चितवनको
साहित्यिक
पत्रकारिताको
सङ्क्षिप्त रुपरेखा
डी.आर
पोखरेल
१.
पृष्ठभूमिः
साहित्य
जीवनको सूक्ष्म अनुभूति र त्यसको कलात्मक अभिव्यक्ति हो । यसमा सामाजिक जीवनको
यथार्थ चित्रण हुने भएकाले यसलाई समाजको ऐना भन्ने पनि गरिन्छ । समाजको सांस्कृतिक
रुपान्तरणमा यसको हात रहन्छ । यसो भएकाले साहित्यलाई समाज रुपान्तरणको औजार पनि
भनिन्छ ।
साहित्यको
यस भूमिकालाई अगाडि बढाउने यसका पूर्वाधार भनेका पत्रपत्रिकाहरु हुन् । स्रष्टाका
साहित्ययात्राको प्रारम्भिक पाठशाला यिनै हुन् । त्यसमाथि साहित्यिक पत्रकारिता आम
पत्रकारिता क्षेत्रको विशेष अङ्ग पनि हो । सिर्जनात्मकता, बौद्धिकता, प्राज्ञिकता, उध्र्वगामिता, यथार्थपरकता
यसका विशेषता हुन् । भाषाको विकास र सांस्कृतिक निकाशमा पनि यसकै हात रहेको हुन्छ
।
नेपालमा
पत्रकारिताको आरम्भ साहित्यिक पत्रकारिताबाट नै भएको पाइन्छ । मोतीराम भट्टले भारत
प्रवासमा रहर वि.सं. १९४३ मा गोखा भारत जीवन नामक पत्रिका प्रकाशन गरेका र पं.
नरदेव मोती कृष्णद्वारा सुधानगर नामक साहित्यिक पत्रिका वि.सं. १९५५ श्रावणमा
पाशुपत प्रेस, काठमाडौँ छापी प्रकाशित गरेको उल्लेख पाइन्छ ।
सूचना पत्रकारिताको क्षेत्रबाट प्रकाशित भएको गोर्खापत्र (१९५८) पछि लामो समय
नेपालबाट पत्रपत्रिकाहरु प्रकाशित भएनन् । भारतमा रहेका नेपालीहरुले भने वनारस, दार्जीलिञ, देहरादुन, सिलाञ, खर्साञबाट
उपन्यास तर्राङ्गिनी (१९५९), सुन्दरी
(१९६३), माधवी (१९६५), चन्द्र
(१९७१), गोर्खाली (१९७२), चन्द्रिका
(१९७२), गोर्खा संसार (१९८३), तरुण
गोर्खा (१९८५) साहित्य सम्मलेन पत्रिका
(१९८८)
गोर्खा सेवक(१९९२) आदि साहित्यिक पत्रपत्रिका प्रकाशित गरिरहे ।
राणाकालमा
पत्रपत्रिका प्रकाशित गर्नु सहज थिएन । तैपनि वि.सं.१९९१ मा नेपालबाट ऋद्धिबहादुर
मल्लको सम्पादकत्वमा प्रकाशित शारदा भने नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा
कोशेढुङ्गा सावित भएको छ । शारदा लगायत केही सरकारी सहयोग समेतमा प्रकाशित भएका
साहित्यिक पत्रिकाहरु उद्योग (१९९२) साहित्यस्रोत (२००४), आँखा(२००५) आदि हुन भने यसै समयमा भारतबाट उदय (१९९३), युगवाण्ी (२००४), भारती
(२००६) जस्ता पत्रिकाहरु प्रकाशित भइरहे ।
जनस्तरबाट
स्वतन्त्र रुपको पत्रिका प्रकाशन भने २००७ सालपछि मात्र भएको देखिन्छ ।
श्यामप्रसाद शर्माको सम्पादनमा पर्साबाट प्रकाशित सेवा(२००८) पत्रिकालाई मोफसलको
पहिलो पत्रिका मानेको पाइन्छ । यसपछि भने नेपालबाट धेरै पत्रिकाहरु प्रकाशित हुन
थाले । प्रतिभा (२००९), प्रगति(२०१०), धरती(२०१०), साहित्य(२०१६), रुपरेखा(२०१७), स्वास्नी
मान्छे(२०१७), रचना(२०१८), भानु(२०२०), मधुपर्क(२०२५), सुष्केरा(२०२७), विदेह(२०३०), वेदना(२०३०), सङ्कल्प, उत्साह(२०३५), गरिमा(२०३९), बगर(२०३९)
आदि पत्रिकाहरुको प्रकाशन हुन थालेको र नेपाली साहित्यिक पत्रकारिताले एउटा
रुपरेखा बनाउँदै ल्याएको पाइन्छ ।
चितवनमा
भने साहित्यिक पत्रकारिताको यो सिलसिलामा २०२१ मा गएर मात्र प्रकट भयो । चितवन
हाइस्कुलमा विद्यार्थीहरुको साहित्य सञ्कलनको रुपमा प्रस्तुत भएको चितवनको चिनो
चितवनको पहिलो साहित्यिक पत्रिकाको रुपमा स्थापित भयो । यसलाई अहिले बाबुराम
पाण्डेको सम्पादकत्वमा चितवन हाइस्कुलले अघि बढाउन थालेको छ ।
२०२१
अघि चितवनमा तीनवटा पुस्तकहरुको प्रकाशन हुनु बाहेक साहित्यिक पत्रिका प्रकाशन
भएको थिएन । २०१०÷११ साल अघि चितवन बसिसक्नु थिएन । औलोको घर
थियो । औलो पचाएर बसेका थारु लगायतका केही आदिवासीहरुको पातलो वस्ती मात्र थियो ।
उनीहरुको साहित्य लेख्य परम्परामा आएकै थिएन । केही कथ्य परम्पराको लोक साहित्यमा
थिए । २०१०÷११ सालमा औलो उन्मुलन भई राप्ती दुन विकास
योजना लागू भएपछि मात्र पहाडतर्फका मानिसहरु चितवन झर्न थालेका हुन् । यसै
सिलसिलामा साहित्यिक प्रतिभाहरु पनि चितवन झरे ।
चितवनमा
नारायणी पुस्तकालय, नारायणी कला मन्दिर, वीरेन्द्र इन्टर कलेज, चितवन
हाइस्कुलहरुका स्थापना हुँदै गए र प्रेसहरुको स्थापना पनि हुँदै गए । चितवनको चिनो
राष्ट्रिय प्रेस, बीरगञ्जमा र रात्री प्रकाश(२०२६), साक्षात्कार प्रेस, नारायणगढमा
मुद्रित हुनुले यही कुरालाई पुष्टी गरेको छ ।
आज
चितवनबाट प्रकाशित पत्रपत्रिका र स्मारिकाहरुको सञ्ख्या २५० पुगिसकेको छ । २०३९
सालदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएका पत्रपत्रिकाहरुको सञ्ख्या १०९
रहेको छ । दर्ता नभएका मुखपत्र लगायतका पत्रपत्रिकाहरुको सञ्ख्या ९० को हाराहारीमा
रहेको छ । यस्तैगरी केही हवाइपत्र र गोजिकाहरु पनि छन् र ५० को हाराहारीमा
स्मारिकाहरु रहेका छन् । साहित्यिक कृतिहरुको प्रकाशन पनि ठूलै सञ्ख्या छ । आजसम्म
विभिन्न विधाका २७५ वटा पुस्तकाकार कृतिहरु प्रकाशित भएका छन् । साहित्यिक
कार्यक्रमहरु लगायत पुस्तक पत्रपत्रिकाको प्रकाशन गर्ने साहित्यिक संस्था पनि ५०
वटा जति छन् । यिनमा साहित्यिक संस्थाहरु, एफ.एम.
हरु पर्दछन् । चितवनका ६ वटा एफ.एम.हरु मार्फत विद्युतीय माध्यमको साहित्यिक
पत्रकारिता पनि बढिरहेको छ । चितवनको ६ वटा एफ.एम. मार्फत विद्युतीय माध्यमको
साहित्यिक पत्रकारिता पनि बढिरहेको छ । चितवनको एकमात्र टेलिभिजन बेसो च्यानलले
पनि साहित्यिक कार्यक्रमहरुलाई ठाउँ दिइरहेको छ । चितवनमा स्थापित भएका ३० वटा पुस्तकालयहरुमध्ये
हाल क्रियाशील १० वटा सार्वजनिक÷सामुदायिक पुस्तकालयहरु र
क्याम्पस, स्कुलको पुस्तकालयहरुले पनि चितवनको साहित्यको
विकासमा महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
यसैगरी वीरेन्द्र बहुमुखी क्याम्पसको स्नातकोत्तर तह र कन्या क्याम्पस लगायत
केही क्याम्पसहरुमा पत्रकारिता विषय पढाइ हुन थालेको र साहित्यका विभिन्न विधामा
१०० जति शोधकार्य गराइएको पाइन्छ । यसबाट चितवनको साहित्य विकासमा महŒवपूर्ण भूमिका निर्वाह हुने गरेको छ ।
२.
चितवनबाट प्रकाशित पत्रपत्रिकाहरु र तिनको विकासक्रमः
आफू
प्रकट हुने र सामाजिकतालाई औल्याउने अभिप्रायले अनुप्राणित भएर चितवन हाइस्कुलका
विद्यार्थीहरुको सङ्कलनको रुपमा चितवनको चिनो (२०२१,पौष) मा प्रकाशित भयो र यो नै चितवनको पहिलो साहित्यिक
पत्रिका बन्यो । यसपछि वीरेन्द्र इन्टर कलेजका प्राचार्य आनन्देव भट्टको प्रेरणा र
९ जना सम्पादक प्रकाशकहरुको संयुक्त प्रयास दोभान (२०२५) साहित्य सङ्कलन प्रकाशित
भयो । सामुहिक स्तरमा निस्किएको जनस्तरको पहिलो पत्रिका बन्ने मौका यसले प्राप्त ग¥यो । यसपछि क्रमश संस्थागत पत्रिकाहर प्रकाश पुञ्ज(२०२५), वेणी(२०२५), रात्री
प्रकाश(२०२६) प्रकाशित भए । ‘दोभान’ कै विकसित रुप बनेर निजी क्षेत्रबाट ‘नौलो राँको’(२०२६)
प्रगतिवादी साहित्यिक धाराको अग्रणि साहित्यिक पत्रिका बनेर देखा प¥यो । यस्तैगरी ‘नयाँ
गोरेटो’(२०२७) पनि ‘नौलो
राँको’ कै सहयात्री भएर निस्कियो ।
‘चितवनको
चिनो’ देखि हालसम्म ४२ वटा पत्रिकाहरु र थप ७ वटा हवाइ पत्रिका
गरी ४९ साहित्यिक पत्रिकाहरु प्रकाशित भएका छन् । मितिक्रममा हेर्ने हो भने
चितवनको चिनो(२०२१), दोभान(२०२५), प्रकाशकुञ्ज(२०२५), वेणी(२०२६), नौलो राँको(२०२६), रात्री प्रकाश(२०२६), नयाँ
गोरेटो(२०२७), छहरो(२०२७), तिर्सना(२०२७), पारुखी(२०२८), नयाँ
जोश(२०३०), भृकुटी(२०३४), जाँगर(२०३६), इन्द्रकमल(२०३७), नौलो समाज(२०३७), आरन(२०३७), ऋचा(२०३८), गोधुली(२०४०), सेरोफेरो(२०४४), वागीश्वरी(२०४७), सम्प्रेषण(२०४७), जनसाहित्य(२०४७), पाइला र प्रवाह(२०४८), प्रेरणा(२०५०), मधुलिका(२०५१), पल्लव(२०५२÷२०६०), समाज
दर्पण(२०५२), सम्मुन्नत(२०५२), हाम्रो मझेरी(२०५७), पल्लवी
सन्देश(२०५९), अभिव्यञ्जना(२०५९), हाम्रो सिर्जना(२०६१), स्रष्टा(२०६१), सरोजिनी(२०६२), सिराइचुली(२०६३), सञ्जीवनी(२०६४), प्रलेस
चितवन(२०६४), गणतान्त्रिक कविता(२०६५), मध्य क्षितिज(२०६५), आदि
साहित्यिक पत्रिकाहरु प्रकाशित भएको पाउँछौँ । यस्तैगरी हवाइपत्रहरुमा
सुसेली(२०५०) अनुप्रस्था(२०५३), सौदामिनी(२०५४), प्रस्फुटन(२०६५), सेवा(२०६५), लगायत ‘उपहार’ र ‘नवपाञ्जली’ पनि प्रकाशित भएका छन् ।
यी ४५
वटा मध्ये केही निरन्तरता पाएका र क्रियाशील रहेका दर्ता गरिएका पत्रिकाहरुमा ‘सम्प्रेषण’, ‘मधुलिका’, ‘हाम्रो मझेरी’, ‘पल्लवी
सन्देश’,
‘अभिञ्जना’, ‘पल्लव’, ‘हाम्रो सिर्जना’, ‘स्रष्टा’, र ‘सञ्जिवनी’ हुन् । दर्ता नभए पनि आजसम्म संस्थागत रुपमै सक्रिय रहेका
पत्रिकाहरुमा वागीश्वरी, वेणी, मारुनी, नौलो
राँको, चितवनको चिनो छहरो आदि हुन् । प्रगतिशील लेखक सङ्घको
मुखपत्र ‘प्रलेस चितवन’ पनि यसै क्रममा देखिएको छ ।
यी ४५
वटा पत्रिकामध्ये केही पत्रिका भने बन्द भइसकेका छन् । आरन, प्रेरणा, पाइला
र प्रवाह, जनसाहित्य आदि दर्ता भएका पत्रिकाहरु दोभान, प्रकाशपुञ्ज, रात्रीप्रकाश, नयाँ गोरेटो, तिर्सना, नयाँ जोश, बालकुमारी, कीर्ति, भृकुटी, जाँगर, इन्द्रकमल, नौलो समाज, ऋचा, गोधुली, सेरोफेरो
आदि दर्ता नभएका लगायत पत्रिकाहरु बन्द भइसकेका छन् । अहिले त हवाइ पत्रिकाहरु पनि
क्रियाशिल देखिदैनन् ।
३.
प्रवृत्तिहरुः
चितवनको
साहित्यिक पत्रकारिताका प्रवृत्तिहरु राष्ट्रिय प्रवृत्तिहरु जस्तै छन् । २०६४
कार्तिकमा मकवानपुरमा नेपाल साहित्यिक पत्रकार सञ्घद्वारा आयोजित साहित्यिक
पत्रकारिता गोष्ठीमा नेपालको साहित्यिक पत्रकारितालाई तीन मूल प्रवृत्तिमा
हुर्काएको निचोड निकालिएको थियो । त्यसअनुसार ः
(क)
यथास्थितिवादी सनातनधारा
(ख)
सुधारवादी धारा
(ग)
क्रान्तिकारी प्रगतिशील धारा स्वीकारिएको थियो ।
चितवनमा
बीसको दशकमा जब साहित्यिक पत्रकारिता सुरू भएको थियो, प्रगतिवादी धाराले यथास्थितिवादी धारासित तीव्र सङ्घर्ष
गर्नुपरेको थियो । प्रगतिवादी धाराका धेरै पत्रपत्रिकाहरु प्रशासनको सेन्सरमा
परेका थिए । ‘नौलो राँको’ को
पाँचौ अड्ढ प्रेसबाटै प्रशासनले उठाएर लगेको र चौथो अड्ढ पनि केही जफत भएको यसका
सम्पादक÷प्रकाशकहरु बताउँदैछन् । त्यस्तैगरी अन्य पत्रिकालाई पनि
दुःख दिएको थियो । यसरी प्रगतिशील साहित्यिक आवाजलाई दबाउन यथास्थितिवादीहरु
लागेका थिए र कतिपय पत्रिकाहरु यथास्थितिको पक्षमा भक्ति साहित्य लिएर देखा परेका
थिए ।
यसैगरी
केही सुधारवादी धाराका पत्रिकाहरु पनि थिए जसले सामन्तशाहीको विरुद्ध र
प्रजातन्त्रको निम्ति आवाज उठाएका पनि थिए भने कतिपय पत्रिकाहरु प्रगतिशील
पत्रिकाको तेजोवध गर्नका लागि छापिन्थे ।
बीस र
तीसको दशक प्रगतिवादी साहित्यिक धाराको प्रवलता रहेको दशक बन्यो चितवनमा । २०४७
साल पछि भने प्रगतिवादी धाराका प्रकाशनहरुलाई सञ्ख्यात्मक हिसाबले अरुले उछिन्दै
ल्याएका छन् ।
अन्य
प्रवृत्तिहरुमा २०२१ देखि २०३८ सम्म समाचार पत्रहरुको अस्तित्व रहेन । साहित्यिक
पत्रिकाहरुको एकक्षत्र दबदबा रह्यो । सामाजिक विकृति विसञ्गतिको चित्रण, सामन्ती शोषण, अन्याय, अत्याचारको विरोध भाग्यवादी चिन्तनको विरोध, वैदेशिक हस्तक्षेपको विरोध, लगायत राष्ट्रिय सवालहरु र जनवादी सवालहरु नै त्यतिखेरका
पत्रपत्रिकाहरु मुख्य आवाज बने । गण्डक सम्झौता र सुस्ता समस्याबारे पनि प्रशस्त
रचनाहरु प्रकाशित भए ।
२०३६
सालको जनआन्दोलन पछि भने पत्रिकाहरु दर्ता पनि हुन थाले, समाचारपत्रहरु पनि प्रकाशित हुन थाले । आस्थाको पत्रकारिता
केही व्यवसायिकतातर्फ पनि ढल्किदै गयो । यो क्रम २०४६ सम्म रह्यो । २०४७ पछि भने
अधिकांश पत्रिकाहरु दर्ता गर्न थालिए । समाचारपत्रहरु व्यवसायिकतातर्फ पनि ढल्किए
। केही खुकुलो वातावरण भएकाले राष्ट्रिय रुपमै सूचना पत्रकारिताको क्षेत्रमा ठुला
धनाढ्य ९द्यष्नजयगकभक० हरुको प्रवेश हुन थाल्यो । आस्थाको पत्रकारिता सङ्कटग्रस्त
हुँदै गयो । धेरै पत्रिका जन्मिन लागे । तर निरन्तर रुपमा टिक्न भने जो कोहीलाई
हम्मे पर्दै गयो । पत्रिकाहरु एक दशक पनि टिक्न नसकी कोही एकाध अङ्गहरुमा कोही
गर्भ मै तुहुदै गए । जति सम्वत बढ्दै गयो त्यति नयाँ पत्रिकाहरु थपिदै गएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका पत्रिकाहरुको तथ्याड्ढ हेर्दा २०३६ देखि
२०४६ सालसम्म तीनवटा मात्र दर्ता भएका देखिन्छन् । तर २०४७ देखि २०५७ सम्मको
तथ्याड्ढ हेर्ने हो भने दर्ता भएका मात्र ५३ वटा पत्रपत्रिकाहरु रहेका छन् । २०५८
देखि २०६६ सम्म दर्ता भएका पत्रिकाहरुको सञ्ख्या ५२ वटा देखिन्छन् । यस्तैगरी विना
दर्ता प्रकाशित भएका पत्रिकाहरुमा २०३६ सालसम्म २४ वटा, २०३७ देखि २०४७ सम्म २५ वटा र २०४७ देखि २०५७ सम्म ३० वटा
रहेका छन् । यसपछि भने दर्ता नगरी पत्रिका प्रकाशन गर्ने प्रवृत्ति चितवनमा
रोकिएको पाइन्छ ।
साहित्यिक
पत्रिकाको मात्र कुरा गर्ने हो भने २०३६ साल सम्म १६ वटा, २०३७ देखि २०४६ सम्म ७ वटा र २०४७ देखि हालसम्म २४ वटा
पत्रिकाहरु प्रकाशित भएका देखिन्छन् । संस्थागत रुपमा प्रकाशित भएका पत्रिकाहरु
चाहिँ दर्ता विना प्रकाशित भइरहेका छन् र स्मारिकाहरु प्रकाशित गर्ने प्रवृत्ति
बढेको देखिन्छ । चितवनमा आजसम्म ५० वटा जति स्मारिकाहरु प्रकाशित भएका छन् ।
४.
