यो केही थाहा हुत्र । दुर्भाग्यको कुरा हो, अहिले ‘त्यो उद्योग भत्रे प्रकाशनको कथा यो हो’ भनिदिने मान्छे पाइँदैनन् । सबै कुरा अन्दाजैका भरमा ‘गर्नुप¥या छ’ ।

सूर्यभक्तलाई कवि या लेखक भनेर हामीले चित्र सकेका छैनौँ । मदन पुरस्कार पुस्तकालय (मपुपु) मा पनि उनको नाममा कुनै साहित्यिक किताप छैन; एउटा ‘भविष्यवाणी’ भत्रे ज्योतिष विषयक पुस्तिका बाहेक ( ?) । त्यसो भएपछि यो उद्योगको सम्पादन उनले कसरी गरे त ? भत्रे प्रश्न स्वतः उठ्छ । यहाँनिर हामीले फेरि अनुमानै गरेर भत्रुपर्छ ः सूर्यभक्तलाई दुई विद्वान् बाबु र छोराले बलियो भरथेग गरे । ती दुई जना थिए— चक्रपाणि र लक्ष्मीनन्दन चालिसे ! यो अनुमान धेरै बेठाउँमा पनि नपर्ला किनभने उद्योगका प्रकाशित अंकहरू हेर्दै गयौँ भने निकै वर्षसम्म ती दुईको उपस्थिति त्यहाँ हामी देखिरहन्छौँ । दुई जना प्रखर साहित्यिकहरूको अभिभावकत्व पाएको यो पत्रिकाले उद्योग व्यवसायलाई सुहाउने लेखरचना त छापेकै थियो, सँगसँगै यसले साहित्यलाई पनि सम्मानजनक स्थान दिएरै अगि बढेको हो । पत्रिकामा उद्योग र उद्योगीहरूको प्रशंसामा कवि सिद्धिचरणले उद्गार पोखेका छन् यसरी :

“अणुअणुको अविरल क्रमले÷क्षणक्षणको व्यविकल गतिले,
हुन्छ जगत्को परिवर्तन÷­परिवर्तनमा परिवर्तन ।
परिवर्तनमा सब सुकदुख÷श्रममा केवल सुन्दर सुख ।
जीवन सुखमय पार मनुज÷उद्योगी जग नन्दनवन !” (१÷२)

उद्योगमा औद्योगिक र प्राविधिक लेख रचनाहरू यसका सञ्चालकद्वयमध्येका तीर्थराजसिंह सुवालले लेख्ने गरेको देखिन्छ । भनु भने नेपालीमा विज्ञान विषयक लेख लेख्ने पहिलो व्यक्ति नै हुन् पुगेका छन् उनी । पछि जुद्धोदय स्कूल (जेपी) को संस्थापक हुने यी तीर्थराज निकै प्रबुद्ध व्यक्ति थिए । उनले ‘उद्योग’ मा लेखेका लेखहरू अहिले हेर्दा पनि निकै स्तरीय लाग्छन् । तर, औद्योगीकरण नभैसकेको नेपालमा उद्योगप्रधान पाक्षिक पत्रिका भने चल्न सक्ने अवस्था थिएन । दोस्रो वर्ष सकिएपछि उद्योग मासिक भयो, र बीचबीचमा संयुक्तांक निकाल्दै लड्खडाउँदै चलिरह्यो । अनि बिस्तारै उद्योग व्यापार कम, साहित्य बढी पस्किँदै अगि बढ्यो । त्यसो त नेपालका उस बेलाका कवि लेखक सबैजसो उद्योगमा झ्ुल्किएकै छन् तर त्यहाँ सबभन्दा धेरै कविता छापिने को हो भनेर खोज्यो भने विन्दुनाथ शर्मा (प्याकु¥याल) को नाम लिनुपर्ला । उद्योगले कथा, नाटक र उपन्यास पनि छापेको छ । उपन्यासचाहिँ धारावाहिक रूपमा आएका छन् यहाँ । उदाहरणार्थ सुशीलादेवीको ‘स्वावलम्बी केटो’ र शोभाचन्द्र खनालको ‘पाटलीपुत्र’ पहिले उद्योगमै प्रकाशित हुँदै आएका हुन् । पछिल्लो वर्ष अर्थात् २००५ सालमा त उद्योग पूरापूर साहित्यिक पत्रिका भएरै बिदा भयो— ‘लेखक परिचयांक’ छापेर ।    

तर, यत्ति भनेर उद्योगको बखान सिद्धिँदैन । सम्पादकीय नै वसन्ततिलका छन्दमा लेख्ने जमर्को पनि उद्योगले नै गरेको हो पहिले (वर्ष १, अंक २) । त्यसभन्दा पनि महŒवपूर्ण कुरो, पत्रिकाको कभरमै ‘कार्टून’ चित्र दिने आँट पनि उद्योगले ग¥यो । वर्षौंसम्म पेजभरिको उही कार्टूनचित्र दिइरह्यो यस पत्रिकाले (१९९२ देखि २००१ कार्तिकसम्म), कसरी बेकारी भत्रे दैत्यलाई तोपले उडाइन्छ भत्रे आसयको ।

000

www.shikshakmasik.com

No comments:

Post a Comment