चुनौती र सम्भावनाः
आज
समस्त पत्रकारिता जगतले भोगिरहेको समस्या साहित्यिक पत्रकारिता जगतको पनि समस्या
हो । यसमा मोफसलका थप पीडाहरु पनि छन् । चितवनको साहित्यिक पत्रकारिताले यो
भोगिरहनु परेको छ ।
यहाँको
साहित्यिक पत्रकारिताले सरकारी प्रोत्साहन पाएको छैन । कुनै सहयोग र संरक्षण पनि
पाएको छैन । अखबारी पत्रकारिता, रेडियो
र टि.भी जस्ता विद्युतीय पत्रकारिताको जुन भाउ छ यसको तुलनामा समेत साहित्यिक
पत्रकारिताको भाउ छैन । यसलाई अनुत्पादक क्षेत्र ठान्ने सोच गएको छैन । यसरी
एकातिर राज्यको नीति र दृष्टिकोण अस्पष्टता समस्याको रुपमा खडा भएको छ भने
अर्कोतर्फ यसको आफना कमीकमजोरी पनि छन् । आर्थिक लगानीको अभाव, कमजोर व्यवस्थापन, बिक्रीवितरणका
समस्या स्तरीय सामाग्रीको कमी पनि छँदैछ । आर्थिक समस्या, निरन्तरको समस्या, सम्पादनको
समस्या, दृष्टिकोणको समस्या, सरकारी
नीतिको समस्या, बिक्रीवितरणको समस्या आदि समस्याहरुको बीचमा
चितवनको पत्रकारिता पनि छटपटाई रहेको छ ।
लगानी
विना नै संस्थागत हिसाबले चल्न खोज्नु, राज्यले
पनि लगानी नगर्नु, विज्ञापनको भरमा चल्न खोज्नु, ओहोदावालाहरुले अत्यन्त उपेक्ष गर्नु, सरकारी ऋण सहुलियतको व्यवस्था नहुनु, कल्याणकारी विज्ञापन भनिए पनि उपलब्ध नगराउनु, बिक्रीवितरणको भुक्तानीमा पनि समस्या देखिनु यसका आर्थिक
समस्याहरु हुन् । यिनका कारणले पत्रिका अनियमित बन्नु, बौद्धिक उत्तराधिकारी नहुनु, व्यवस्थापन चुस्त नुहुनु, सम्पादनकलामा पनि कमी हुनु, प्रभावशाली, सामयिक
र सान्दर्भिक सामग्री नहुनु जस्ता कुराहरुले पत्रिकाहरु निरन्तर टिकिरहन सकेका
छैनन् । यस्तैगरी ठीकसँग सामग्री चयन नहुनु, योजनाबद्ध
लेखनको कमी हुनु, लेखकलाई पारिश्रमिक बिनै लेख्न लगाउनु, स्तरीय रचनाहरुको अभाव हुनु, टिमवर्कको अभाव हुनु, अव्यवस्थित
ढङ्गले एउटै क्षेत्रबाट धेरै पत्रिकाहरु निकाल्ने रहरहरु हुनु, तालिम–गोष्ठीको अभाव हुनु, कृतिको उचित मूल्याङ्कन नहुनु, प्रकाशित सामग्रीलाई सरकारी चासोको विषय बनाउन नसक्नुजस्ता
व्यवस्थापकीय कमजोरी पनि रहेका छन् ।
यस्तैगरी
वर्गीय नभइ दलीय पत्रकारिता, साम्प्रदायिक
भावना, सुविधाभोगी र लालची भावना, सरकारी पक्षपात, सेन्सर
र दमन, तलवी मानसिकता, राष्ट्रिय
स्वाभिमानी भावनाको अभाव, पत्रिका
किनेर पढने बानीको अभाव, पत्रिका
छापेर सित्तै बाँड्ने प्रचलन इत्यादि पत्रकारितालाई हेर्ने दृष्टिकोणका चुनौतीहरु
हुन् ।
अखबारी
पत्रकारिता क्षेत्रलाई जस्तो सुविधाको अभाव, अस्पष्ट
सरकारी नीति, प्रेस प्रतिनिधि पत्र समेत उपलब्ध नगराउनु, वैदेशिक भ्रमणमा नलैजानु, तालिमको व्यवस्था नगर्नु, सम्पादकको योग्यताको निर्धारण नगर्नु, ऋण सुविधा उपलब्ध नगराउनु, प्रेस काउन्सिलले समेत साहित्यिक पत्रकारिताको महŒवलाई विशिष्ट रुपले प्रस्तुत नगर्नु, प्रशासन संयत्रले उपेक्षा गर्नु, कागज, टेलिफोन, हुलाक दर्ता जस्तोमा समेत सरकारी सहुलियत प्रदान नगरिनु
जस्ता नीतिगत चुनौतीहरु पनि साहित्यिक पत्रकारिताले भोगिरहनु परेको छ ।
यी
धेरै चुनौतीहरु भए पनि यस क्षेत्रमा केही ध्यान पु¥याउने हो भने यी चुनौतीहरुका निराकरणका उपायहरु पनि छन् ः
(क)
अव्यवस्थित रुपमा भइरहेको प्रकाशनलाई संस्थागत गर्न सकिन्छ । आफ्नो ढङ्गले अनियमित
रुपमा प्रकाशन भएका पत्रिकाहरु आपसमा छलफल गरी सामुहिक प्रयत्नमा जान सक्छन् ।
सहकारीमा जान सक्छन् ।
(ख)
धेरै सञ्ख्या भन्दा गुणस्तरका एकाध पत्रिका प्रकाशनका निम्ति आपसी सहमति, सहयोग सम्झौता र आपसी वार्ता सकिन्छ ।
(ग)
पत्रिकाको स्तर निर्धारण, यसको
नियमितताको दायित्व सरकारले लिने अश्लील प्रकाशनमा रोक लगाउने, सांस्कृतिक अतिक्रमण रोक्ने, अखबार पत्रकारितालाई दिएको सहुलियत सरह सरकारले सहुलियत
प्रदान गर्ने, न्यूनतम व्याजमा सरकारी ऋण सुविधा उपलब्ध
गराउने
(घ)
भाषागत एकरुपता र मानक भाषाको प्रयोगका निम्ति तालिम गोष्ठीहरुको व्यवस्था
गर्नुपर्ने, सरकारले पत्रिका वर्गीकरण गरी लोककल्याणकारी
विज्ञापन उपलब्ध गराउनुपर्ने, प्रेस
काउन्सिलले मोफसलका पत्रिकाहरुलाई दण्ड–पुरस्कारको
न्यायोचित व्यवस्था मिलाई प्रोत्साहत गर्नुपर्ने
(ञ)
साहित्यिक पत्रकारितालाई विषयगत पत्रकारितामा नझुण्ड्याई यसको बौद्धिक, प्राज्ञिक र साहित्यिक विशेषताका कारणले प्रेस काउन्सिलले
यसलाई विशिष्ट पत्रकारिताको रुपमा घोषणा गर्नुपर्ने, इत्यादि
(च)
यिनै बुँदाहरुका आधारमा सरकारको राष्ट्रिय नीति बन्न सके साहित्यिक पत्रकारिता
फस्टाउन सक्ने देखिन्छ । चितवनको साहित्यिक पत्रकारिताले अपेक्षा गरेका पनि यिनै
कुराहरु हुन् ।
५.
टुङ्ग्याउनीः
चितवनको
साहित्यिक पत्रकारिताको क्षेत्र ठूलो सम्भावना बोकेको क्षेत्र हो । यहाँको सामाजिक
परिवेश ड्यासपोरिक भावनाले भरिएको छ । यहाँ आन्तरिक बसाइँसराइँबाट निर्मित, सांस्कृतिक विविधता, भाषिक
विविधता,
जातीय विविधता युक्त सांस्कृतिक अनेकताको भावना
रहेको छ । यहाँ आदिवासी जनजातीय संस्कृति पनि छ । माइगे्रटेड जनसमूहको ड्यासपोरिक
मनस्थितिले सांस्कृतिक सजगता र सक्रियता ल्याउछ भनिन्छ । यस अर्थमा चितवन, युगीन विशिष्ट प्रतिभाहरुको जन्मभूमि–कर्मभूमि हुने सम्भावनाबाट गुज्रिरहेको छ ।
चितवनको
पत्रकारिता, साहित्यिक पत्रकारिताबाटै आरम्भ भएको हो । यो
आजसम्म पनि आस्थाको पत्रकारिताबाट विचलित भएको छैन । समाज रुपान्तरणका निम्ति
आस्थाको पत्रकारिता अपरिहार्य पक्ष हो । नवीन एवं युगीन जीवनमूलहरुका पक्षमा र
परम्परागत यथास्थितिवादी, रुढी
मूल्यहरुमा विपक्षमा चितवनका समस्त साहित्यिक वर्ग उभिनु जरुरी छ । साझा उद्देश्य
प्राप्तिका निम्ति सहयात्रा गर्नु जरुरी छ ।
धन्यवाद
!!!
(नेपाल
साहित्यिक पत्रकार सञ्घ र प्रेस काउन्सिल नेपालको संयुक्त आयोजनामा चितवनमा भएको ‘मोफसलको साहित्यिक पत्रकारिता’ विषयक गोष्ठीमा प्रस्तुत कार्यपत्र–२०६६/०२/०९/०७)
नेपाल
साहित्यिक पत्रकार सङ्घद्वारा आयोजित ‘साहित्यिक
पत्रकारिता’ विषयक गोष्ठीमा प्रस्तुत कार्यपत्र
साहित्यिक
पत्रकारिता : अतीत
र वर्तमान
डा.
तुलसी भट्टराई
पृष्ठभूमि
नेपालमा
पत्रकारिताको प्रारम्भ साप्ताहिक पत्रिकाबाट भएको कुरा गोर्खापत्रको प्रकाशनबाट
थाहा हुन्छ । वि.सं. १९५८ मा तत्कालीन प्रधानमन्त्री देव समशेरको सदासयताबाट
प्रारम्भ भएको गोर्खापत्र २००७ सम्म करिव ४० वर्ष सम्म साप्ताहिक रुपमा प्रकाशित
भएको थियो । २०१७ पछि मात्र गोर्खापत्र दैनिक रुपमा छापिन थालेको हो ।
त्यसबेला
विशेष गरी २००७ छेउछाउका वर्षहरुमा करिब दर्जनजति साप्ताहिक प्रकाशित भएका थिए ।
दार्जीलिङ, देहरादून, वनारस
आदि स्थानबाट प्रकाशित यस्ता साप्ताहिकहरुमा विशेष गरी निरङ्कुशतन्त्रका विरुद्ध
आफ्ना अभिव्यक्तिहरु दिने गर्थे ।
२००७
को प्रजातन्त्रपछि यस्ता साप्ताहिक पत्रिकासँगै दैनिक पत्रपत्रिकाहरु पनि बृद्धि
भए तर २०१७ काण्डपछि फेरि प्रतिबन्धित हुनुप¥यो ।
२०४६ पछि फेरि केही खुकुलो वातावरणसँगै दैनिक पत्रिकाहरुको सङ्ख्यामा बृद्धि भएपछि
भने साप्ताहिक पत्रिका घटेका छन् । केही साप्ताहिक सक्रिय भए पनि प्रायः कुनै
राजनीतिक नेता वा पार्टीका मुखपत्रका रुपमा रहेका छन् । स्वतन्त्र र निष्पक्ष
साप्ताहिकको अभाव छ ।
यथार्थमा
साप्ताहिक पत्रिकाहरु संस्थागत बनेर निष्पक्ष र स्वतन्त्र रुपमा रहन सक्ने अवस्था
छैन । यस्ता साप्ताहिकहरु विशेषतः राजनीतिक र सामाजिक सुधारका संवाहक बनेर देखा
परेका छन् तर पनि पत्रकारिताको विकासमा महŒवपूर्ण
योगदान पुगेको छ । साथै साप्ताहिक पत्रिकामा प्रायः साहित्यिक कलम रहने गरेकाले
साहित्यिक पत्रकारिताको विकासमा पनि योगदान पुग्दै आएको छ । यसरी मुलुकभरि दर्ता
भएका समाचारमूलक पत्रपत्रिका २६०१ मध्ये प्रकाशित सङ्ख्या चाहिँ ७५८ वटा मात्रै देखिन्छ
जसमध्ये दैनिक १३२, अर्धसाप्ताहिक ५, साप्ताहिक ५८३ र पाक्षिक ३८ वटा रहेका छन् । त्यसमा पनि
छापाखाना तथा प्रकाशन सम्बन्धी नियमावली २०४९ को नियम ७ (२) मा तोकिएअनुसार अङ्क
प्रकाशित गरेर नियमित प्रकाशित हुने पत्रपत्रिका भने ५५३ मात्र छन् ।
यसरी
दर्ता भएका २६०१ मध्ये ५५३ पत्रपत्रिकामात्र नियमित रुपमा पाठकसामु आउने गरेको
तथ्य प्रेस काउन्सिल नेपालको वार्षिक प्रतिवेदन २०६५ बाट थाहा हुन्छ ।
नेपाली
र अङ्ग्रेजी बाहेक हिन्दी, मैथिली, भोजपुरी, लिम्बू, नेवारी, संस्कृत, थारू, तिब्बतीयन, तामाङ आदि भाषामा समेत पत्रपत्रिका प्रकाशित भएका छन् ।
२०६२/०६३ को ऐतिहासिक जनआन्दोलन एवं दशवर्षे जनयुद्धको संयुक्त
परिणामस्वरुप “सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।
संविधानसभाको निर्वाचनपछि नयाँ संविधान निर्माणमा सदनसँगै सम्पूर्ण जनजीवन लागेको
छ । नयाँ संविधान निर्माण र शान्ति प्रक्रिया स्थापनासँगै लोकतान्त्रिक
गणतन्त्रात्मक सरकार गठन नै आजको प्रमुख आवश्यकता हो ।
लोकतान्त्रिक
गणतन्त्र स्थापनासँगै सम्पूर्ण प्रेस, सञ्चार
जगत उत्साहित भएको छ । स्वतन्त्र अभिव्यक्तिसँगै मानव अधिकार संरक्षण हुने कुरामा
प्रेस विश्वस्त भएको छ । आज हजारौँ पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन, अनलाइन जस्ता सञ्चार माध्यमहरु सञ्चालित छन् । सरकारले ‘हातहातमा मोबाइल, घरघरमा
इन्टरनेट’ भन्ने नारा अगाडि सारे पनि त्यस अनुसार योजना
चाहिँ बनेको छैन ।
सञ्चार
क्षेत्र अझै पनि सुरक्षित छैन । पत्रपत्रिकाको सङ्ख्या बढे पनि पत्रकारहरुको
अवस्था दयनीय नै छ । त्यसमा पनि साहित्यिक पत्रकारिताको स्थिति झन् दयनीय छ ।
२०६५
सम्म दर्ता भएका पत्रपत्रिकाहरुको सङ्ख्या २६०१ छ । यी पत्रिकाहरु समाचारमूलक हुन्
। जसमध्ये दैनिक ३८६, अर्धसाप्ताहिक २३, साप्ताहिक १८७१ र पाक्षिक ३२१ छन् । काठमाडौँ उपत्यकामा
मात्र १२६० वटा पत्रपत्रिका (४८ प्रतिशत) दर्ता छन् भने बाँकी देशभरिमा १३४१ छन् ।
त्यसैगरी सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, जाजरकोट, दैलेख, मुगु
र हुम्ला जिल्लामा कुनै पनि समाचारमुलक पत्रपत्रिका दर्ता भएका छैनन् ।
पाक्षिक, हिमाल, मासिक, कामना, दिशाबोध, नवयुवा, विमोचन, मूल्याङ्कन, सर्वोत्तम
नारी, अन्तर्राष्ट्रिय मञ्च, सोपान, हाम्रो सम्पदा, उकाली, क्रसचेक, न्यू
प्रोस्टिज नेवा, युग आस्था, हाम्रो
जलजला, ललितकला, ताम्सालिङ, अपाङ्ग आवाज, थेमुङ, मनोहर, बुङबाखा, कलश, शब्दाङ्कुर, गुगुल्डी, छार
गोङ्मा, चम्पक, मुजुरा, सहीबाटो, गौरी, अवसर, नारी
उद्घोष, पूर्वाञ्चल दर्पण, सिन्धुयात्रा, हिमपात, मुन्धुम
आदि पत्रिकाले विविध पारिवारिक, सामाजिक
र मनोरञ्जनात्मक सामग्रीसँगै साहित्यिक पत्रकारिताको विकासमा समेत महŒवपूर्ण योगदान दिँदै आएका छन् ।
विधागत
साहित्यिक पत्रिकामध्ये अभिव्यक्ति, उन्नयन, जनमत, नागार्जुन, रचना, शिवपुरी
सन्देश, शब्दसंयोजन, नवज्योति, तेस्रो आयाम, कलश, शब्दाङ्कुर आदि नियमित र स्तरीय पत्रिकाको रुपमा प्रेस
काउन्सिलको वार्षिक प्रतिवेदन २०६५ मा अङ्कित भएका छन् ।
प्रेस
काउन्सिलको वार्षिक प्रतिवेदन २०६५ अनुसार ३६१ वटा रेडियो र २० वटा टेलिभिजन दर्ता
भएका छन् भने ३० वटा अनलाइन सेवा सञ्चालनमा आएका छन् ।
दर्ता
भएका २६१ एफएम रेडियो मध्ये दुई सय जति सञ्चालित छन् । त्यसैगरी २० वटा टेलिभिजन
दर्ता भएकामा दसवटा सञ्चालनमा आएका छन्ः नेपाल टेलिभिजन, नेपाल टेलिभिजन प्लस, इमेज
च्यानल, इमेज मेट्रो, च्यानल
नेपाल, कान्तिपुर टेलिभिजन, एबिसि
टेलिभिजन, नेशनल टेलिभिजन, एभिन्युज, न्युज
२४ आदि ।
रेडियो, टेलिभिजन र अनलाइन सेवाजस्ता प्रसारण माध्यमबाट पनि
साहित्यको प्रचारप्रसारमा निकै राम्रो योगदान पुगेको छ ।
साहित्य
ड्ड साहित्य हुनाको भाव, गुण, अवस्था÷साथ रहेको । कुनै देश वा
जातिको व्यवहारिक वा भावनात्मक विषयहरुको सुरम्य लेख÷वाङ्मय ।
ड्ड जीवन र जगत्सँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रुप, गुण, भावुकता आदिका दृष्टिले सम्मिश्रण हुने वा रचिने
हृदयस्पर्शी लेख÷ग्रन्थ ।
ड्ड साहित्यिक–साहित्यसँग सम्बन्धित वा
साहित्यकार भन्ने बोधता ।
ड्ड साहित्य भनेको समाजको मूल्य, मान्यता र आकाङ्क्षाहरुको अभिलेख हो । त्यसैले साहित्य
समाजको ऐना हो । साहित्य राष्ट्रको समसामयिक स्थितिको सूचक पनि हो । साहित्यले
आफ्नो समाज कति विकसित छ भन्ने कुराको सङ्केत गर्छ । साहित्यले समाजका सम्पूर्ण
विधि–व्यवहार र व्यक्तिका अकाङ्क्षाहरुको समेत आँकलन गरेको हुन्छ
।
ड्ड यसका साथै परम्परागत मूल्य, मान्यताहरुको समुचित संरक्षण गर्दै रष्ट्रियताको सम्बद्र्धन
गर्नमा साहित्यकारहरुको विशेष योगदान रहेको हुन्छ ।
पत्रकारिता
ड्ड दैनिक, साप्ताहिक, पाक्षिक, मासिक
आदिमा प्रकाशनका लागि समाचारहरुको सङ्कलन, चयन, सम्पादन, शीर्षक–निर्माण, प्रुफ–संशोधन, आवरण–पृष्ठसज्जा आदिका निम्ति गरिने कार्य पत्रकारिता हो ।
ड्ड प्रस्तुतीकरण, प्रकाशन
र प्रसारणका लागि तात्कालिक रुचिको सामग्री सङ्कलन र सम्पादन गर्नु पत्रकारिता हो
। पत्रपत्रिकाहको सञ्चालन लेखनकार्यका लागि गरिने व्यवसाय पत्रकरिता हो ।
पत्रकारिता सूचना र सञ्चार हो ।
ड्ड पत्रकारिता समाचारमा आधारित हुन्छ । टेलिभिजनको पर्दामा
देखाइने विविध प्रकारका सचित्र खबरका साथ रेडियो र टेलिभिजनद्वारा प्रसारित गरिने, देखाइने सामग्री पनि पत्रकारितामै पर्दछन् ।
ड्ड आजको युग पत्रकारिताको युग हो । पत्रकारिता ज्यादै जटिल र
गहन विषय हो ।
साहित्यिक
पत्रकारिता
ड्ड साहित्यिक पत्रकारिता भन्नाले साहित्यिक जगत्मा चर्चित
समाचारहरुको सङ्कलन, चयन, सम्पादन, शीर्षक छनौट र आवरण पृष्ठको साजसज्जा बुझिन्छ । साहित्यिक
सामग्रीहरुको संयोजन र साहित्यिक गतिविधिमा केन्द्रित सामग्रीको प्रकाशन र प्रसारण
गर्नु साहित्यिक पत्रकारिता हो ।
ड्ड वाङ्मयको अभिवृद्धिका दृष्टिले विभिन्न विधा (कविता, कथा, निबन्ध, एकाङ्की, यात्रासंस्मरण, समीक्षा आदि) का सामग्रीलाई राम्ररी सम्पादन गरी प्रकाशनमा
ल्याइने काम साहित्यिक पत्रकारिताले गर्छ । यस्ता साहित्यिक पत्रपत्रिकालाई
सम्पादन,
संयोजन र प्रकाशन गर्ने व्यक्तिहरु साहित्यिक
पत्रकार भनिन्छन् ।
ड्ड अर्थात् साहित्यिक रचनाहरुको सङ्कलन र चयनका साथै साहित्यिक
पत्रिकाका निम्ति उपयुक्त हुने सामग्रीहरु सम्पादन गर्ने कार्य नै साहित्यिक
पत्रकारिता हो । यस्तो कार्य गर्ने व्यक्ति साहित्यिक पत्रकार कहलाउँछ ।
ड्ड समाचार पत्रिकाको सम्पादन गर्नुभन्दा फरक हुन्छ । साहित्यिक
पत्रिकाको सम्पादन गर्ने कार्य । साहित्यिक पत्रकारले समाचार पत्रकारभन्दा पनि
विशिष्ट ज्ञान राख्नुका साथै तात्कालिक र सनसनीपूर्ण सामग्रीभन्दा दीर्घकालिक
सामग्री तयार पार्नुपर्ने हुन्छ ।
ड्ड आफ्नो राष्ट्र र समाजका विभिन्न जातजाति, धर्म, परम्परा, रीतिरिवाज अर्थात् सम्पूर्ण सांस्कृतिक गतिविधिबारे अध्ययन–अनुसन्धान गरेर समयानुकूल सामग्री तयार पारेर प्रकाशन
गर्नुपर्ने हुन्छ ।
ड्ड साहित्यिक पत्रकारमा भाषिक ज्ञान, समालोचकीय दृष्टि र जनअभिरुचि समेत बुझ्ने पारङ्गतता रहनु
आवश्यक हुन्छ ।
ड्ड समाजमा चेतनामूलक साहित्यिक सामग्री फैलाउन आवश्यक
साहित्यिक प्रवृत्ति र वातावरण तयार पार्नुपर्ने हुन्छ । विश्वमा देखापर्ने वा
प्रचलित हुने गरेका नवीनतम मूल्य र मान्यताहरु÷धारणाहरु
वाद र प्रवृत्तिहरुलाई समयसापेक्ष रुपमा आफ्ना पत्रिकाका माध्यमबाट पाठकसामु पु¥याउन सक्नुपर्छ ।
ड्ड अनि यसरी स्वदेशीय वा विदेशीय साहित्यले लिने गरेका नयाँ
बाटाहरुलाई साहित्यिक पत्रिकाहरुले सामयिक लेख–रचना
अथवा विशेषज्ञका अन्तर्वार्ता वा आफ्नै सम्पादकीय टिप्पणी आदिका माध्यमबाट
प्रकाशनमा ल्याइरहनुपर्ने हुन्छ ।
ड्ड त्यसै गरी समाजमा पढ्ने अभिरुचिको विकास गर्न अथवा
साहित्यप्रति सामाजिक रुचि निर्माण गर्ने कामको जिम्मा पनि साहित्यिक पत्रकारिताकै
हो भने हुन्छ । त्यसकारण पनि साहित्यिक पत्रकारिता भनेको अति जटिल र गहन कार्य हो
।
ड्ड ‘मानिस सामाजिक प्राणी हो’ भनेर उल्लेख हुन थालेको कुरा सभ्यताको प्रारम्भिक चरणदेखि
नै हो तर अझै पनि सामाजिकता सिकाइरहनुपरेको छ । माानिसलाई सामाजिकताको पाठ
पढाइरहनुपरेको छ ।
ड्ड यसरी सामाजिक भाव जगाइदिने मध्ये साहित्यकार अग्रपङ्क्तिमा
पर्ने हुँदा साहित्यिक पत्रकारिताकै माध्यमबाट समाजसम्म पुग्ने मार्गचित्र तयार
पारिने हुँदा यस क्षेत्रको व्यापक र बृहत् दायित्व छ ।
आधुनिकताको
जग : साहित्यिक पत्रकारिता
ड्ड साहित्यिक रचनाहरुको सङ्कलन, चयन र सम्पादन कार्यसँग सम्बद्ध व्यक्तिलाई साहित्यिक
पत्रकार भनिन्छ । साहित्यिक पत्रकारले समसामयिक वातावरणका सम्बन्धमा अध्ययन गर्छ, विभिन्न राष्ट्रका संस्कृति र साहित्यका बारेमा विशेष
जानकारी लिन्छ । साहित्यिक पत्रकारले आफ्ना पत्रिकामा प्रकाशनार्थ आएका कृतिहरुको
उचित मूल्याङ्कन गरी तिनलाई यथोचित रुपमा प्रस्तुत गर्छ ।
ड्ड समाजका साहित्यिक वातावरण तयार गरी समाजलाई चाहिने
साहित्यिक प्रवृत्तिका विषयमा र साहित्यले लिएका मोडहरुका बारेमा साहित्यिक
पत्रिकाहरुले समय–समयमा आफ्ना सम्पादकीय वा टिप्पणी तथा सामयिक
विषयका लेखहरुका माध्यमबाट साहित्यिक वतावरणको निर्माण गर्दछ ।
ड्ड व्यक्तिमा पढ्ने बानीको विकास तथा सामाजिक रुचि निर्माणमा
पनि साहित्यिक पत्रकारिताले योगदान पु¥याउँछ
भन्ने कुरामा दुई मत हुने छैन ।
ड्ड नेपाली साहित्यको आधुनिककालीन इतिहास साहित्यिक
पत्रकारितासँगै प्रारम्भ भएको हो । कविता, कथा, निबन्ध आदि प्रमुख विधाको आधुनिकीकरणमा वि.सं. १९९१ मा
प्रकाशन प्रारम्भ भएको शारदा (साहित्यिक) पत्रिकाको महŒवपूर्ण योगदान रहेको कुरा सबैले सकारेका छन् ।
ड्ड त्यसो त विश्व साहित्यको अध्ययन गर्दा प्रायः साहित्यमा
समसामयिक परिवर्तन अथवा नयाँ अध्यायको सूत्रपात गर्ने काम साहित्यिक पत्रिकाबाटै
हुने गरेको पाइन्छ । साहित्यिक पत्रपत्रिकाकै मध्यमबाट साहित्यकारहरु माझिएका र
खारिएका देखिन्छन् । नेपाली साहित्यको इतिहास निर्माणमा पनि साहित्यिक
पत्रकारिताको हात रहेको छ । यसको प्रत्यक्ष उदाहरण शारदा अथवा पछिका पत्रिकाहरुको
अध्ययन गर्दा प्रस्ट थाहा हुन्छ ।
स्रष्टाहरुको
पाठशाला
ड्ड साहित्यिक पत्रिकाले साहित्यको संरक्षण र संवद्र्धनमा ठूलो
योगदान पु¥यएको हुन्छ । साहित्य लेखन प्रत्येक लेखकको
व्यक्तिगत अन्तःप्रेरणा हुन सक्छन् । एक्लै लेख्छ, पढ्छ, सच्याउँछ
अनि फेरि पढ्छ र आनन्द लिन्छ ।
ड्ड कुनै पनि स्रष्टाका सिर्जना वा रचनाहरु पुस्तककारमा
छापिएपछि पनि स्रष्टाले अफ्नो रचना वा कृतिको स्तर वा उपयोगिता थाहा पाउन निकै समय
लाग्न सक्छ ।
ड्ड तर साहित्यिक पत्रिकामा एकैचोटि धेरै जनाको रचना छापिने
हुँदा प्रत्येक स्रष्टाले परस्परका रचना पढेर तुलना गर्न पाउँछ । स्तर र शैली थाहा
पाउँछ । यसकरण पनि पत्रिका भनेको स्रष्टाहरुको प्राथमिक साहित्यिक पाठशाला हो ।
जुन पाठशालाबाट पार भएपछि विश्वविद्यालयमा पुगिन्छ । यसरी साहित्यिक पत्रकारिता
अर्थात् पत्रिका प्रकाशन हुनु भनेको स्रष्टाहरुको सामूहिक भावन, विचार र प्रतिभाको जागरण गराउनु हो ।
सूचना
पत्रकारिताभन्दा पृथक्
ड्ड साहित्यिक पत्रकारिता यसकारण पनि निकै संवेदनशील र जटिल
विषय हो । पत्रकारिता भनेकै संवेदनशील र जोखिम पेसा हो ।
ड्ड राज्यको चौथो अङ्ग घोषित पत्रकारिताजगत् विश्वकै महŒवपूर्ण र अनिवार्य बनेको छ । यद्यपि पत्रकारिता क्षेत्रमा
कतिपय अवस्था र परिवेशअनुसार अर्धसत्य, भ्रामक, सनसनी फैलाउने र विवादित समाचार र विषयवस्तुको पनि स्थान
रहेको हुन्छ । समाजलाई उद्वेलित र अन्योलम पारेर बििभनभ लक्ष्य साँध्नेहरु पनि
सम्बद्ध हुने गर्दछन् पत्रकारितामा ।
ड्ड वस्तुतः साहित्यिक पत्रकारिता–समाचार पत्रकारिताभन्दा पृथक हुन्छ । यसमा क्षणिक र भ्रामक
विषय राखिँदैन । साहित्यिक पत्रिका प्रायः मासिक, द्वैमासिक, त्रैमासिक
वा चौमासिक हुने भएकाले यसप्रकारका क्षणिक र सनसनीपूर्ण विषयहरुको स्थान र प्रभाव
एकप्रकार नगन्य रहन्छ ।
ड्ड साहित्यिक पाठकले यस्ता आवेश वा स्वार्थपूर्ण ढङ्गबाट
प्रकाशित हुने सामग्रीप्रति ध्यान पनि दिँदैन ।
ड्ड हो–कतिपय अवसरमा साहित्यिक
पत्रिकाहरुले पनि केही खोजखबरका, तात्कालिक
प्रभावी सामग्री दिने गरेका छन् । कुनै–कुनै
स्रष्टाहरुले कहिलेकाहीँ अरु स्रष्टाका रचना आहरण गरेर आफ्नो नाममा छपाएका कुराको
सूचना साहित्यिक पत्रिकामा दिँदा निकै हल्लीखल्ली पनि मच्चिने गर्छ तर त्यस्तो
कुरा कहिलेकाहीँ मात्र हुन्छ ।
ड्ड साहित्यिक पत्रकारिता भनेको सम्म–मैदानमा बग्ने नदीजस्तै हो । सधैँ एकनास । यसो भन्नुको आशय
नदीजस्तै बगिरहने र सधैँ नयाँ–नयाँ विषय दिइरहने । नित्य
नवीन हुन्छ–साहित्यिक पत्रकारिता ।
साहित्यिक
पत्रिका र साहित्य
ड्ड मूलतः साहित्यिक पत्रिकाहरुको प्रकाशन उद्देश्य समाजमा
साहित्यिक, सामाजिक, नैतिक, बौद्धिक एवम् आर्थिक चेतना जगाउनु रहेको देखिन्छ ।
जनसमुदायलाई भाषा–साहित्यबारे ज्ञान गराउनु, यस माध्यमबाट चेतना अभिवृद्धि गर्नु नैै साहित्यिक
पत्रकारिताको मूल ध्येय रहेको पाइन्छ ।
ड्ड साहित्यमा पाठकहरुको रुचि बढाएर पढ्ने र पढाउने बानीको
विकास गराउनु साहित्यिक पत्रिका प्रकाशनको प्रमुख उद्देश्य रहेको पाइन्छ ।
पत्रिकामा विविध विषय–कथा, कविता, निबन्ध, समालोचना एवम् मनोरञ्जनप्रधान सामग्रीहरु प्रकाशित गरिने
हुँदा पाठकहरुले आफ्नो रुचिअनुसार पढ्न पाउँछन् । नैतिक, बौद्धिक खाले रचनाहरुले पाठकलाई आन्तरिक मस्तिष्कीय खुराक
दिन्छ ।
ड्ड एकै ठाउँमा विभिन्न विषय प्रकाशित हुने भएकाले पुस्तकबाट
भन्दा पनि यस्ता पत्रपत्रिकाबाट धेरै कुरा सिक्न पाइन्छ । त्यसकारण पनि साहित्यिक
पत्रिकको योगदान अत्यधिक रहेको कुरा निसङ्कोच भन्न सकिन्छ ।
ड्ड साहित्यिक पत्रिकाले विशेषतः समकालीन वा नवोदित लेखकलाई
ठूलो प्रोत्साहन दिन्छ । भर्खरैका सिकारु कलमलाई तिखार्दै लान योगदान दिन्छ । कुनै
पनि नवलेखकको रचना छापिँदा उसले ‘पुत्रजन्मोत्सव’ जस्ता आनन्द पाउँछ ।
ड्ड प्रत्येक नवोदितले कृति तयार गर्नुअघि आफ्न रचनाहरु
पत्रिकामा छपाउनु आवश्यक हुन्छ÷ठान्छ । पुस्तकका रुपमा
आइसकेपछि सुधर गर्ने अवसर रहँदैन । तसर्थ एक दुईवटा रचना छापिएपछि तुरुन्तै आफ्नै
रचना सुधार्ने अवसर पनि पत्रिकाले दिन्छ । साहित्यिक पत्रकारिताको सकारात्मक पक्ष
हो यो ।
नेपाली
पत्रिकाको जन्म नेपालबाटै
ड्ड नेपाली पत्रपत्रिकाको इतिहासमा नेपाली पत्रिकाको जन्मकथा र
विकास खोज्दा नेपालबाहिर आसाम, डुबर्स, दार्जीलिङ, देहरादून, बनारस आदि ठाउँहरुको यत्रा गर्नुपर्ने हुन्छ । यी
ठाउँहरुमध्ये बनासरको प्रमुख स्थान रहेको थियो भन्ने बुझिन्छ । मोतीराम भट्टद्वारा
हिन्दी भाषाबाट अनूदित गोर्खा भारत जीवन (वि.सं. १९४८ साउन) नै पहिलो नेपाली
पत्रिका हो भनिँदै आएको छ । त्यसकारण मोतीरामले गोरखा भारत जीवन नामक नेपाली मासिक
पत्रिका सम्पादित तथा प्रकाशित गरेका थिए भन्ने कुराको इतिहास बनिसकेको छ । विज्ञ
अनुसन्धाताहरुले उक्त पत्रिकाको नमुना देख्न पढ्न नपाइएको कुरा लेखेको भए तापनि
तत्कालीन समयमा प्रकाशित विज्ञापन र इतिहास चर्चाबाट उक्त पत्रिकाको अस्तित्व
प्रमाणित भइसकेको छ ।
ड्ड यसैगरी मेतीरामले वि.सं. १९५० मा नेपालभित्रबाट अर्को
पत्रिका निकालेका थिए भन्ने कुरा पनि जानकारीमा आइसकेको छ । सुधासागर (वि.सं.
१९५५) दोस्रो नेपाली पत्रिका मानिएको छ तर यी दुई वटै पत्रिकालाई विवेचना गर्ने
आधार फेला नपरेको हुँदा इतिहास निर्माताको रुपमा मात्र मान्दै आएका छन् ।
ड्ड नेपालभित्र प्रकाशित पत्रपत्रिकामध्ये वि.सं. १९५८ मा
प्रकाशित गोर्खापत्र भने प्रमाणित प्रथम पत्रिका हो भन्ने कुराचाहिँ निश्चित छ ।
एक सय सात वर्षदेखि निरन्तरता दिएर नेपाली वाङमय क्षेत्रमा अद्वितीय बन्ने सौभाग्य
पनि यसैले पाएको छ ।
ड्ड यसरी हेर्दा नेपाली पत्रिकाको जन्म नेपालभित्र भएको हो भनेर
ठोकुवा गर्न सकिन्छ । गाोरखापत्र सुदृढ र व्यवस्थित भएको एक दशकपछि मात्र भारतीय
नेपाली क्षेत्रबाट पत्रपत्रिका प्रकाशन हुन थालेको कुराका उदाहरण हुन्– सुन्दरी (वि.सं. १९६४), माधवी
(वि.सं. १९६५), चन्द्र (वि.सं. १९७१), गोर्खाली (वि.सं. १९७२), उदय
(वि.सं. १९९३) आदि पत्रिकाहरु ।
ड्ड वि.सं. १९९१ देखि ऋद्धिबहादुर मल्लद्वारा सम्पादित शारदा
प्रकाशन हुन थालेपछि साहित्यिक पत्रकारिताको क्षेत्रमा नयाँ युगको थालनी भएको कुरा
निर्विवाद छ । शारदाको प्रकाशनले साहित्यिक पत्रकारितामा मात्र होइन साहित्य
क्षेत्रमा समेत नयाँ युग जन्माएको कुरा विज्ञहरुले सकारिसकेका छन् । शारदाले यस
क्षेत्रमा बनाएको इतिहास सधैँ अमर रहनेछ ।
ड्ड त्यसपछि सूर्यभक्त जोशीद्वारा सम्पादित उद्योग (१९९५), हृदयचन्द्रसिंह प्रधानको साहित्यस्रोत (२००४), देवीप्रसाद रिमालको सम्पादनमा आँखा (२००५), शेषराज रेग्मीद्वारा सम्पादित पुरुषार्थ (२००६) श्यामप्रसाद
शर्माको सम्पादनमा पर्साबाट प्रकाशित सेवा (२००८) आदि प्रकाशित भएर क्रमशः
साहित्यिक पत्रकारिताको उर्वरभूमि तयार पार्ने क्रम विकसित हुँदै आजको यस
अवस्थासम्म आइपुगेको हो ।
भारतमा
नेपाली साहित्यिक पत्रकारिता :
ड्ड नेपाली साहित्यिक पत्रकारिताको चर्चा गर्दा भारतीय विभिन्न
प्रान्त र क्षेत्रका नेपालीहरुले यस क्षेत्रमा पु¥याएको योगदानबारे उल्लेख नगरी हुँदैन । २००७ भन्दा अघिको
नेपाली भाषासाहित्यको विकास नेपालभित्रभन्दा बाहिरबाट नै बढी भएको थियो भन्न
हिचकिचाइरहनु पर्नेछैन । यो यथार्थ हो ।
ड्ड २००७ सम्म नेपालमा अभिव्यक्ति स्वतन्त्रताको अपहरण, छापाखानाको अभाव, शैक्षिक
वातावरण शून्यता जस्ता विविध कारणले नेपाली युवाहरु शिक्षा आर्जन अथवा सम्पत्ति
आर्जनका लागि भारतका विभिन्न क्षेत्रमा जाने गर्दथे । भारतमा पत्रपत्रिका एवम्
पुस्तकको मुद्रण र शैक्षिक वातावरणबाट प्रभावित त्यस बेलाका नेपालीहरु नेपाली
भषामा पनि केही गर्नुपर्ने अठोट राखेर पत्रपत्रिकाहरु प्रकाशनतर्फ लागे । यसरी
साहित्यिक पत्रकारिता क्षेत्रमा त्यो बेला नेपाल र भारत दुवैतिरका तात्कालीन
नेपाली युवाहरुले ठूलो योगदान पु¥याएका थिए ।
ड्ड भारतका विभिन्न ठाउँहरुमा विभिन्न थरिका पत्रपत्रिकाहरुको
जन्म भयो । जुन कार्यमा नेपालबाट निर्वासित अथवा अध्ययन गर्न गएका व्यक्तिहरुका
साथै भारतभित्रका नेपालीहरुको समेत ठूलो योगदान रह्यो ।
केही
पत्रपत्रिकाको विवरण
ड्ड दार्जीलिङबाट गोर्खे खबर कागत (वि.सं. १९५८), चन्द्रिका (वि.सं. १९७४), आदर्श (वि.सं. १९८६), नेपाली
साहित्य सम्मेलन पत्रिका (१९८८), पछि
गएर दियालोको रुपमा प्रकाशित हुन थाल्यो । गोर्खाली (वि.सं. १९७२), नेबुला (वि.सं. १९९२), गाउँ
सुधार पत्रिका (वि.सं. १९९६), खोजी
(वि.सं. १९९७), गोर्खा (वि.सं. २००१), पुकार (वि.सं. २००५), भारती
(वि.सं. २००६), साथी (वि.सं. २००६), हाम्रो कथा (वि.सं. २००६), शिक्षा (वि.सं. २००६), तेस्रो
आयाम (२०१२) आदि ।
ड्ड पछिल्ला चरणमा हिमाललोक, पराग, सगुन, चियाबारी, बैँसालु, आदि
उल्लेख्य छन् ।
ड्ड देहरादुनबाट गोर्खा खबर (वि.सं. १९७०), गोर्खा सन्सार (वि.सं. १९८३), तरूण गोर्खा (वि.सं. १९८५) आदि ।
ड्ड सिलाङबाट गोर्खासेवक (वि.सं. १९९२), फिलिङ्गो (सन् १९७५), आशा (सन्
१९६४) आदि ।
ड्ड आसामबाट ब्रह्मपुत्र (सन् १९६४), विन्दु (सन् १९६१) आदि । मजफरपुरबाट क्रान्तिकारी (वि.सं.
२००५), दिल्लीबाट गोर्खा समाचार (वि.सं. २००१), जवन (वि.सं. २००५) आदि ।
ड्ड पटनाबाट नेपाल पुकार (वि.सं. २००६) मुख्य रहेका छन् ।
ड्ड सिक्किमबाट अपतन साहित्यिक संस्थाद्वारा प्रकाशित अपतन
पत्रिकाको यस क्षेत्रमा महŒवपूर्ण योगदान रहेको छ ।
अन्य पत्रिकाहरुमा कञ्चनजङ्घा (वि.सं. २०१४), सुनाखरी
(२०१६), ध्रुवतारा, प्रगति, तीनधारा, लालुपाते, स्रष्टा, अर्चना, मुनाल, निर्माण, प्रतिबिम्ब, दुधेरी, बिनायो इत्यादि मुख्य हुन् ।
बनारसको
योगदान
ड्ड नेपाली साहित्यको चिन्तन–मनन, सम्पादन, प्रकाशन, शिक्षण
आदि कार्यमा बनारसको प्रमुख भूमिका रहेको कुरा प्रस्तुत आधारहरुबाट प्रष्ट हुन्छ ।
बनारसको साहित्यिक पत्रकारिताबारे यसरी छुट्टै शीर्षकमा व्याख्या गर्नु सान्दर्भिक
छ । किनभने बनारसको नेपाली सहित्यिक गतिविधिको विकास नेपालभित्रकै प्रगति र
उत्थानमा सहयोग पु¥याउने उद्देश्यले गरिएको थियो ।
ड्ड त्यस बेला उपन्यास तरङ्गिणी (वि.सं. १९५९) र सूक्ति सुधा
(वि.सं. १९६१) नामक संस्कृत मासिक पत्रिकाको योगदान उल्लेखनीय भएझैँ राममणि आ.दि., देवीदत्त पराजुली र सोमनाथ सिग्देलहरुले निकालेको सुन्दरी
(वि.सं. १९६४) र माधवी (वि.सं. १९६५) पत्रिकाको नेपाली साहित्यको इतिहासमा ठूलो
योगदान रहेको छ । माधवप्रसादको सम्पादनमा निस्किएको चन्द्र (वि.सं. १९७१)
साप्ताहिक । खरदार कृष्णप्रसाद् कोइराला र सुब्बा देवीप्रसाद सापकोटाको साप्ताहिक
गोर्खाली (वि.सं. १९७३) र मासिक जन्मभूमि (वि.सं. १९७९) ले पनि यस क्षेत्रमा
राम्रो इतिहास बनाएका थिए ।
ड्ड आशुकवि शम्भुप्रसादको साप्ताहिक पत्रिका राजभक्ति (वि.सं.
१९८३), पनि उल्लेखनीय छ । काशीबहादुर श्रेष्ठको सम्पादनमा वि.सं.
१९९३ देखि निस्किएको उदय मासिक पत्रिकाको छुट्टै अस्तित्व छ । उदयले त्यस बेला
नेपाल र भारत दुवैतिर प्रसिद्धि पाएको थियो ।
ड्ड महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रधान सम्पादकत्वमा
निस्किएको युगवाणी (वि.सं. २००४) साप्ताहिकको आफ्नै विशेषता छ । नारायणप्रसाद
भट्टराईको सम्पादनमा निस्किएको दीपक पनि लोकप्रिय भएको थियो ।
ड्ड बनारसबाट २०३१ मा तीन महिने नौलो पाइलो (वि.सं. २०१२) को
चार अङ्क प्रकाशित भएपछि २०१४ देखि नेपालबाट प्रकाशित भयो । तर यति मात्रले पनि
नेपाली साहित्यमा झर्रोवादको प्रयोग तथा भाषासुधार र समाज सुधारका सन्दर्भमा यस
पत्रिकाले साहसिलो पाइलो चलाएको हो ।
ड्ड काशी हिन्दू विश्वविद्यालयका नेपाली छात्र सङ्घको वार्षिक
मुखपत्र छात्र, संस्कृत परिषद् वाराणसीको मुखपत्र छत्रदूत, अलिख बनारस नेपाली छात्र सङ्घको वार्षिक छत्रवाणी मुखपत्रले
आफ्नो समयमा उल्लेखनीय काम गरे ।
ड्ड नेपाली समाज, संस्कृति, भाषा र साहित्यको इतिहासमा बनारसबाट प्रकाशित नेपाली
पत्रपत्रिकाले महत्वपूर्ण योगदान पु¥याएको
कुरा सर्वस्वीकृत छ । नेपाली सहित्यिक पत्रकारितासँगै लेखक, कविहरुमा ऊर्जा भर्ने काम पनि यी पत्रिकाहरुबाट भएको थियो ।
बनारसबाट वि.सं. १९४३ देखि यता प्रकाशित भएका केही मुख्य पत्रिकाहरुको विवरण
यसप्रकार छ :
ड्ड साप्ताहिक : गोरखाली, राजभक्ति, युगवाणी, मानवजीवन (हिन्दी–नेपाली)
ड्ड पाक्षिक : जनयुग, नेपालपत्र ।
ड्ड मासिक : गोरखा भारत, जीवन, उपन्यास, तरङ्गिणी, सूक्तिसुधा
(संस्कृत), माधवी, चन्द्र, जन्मभूमि, उदय, सर्वहितैषी पत्रिका, पुरुषार्थ, दीपक, आमा, विश्वसन्देश (नेपाली, हिन्दी, संस्कृत), तरूण
आदि ।
ड्ड त्रैमासिक : नौलो पाइलो, रहर । अर्धवार्षिक : सन्देश ।
ड्ड वार्षिक÷सामयिक : छात्र
(नेपाली–अङ्ग्रेजी), छात्रदूत, छात्रवाणी, ज्योति, मुनो, उजेली, कोपिला, छात्रपथ, छात्रप्रभा, सन्देश, सुमन, नयाँ
पाइलो, कोशीको लहर, कोशीको
सुषमा, मुर्चुङ्गा, वाणी
साधना, भानु, उदय, कल्याणी, बिहानीपख, समर्पण, मञ्जरी, अक्षर, विश्व
नेपाली सङ्घको बुलेटिन, नेपाली
साहित्य सम्पर्क समितिको ‘सँगालो’, एकता, प्रवास, गुञ्जन आदि । यी केही उदाहरण मात्र हुन् ।
साहित्यिक
पत्रकारिताको विकासमा २००७–०१७
ड्ड २००७ सम्म लेखक–कविहरु
प्रायः आफ्ना रचनाहरु प्रकाशित गर्न सक्ने स्थितिमा थिएनन् । त्यस बेलाको
शासनसत्ता प्रतिकूल भए तापनि त्यस बेलासम्म करिब एक दर्जनजति पत्रिकाहरु प्रकाशित
भएका थिए । यिनै पत्रिकाहरुमा स्रष्टाहरुका केही रचनाहरु छापिने गर्थे । गोरखापत्र
र शारदाले दर्जनौँ लेखकहरु जन्माएको कुरा इतिहास बनिसकेको छ । प्रजातन्त्र
प्रप्तिपछि राजनीतिक स्वतन्त्रतासँगै सबै क्षेत्र खुला भयो । भाषा, साहित्य, कला, संस्कृतिको विविध पक्ष विस्तारै फैलिन थाले । तर पनि सात–सत्रको दशकले त्यति ठूलो साहित्यिक उपलब्धि भने दिन सकेको
देखिँदैन ।
ड्ड यस दशकमा साहित्यिक पत्रकारिताभन्दा समाचार पत्रकारिता बढी
ऊर्जावान् भएको देखिन्छ । त्यति बेला सबैलाई प्रजातन्त्र प्राप्तिको खुसियालीले
तानेको हुन सक्छ । त्यसकारण प्रायः त्यस बेलाको बौद्धिक क्षेत्र राजनीतिक–प्रजातान्त्रिक अभ्यासमा बढी केन्द्रित भएको होला । त्यति
बेला साहित्यिक पत्रकारिताको विकास भएको थिएन भन्ने कुराचाहिँ होइन । यो पक्ष पनि
सक्रिय नै थियो तर खुला परिवेश जति हुनुपथ्र्यो त्यतिचाहिँ नभएकै हो । यस दशकभित्र
प्रकाशित केही पत्रिकाहरुको विवरण–
ड्ड इन्द्रधनु (२००८), महिला
(२००८), जागृति (२०१०), विद्यार्थी
(२०१०), प्रतिभा (२०१०), कोपिला
(२०१०), प्रगति (२०१०) इन्द्रेणी (२०१३), धरती (२०१३), भृकुटी, शान्ति (२०१४), दीपशिखा
(२०१५), सिर्जना (२०१७), दर्पण
(२०१७), डाँफेचरी (२०१०), कोसेली
(२०१०), जनसाहित्य (२०११), साहित्य
(२०१६), छहारी (२०१५), कलाकार
(२००९), आह्वान (२००९), प्रहरी
(२०१६), नेपाली (२०१६), जुनेली
(२०१५) आदि ।
साहित्यिक
पत्रकारिताको उर्वरकाल
ड्ड २०१७ मा प्रजातन्त्र खोसिएपछि राजनीतिमुक्त–निरङ्कुश वातावरणमा पनि साहित्यकारहरुले आफ्नो काम गरिरहे ।
जुन कारणले गर्दा अभिव्यक्ति प्रकट गर्न अप्ठ्यारो बेला ०१७–०२७ को दशक विशेष गरी साहित्यिक पत्रिकाका निम्ति अत्यन्तै
मलिलो समय रहेको कुरा विज्ञहरु बताउँछन् । राजनीतिक सक्रियता र अन्य स्वतन्त्र
गतिविधि नभएका कारण पनि लेखक–बुद्धिजीवीहरु पत्रिकाका
माध्यमबाट आफ्ना अभिव्यक्ति जनसमक्ष ल्याउन साहित्यतर्फ लागेको कुरा प्रस्ट हुन्छ
।
ड्ड २०१७ पछि प्रकाशित पत्रिकाहरुमध्ये रुपरेखाको स्थान अग्रणी
मानिन्छ । त्यसो त अन्य पत्रिकाहरुको पनि भूमिका प्रशस्तै रहेको छ । यस बेलाका
केही पत्रिकाहरु ः कविता (२०१७), रुपरेखा
(२०१७), इन्दु (२०१७), स्वास्नीमान्छे
(२०१७), रत्नश्री (२०२०), कल्पना
(२०२२), मुकुट (२०१९), पूर्णिमा
(२०१९), हिमानी (२०१९), भानु
(२०२०), बगैँचा (२०१८), रचना
(२०१८), अरूणोदय (२०२०), कविता
(२०२१), रमझम (२०२१), सगुन
(२०२१), हाम्रो संस्कृति (२०२२), प्रवाह
(२०२२), आकाङ्क्षा (२०२३), गुराँस
(२०२३), प्राचीन नेपाल (२०२४), नेरावि
(२०२४), प्रतीक्षा (२०२५), मधुपर्क
(२०२५), विश्व (२०२६), रेवा
(२०२६), सामग्री (२०२६), सुनगाभा
(२०२७), प्रतीक (२०२७), सुस्केरा
(२०२६), सञ्चय (२०२७), अभिव्यक्ति
(२०२७), प्रज्ञा (२०२७), शिलान्यास
(२०२७), आमा (२०२८), गुनकेसरी
(२०२९), इन्दु, बिहान, तुवाँलो, पारिजात, सिउँडी, बान्की, विदेह (२०३०), सङ्कल्प, सन्दर्भ, सन्सार, बरगाछी आदि । यस अवधि अर्थात् चालीसको दशक प्रारम्भ हुने
बेलासम्म एक सयभन्दा बढी साहित्यिक पत्रिकाहरु प्रकाशित भएका थिए । यसरी यो अवधिमा
साहित्यिक पत्रकारिता निकै फस्टाएको देखिन्छ ।
ड्ड साहित्यिक पत्रकारिता जगत्को विकासमा विशेष येगदान दिँदै
आएका अन्य केही पत्रपत्रिकाहरुको विवरण यसप्रकार छ ः
ड्ड जनमत, सुगन्ध, गरिमा, मिर्मिरे, प्रतिभा, रहर, आकाश, यद्यपि, दायित्व, साहित्य
जगत्, प्रणव, चिचिला, साथी, आँधीखोला, मिथिला, हिमशिखर, विवेक, रत्नश्री, समुन्नयन, तन्नेरी, दोभान, नदी, साहित्य सागर, नवीनता, चड्कन, झङ्कार, श्रीजा, सारस्वत, समष्टि, नव
माध्यम, गोलाद्र्ध, नेपाल, कल्पवृक्ष, सौरभ, घुयेँत्रो, उन्नयन, शिवपुरी सन्देश, प्रतिभा, नव कविता, बगर, समकालीन, सयपत्री, सगर, प्रलेस, साँग्रिला, प्रयोग, कलम, बन्दना, जुही, सालघारी, अनुराग, सम्प्रेष्पाण, विपुल, सासङ्क, वेदना, आरोहण, दीपशिखा, साहित्य
सौगात, मनोभाव, मजबुन, प्रणयन, गुञ्जन, मन्जुषा, रश्मि, वनिता, लिब्जुभुम्जु, चान्द्रमसी, प्रज्ञा, शब्दपथ, परिमार्जन, सूर्योदय, जस्केलो, वनिता, दौँतरी, थुम्को, झरना, अक्षर, मातृभूमि, हाम्रो मझेरी, पुष्पाञ्जली, झरना, आगमन
आदि ।
ड्ड यसैगरी युगान्तर, नागर्जुन, नवआकाङ्क्षा,, मुस्कान, साथी, पल्लव
साहित्य सन्ध्या, दिनारम्भ, विश्वदीप, मालिका, शब्द–संयोजन, शब्दाङ्कुर, गुगुल्डि, कलम, फित्कौली, कल्पतरु, नेपाल–संस्कृति, हाम्रो सिर्जना, पल्लव, नवप्रज्ञापन, निर्झर, अन्तर्बोध, अन्यथा, क्षलोक, अंशु, कौशिकी, अभिनव, समकालीन नेपाली साहित्य, थौं
कन्हें (नेपालभाषा), तादी, आकलकुसुम, हिमाली गुराँस, अविश्रान्त
आदि ।
ड्ड तर यीमध्ये केही पत्रिकाहरु यति बेला प्रकाशनमा देखिन
छाडेका छन्् ।
पारिवारिक
मासिक पत्रिका
ड्ड पारिवारिक मासिक पत्रिकाहरुका माध्यमबाट पनि साहित्यका
विविध विधाहरु– कथा, कविता, संस्मरण आदि प्रकाशित हुने गर्दछन् । साहित्यिक
पत्रकारिताको विकासमा यस प्रकारका पत्रिकाहरुबाट पनि योगदान पुगेको हुन्छ ।
उदाहरणका लागि केही पत्रिकाहरुको नाम लिनु सान्दर्भिक हुनेछ ः
ड्ड विमोचन, सर्वोत्तम, तथ्यकथा, युवामञ्च, अप्सरा, अन्तर्राष्ट्रिय
मञ्च, एक्काइसौँ शताब्दी, नवयुवा, कामना, सधना, सूर्य, समानता, विदुषी, गीताञ्जली, अभिसारिका, आराधना, सुखी संसार, स्पर्श, अस्मिता, काठमाडौँ
टुडे आदि करिब तीन दर्जन यस्ता पत्रिकाहरु सक्रिय रहेका छन् । यस्ता पत्रिकाहरुमा
पनि कथा,
कविता अथवा अन्य साहित्यिक सामग्री दिने हुँदा
मानिसहरुको पढ्ने बानीको विकास गर्नुका साथै साहित्यमा सघाउ पुगेको छ भन्न सकिन्छ
।
सामयिकी, वार्षिकी र उत्सवी पत्रिका
ड्ड राजधानी र नेपालभरिकै विभिन्न सङ्घ–संस्थाहरुबाट विभिन्न अवसरमा सयौँ पत्रपत्रिकाहरु प्रकाशित
भएका छन् । शिक्षण संस्थाहरु विशेष रुपमा यस्ता पत्रिका प्रकाशनका निम्ति
अग्रपङ्क्तिमा रहने गरेका छन् । केही त्रैमासिक, अर्धवार्षिक र अधिकांशरुपमा वार्षिक र सामयिक सङ्कलनका
रुपमा प्रकाशित हुने गरेको यस्ता पत्रिकाहरुको विवरण देशभरिका हजारभन्दा बढी हुन
सक्छन् । माध्यमिक विद्यालयीय किशोर प्रतिभाहरुदेखि क्याम्पस, विश्वविद्यालयस्तरसम्मका विशेष गरी माोफसलका युवा
प्रतिभाहरुले आफ्ना प्रतिभा देखाउने अवसर यस्तै पत्रपत्रिकाका माध्यमबाट पाउने
गर्दछन् । साथै यस प्रकारका पत्रपत्रिकाहरुले पनि साहित्यिक पत्रकारिताको विकासमा
निकै ठूलो टेवा दिएका छन् । यस्ता पत्रिकाहरुको उल्लेख गर्न निकै धेरै समय र
प्रयासबाट मात्र सम्भव छ ।
ड्ड विभिन्न सङ्घ सङ्गठन, संस्था
र विविध क्षेत्रहरुबाट प्रकाशित हुने सामयिक सङ्कलन एवम् उत्सवी अर्थात् सङ्घ–संस्था, शिक्षण
केन्द्र आदिका वार्षिकोत्सव, दशकोत्सव, रजत र स्वर्ण महोत्सव आदिमा प्रकाशित हुने पत्रिका र
स्मारिकाहरुबाट साहित्यको विकासमा ठूलो योगदान पुगेको हुन्छ । नियमित प्रकाशित
नहुने, आफ्नो अनुकूलअनसार समयसमयमा प्रकाशित हुने यस्ता
पत्रपत्रिकाको क्षेत्र २०३० को दशकमा अत्यन्तै उर्वर भएको थियो । त्यस अवधिमा
धेरैजसो पत्रपत्रिकाको दर्ता खारेज गरिएको र नयाँ पत्रिका दर्ता नगरिदिने हुँदा
सामयिक सङ्कलनका रुपमा पत्रिक प्रकाशनको लहर नै चलेको थियो । यता आएर पनि यस्ता
पत्रपत्रिका प्रशस्तै छापिने गरेका छन् ।
ड्ड त्यसै गरी विदेशस्थित नेपाली राजदूतावास, एवम् प्रवासी नेपालीसँग सम्बद्ध सङ्घ–संस्थाहरुबाट पनि पत्रपत्रिकाहरु प्रकाशित हुने गरेका छन् ।
यसबाट पनि साहित्यिक पत्रकारितालाई योगदान पुगेको छ । संस्था, प्रतिष्ठान, पुस्तकालय, दूताबास वा अन्यत्रबाट प्रकशित हुने मुखपत्र, सामयिक सङ्कलनहरु पनि निकै स्तरीय र सङ्ग्रहणीय हुने
गर्दछन् । उल्लेख भएका सबैखाले पत्रिकाहरुले साहित्यिक पत्रकारिताको विकासमा कुनै
न कुनै प्रकारले सहयोग पु¥याइरहेका हुन्छन् ।
गोजिका
र हवाइपत्र
ड्ड २०२७ मा कवि हरिभक्त कटुवालले ‘गोजिका’ नामको
सानो पत्रिका निकालेर नौलो प्रयोग सुरु गरेका थिए । पछि गएर थुप्रै गोजिकाहरु
निस्किए । त्यस्तै २०३३ मा विनय कसजु र विजय सागरले पाल्पाबाट हवाइपत्रमा लघुकथा
सङ्ग्रह प्रकाशन गरेर अर्को नयाँ अध्याय थपेका थिए ।
ड्ड पछि साहित्यिक हवाइपत्रहरु पनि थुप्रै प्रकाशित भए । यी
दुवै खाले प्रयोगले नेपाली साहित्यिक पत्रकारितामा नयाँ आयामको कुरा सम्झनैपर्ने
हुन्छ । पाठकलाई छोटो र चोटिला सामग्री दिनुपर्ने रहेछ भन्ने कुराको उदाहरण हुन्– यी दुवै प्रयोगहरु । अहिले यो प्रयोग प्रायः स्थगितझैँ
देखिन्छ ।
ड्ड केही हवाइपत्र ः उत्प्रेरणा (गोर्खा), उद्यान (मकवानपुर), उब्जनी
(काठमाडौँ), काँचुली (पाल्पा), कोपिला (काठमाडौँ), जिरीदीप
(दोलाखा), जुनकीरी (मकवानपुर), तरङ्ग (तनहुँ), नव
प्रज्ञान (बारा), नव सृजना (सिन्धुली), पाथीभरा (रौतहट), प्रवाह
(भक्तपुर), प्रोत्साहन (उदयपुर), बाडुली (चितवन), शब्दसङ्ग्राम
(काठमाडौँ, सञ्जीवनी (काठमाडौँ), सन्देश (काठमाडौँ), सुदामा
(खोटाङ),
सौगात (लमजुङ) आदि ।
पत्रिकासँगै
कृतिको जन्म
ड्ड कतिपय साहित्यिक पत्रिकाका प्रकाशक÷सम्पादकले एकैचोटी पत्रिका र कृति तयार पारी प्रकाशित गर्ने
गरेका छन् । यस्तो प्रक्रियाअन्तर्गत प्रेसमा एक हजार छापिएको सामग्रीलाई २०० जति
पत्रिकाका रुपमा निकाल्ने र बाँँकीलाई कृतिका रुपमा प्रकाशन गरेर जनसमक्ष ल्याइने
गरिन्छ । कविता विशेषाङ्क, लघुउपन्यास
अथव लेखहरुको सङ्कलन, एउटै लेखकका एउटै विधाका रचना वा कथा, उपन्यास आदि पत्रिका विशेषाङ्क भनेर छापिने अनि पछि कृति
पनि बनाउने गरिन्छ । पत्रिकाका रुपमा केही विज्ञापन उठ्छ र छपाइ खर्च चल्छ ।
त्यसैबाट पुस्तक पनि तयार हुन्छ ।
ड्ड यदि साहित्यिक पत्रकारिता क्षेत्रमा केही सुविधा मिल्ने हो
भने सम्पादकले यसरी दोहोरो कष्ट झेल्नुपर्ने थिएन ।
ड्ड अनि यो परम्पराको थालनीचाहिँ नेपालको जेठो साहित्यिक
पत्रिका सुधासागरबाटै भएको पाइन्छ । सुधासागरमा छापिएका १८ वटा कवितालाई
कवितासङ्ग्रहका रुपमा वि.सं. १९५६ मा छापिएको थियो ।
ड्ड वि.सं. २०६७ सम्म पनि यो परम्परा केही पत्रिकाहरुले जीवितै
राखेका छन् । साहित्यिक पत्रकारिताको यस बाध्यात्मक स्थितिमा परिवर्तन आउन नसके
पनि साहित्य जगत्ले भने दोहोरो फाइदा (साहित्यिक पत्रकारिता र कृति) एकैचोटी पाउने
गरेको छ ।
समाचारपत्रको
साहित्यिकता
ड्ड साहित्यिका पत्रकारिताको विकासमा साप्ताहिक र दैनिक समाचार
पत्रिकाको समेत महŒवपूर्ण भूमिका रहेको हुन्छ । यस निम्ति
सबैभन्दा पहिले नेपालको जेठो समाचारपत्र गोरखापत्रलाई प्रमुख उदाहरणका रुपमा
लिनुपर्छ । गोरखापत्रले आफ्नो एक सय सात वर्षको इतिहासमा सयौँ व्यक्तिलाई
पत्रकारिता एवम् साहित्य लेखनको अभ्यास र शिक्षा दिँदै आएको छ । २००७ सम्म त
प्रायः लेखक–कविहरुको प्रतिभा देखाउने साधन गोरखापत्र नै
थियो ।
ड्ड राजा ‘जयपृथ्वीबहादुरले सञ्चालन
गर्दाको (वि.सं. १९५९–१९७०) दश स्वर्ण दशक मानिन्छ– गोरखापत्र साहित्यिक प्रकाशनक लागि । त्यसपछि पनि
गोरखापत्रमा साहित्यिक प्रकाशन भइरह्यो । विगत चार दशकदेखि गोरखापत्रले ‘शनिवासरीय विशेषाङ्क’ का
रुपमा कथा , कविता, निबन्ध, समालोचना, यात्रासंस्मरण
आदि प्रकाशन गरेर साहित्यिक पत्रकारिताको धर्म समेत थाम्दै आएको छ ।
ड्ड त्यसै गरी कान्तिपुरले पनि साहित्यिक स्तम्भका साथै शनिबारे
साहित्यिक विशेष सामग्री समेत दिने गरेको छ । हिमालय टाइम्स र समाचारपत्रले पनि
नियमित साहित्यिक स्तम्भ राखेका छन् । कतिपय साप्ताहिक पत्रिकाले पनि साहित्यिक
स्तम्भ राखेर यस क्षेत्रमा टेवा पु¥याएका
छन् । समाचारमूलक पत्रिकाहरुबाट साहित्य सेवामा जुन योगदान भएको छ, त्यो अझ बढ्दै गएमा साहित्यिक पत्रकारितालाई टेवा मिल्नेछ
भन्ने कुरामा साहित्यिक पत्रकारहरुले विश्वस्त हुने ठाउँ पर्याप्त छ ।
विद्युतीय–साहित्यिक पत्रकारिता
ड्ड प्रायः विद्युतीय सञ्चार माध्यम भन्नाले नेपालका रेडियो र
टेलिभिजन नै मुख्य रुपमा नाम लिनुपर्ने क्षेत्र हुन् । यद्यपि श्रव्य र
श्रव्यदृश्य– यी दुवै साधन सूचना–सञ्चारका मुख्य बाहक हुन् । समाचार र अन्य जनचेतनापरक
सामग्री प्रवाह गर्नु यी दुवैको मुख्य उद्देश्य हो । त्यसो भए तापनि यी दुवै
क्षेत्रबाट आ–आफ्नो प्रसारणकालदेखि नै केही मात्रामा भए पनि
साहित्यिक सामग्रीहरु प्रसारित हुने गरेका छन् । तर रेडियोले महिनामा दुई घण्टा र
टेलिभिजनले एक घण्टा समय मात्र साहित्यलाई दिने गरेको कुरा भने त्यति प्र्रशंसनीय
मानिहाल्नु हुँदैन ।
ड्ड २०४७ पछि रेडियोका विभिन्न एफ.एम सेवा प्रारम्भ र सञ्चालन
हुँदै आएका छन् । अहिलेसम्म ८१ ओटा एफ.एम. रेडियोले सञ्चालन अनुमति पाइसकेका छन् ।
त्यसै गरी आधा दर्जन टी.भी. च्यानल सञ्चालित छन् । प्रायः यी सबै सञ्चारमाध्यमबाट
साहित्य–संस्कृतिबारे यदाकदा केही चर्चा–परिचर्चा हुने गरेको छ ।
ड्ड कम्प्युटरको विकाससँगै वेभसाइट, इन्टरनेट पत्रकारिता पनि फैलिएको छ । ‘साइबर साहित्य’ नामबाट
पनि साहित्यको चर्चा हुन थालेको छ । त्यसो त मोबाइल फोनबाट प्रसारण हुने ‘एसएमएस साहित्य’ पनि
यति बेला चर्चाको विषय भएको छ । यो क्षेत्र
अनन्त छ । “ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ” –सम ।
ड्ड विद्युतीय सञ्चारमाध्यमको प्रसारणबारे सम्बन्धित निकायबाट
नयाँ नीति र कार्यक्रम बनाएर उपयुक्त ढङ्गले व्यवस्थापन गर्ने हो भने विद्युतीय
साहित्यिक पत्रकारितामा अझ व्यापकता आउन सक्छ । अनि मात्र एक्काइसौँ शताब्दी
प्रवेशको ढोका फराकिलो भएर जानेछ ।
अन्य
भाषामा साहित्यिक पत्रकारिता
साहित्यिक
पत्रकारिता नेपाली भाषा बाहेक अन्य भाषाहरुमा पनि फस्टाउँदै आएको छ । विभिन्न
मातृभाषामा साहित्यिक पत्रिका प्रकाशित हुँदै छन् । यी भाषामध्ये नेवारी भाषा
मैथिली, थारु, राई, लिम्बू, तामाङ, मगर, गुरुङ
आदि मुख्य छन् । नेपाली भाषामा थुप्रै साहित्यिक पत्रिकाहरु प्रकाशित हुन थालेका
छन् । नेवारीका मचाक्यव, पुलुकिसी, थायभू, नःलि, नसंःचा, झीःनेपाः
संस्कृति, थौ कन्हे मुख्य छन् । तामाङ भाषाका प्राङबोला
छारहान, तामाङ डाजाङजस्ता पत्रिका मुख्य छन् । मगर भाषाको लाङ्घाली, बीम्लीक र लाफाको नाम अगाडि छ । अनि मैथिली भाषामा आँगन, नैमिकानन, आकृति, पल्लव, मिथिला
वाणी आदि पत्रिकाको योगदान रहेको छ । यसैगरी डोट्यालीको गुगुल्डी उल्लेख्य छ ।
भोजपुरीमा मोजर, गमक, अजोरियाजस्ता
पत्रिकाले ठाउँ बनाएको छ । त्यस्तै थारु भाषाको गोचाली, राई भाषाको बुङवाखा, कोङ्पी, लिब्जुभुम्जु अनि लिम्बू भाषाका तानछोपा, पालाम् आदि महŒवपूर्ण
छन् । एकताका प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित सयपत्रीले विभिन्न भाषाका साहित्य, संस्कृतिलाई प्रकाशित गर्दै आएको थियो । यतिबेला
गोरखापत्रले समावेशीताको नाममा विभिन्न भाषाका सामग्री प्रकाशित गरिरहेको छ
। यस्ता सामग्रीमध्ये अधिकांश साहित्यिक रचना पाइन्छ ।
सय
अङ्क पार गर्ने पत्रिका
ड्ड साहित्यिक पत्रिकाले सय अङ्क पार गर्नु÷गराउनु भनेको चानचुने कुरा होइन । यति धेरै समस्या र
अप्ठ्याराहरु झेलेर पनि विभिन्न एक दर्जनभन्दा बढी पत्रिकाले सय अङ्क पार गरेका
छन् । अझ केही पत्रिका त पाँच सय अङ्क नाघ्ने पनि भइसकेका छन् । साहित्यिक
पत्रकारिता जगत्ले गौरव मान्नुपर्छ यस खुसीमा ।
ड्ड नेपालभित्रबाट ऋद्धिबहादुर मल्लको सम्पादकत्वमा शारदाले
वि.सं. १९९१–२०११ सम्म १८० अङ्क पु¥याएर आफ्नो समयको सबैभन्दा जेठो र बढी अङ्क प्रकाशन गर्ने
प्रत्रिकामा स्थान बनाइसकेको हो । प्रकाशन बन्द भएको ५२ वर्षपछि फेरि प्रारम्भ भएर
शारदा यति बेला आठ अङ्क पुगेको छ ।
ड्ड बनारसबाट काशीबहादुर श्रेष्ठको सम्पादकत्वमा वि.सं. १९९३ मा
प्रकाशन प्रारम्भ गर्ने उदय पत्रिका प्रथम चरणमा चौरासी अङ्क पुगेर बन्द भए पन्
िकेही वर्षदेखि पुनः प्रकाशित अङ्क समेत जोड्दा सय नाघिसकेको छ ।
ड्ड दार्जीलिङबाट पारसमणि प्रधानको सम्पादकत्वमा वि.सं. २००६–२०१५ सम्म प्रकाशित भारतीले १०८ अङ्क पु¥याएको थियो ।
ड्ड कैलाश भण्डारीको सुगन्धले २३८ अङ्क पार गरिसकेको छ ।
ड्ड रत्नश्री
(मदनदेव–शान्तदेव भट्टराई) पनि १८४ अङ्कसम्म पुगेर यति बेला स्थगित
भएको छ ।
ड्ड स्थापना–प्रकाशनकाल २०२७ देखि नै
एकरसता र एकरुपतामा चल्दै आएको नगेन्द्रराज शर्माको अभिव्यक्तिलाई यति बेला १३८ औँ
अङ्कको धावा छ ।
ड्ड त्यसो त रोचक घिमिरेको रचना पनि ९५ औँ अङ्कमा कुद्दै छ ।
नब्बेभन्दा माथिकालाई शतांङ्ककै पङ्क्तिमा लिन मिल्छ ।
ड्ड मोहन दुवालजीले बनेपा–कठमाडौँ, काठमाडौँ–बनेपाको अथक यात्रा गरेको
गरेकै गरी जनमत साहित्यिकलाई १२३ औँ अङ्कमा पु¥याएका
छन् ।
ड्ड प्राचीन संस्कृति, पुरातत्व, इतिहास आदि विषय समेटेर प्रकाशित हुने पूर्णिमाको १२६ अङ्क
प्रकाशित भइसकेको छ । त्यसै गरी प्राचीन नेपाल २०० अङ्कतिर पुगिसकेको छ ।
ड्ड भानु
भवानी घिमिरेको सत्प्रयासमा विभिन्न विशेषाङ्कसहित १३९ अङ्क प्रकाशित भइसकेको छ ।
ड्ड संस्थागत रुपमा प्रकाशित भएर साहित्यिक पत्रकारितमा विशिष्ट
योगदान पु¥याउनेमध्ये गोरखापत्र संस्थानबाट प्रकााशित
मधुपर्कले सम्पूर्ण साहित्यिक पत्रकारिता क्षेत्रमै अग्रिम स्थान बनाएको छ ।
मधुपर्कका २०६४ कार्तिकसम्ममा ४६१ अङ्क प्रकाशित भइसकेका छन् ।
ड्ड त्यसै गरी साझा प्रकाशनबाट प्रकाशित गरिमाले २९९ अङ्कमा
पुगेर दोस्रो कीर्तिमानी बन्ने अवसर पाएको छ ।
ड्ड यसरी नै तेस्रो स्थान ओगटेको छ– राष्ट्र बैङ्कबाट प्रकाशित मिर्मिरेले । यति बेलासम्म यसका
२६५ अङ्क पाठक सामु प्रकाशित भइसकेका छन् ।
ड्ड दार्जीलिङको नेपाली साहित्य सम्मेलनबाट प्रकाशित हुने
दियालो पनि १५० अङ्क पार गर्नेमा पर्दछ ।
ड्ड शब्दाङ्कुर पूर्णाङ्क ११० प्रकाशित भएको छ ।
ड्ड मदन पुरस्कार गुठीको नेपाली १९२ अङ्कको तयारीमाा जुटेको छ ।
ड्ड तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित
प्रज्ञा पत्रिकाको पनि शताङ्क पाठकसामु आइसकेको छ ।
पचास
अङ्क माथिका केही पत्रिका
ड्ड पचास अङ्कबाट माथि चढेका अथवा पुग्दै गरेका केही साहित्यिक
पत्रिकाहरुको विवरण दिनु उपयुक्त हुनेछ ः
ड्ड नकुल सिलवालद्वारा सम्पादित बगर विभिन्न वार्षिक
विशेषाङ्कसँगै ८५ औँ अङ्कमा प्रवेश गर्दैछ ।
ड्ड रामप्रसाद पन्तको नेतृत्वमा दायित्वले ६० औँ अङ्कमा प्रवेश
गरेको छ ।
ड्ड चूडामणि रेग्मीको जूहीले स्वयम् पूर्ण हुँदै साठी अङ्क पार
गरिसकेको छ ।
ड्ड अच्युतरमण अधिकारीको उन्नयन र शेषराज शिवाकोटीको ज्ञानगुनका
कुरा पचास नाघ्नेमा पर्दछन् ।
ड्ड अनि रघुजी पन्तको झिसमिसे, कुन्ता शर्माको सङ्कल्प, मातृका
पोखरेल, नवराज पुडासैनी ‘ज्योत्स्ना’ को कल्पतरू बत्तीसौँ अङ्कमा छ । वेदना आदि पचास पुग्ने तयारीमा
छन् ।
ड्ड त्यसो त कृषि विकास बैङ्कबाट प्रकाशित हुने गरेको समष्टिको
पनि ५५ अङ्क आइसकेका छन् । समकालीन साहित्यले ६१ अङ्क नाघेको छ । त्यसै गरी कविता
पनि पचास नाघ्नेमा पर्दछ । नव प्रज्ञापनको स्वर्ण अङ्क निस्किएको
छ ।
तम्घासको हाम्रो पुरूषार्थ पनि चालीसमा पुगेको छ । कौशिकीले पनि पाँच अङ्क पछि
स्वर्ण अङ्क प्रकाशित गर्दैछ र स्वर्ण अङ्क विषयक भावी योजना पनि सार्वजनिक
गरिसकेको छ ।
पत्रिका
ः विगतको स्थिति
ड्ड “आज हाम्रो मातृभाषा जगत्मा आधार नपाई रूँदी छँदी घर र शरण
माग्दै फिर्दैछिन् । त्राहि त्राहि भगवान्” उपन्यास
तरङ्गिणी वि.सं. १९५७ आजभन्दा १०७ वर्षअघि निस्किएको पत्रिकाले ग्राहक र पाठक
नपाउँदा गरेको गुनासो आज पनि उत्तिकै सान्दर्भिक छ ।
ड्ड “छपाइ र अन्य विभिन्न कारणले गर्दा निश्चित समयमा प्रकाशित
गर्न नसकेको” गुनासो शारदाले पहिलो अङ्कदेखि नै गर्दै आएको
कुरा पनि मननीय छ ।
ड्ड “जबसम्म भाषाको उन्नति हुँदैन, तबसम्म कुनै प्रकारको उन्नति हुँदैन । त्यसकारण हे नेपाली
बन्धु हो, सहयोग गर्नुहोस्”– वि.सं. १९७३ पुसमा भारतको खर्साङबाट पारसमणि प्रधानको
सम्पादनमा प्रकाशित चन्द्रिका मासिक पत्रिकाको भनाइ आज पनि उत्तिकै ताजै छ ।
ड्ड “नेपाली भाषाभाषीहरुका आर्थिक, नैतिक, सामाजिक
अवस्थाको सुधारका निम्ति विशुद्ध नेपाली भाषामा लेखिएका उच्च दर्जाका साहित्यिक
लेख, कविता प्रकाशन गरी जनतामा प्रचार गर्ने यो पत्रिकाको मुख्य
उद्देश्य हो ।” – भारती, सं.
पारसमणि प्रधान, सम्पादकीय, वर्ष
१, अङ्क १
ड्ड वि.सं. २००७ भन्दा अघि नेपालको तुलनामा विदेशबाट बढी
पत्रपत्रिका–विशेषतः साहित्यिक पत्रिकाहरु प्रकाशित हुन्थे
। भारतीय– हिन्दी, बङ्गाली, अङ्ग्रेजी आदि भाषाभाषिहरुले नेपालीलाई भषिक उन्नति नभएका
कारण हेप्ने गरेकाले पनि त्यस बेलाका नेपाली स्रष्टाहरु यसतर्फ प्रेरित भए । विदेश–भारतका विभिन्न ठाउँमा छरिएर बसेका नेपालीहरुलाई एकै
सूत्रमा जोड्ने र भाषा साहित्यको विकास गर्न गराउन पत्रपत्रिकाका नै सहायक बन्न
पुगे ।
ड्ड नेपालको निरङ्कुशतन्त्रबाट विरक्तिएका अथवा भारतका विभिन्न
क्षेत्रमा अध्ययन वा गुजाराका निम्ति गएका युवाहरुले भारतलाई नै आफ्नो प्रतिभा र
क्षमता अभिवृद्धि गर्ने उपयुक्त थलो ठानेर पत्रपत्रिका प्रकाशनमा लागेका थिए ।
ड्ड त्यसकारण त्यस बेलाका पत्रपत्रिकाका गतिविधिबारे अध्ययन
गर्दा नेपाल र विदेश भनी विभाजन गरेर पृथक् दृष्टिकोण राख्नु उपयुक्त देखिँदैन ।
ड्ड यद्यपि आज भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषाले
भारतीय भाषाहरुमध्ये एक प्रान्तीय, राज्यस्तरीय
भाषाका रुपमा मान्यता पाइसकेको छ । भारतीय विश्वविद्यालयहरुमा उतैका कवि एवम्
साहित्यकारका कृतिहरुलाई प्राथमिकता दिन थालिसकेको हुँदा नेपालभित्र र
नेपालबाहिरमा अन्तर देखा परिसकेको छ । तसर्थ यो प्रसङ्ग पनि उल्लेख्य नै छ ।
साहित्यिक
पत्रकारिताका समस्या
ड्ड राष्ट्रको विकास भनेको भौतिक उन्नति मात्र होइन । कुनै पनि
राष्ट्र वा समाजको समग्र उन्नतिमा व्यक्तिका मानसिक एवम् चेतनामूलक विकासको
आवश्यकता हुन्छ । राष्ट्रनिर्माणको आधारभूत संरचना तयार गर्न भौतिक निर्माणका साथै
मानसिक र नैतिक विकासको पनि उत्तिकै आवश्यकता छ । सम्पूर्ण मानवीय विकास नभएसम्म
समाज उन्नतिशील बन्न सक्तैन ।
ड्ड यस्तो मानसिक र चेतनामूलक–बौद्धिक जागरणमा साहित्यको उल्लेख्य भूमिका रहँदै आएको छ ।
साहित्यिक पत्रपत्रिकाका माध्यमबाट मात्र यस्तो कार्य सम्भव छ ।
ड्ड आजका साहित्यिक पत्रिका र तिनको सम्पादन कार्यमा संलग्न
पत्रकारहरुका थुप्रै समस्या छन् । साहित्यिक पत्रकरिताको सबभन्दा ठूलो समस्या
साहित्यिक पत्रकारहरुले पाठकहरुका आकांक्षाको पूर्ति गर्न नसक्नु नै हो ।
ड्ड हाल हाम्रा बजारमा हिन्दी र अङ्ग्रेजी भाषाका निकै
पत्रिकाहरु बिक्री हुन्छन् । नेपाली भाषाका केही पत्रिकालाई छाडेर प्रायः धेरै
नेपाली पत्रिका तिनको दाँजोमा पुग्न सक्तैनन् भनेर पाठकहरु छटपटिने गरेको देखिन्छ
। पत्रिकाका सामग्री र प्रस्तुतीकरण दुवै दृष्टिले हाम्रा साहित्यिक पत्रिकाहरु
उत्कृष्ट छन् तापनि विदेशी पत्रिकासँग प्रतिस्पर्धा गर्न मुस्किल परिरहेको तथ्य
अझसम्म टड्कारो छ ।
ड्ड गुणस्तरीय सामग्री कम हुने र पाठकको रुचिअनुसार पाठ्यविषय
थोरै मात्र हुने हुँदा साहित्यिक पत्रिका किन्ने ग्राहक आकर्षित नभएका हुन् भन्ने
कुरा कहिलेकाहीँ चर्चामा आउने गर्छ तापनि आजको हाम्रो साहित्यिक पत्रकाारिता निकै
माथि उठिसकेको कुरा सगर्व भन्न सकिन्छ ।
ड्ड यति हुँदा पनि अनुसन्धानमूलक र विशेष प्रकारका सामग्री दिने
पत्रिकाबाहेक बहुविधा सङ्कलन पत्रिककाहरुले विषयगत विविधताका बारेमा ध्यान नदिएको
र प्रकाशित सामग्री पनि पाठकका रुचिअनुसार नभएको गुनासो कतिपय विज्ञ पाठकहरुबाट
सुन्ने गरिन्छ । त्यसकारण पनि हिन्दी, अङ्ग्रेजी
आदि भाषाका पत्रिकाहरुतर्फ आकर्षित हुनु स्वाभाविक हो भन्ने गरिन्छ ।
ड्ड पाठकलाई आकर्षित पार्ने अर्को माध्यम पत्रिकाको कागज, छपाइ, चित्र, आवरण र अन्य साजसज्जा पनि हुन् । ‘आकर्षक साजसज्जाको आभावमा पत्रिकाहरुले व्यापकता प्राप्त
गर्न सक्तैनन्’ भन्नेहरुको कुरो अर्कै हो ।
ड्ड मुख्य कुरा हामीकहाँ पत्रिकाको वितरण अर्को ठूलो समस्या हो
। नेपालको भौगोलिक जटिलताले गर्दा यहाँ साहित्यिक पत्रिकाहरु ज्यादै सीमित रुपमा
वितरण हुन्छन् । कतिपय पत्रिकाहरु त ५०० सङ्ख्यामा मात्रै प्रकाशित हुन्छन् र ती
त्यसै थुपारिन्छन्, वितरण व्यवस्था नमिलेकाले पाठकले समयमा पत्रिका
पाउन सक्तैनन् । हामीमा पत्रिका किन्ने बानी पर्याप्त मात्रामा विकास भइनसकेको
साथै सामान्य पाठकहरु अहिलेका सबै पत्रिका किन्न सक्ने अवस्थामा नभएको स्थितिले
गर्दा पनि साहित्यिक पत्रिकाको प्रकाशन र प्रचार कम भएको भनेर चित्त बझाउने गरिन्छ
। वास्तवमा पाठकसमक्ष पु¥याउन नसक्नाले पनि यस्तो
स्थिति उत्पन्न भएको हो ।
ड्ड साहित्यिक पत्रिकासँग सम्बद्ध यस्ता समस्याका साथै पत्रकार
स्वयम्का समस्याहरु पनि छन्् । धेरैजसो व्यक्तिगतरुपमा सञ्चालित पत्रिकाहरु
सम्पादक वा प्रकाशकको लगानीबाट चलिरहेका छन् । ती पत्रिकाहरु सम्पादकको परिश्रम र
त्यागले जेनतेन चलिरहेका हुन्छन् । एउटै व्यक्ति–सम्पादक, प्रकाशक, विज्ञापन सङ्कलक, लेखक, वितरकसमेत भएर पत्रिका चलाउनु असाधारण कुरा हो । निजी
क्षेत्र भनेको प्रायः यस्तै नै हुने गरेको छ ।
ड्ड कुनै पनि सामग्री एक पटक प्रकाशित भएपछि समाजको विषय बन्दछ
। त्यो बजारमा जाने हुनाले बिक्रीको वस्तु बन्दछ र त्यसले समाजमा ठाउँ पाउने हुँदा
त्यसको मूल्याङ्कन पनि हुन्छ ।
ड्ड सय वर्ष नाघिसकेको र हजारौँ लेखक–कवि एवम् बुद्धिजीवीहरुको बौद्धिक भोजन बनेको साहित्यिक
पत्रकारिता क्षेत्र भने अझै पनि उपेक्षित छ । समाज र राष्ट्रले यस क्षेत्रलाई
उपयुक्त ठाउँ दिन सकेको छैन ।
ड्ड साहित्यिक पत्रकारिताले पेसागत रुप लिन सकेको छैन अनि
अझसम्म कतैबाट पनि कुनै भरपर्दो प्रोत्साहन पाएको छैन ।
ड्ड अहिलेसम्म साहित्यिक पत्रिका र सम्पादक–पत्रकारलाई अनुत्पादक तŒवका
रुपमा सरकार र समाज दुवैतिरबाट हेरिने गरिएको छ । साहित्यिक पत्रकार र पत्रकारिता
पनि एउटा महŒवपूर्ण सामाजिक रुपान्तरणको अङ्ग हो, प्रमुख सांस्कृतिक पक्ष हो भन्ने कुरा राष्ट्रले स्वीकार
गरेको छैन ।
साहित्यिक
पत्रकारको यथार्थता
ड्ड नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा प्रारम्भदेखि नै
साहित्यिक पत्रकारहरुले उल्लेखनीय भूमिका खेल्दै आएका छन् । समाजको मानसिक तथा
भावनात्मक विकासमा साहित्यिक पत्रिकाले विशेष याोगदान पनि दिँदै आएको छ । यसका
लागि नेपाली साहित्यिक पत्रकारहरुले आफ्नो जीवनको अत्यन्त महŒवपूर्ण समय आफ्नो श्रम र पूँजीसमेत पत्रिका सम्पादनमा लगाई
नेपाली साहित्यको सम्बद्र्धनका क्षेत्रमा महŒवपूर्ण
योगदान दिँदै आएका छन् ।
ड्ड साहित्यिक पत्रकारिताको क्षेत्रमा लाग्ने व्यक्ति निष्पृह र
निष्काम,
साधक एवम् योगी हुनुपर्ने यथार्थ साहित्यिक
पत्रकारितको प्रारम्भदेखि नै जन्मिएको हो । पत्रिका छाप्न र चलाउन ठूलो धैर्य
चाहिन्छ भन्ने कुरा पनि उहिल्यैबाट प्रमाणित हुँदै आएको छ ।
ड्ड “अरुले खिसी गर्लान् र इज्जत जाला तसर्थ ग्राहक बन्नुहोस्” भनी ‘सुधासागर’ले अनुरोध गरेको पनि सय वर्ष नाघेको छ ।
ड्ड ‘शारदा’ पत्रिकाका
सम्पादकले सधैँभरि घाटा मात्र सहनुपरेको व्यथा धेरैतिर पोखिसकेको कुरा हो ।
ड्ड कमल दीक्षितले साहित्यिक पत्रिकाहरुलाई साविक रोगले थला
पारेको कुरा धैरैतिर व्यक्त गरेका छन् ।
ड्ड “साहित्यिक पत्रिका छपाउनु, चलाउनु र यसलाई धान्नु सजिलो कुरा छैन । त्यसमा पनि मासिक
साहित्यिक पत्रिका चलाएर निरन्तर धान्नु आठौँ आश्चार्य लाग्छ”, भन्ने जगदीश समसेरको भनाइ मननीय छ ।
ड्ड यसरी नेपाली साहित्यिक पत्रकारिताको समस्या सम्बन्धी
प्राचीन इतिहासको यथार्थ आजका साहित्यिक पत्रिकाले पनि भोग्नुपरेको छ । एक्काइसौँ
शताब्दीले पनि यस क्षेत्रलाई चाहिँ छुन सकेको छैन ।
ड्ड राजधानीभन्दा मोफसलमा झन् धेरै समस्या झेल्नुपर्छ । तापनि
धेरै पत्रिकाहरु मोफसलबाट प्रकाशित हुने गरेका छन् । मोफसलबाट प्रकाशित हुने
पत्रिकहरुले अँध्यारोमा लुकेका प्रतिभाहरुको उद्घाटन र उच्चस्तरीय रचनाको
प्रकाशनसमेत गर्ने गरेका छन् ।
ड्ड प्रत्येक लेखकले आफ्नो रचना अरुकोभन्दा राम्रो ठान्छ, ठान्नु पनि पर्छ । प्रतिभाको विकस यसरी नै हुने गर्छ ।
त्यसकारण रचनागत विशिष्टताभन्दा छाप्न पाए पुग्यो भन्ने भावना प्रबल हुनु
स्वाभाविक हो । समाजमा त्यसले कस्तो प्रभाव पार्दछ भन्ने कुरा हेरिँदैन ।
कहिलेकाहीँ त कतिपय सामग्रीले पाठकको मानसिक बलात्कार पनि गर्नेगर्छ ।
ड्ड लेखकहरुमा यस्तो मिचाहा प्रवृत्ति हुनुहुँदैन । यसो भनेर
टिकाटिप्पणी गर्नेहरु पनि छन् । पत्रिकाको पृष्ठसङ्ख्या र छपाइका आधारको कुनै
मापदण्ड छैन । बीस पेज.... सय–दुई सय पेज जति–जत्रो छापे पनि भयो । त्यसै गरी सम्पादक हुन कुनै पनि
मापदण्ड छैन तर यी दुवै कुरामा एउटा निश्चित मापदण्ड हुनुपर्छ भन्नेहरु पनि
भेटिएका छन् ।
साहित्यिक
पत्रकारिता–जटिल कर्म
ड्ड साहित्यिक पत्रकारिता अत्यन्तै जटिल विषय हो । यस क्षेत्रमा
लाग्ने व्यक्ति सुयोग्य हुनुपर्छ । सम्पादन कुशलता र भाषिक दक्षता प्रमुख पक्ष हो । शुद्ध र स्तरयुक्त सामग्रीले मात्र साहित्यिक पत्रिका
शोभित हुन्छ ।
ड्ड नेपाली पत्रकारिताको इतिहास साहित्यिक पत्रकारिताबाट
प्रारम्भ भए पनि यो पत्रकारिता अझसम्म उन्नत हुन सकेको छैन । राष्ट्रको समग्र
उन्नति र विकास, उच्च चेतनशील समाजको. आधार– भाषा, साहित्य
र संस्कृति हो भनिन्छ तर व्यवहारमा त्यस्तो हुने गर्दैन ।
ड्ड आज पनि सरकारी दृष्टिकोण यो क्षेत्र अनुत्पादक हो भननेमा
अटल रहने गरेको छ ।
ड्ड साहित्यिक पत्रिकार पत्रकारले जनचेतना र सामजिक जागृतिका
लागि, राष्ट्रियता सम्बद्र्धनका निम्ति जतिसुकै काम गरे पनि
सत्तापक्ष वा समर्थ पक्षले चासो राखेको हुँदैन । ‘समाचारपत्र’हरुलाई
सन्तुष्ट राख्न भने सरकार सधैँ प्रयत्नशील रहने गर्छ ।
ड्ड साहित्यकार समाचार लेखकजस्तो हानी–नोक्सानीका, जय–विजय वा स्तुतिगानका कुरा लेख्तैन । त्यसकारण पनि होला
साहित्यिक पत्रकारलाई महŒव नदिइएको । साहित्यिक
पत्रकारले प्रयोग र प्रवृत्तिका दुराचार, भ्रष्टाचार
एवम् दमनका कुराहरु प्रतीक, उपमा
र बिम्बका माध्यमबाट अभिव्यक्त गर्छ । दूरगामी प्रभाव पर्ने कुरा लेख्छ ।
ड्ड समाचारपत्रजस्तो सनसनी फैलाउने र तर्साउने कुरा लेख्दैन ।
समाज बदल्न सक्ने, राष्ट्रको उत्थान गर्न सक्ने स्थिर दूरगामी
विषयहरुमा कलम चलाउँछ । भूत–वर्तमान–भविष्य अर्थात् त्रिकाल हितकारी कुरा लेख्छ । भर्खरै
सिर्जनातिर लाग्न थालेकाहरुलाई नवोदित स्रष्टा बनाइदिन्छ । केही पुरानालाई खारिने
र माझिने मौका दिन्छ । त्यसकारण साहित्यिक पत्रकारिता राज्यको कुनै अङ्गमा नपरे के
भयो त । यसले आफ्नो कर्म गरिरहेकै हुन्छ ।
व्यवसायिकताको
चर्चा र चुनौती
ड्ड साहित्यिक पत्रिकालाई व्यवसायिकतातिर लाने चर्चा पनि
कहिलेकाहीँ उठ्ने गर्छन् । पत्रिका राम्ररी चलाउनु, निरन्तरता दिनु र केही लाभ प्राप्त गर्नु– व्यवसायिकता हो । यसो हुने मुख्य कुरा हो– अर्थमा निर्भरता ।
ड्ड “पत्रिकामा राम्रो सामग्री दिनुप¥यो । प्रशस्त विज्ञापन उठाउनुप¥यो । ग्राहकको सङ्ख्या बढ्नुप¥यो र बिक्री प्रवद्र्धन राम्रो हुनुप¥यो । अर्थ आर्जन भइहाल्छ किन गुनासो गर्ने ?” यस्ता उपदेश शब्दहरु बर्साउने प्रशस्तै छन् । तर यस
क्षेत्रको वास्तविकता कसैले बुझ्नै प्रयास गर्दैनन् ।
ड्ड साहित्यिक पत्रिकालाई व्यवसायिकताको कुरामा अल्झाउनु व्यर्थ
लाग्छ । साहित्यिक पत्रिका त्यो पनि व्यवसायिक ? अन्तद्र्वन्द्वग्रस्त विषय हो–यस्तो कुरा भन्ने गर्छन् भुक्तभोगीहरु । अनि धेरै सङ्ख्यामा
छापिने र केही विज्ञापन पनि पाउने संस्थागत भनिएका मधुपर्क र गरिमा जस्ता पत्रिका
नै घाटामा चलेका छन् । निजी क्षेत्रका कुनै–कुनै पत्रिकका घाटानाफा बराबरीमा चलेका छन् र केही
पत्रिकाका सम्पादकले सानोतिनो आर्जन गर्ने गरेको भए पनि त्यो सम्पादकको एक्लो
प्रयास हो । त्यो व्यवसायिक विकास होइन ।
ड्ड व्यवसायिक विकासका लागि संस्थागत रुप तयार हुनुपर्छ ।
संस्थागत स्वरुप बनेपछि सम्पादक, प्रकाशक, लेखक, पत्रकर
र सम्बन्धित पत्रिकासँग सम्बद्ध सबैले श्रमअनुसार पारिश्रमिक पाउन सक्छन् ।
पत्रिका सुदृढ हुन सके पारिश्रमिक दिने हो । भाषणले मात्र पुग्दैन । नत्र
साहित्यिक पत्रकारिता रहर मात्रै हुन्छ ।
ड्ड साहित्यिक पत्रिकाले लेखकस्व दिँदैनन् भनेर लेखकहरु चित्त
दुखाउने गर्दछन्् । सम्पादकको पनि बाध्यता छ । मधुपर्क, गरिमा, मिर्मिरे, मनोभाव, समष्टि, गुञ्जनजस्ता संस्थागत पत्रिकाले बाहेक अन्य केहीले
चाहिँ स्रष्टासँँग मागेका विशेष प्रकारका रचनाका लागि पारिश्रमिक दिने गरेका छन् ।
सम्पादकले दिन नचाहेर होइन, नसकेर
हो । पीरमर्का बुझिदिनुपर्छ । हाम्रा स्रष्टाहरु बुझ्ने छन् । त्यसकारण साहित्यिक
पत्रिका चलाउने र पत्रकाारिता गर्नेले नाफा–आयआर्जन
गर्ने व्यवसायिकताभन्दा स्तरीय रुपमा संस्थागत स्वरुपमा चल्ने व्यवसायिकताको चर्चा
गर्नु श्रेयकर होला ।
ड्ड वास्तवमा साहित्यिक पत्रकारिता भनेकै चुनौतीपूर्ण क्षेत्र
हो । यसमा लाग्नेले सधैँ चुनौतीको सामना गर्नुपर्छ । चुनौतीबाट नआत्तिई यस
क्षेत्रको विकासमा निरन्तरता दिने हो भने राष्ट्र र समाजलाई सही दिशा दिन र जनतामा
संस्कारयुक्त चेतना भर्नसक्ने सम्भावनाहरु पनि साहित्यिक पत्रकारिताभित्र रहेका
छन् ।
ड्ड यसभित्रका चुनौतीहरुलाई समाधान गर्न सरकारी पक्ष वा अन्य
निकायसमेतबाट कुनै प्रकारको सहयोगको अपेक्षा नगरे हुन्छ । यस क्षेत्रका समस्या र
अप्ठ्याराहरु पत्रिका प्रकाशनमा लागेका सम्पादक–प्रशासकले आफैँ व्यहोर्नुपर्ने, सुल्झाउनुपर्ने र समेट्नुपर्ने कुरा पनि निर्विवाद छ ।
ड्ड साहित्यिक पत्रकारिता भनेको शुद्ध साहित्यिकता हो । उत्तेजक, नग्न र सस्ता सामग्री तथा अश्लीलप्रायः साजसज्जा साहित्यिक
पत्रकारिता हुन सक्तैन । साहित्यिक पत्रकारको समर्पणभाव र एकाग्र संलग्नताले मात्र
साहित्यिक खुराक दिएर बौद्धिक जगत्लाई सन्तुष्टि दिन सक्छ । यदि सम्पादक आफैँले
गुनासो र असन्तुष्टि देखाउने ग¥यो भने पाठक एवम् बौद्धिक
क्षेत्रले कोसँग गुनासो पोख्ने ? तसर्थ
यस क्षेत्रमा लाग्ने वा लाग्न चाहने सम्पादक /प्रकाशकले गुनासो वा अनास्था प्रकट गरेर पाठकमन बिथोल्नु
उपयुक्त नहुने हुँदा सधैँ दृढ र स्थिर रहनसक्ने हुनुपर्छ भन्ने कुरामा पनि सङ्घबाट
निर्देशन प्राप्त हुने नै छ ।
साहित्यिक
पत्रकारिता व्यवधान
ड्ड दुर्गम र मध्यसुगम क्षेत्रमा यातायातको असुविधा÷उच्च शिक्षित व्यक्तिहरुको कमी÷क्रयशक्तिको अभाव÷राजधानी
र केही ठूला सहरबाहेक अन्यत्रका साहित्यिक पत्रिका र प्रतिभाहरुको उपेक्षा÷हुलाकको दुव्र्यवस्था र चर्को हुलाक महसुल÷पदासीन र सत्तासीनहरुद्वारा साहित्यिक पत्रकारिताप्रति
अनास्था÷विज्ञापन नीतिको अभाव÷व्यक्तिमुखी
प्रवृत्ति÷सबैभन्दा मुख्य–सरकारी यन्त्र र राजनीतिकहरुद्वारा यस क्षेत्रलाई अनुत्पादक–लाभहीन विषय सोचिनु आदि कुरा साहित्यिक पत्रकारिताका
व्यवधानका विषय हुन् ।
ड्ड साहित्यिक पत्रकारिता फस्टाउन पत्रपत्रिकाको बिक्री–वितरणको विकास हुनुपर्छ । विज्ञापनको समुचित व्यवस्था
आवश्यक छ । पुस्तकालयको कुरा गर्दा काठमाडौँ महानगरपालिकामा समेत गतिलो सार्वजनिक
पुस्तकालय छैन भने अन्यत्रको के कुरा ? देशका
ठूलाठूला सहर र जनघनत्वको क्षेत्रमा सर्वजनिक पुस्तकालयहरुको समुचित व्यवस्था
साहित्यिक पत्रकारिताको सम्बद्र्धनका लागि आवश्यक कुरा हुन् । सरकारले पुस्तकालयको
व्यवस्थापनप्रति जुन रुपमा चासो देखाउनुपथ्र्यो पटक्कै देखाएको छैन ।
राणातन्त्रदेखि प्रजातन्त्र अनि शाहतन्त्र फेरि प्रजातन्त्रदेखि लोकतन्त्रसम्मको
यस लमो यात्रामा पनि सरकार र सरकारी नीतिमा खासै परिवर्तन आउन सकेको छैन ।
ड्ड अझै पनि हाम्रो समाजले सङ्क्रमणकाल नै भोग्नु परेको छ ।
पुस्तकालयहरु भनेका साहित्यिक पत्रपत्रिकाहरु खपत हुने ठूला स्रोत हुन् । तर स्रोत
नै नफस्टाएका कारण साहित्यिक पत्रकारिताको विकासमा अवरोध उत्पन्न भएको छ ।
ड्ड बाह्य सांस्कृतिक अतिक्रमण र प्रदूषणबाट पनि पाठ्यसामग्री
नराम्रोसँग प्रभावित भएका छन् । सस्ता, हल्का, उत्तेजक र अश्लील पत्रिकाहरुले बजार भरिएका छन् । यसलाई
रोकथाम गर्न नसके पनि नियन्त्रण गर्न सरकारले कुनै कदम चालेको छैन । कुनै ठोस नीति
बनाएको छैन । यसले पनि यो पत्रकारिता फस्टाउन बाधा पु¥याएको छ ।
केही
भन्नुपर्दा
ड्ड साहित्यिक पत्रकारिताको उत्पादनका आधार भनेका साहित्यिक
पत्रपत्रिका हुन् । साहित्यिक पत्रिका प्रकाशन र सम्पादनका लागि राष्ट्रिय स्तरमा
नै एउटा गहन र दूरगामी नीति–नियमको तर्जुमा हुनुपर्छ ।
जसले साहित्यिक पत्रिकाहरुको मापदण्ड निर्धारण, तिनको
समुचित विकास, प्रोत्साहन र सुविधा प्रदान गर्ने कुराका साथै
जनस्तरको सहयोग र सरकारी अनुदानसमेत जुटाई भरपर्दो कोष स्थापना गर्न योगदान दिन
सकोस् ।
ड्ड साहित्यिक पत्रकारिताको विकास र सम्बद्र्धनका लागि विगतमा
पनि प्रेस काउन्सिल र अन्य केही संस्थाहरुबाट विभिन्न गोष्ठी र छलफल कार्यक्रम
भएका थिए । कतिपय गोष्ठीहरुबाट सुझाव र आवश्यक सुधारका कुराहरु पनि पारित भएका थिए
। तर कार्यान्वयन गर्ने र गराउने प्रयास हुन नसक्ता त्यत्तिकै सेलाएर गयो ।
ड्ड सरकारी, अर्धसरकारी
र अन्य क्षेत्रबाट विज्ञापन सहयोग जुटाई साहित्यिक पत्रकारितालाई बचाउन एउटा
छुट्टै नीति निर्माण हुनुपर्छ । साहित्यिक पत्रिकाको प्रकाशन र नियमितताका लागि
समुचित रुपमा प्रदान गरिने यस्तो विज्ञापन बलियो आधार हो ।
ड्ड साहित्यि पत्रकारिताको विकासका लागि पाठकहरुमा पढ्ने बानीको
विकास गराउनु आवश्यक छ । संस्थागत र व्यक्तिगत रुपमा पनि साहित्यिक पत्रिका किन्ने, बटुल्ने र पढ्ने प्रवृत्तिको विकास गर्न एउटा सामूहिक
अभियान चलाउनु आवश्यक छ ।
ड्ड यस्तो सामूहिक अभियान सञ्चालनका लागि व्यक्तिगत प्रभाव, राजनीतिक प्रभाव वा अन्य कुनै प्रभावभन्दा माथि उठेर
निष्पक्ष मूल्याङ्कन गर्ने बानीको विकास हुनु आवश्यक छ ।
ड्ड साहित्यिक पत्रकरितासम्बन्धी गोष्ठी–सेमिनार गर्न, साहित्यिक
पत्रकारलाई देशदर्शन र समय–समयमा विदेश भ्रमणको
व्यवस्था गर्न गराउन समेत एउटा दह्रो निकाय बन्नुपर्छ ।
ड्ड न्यायोचित ढङ्गबाट प्राप्त भएका सुविधाहरुद्वारा साहित्यिक
पत्रकारिता जगत् सुदृढ भएर राष्ट्रको साहित्य, कला
एवम् संस्कृति उत्थान गर्न समर्थ हुन सक्नेछ ।
प्रेस
काउन्सिलको भूमिका
ड्ड पत्रकारिता सम्बन्धी आचारसंहिताको निर्माणका साथै त्यसको
पालना भए नभएको छानबिन गरी पालना नगर्ने पक्षलाई सजाय गराई दण्डित समेत गर्ने
कार्यका निम्ति २०२७ मा प्रेस काउन्सिलको स्थापना भएको थियो । उक्त प्रेस काउन्सिल
ऐन–२०४८ अनुसार साहित्यिक–पत्रकारिताको
क्षेत्रमा उल्लेखनीय येगदान दिएका एक जना व्यक्तिलाई सदस्यका रुपमा काउन्सिलमा
प्रतिनिधित्व गराइँदै आएको छ ।
ड्ड “पत्रकारिताको पेशागत उच्चतम आचार कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास र सम्बद्र्धनका
लागि स्थापना भई सञ्चालन हुँदै आएको प्रेस काउन्सिलले पत्रकारसम्बन्धी आचारसंहिता
तयार गरी लागू गर्ने र पत्रकारको अभिलेख राख्ने जस्ता काम गर्दै आएको छ ।”
ड्ड पत्रकारहरुलाई यथासम्भव औषधोपचार सहयोग उपलब्ध गराउने, मोफसलका पत्रकारिताको संस्थागत विकासका लागि पत्रकारलाई
सहयोग दिने, गोष्ठी आदि गर्ने काम पनि प्रेस काउन्सिलकै
जिम्मा रहेका छन् । तर साहित्यिक पत्रकारका लागि भने त्यस्तो कुनै व्यवस्था भएको
देखिँदैन । केही समयअघि काउन्सिलले मासिक, द्वैमासिक
र त्रैमासिक साहित्यिक पत्रिकालाई पनि वर्गीकर गर्न सुरू गरेको छ ।
ड्ड काउन्सिलको विवरणअनुसार नेपालभित्र दैनिक, साप्ताहिक, अर्धसाप्ताहिक
र पाक्षिक गरी जम्मा २२५३ भन्दा बढी पत्रपत्रिकाहरु दर्ता भएको पाइन्छ तर
काउन्सिलको विवरणअनुसार ५४ ओटा साहित्यिक पत्रिका मात्र नियमित प्रकाशित हुने भनेर
राखिएको छ । काउन्सिलमाा प्राप्त भएका भनेर ११९ ओटा पत्रिकाको नाम दिइएको छ ।
त्यसै गरी मासिक र अन्य भनेर २२३ ओटा पत्रिकाहरुको उल्लेख छ । २० ओटा साहित्यिक
हवाइपत्रका नाम छन् । यसै गरी साहित्यिक सङ्कलन भनेर १९ ओटा पत्रिकाको विवरण
छ । (स्रोत ः प्रेस काउन्सिल नेपालको एकतीसौँ वार्षिक प्रतिवेदन–२०६३) (–अनुसन्धाता एवम् साहित्यिक
पत्रकारिता विशेषज्ञ शिव रेग्मीका अनुसार देशभरिबाट प्रकाशित सबैखाले साहित्यिक
पत्रिकाको सङ्ख्या करिब पाँच हजार पुगेको छ तर यसको वर्गीकरणसहित विवरण तयार
भइसकेको छैन ।)
ड्ड “नेपाली साहित्यिक पत्रकरिता जगत्को विकास एवम् सम्बद्र्धन
गर्न तथा यस जगत्ले भोग्नुपरेका समस्याहरुको समेत अनुसन्धान गरी समाधनको निकास
पहिल्याउने उद्देश्यले ‘नेपाली साहित्यिक–पत्रकारिता उपसमिति’ गठन
भएको हो । साहित्यिक–पत्रकारिताको क्षेत्रमा रहेका अवरोध तथा
व्यवधान हटाई समस्या समाधान गर्ने.... । प्रेस काउन्सिलले आफ्नो सीमित स्रोत र
साधनले भ्याएसम्म साहित्यिक–पत्रकारिताको अभिलेख राख्ने
कामलाई केही मात्रामा भए पनि निरन्तरता दिँदै आएको छ ।” (प्रेस काउन्सिल वार्षिक प्रतिवेदन–२०५५)
ड्ड प्रेस काउन्सिलम ‘विधागत
पत्रकारिता विकास उपसमिति’ भित्रको
एउटा सानो प्रकरण मात्र हो– साहित्यिक
पत्रकारिता । जस्तै– आर्थिक पत्रकारिता, खेलकुद पत्रकरिता, शिक्षा
पत्रकारिता, व्यङ्ग्यचित्र पत्रकरिता, वातावरण पत्रकारिता, संसदीय
पत्रकारिता, स्वास्थ्य पत्रकारिता, चलचित्र पत्रकारिता, फोटो
पत्रकारिता अनि अन्त्यमा साहित्यिक पत्रकारिता ।
ड्ड यसरी प्रेस काउन्सिलले साहित्यिक पत्रकारिता क्षेत्रबाट एक
जना सदस्य राख्ने व्यवस्था गरे तापनि यी उल्लेख भएका पत्रकरितासँगै ‘साहित्यिक पत्रकारिता’ लाई
जोडेर झन् कमजोर र निरीह बनाएको आभास हुन्छ ।
ड्ड साहित्यिक पत्रकारिता क्षोत्र र सरकारका बीच राम्रो र बलियो
सम्बन्धसूत्र मात्र होइन समग्र विकासका निम्ति आधारभूमि बनेर प्रेस काउन्सिल
उभिएला भन्ने आशा पनि यस्तो विवरण देख्दा त्यत्तिकै सेलाउँदै जानु स्वाभाविक हो ।
ड्ड प्रेस काउन्सिलमा साहित्यिक पत्रकारिताबाट प्रतिनिधित्व
गर्ने व्यक्तिले यसतर्फ विशेष सक्रिय ध्यान दिनु आवश्यक छ ।
ड्ड त्यसकारण अबका दिनमा यस क्षेत्रको समग्र विकासका निम्ति
एउटा दूरगामी तर सक्रिय कार्यनीति तयार पारेर कार्यान्वयनतर्फ बढ्न विशेष पहल
गर्नु आजको आवश्यकता हो ।
विश्रान्तितिर
ड्ड यस पटक ‘नेपाल साहित्यिक पत्रकार
सङ्घ’ को संयोजनमा यो विशेष गोष्ठी सम्पन्न भएको छ । विगतका
यसखाले गोष्ठीहरुसमेतका विभिन्न अनुभवहरुलाई समेटेर आजको यस गोष्ठीले एउटा निश्चित
आधार तयार गर्न सकेको खण्डमा निश्चय पनि फलदायी हुनेछ ।
ड्ड देशभरिका प्रतिष्ठित साहित्यिक पत्रकारहरुको यस असाधारणा
भेलाको छलफल र सहमतिबाट एउटा दूरगामी, गहन, गम्भीर र व्यावहारिक सुझाव एवम् कार्यक्रम तयार पारी
साहित्यिक पत्रकारितासम्बन्धी एउटा राष्ट्रिय नीति र योजना निर्धारित गर्न सकियोस्
भने गोष्ठी सार्थक हुनेछ ।
ड्ड राष्ट्र र समाजको संस्कार निर्माणमा साहित्यिक पत्रकारिताले
गर्न सक्ने र सम्पादक हुन चाहनेले आफूलाई सुयोग्य बनाउनु आवश्यक छ भन्ने कुरामा
निश्चित मापदण्ड र आधारहरु तयार हुनु आवश्यक छ । साथै साहित्यिक पत्रकारिता–समाचार पत्रकारिताभन्दा जटिल र कठिन कार्य हो भन्ने तथ्यलाई
प्रत्येक साहित्यिक सम्पादकले बुझ्नु आवश्यक भएको कुरामा पनि गोष्ठीले एउटा
रुपरेखा तयार पारिदिनेछ ।
ड्ड निश्चय पनि नेपाल साहित्यिक पत्रकार सङ्घद्वारा आयोजित यस
बृहत् भेलाबाट एउटा ठोस कार्यनीति तयार हुनेछ ।
ड्ड यस बृहत् भेलाबाट साहित्यिक पत्रिका र साहित्यिक
पत्रकारहरुको निर्देशिका तयार गरी त्यसलाई अद्यावधिक बनाउँदै लैजान एउटा छुट्टै
कार्यदल गठन गर्नु उपयुक्त हुनेछ ।
ड्ड साथै साहित्यिक पत्रकारहरुलाई साहित्यिक पत्रिकाको
क्षेत्रमा लेखन, सम्पादन र प्रकाशन आदिका बारे परिचित गराउन
नियमित रुपमा कार्यशालाहरुको व्यवस्था गर्नु आवश्यक देखिन्छ ।
ड्ड साहित्यिक पत्रकारहरुलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका सम्मेलन, गोष्ठी, कार्यशाला
र प्रशिक्षण कार्यक्रमहरुमा सहभागी हुने व्यवस्था मिलाउँदै जानु पर्नेछ ।
ड्ड साहित्यिक पत्रकारहरुलाई पनि समाचार पत्रकारहरुलाई जस्तै
देशभित्र र देशबाहिरको यात्रामा सुविधा उपलब्ध गराउन आवश्यक कार्यबाही
चलाउनुपर्नेछ ।
ड्ड साहित्यिक पत्रिका र साहित्यिक पत्रकारलाई प्रोत्साहन
स्वरुप विभिन्न पुरस्कारको व्यवस्था गर्नुपर्नेछ ।
ड्ड साहित्यिक पत्रिकाको अभिवृद्धिका निम्ति साहित्यिक
पत्रिकाहरुलाई सहुलियत दरमा ऋण, छाप्ने
प्रेस र कागत आदि आवश्यक साधन उपलब्ध गराउने सम्बन्धित निकायसँगको सहकार्य गरी
एउटा नीतिगत आधार तयार पार्नुपर्नेछ ।
ड्ड सरकारी वा संस्थानका विज्ञापनहरु समुचित रुपमा उपलब्ध गराउन
पनि पहल गर्नुपर्नेछ ।
ड्ड साहित्यिक पत्रिकाहरुको वितरणको राम्रो व्यवस्था गर्न
मन्त्रालय, दूतावास र संस्थाहरु तथा अन्य सरकारी
कार्यालयले समेत नियमित रुपमा पत्रिका किन्ने व्यवस्था हुनुपर्नेछ । साथै
मुलुकभरिका यातायात साधन र हुलाक दस्तुरमा पनि सहुलियत गराउन आवश्यक व्यवस्था
मिलाउनुपर्नेछ ।
ड्ड यति बेला अर्थात् लोकतान्त्रिक अभियान चलेका बेला एउटा
निर्दिष्ट मार्ग पहिचान गर्न सक्ने धेरै सम्भावनाहरु छन् । जसबाट साहित्यिक
पत्रकारिता क्षेत्र इतिहासको दुरुह भोगाइबाट मुक्त भएर सक्षम र आत्मनिर्भर हुन
सकोस् ।
ड्ड साहित्यिक पत्रकारिताको एक सय वर्षभन्दा लामो इतिहास र यस
इतिहासका सम्पूर्ण पक्षलाई यस सनो आलेखमा आबद्ध गर्न सक्ने कुरा होइन । यो
रेखाचित्र र सानो अवलोकन मात्र हो । केही प्रवृत्ति र अवधारणाको सङ्केत मात्र हो ।
ड्ड यथासम्भव नेपालभित्र र बाहिर नछुट्याइ दुवै क्षेत्रको ‘साहित्यिक पत्रकारिता’बारे
सङ्क्षेप–विवरण प्रस्तुत गर्ने जमर्को भएको छ । यसमा
धेरै पत्रिकाका नाम र कामहरु छुटेका छन् ।
ड्ड चार–पाँँच सय पृष्ठको सिङ्गो
कृतिमा पनि समेट्न नसकिने यत्रो गहन विषय यो एउटा सानो आलेखमा सम्भव हुन सक्तैन ।
विज्ञ साहित्यिक पत्रकाहरुसमक्ष धेरै भनिरहनु पर्नेछैन ।
ड्ड साहित्यिक पत्रकारिता अतीतदेखि वर्तमानसम्म एकै प्रकारको
समस्याबाट जेलिँदै–गुज्रिँदै आएको छ । समस्या, सुझाव, नीति, अवधारणा, अवस्था, व्यवस्था चिन्ता–चासो
र सरोकार एउटै प्रकारको छ । यस क्षेत्रले नितान्त एक्लो पक्षका रुपमा सङ्घर्ष
गर्दै आएको छ । साहित्यिक पत्रकारिताको क्षेत्र एउटा निरन्तर यात्रा हो । यात्रा
भन्ने कुरा सधैँ जटिल र जोखिमपूर्ण हुने गर्छ भनेर चित्त बुझाउँदै आफ्नो यात्रालाई
निरन्तरता दिनुको विकल्प छैन पनि ।
सन्दर्भ
सामग्री
ड्ड नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास ।
ड्ड नेपाली पत्रकारिताको विकासक्रम– प्रेस कउन्सिल, २०५५
।
ड्ड प्रेस काउन्सिल नेपाल–चौँतीसौँ
वार्षिक प्रतिवेदन, २०६५÷०६६ ।
ड्ड दियालो वाङ्मय विशेषाङ्क, सन् १९८४, दार्जीलिङ
।
ड्ड सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति मस्यौदा, २०५७ र २०६३ ।
ड्ड गोरखापत्र शतवार्षिकी विशेषाङ्क÷रुपरेखा वाङ्मय विशेषाङ्क÷स्रष्टा र साहित्य – उत्तम
कुँवर ।
ड्ड कालो अक्षर– कमल
दीक्षित ।
ड्ड मधुपर्कका विभिन्न विशेषाङ्कहरु÷राष्ट्रव्यापी साहित्यिक पत्रकार सम्मेलन २०४५ मा श्री
भवानी घिमिरे÷ डा. चूडामणि बन्धु÷ डा. रामदयाल राकेशद्वारा प्रस्तुत कार्यपत्रहरु ।
ड्ड अनुसन्धाता एवम् पत्रिका सङ्कलक शिव रेग्मी र निजको
पुस्तकालय ।
ड्ड पत्रकरितासँग सम्बद्ध विविध पत्रपत्रिका एवम् लेख र कृतिहरु
।
हेटौँडा, मकवानपुर
(प्रस्तुत
कार्यपत्रको केही अंश लेखक स्वयम्ले पुनर्लेखन गर्नुभएको हो – सम्पादक)
नेपालको
साहित्यिक–पत्रकारिता :समस्या र समाधान
विष्णु
प्रभात
अवधारणा
र पृष्ठभूमि :
१.
साहित्यिक–पत्रकारिता पत्रकारिताकै एउटा विशिष्ट रुप हो, जसले साहित्यका विविध विधाको अभिवृद्धिका निम्ति स्रष्टाका
सिर्जना र द्रष्टाका मूल्याङ्कनलाई संयोजन गरी पाठकहरुमा पस्कन्छ । वाङ्मय, कला र सङ्गीतका क्षेत्रमा योजनाबद्ध वा स्वस्फूर्त ढङ्गबाट
सञ्चालित समग्र गतिविधि, साहित्यिक
गोष्ठी, सेमिनारहरु वा सम्मेलन, पत्रपत्रिका
सम्पादन–प्रकाशन, व्यवस्थापन, साहित्यका समग्र विधालाई समेटेर तिनीहरुको प्रचार–प्रसार गर्ने, पत्रपत्रिका
सञ्चालन गर्ने कार्यसँगै समेटिएर आउने सबै प्रकारका बौद्धिक कामहरुलाई साहित्यिक–पत्रकारिताको वृत्तभित्र राख्ने गरिन्छ । त्यसैले समग्र
सांस्कृतिक उन्नतिका लागि वाङ्मयका विविध विधामा विभिन्न भाषाको माध्यमबाट
अभिव्यक्त हुने सिर्जनात्मक, शोधपूर्ण
एवं मूल्याङ्कित लेखनलाई सुव्यवस्थित सम्पादन, प्रकाशन
र प्रसारण व्यवस्थाद्वारा परिचालन गर्ने कलालाई साहित्यिक–पत्रकारिता भनिन्छ । नेपाली पत्रकारितामा पनि सूचना
पत्रकारितासँगै साहित्यिक–पत्रकारिताको समानान्तर
विकास हुँदै आएको छ ।
नेपाली
पत्रकारिताको विकास साहित्यिक–पत्रकारिताबाट सुरू भएको हो
भन्ने अभिमत पनि हामीबीच छ (शिव रेग्मी, ‘साहित्यिक–पत्रकारिता’ गरिमा, समालोचना विशेषाङ्क, २०५१
पृ. २२९) । गोरखापत्रबाट प्रारम्भ भएको सूचना पत्रकारिता प्रमाणित छ भन्ने धारणा
पनि हामीबीचमै छ । (डा. तुलसी भट्टराई, साहित्यिक–पत्रकारिताः सम्भावना र चुनौती (लेख), पृ.४) । यस विषयमा थप अनुसन्धानको खाँचो छ । किनभने एक
शताब्दीभन्दा लामो इतिहास उल्लेख गर्दै नेपाली साहित्यिक–पत्रकारिताको प्रारम्भ वि.सं. १९५५ मा प्रकाशित सुधासागरबाट
भएको भनिए पनि त्यसको प्रमाणिक प्रति उपलब्ध छैन । साहित्यिक पत्रिकाको प्रामाणिक
आधार वि.सं. १९९१ मा प्रकाशित ‘शारदा’ ले प्रदान गर्दछ । त्यसपछि नै उद्योग (वि.सं.१९९२), साहित्य स्रोत (२००४), आँखा
(२००५) पुरुषार्थ (२००६), भारती
(२००६) जस्ता पत्रिकाहरु प्रकाशन भएको र २००७ सालपछि यसको तीव्र विकास देखापर्दछ ।
२.
नेपाली साहित्यिक–पत्रकारिताको इतिहास र वर्तमान दुवै नै
राष्ट्रिय एवं अन्तराष्ट्रिय स्वरुप र चरित्रमा प्रवाहित रहेको छ । नेपालीय नेपाली
धारासँगै भारतीय नेपालीधाराको समानान्तर प्रवाहमा गतिशील साहित्यिक–पत्रकारिताले नेपाली भाषा, साहित्य र कलाको विकासमा महŒवपूर्ण योगदान दिएको भए पनि राष्ट्रिय सन्दर्भमा नेपाली
साहित्यिक–पत्रकारिता र भारतीय नेपाली साहित्यिक–पत्रकारितालाई पृथक् पृथक् अस्तित्वमा देख्नुपर्दछ ।
दुवैधारालाई एउटै ठान्ने वा मान्ने धारणा उचित देखिँदैन । भारतीय नेपाली साहित्यिक–पत्रकारिताको प्रारम्भ वि.सं. १९४८ मा प्रकाशित ‘गोर्खा भारत जीवन’ सँग
जोड्ने गरिन्छ । यद्यपि त्यसको पनि प्रमाणिक प्रति उपलब्ध छैन । बरु वि.सं. १९६६
को गोर्खा खबर कागजलाई पो मान्नुपर्ने हो कि ? जेहोस्
यी विस्तृत शोधकै विषय हुन् । चन्द्रिका (वि.सं.१९७४), आदर्श (१९८७), नेपाली
साहित्य सम्मेलन पत्रिका (१९८९), नेबुला
(१९९३), गोर्खासंसार (१९८३) आदि भारतीय नेपालीहरुद्वारा प्रकाशित
पत्रिका हुन् । जहाँसम्म प्रवासमा रहेका नेपालीहरुद्वारा नेपालकै भाषा, साहित्य र समाजको उत्थानका लागि गरिएका प्रयास एवं
प्रकाशनहरुको सन्दर्भ छ, त्यसलाई
यथोचित गणना र मूल्याङ्कन गर्नु नै उचित हुनेछ । सुन्दरी (१९६३), माधवी (वि.सं. १९६५), चन्द्र
(१९७१), जन्मभूमि (१९७९), उदय
(१९९३), र युगवाणी (२००४) जस्ता पत्रिका भारतीय नेपालीद्वारा प्रकाशित
नभै बनारस प्रवासमा रहेका प्रवासी नेपालीहरुद्वारा प्रकाशित हुन् ।
३.
प्रारम्भिककालदेखि नै नेपाली साहित्यिक–पत्रकारिता
विचारधारात्मक पृथकतामा प्रवृत्तिगत पहिचान निर्माण गरेर हुर्केको छ । खासगरी
यथास्थितिवादी र सुधारवादी सोचसँगै आमूल परिवर्तनका निम्ति सामाजिक जागरणलाई टेवा
दिने विचार प्रवृत्तिले नेपालको साहित्यिक–पत्रकारितालाई
तीन मूल प्रवृत्तिमा हुर्काएको छ ।
क)
यथास्थितिवादी सनातनधारा
ख)
सुधारवादी नूतनधारा
ग)
क्रान्तिकारी प्रगतिशीलधारा
चिन्तनका
सन्दर्भमा पहिलोले सामन्तवादी सामाजिक मान्यतालाई अँगालेर प्रत्ययवादी
दार्शनिकताको वृत्तभित्र घुमाउँछ । दोस्रोले पुँजीवादी सामाजिक पद्धतिको पक्षपोषण
गरी निर्वर्गीय मानवता र व्यक्तिवादलाई सर्वोपरि राख्दछ । तेस्रोले श्रमवादी
चिन्तनमा समाजलाई सर्वोपरि राखेर अन्ततोगत्वा वैज्ञानिक समाजवाद तर्फ आफ्ना समस्त
कार्यकलापलाई अग्रसर गराउँछ । स्वस्फूर्त वा सचेतन ढङ्गले यिनै मूल वैचारिक
वृत्तहरुभित्र एकात्मक रुप र द्वन्द्वात्मक सारमा नेपाली साहित्यिक–पत्रकारिता हुर्किरहेको छ । यस तथ्यलाई स्वीकार्दै रोचक
घिमिरे लेख्दछन् –
सुरुका
साहित्यिक पत्रिकाहरुको उद्देश्य मुख्यतयाः कविता, कथा, नाटक, उपन्यास आदिका माध्यमबाट पाठकहरुको मनोरञ्जन गर्नमा नै
लक्षित थियो । पारम्परिक शास्त्रीय शिल्प र शैलीको परिधिमा रहेर रचित तत्कालीन
रचनाहरु दैविक अथवा लौकिक स्तुतिगानतर्फ केन्द्रित हुने गर्दथे । मूल संस्कृत
भाषाका रचनालाई उल्था गरेर प्रकाशन गर्ने प्रवृत्ति पनि त्यो बेलाका साहित्यिक
पत्रिकाहरुमा रहेको थियो ।” यो
प्रवृत्ति यथास्थितिवादी सनातनधारा थियो र अहिले पनि यस मूल प्रवृत्तिको निरन्तरता
देख्न सकिन्छ ।
घिमिरे
अगाडि लेख्दछन् –“राणाशासनको बेला नेपाल बाहिर भारतमा बसेर
नेपालीहरुले निकालेका साहित्यिक पत्रिकाहरुमा स्वदेश प्रेम, मुलुकको दयनीय स्थिति र जनमानसमा व्याप्त उकुसमुकुसलाई
प्रतिबिम्बित गर्ने प्रवृत्ति टड्कारो रुपमा देखिन्थ्यो । महाकवि लक्ष्मीप्रसाद
देवकोटाले बनारसमा बसेर ‘युगवाणी’ मार्फत नेपालीहरुलाई जागृतिको सन्देश दिएका थिए भने धरणीधर, महानन्द सापकोटाजस्ता राष्ट्रप्रेमी कविहरुले भारतबाटै
प्रकाशित विभिन्न साहित्यिक प्रकाशनका माध्यमबाट सामाजिक र राजनीतिक कुरीतिविरुद्ध
शङ्खघोष गरेका थिए । यथार्थमा भन्दा समाचारपत्रहरुका अभावको त्यस बेलामा साहित्यिक
पत्रिका नै लेखक र बौद्धिकहरुको एक मात्र सशक्त अभिव्यक्तिका माध्यम बनेका थिए ।
यसरी तत्कालीन अँध्यारो युगमा नेपाली समाजमा राजनीतिक चेतना उकास्न, प्रजातान्त्रिक सङ्घर्षलाई टेवा दिन र क्रान्तिकारी
उत्सर्गको भावना उमार्न तत्कालीन साहित्यिक पत्रिकाहरुले गरेको योगदान अत्यन्त
स्तुत्य रहेको छ ।” (रोचक घिमिरे, ‘नेपालको साहित्यिक–पत्रकारिता
र प्रवृत्तिगत वैशिष्ट्य” (लेख), हाम्रो पुरुषार्थ (२०६२) गुल्मी किरण पुस्तकालय) । यहाँ
उनले दुई प्रवृत्ति सुधारवादी नूतनधाराको प्रतिबिम्बन गर्ने प्रवृत्ति, जसले राजनैतिक जागरण र प्रजातन्त्रको सञ्चेतना फैलाउने
काममा टेवा दिएको थियो र दोस्रो क्रान्तिकारी प्रगतिशीलधारा जसले बलिदानपूर्ण
सङ्घर्षलाई हौस्याउने अर्थात् क्रान्तिकारी उत्सर्गको भावना उमार्ने काम गरेको
थियो, लाई औँल्याएका छन् ।
नेपाली
साहित्यिक–पत्रकारिताको वर्तमान स्थिति :
नेपालको
साहित्यिक–पत्रकारिताको विकासमा २००७ सालको परिवर्तनले
एउटा नयाँ मोड र गति प्रदान गरेको तथ्य सर्वस्वीकृत बनिसकेको छ । वि.सं. २००८ मा “सेवा” पत्रिका
प्रकाशित भयो । त्यो पत्रिका प्रगतिशील साहित्यधाराको पहिलो प्रकाशन बन्न पुग्यो ।
नेपाली साहित्यिक–पत्रकारिताको विकास र विस्तारका दृष्टिले सात
सालपछिका दुई दशक अत्यन्त उर्वर, गतिशील
तथा समृद्ध दशक बनेर रहेका छन् । यस अवधिमा प्रतिभा (२००९), प्रगति (२०१०), जन
साहित्य (२०११), नौलो पाइलो (२०१३), इन्द्रेणी (२०१३), धरती
(२०१३), साहित्य (२०१६), रुपरेखा
(२०१७), इन्दु (२०१७), स्वास्नीमान्छे
(२०१७), बगैँचा (२०१८), रचना
(२०१८), हिमानी (२०१९), सिंहनाद
(२०१९), मुकुट (२०१९), पूर्णिमा
(२०१९), भानु (२०२०), रत्नश्री
(२०२०), अरुणोदय (२०२०), कविता
(२०२१), रमझम (२०२१), सगुन
(२०२१), हाम्रो संस्कृति (२०२२), प्रवाह
(२०२२), आकाङ्क्षा (२०२३), गुराँस
(२०२३), प्राचीन नेपाल (२०२४), प्रतीक्षा
(२०२५), मधुपर्क (२०२५), सुस्केरा
(२०२६), अभिव्यक्ति (२०२७), प्रज्ञा
(२०२७) जस्ता पत्रिकाहरु प्रकाशित भए । यीमध्ये रचना, भानु, नेपाली, पूर्णिमा, कविता, मधुपर्क, अभिव्यक्ति, प्रज्ञा आदि पत्रिका आज पनि निरन्तर प्रकाशन भइरहेका छन् र
यी मध्ये कतिले सयौँ अङ्क पार गरी नेपाली वाङ्मयका अनेकौँ विधाको समृद्धिमा महŒवपूर्ण योगदान दिएका छन् ।
तीसको
दशकमा सङ्कल्प, वेदना, झिसमिसे, उत्साह, मिर्मिरे, गरिमा, साङ्ग्रिला, शृङ्खला, श्रीनगर, रश्मि, समष्टि, बगर, दोभान, साथी (२०३९), ज्ञानगुनका
कुरा, उन्नयन, कलम, मञ्जुषा, तन्नेरी, प्रलेस, दायित्व, साहित्य–सन्ध्या, जनमत, जुही, सगर, सुगन्ध, समकालीन साहित्य, नागार्जुन, दौँतरी
(नेपालगन्ज), राप्तीदूत (दाङ) नव प्रज्ञापन आदि अनेकौँ अनेकौँ पत्रिकाहरु
प्रकाशित भए । वैचारिक प्रवृत्तिका सन्दर्भमा पनि यस अवधिका पत्रिकाहरुले
सामान्यतयाः पहिले उल्लेख गरिएका तीन आधारभूत प्रवृत्तिलाई नै अँगालेर केही नयाँ
प्रयोगहरु गर्दै अघि बढेका छन् ।
व्यावसायिक
तवरले सञ्चालित मासिक पत्रिकाहरु – सर्वोत्तम, विमोचन, तथ्यकथा, युवामञ्च, मुना, अन्तर्राष्ट्रिय मञ्च, एक्काइसौँ
शताब्दी,
मूल्याङ्कन, कामना, साधना, अस्मिता, नवयुवा आदि विचार प्रधान एवं वयवृत्ति पत्रिकाहरुले
पाठकहरुमाझ नयाँ–नयाँ खुराकहरु पस्कँदै आए । सामयिक सङ्कलनहरु, संस्थागत प्रकाशन एवं स्मारिकाहरुले पनि साहित्यिक
गतिविधिलाई थप टेवा दिए । साहित्यिक–पत्रकारिताका
सन्दर्भमा यी सबैको प्रवृत्तिगत सामग्रीको अध्ययन, विवेचना र मूल्याङ्कन गर्नुपर्ने ऐतिहासिक खाँचो छँदैछ र अब
त्यसतर्फ पनि हाम्रो ध्यान जानु जरूरी भएको छ ।
वर्तमान
समयमा नेपालको साहित्यिक–पत्रकारिता नेपालीय नेपाली
भाषाका अतिरिक्त अन्य राष्ट्रिय भाषाका माध्यमबाट प्रकाशित विभिन्न साहित्यिक पत्र–पत्रिकाहरुका सङ्ख्यात्मक वृद्धिबाट समृद्ध भएको छ ।
नेपालीय नेपालीका अतिरिक्त नेवारी, मैथिली, भोजपुरी, थारू, सेर्पा, राई, लिम्बू, तामाङ, मगर, गुरूङ
आदि भाषामा प्रकाशित पत्रिकाहरुको माध्यमबाट ती भाषाका नेपाली साहित्यको विकास
भइरहेको छ । यस सन्दर्भमा हाल नेपाली भाषाका मधुपर्क, गरिमा, समकालीन
साहित्य,
प्रज्ञा, कविता, वेदना, सङ्कल्प, समष्टि, ज्योति, रचना, अभिव्यक्ति, जुही, जनमत, भानु, अक्षर, मुना, पूर्णिमा, दायित्व, साथी, उन्नयन, बगर, सगर, यद्यपि, नेपाली, प्रलेस, कलम, संस्कृति, आरोहण, गुञ्जन, जनसंस्कृति, शब्द
संयोजन, कौशिकी, फित्कौली, शिवपुरी सन्देश, कल्पतरू, नवप्रज्ञापन, हाम्रो
सिर्जना,
अन्तर्बोध, प्रहरी, सिपाही, दोभान, बनिता (विराटनगर), दौँतरी
(नेपालगन्ज), अनुराग, हिमाली
गुराँस, नवआकाङ्क्षा, तादी, निर्झर, साहित्य
सागर, शब्दाङ्कुर, अकाल
कुसुम, संयोग, थुम्को
आदि पत्रिकाले महŒवपूर्ण स्थान लिएको देखिन्छ । नेवारीमा
प्रकाशित मचाक्यव, पुलुकिसी, थाय्भू
(नेपाल प्रज्ञा प्रतिष्ठान) नःलि, नसंःचा, झीः नेपाः संस्कृति, थौं
कन्हे आदि पत्रपत्रिकाहरुले काठमाडौँको नेवार समुदायमा विशेष स्थान राखेको देखिन्छ
। तामाङ भाषामा प्रकाशित पत्रिकाहरुमध्ये प्राङ्बोला छारहान् (सिन्धुली), तामाङ डाजाङ (काठमाण्डू) आदि विशेष उल्लेखनीय रहेका छन् ।
मगर भाषाको लाङ्घाली, लाफा आदि पत्रिकाले त्यस भाषाका स्रष्टालाई
एउटा मञ्च प्रदान गरी मगर भाषाको साहित्य प्रवद्र्धनमा टेवा दिएको छ । मैथिली
पत्रिका आँगन (ने.प्र.प्र.बाट), नैमिकानन्
(जनकपुर), आकृति (जनकपुर), पल्लव, मिथिलावाणी
आदिले त्यस भाषाको सिर्जनात्मक लेखनलाई बढवा दिएको छ । भोजपुरीमा मोजर (२०५२) गमक
(२०५२), अजोरिया आदि पत्रिकाहरुले त्यस भाषाको साहित्यिक विकासमा
मद्दत पु¥याएका छन् । थारू भाषामा प्रकाशित गोचाली आदिले
थारू भाषा साहित्यको प्रवद्र्धन गरेको छ । राई भाषामा– बुङ्वाखा, कोङपी
(बान्तवा, काठमाडौँ), लिब्जु–भुम्जु (वाम्बुले, काठमाडौँ)
र लिम्बू भाषाको तानछोपा, पालम्
र डोट्याली भाषाको गुगुल्डिजस्ता आदि पत्रिकाहरुले हामीलाई जगाएको छ । बहुभाषी
पत्रिकाको रुपमा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘सयपत्री’ विशिष्ट
छ । यस अतिरिक्त गोरखापत्रले हालै समावेशीकरणको नीति भन्दै नेपालका विभिन्न भाषाका
सामग्री प्रकाशन गर्ने गरी विशेष पाना उपलब्ध गराई जातीय साहित्य प्रवद्र्धनमा
टेवा दिएको छ ।
यस
प्रकारको विविधतापूर्ण विकासका बाबजुद नेपाली साहित्यिक–पत्रकारिताको वर्तमान स्थिति सन्तोषजनक छैन । संस्थागत
प्रकाशन बनेका नेपाली, मधुपर्क, गरिमा, मिर्मिरे, समष्टि, समकालीन
साहित्य,
ज्योति, प्रज्ञाजस्ता
पत्रिकाहरुमा आम नेपालीको पहुँच अझै पनि पुग्न सकेको छैन । देशका सबै भागमा ती
पत्रिका पढ्न पाइने स्थिति छैन । निजीक्षेत्रबाट नियमित प्रकाशित – रचना, अभिव्यक्ति, जुही, अक्षर, वेदना, जनमत, बगर, सङ्कल्प, संस्कृति, शब्दसंयोजन, भानु, कलम, झिसमिसे, साथी, उन्नयन चिन्तन, राप्तीदूत
(दाङ), सगर आदि पत्रिकाहरुले अपेक्षित मात्रामा व्यापकता हासिल
गर्न सकेका छैनन् । त्यतिभए पनि साहित्यिक पत्रिकाको प्रकाशनबाट धेरै पाठक, स्रष्टा र द्रष्टाहरु लाभान्वित भएका छन् ।
साहित्यिक–पत्रकारिताका समस्याहरू ः
नेपाली
साहित्यिक–पत्रकारिताको सामु अनेकौँ समस्याहरु छन् ।
तिनीहरुमध्ये प्रकाशनका दृष्टिबाट महŒवपूर्ण
आर्थिक समस्या हो भने पाठकीय दृष्टिमा निरन्तरता एवं स्तरीयताको समस्या देखापर्दछ
। त्यसो त पहिलोलाई लगानीको समस्याका रुपमा र दोस्रोलाई सम्पादनको समस्या भन्न पनि
सकिने हुन्छ । पाठकीय रुचिको प्रवद्र्धन, सामग्री
चयनको योजना र विषयगत सम्पादनको कुशलताजस्ता कुराहरु पनि समस्या बनेर आएका छन् ।
सरकारी नीतिको अस्पष्टताले गर्दा उत्पन्न समस्याहरुमा पनि थुप्रै पक्षहरु छन्– विज्ञापन प्राप्त गर्ने समस्या, ढुवानी समस्या, अनुदान
र कर छुट गर्ने समस्या, सूचना
पत्रकारिताको हाराहारीमा राखेर वर्गीकरण गर्ने समस्या तथा सरकारी संस्था र निजी
संस्थाहरुद्वारा प्रकाशित पत्रिकाहरुबीचको अन्तर नदेख्ने समस्या आदि । बिक्री–वितरण प्रवद्र्धनको समस्या दुवै क्षेत्रमा विद्यमान छ ।
त्यसैले यी समस्याहरुका सम्बन्धमा अलि विस्तारमा छलफल गरिनु उचित हुनेछ ।
आर्थिक
समस्या ः
आर्थिक
समस्या, निजी, संस्थागत
र सरकारी प्रकाशनहरुका बीच समान अवस्थामा छैन । गैरसरकारी क्षेत्रका निजी वा
व्यक्तिगत लगानीमा सञ्चालित साहित्यिक पत्रिकाहरु र संस्थागत रुपमा प्रकाशित
पत्रिकाहरुका बीचमा पनि केही भिन्नताहरु छन् । त्यति भएर पनि आर्थिक समस्या मूलतः
सबैतिर लगानीको समस्याका रुपमा रहेको छ । यहाँसम्म कि सरकारी र अर्धसरकारी
संस्थाहरुद्वारा प्रकाशित साहित्यिक पत्रिकाहरु पनि घाटामा रहेको हुँदा ‘बन्द गर्ने वा चलाउने’ भन्ने
विषय सधैँ नै छलफलको मुद्दा बन्ने गरेको पाइन्छ । लगानीकर्ताहरु साहित्यिक
प्रकाशनमा आकर्षित हुँदैनन् । राज्यले पनि यस विषयमा यथोचित ध्यान दिएको छैन ।
अनेकौँ पत्रिकाहरुले लामो इतिहास निर्माण गरेर पनि आफ्नो निरन्तरता राख्न नसक्नुको
एउटा मुख्य कारण आर्थिक समस्या नै रहिआएको छ । बिक्री भएका पत्रिकाको भुक्तानी पनि
प्राप्त नहुने, छापिएका विज्ञापनको भुक्तानी नपाइने वा समयमा
नपाइने, हुलाक र हवाई सेवाले ढुवानी भाडा चर्को गर्नु र छुट नदिनु, कागजको आपूर्तिमा कठिनाइ भोग्नु पनि आर्थिक समस्याकै रुपमा
रहेका छन् । त्यसैले आर्थिक समस्या भनौँ वा लगानीको समस्या भनौँ साहित्यिक–पत्रकारितालाई फस्टाउन नदिने पहिलो समस्या यही नै हो ।
सरकारी क्षेत्रबाट साहित्यिक पत्रकारिताको विकासका लागि विभिन्न पत्रिकालाई
सहयोगस्वरुप नेपाल प्रज्ञा–प्रतिष्ठानमार्फत दिइने
गरेको वार्षिक १५ लाख रुपैयाँ पनि एक वर्ष मात्र उपलब्ध गराएर त्यसै थन्किएको
अवस्था छ । हाल उक्त रकमलाई घटाउने तथा अन्य शीर्षकमा सारेर खर्च गर्ने काम भएको
बुझिन्छ ।
निरन्तरताको
समस्या ः
आर्थिक
स्रोतका अभावमा बन्द हुने अवस्थाका अतिरिक्त बौद्धिक उत्तराधिकारीको अभावमा पनि
निजीक्षेत्रका कतिपय पत्रिकाहरु बन्द भएका छन् । हामीहरुले शारदा, रुपरेखा र रत्नश्रीजस्ता पत्रिकाहरुको सम्झना यहीँनिर गर्न
सक्छौँ । रुपरेखा र रत्नश्री केही समय शान्ति कुँवर र शान्तदेव भट्टराईले चलाउने
प्रयास गरेका थिए र शारदाको हालै पुनप्र्रकाशन भएको छ । परन्तु निरन्तरताको समस्या
भनेको केवल आर्थिक समस्यासँग मात्र सम्बन्धित नभएर पत्रिकाको समग्र व्यवस्थापन, सम्पादन, प्रभावकारिता, पाठकवृद्धि, स्तरीयता
आदि पक्षसँग पनि सम्बन्धित हुन पुग्दछ । यस अर्थमा नेपाली साहित्यिक पत्रिकाको
सबैभन्दा ठूलो समस्या स्थायित्व नै हो भन्ने विजय चालिसेको भनाइसँग सहमत हुन
सकिन्छ । (विजय चालिसे, साहित्यिक–पत्रकारिताको वर्तमान स्थिति, गोष्ठीपत्र, २०६२)
। त्यति भएर पनि कतिपय निजी पत्रिकाहरु निरन्तर प्रकाशित नहुनुमा संस्थागत आधार
एवं सञ्चालन अभिभाराको अभाव पनि जिम्मेवार रहेका छन् । त्यसो त आर्थिक आधार बलियो
भएमा, सरकारले यथोचित सहयोग प्रदान गर्दै गरेमा, व्यवसायीहरुले विज्ञापन दिइरहेमा, पाठकसङ्ख्या वृद्धि हुँदै गएमा निजीक्षेत्रका सामान्य
पत्रिकाले पनि निरन्तरता प्राप्त गर्न सक्लान्, तर
यहाँ ती सबैको अभाव नै अहिलेसम्मको अनुभव बनेर बसेको छ । तसर्थ हाम्रो साहित्यिक–पत्रकारितामा निरन्तरताको समस्या प्रारम्भदेखि अहिलेसम्म
कायमै रहेको स्थिति छ ।
सम्पादनको
समस्या ः
साहित्यिक–पत्रकारितामा रहेको अर्को समस्या सम्पादनको समस्या हो ।
सम्पादन कुशलताको अभावमा ठीकसँग सामग्री चयन हुँदैन । हरेक अङ्कमा के दिने ? कसरी संयोजन गर्ने ? विधागत
विषयवस्तु छान्ने, स्तरीयता कायम गर्ने र महŒव दिने कुरासँगै सम्पादकीयमा कुन मुद्दालाई कसरी उठाउने
भन्ने सुस्पष्टताविना पत्रिकाको सम्पादन सम्भव छैन । सम्पादकीय खुबी पत्रिकामा
प्रकट हुन्छ र त्यसले नै पाठकलाई प्रभाव पार्दछ । कुनै एक विधामा केन्द्रित
हुँदैमा पनि स्तरीयता प्राप्त हुँदैन । आएका सामग्रीलाई उनेर, साहित्यिक गतिविधिका समाचार तुनेर अथवा सामान्य भाषिक
रेखदेख गर्ने काम गरेर मात्रै सम्पादकको दायित्व पूरा भएको मान्ने हो भने त्यसबाट
साहित्यिक–पत्रकारिता कहिल्यै उभो लाग्दैन । हाम्रा
साहित्यिक पत्रिकाहरुमा सम्पादनको कुशलता निकै कम मात्रामा देख्न पाइन्छ ।
योजनाबद्ध लेखन र प्रकाशनको तारतम्य प्रकट गर्ने ‘भानु’का विशेष अङ्कहरुले
योजनाबद्ध लेखन र प्रकाशनद्वारा नै साहित्यिक–पत्रकारिता
समृद्ध बन्दछ भन्ने पुष्टि गरेको छ । यसका लागि भवानी घिमिरेको सम्झना र सराहना
गर्नैपर्ने हुन्छ । स्तरीयताको समस्या सम्पादन कलासँग जोडिएको भए पनि त्यो
आमस्रष्टाको सञ्चेतना, रचना
कौशल र आदर्शसँग जोडिएर रहेको हुन्छ । स्तरीय रचनाको अभाव हुनुको कारणमध्ये कृतिगत
मूल्याङ्कन नगर्नु र लेखकलाई पारिश्रमिक नदिनु पनि रहेको छ । प्रत्येक रचनाकारका
सिर्जनालाई सम्पादकले परिष्कार गर्ने कार्यकुशलता भैरव अर्यालमा झैँ सबैमा हुँदैन
। त्यसकारण सम्पादन कलामा पनि पर्याप्त ध्यान पुग्नु जरूरी छ । पाठकीय रुचिको
पहिचान, परिष्कार र प्रवद्र्धनका लागि सम्पादकको दृष्टिकोण, आदर्श र रचनात्मकता महŒवपूर्ण
हुन्छ । अन्तरभाषिक आदान–प्रदानको समस्या पनि यहीँनिर
सम्झन सकिन्छ । कुशल स्रष्टा र द्रष्टाको सीप सबै सम्पादकहरुमा होस् भन्ने सदिच्छा
राख्न सकिन्छ तर त्यो त्यसै प्राप्त हुने होइन । त्यसका लागि अर्थात् सम्पादन
अकुशलताको समस्या हल गर्न समय समयमा तालिम, गोष्ठी
विचारमन्थनहरु गरिनुपर्दछ र त्यसबाट निकालिने निष्कर्षहरुलाई साहित्यिक
पत्रकारहरुले पालन गर्नुपर्दछ ।
दृष्टिकोणको
समस्या ः
साहित्य
समाजको प्रतिबिम्ब भएकाले साहित्यिक–पत्रकारितामा
पनि सामाजिक संरचनाको प्रभाव, प्रतिबिम्ब
र विविधता प्रकट हुन्छ । नेपाली समाज लघु–उत्पादन
पद्धतिमा कक्रिएको, वैचारिक आदर्शमा पनि सामन्तवाद, पुँजीवाद र समाजवादबीचको प्रतिद्वन्द्वितामाझ हिँडिरहेको र
सामाजिकवर्गहरुको चाहना, भावना
र हितहरुबीच परस्पर प्रतिस्पर्धा, द्वन्द्व
र दमन चलिरहेको कारणले गर्दा हाम्रा साहित्यिक सिर्जनाहरु त्यसबाट प्रत्यक्ष एवं
परोक्ष किसिमले प्रभावित हुँदै आएका छन् । विचारधारात्मक सङ्घर्षका शैलीहरु
कहिलेकाहीँ अशिष्ट ढङ्गले समेत प्रकट भएका पनि छन् । शासकीय सोचका विपक्षमा रहँदा
अभिव्यक्तिमा रोक लागेका थुप्रै घटनाक्रमहरुले हाम्रो साहित्यिक–पत्रकारिताको इतिहास रङ्गिएको छ । प्रारम्भमै ‘प्रगति’ पत्रिकाले
उल्लेख गरेझैँ अथवा ‘साहित्य’ पत्रिकाले
जनाएझैँ मात्र होइन सङकल्प, वेदना
र कलमले अघि सारेका आदर्शबीच पनि एक प्रकारको अन्तरद्वन्द्व रहिआएको छ । सुधारको
कुरासम्म पनि सुन्न नचाहने यथास्थितिवादी सनातनधाराका विरुद्धमा सुधारवादी
नूतनधाराको प्रतिनिधित्व गर्दै युगवाणी, रुपरेखा, भानु, सुस्केरा, प्रलेस, मुक्तिमोर्चा
आदिले अघि सारेका मूल्य मान्यताबाट अघि बढेर वर्गीय दृष्टिकोणकै पक्षधरता अघि
सार्ने साहित्यिक पत्रिकाहरुसम्मको विस्तार भएर पनि दृष्टिकोणको समस्या हल हुन अझै
बाँकी रहेको देखिन्छ । एउटै धाराभित्र पनि विविधता छन् । वास्तवमा श्रमप्रतिको
श्रद्धा,
शान्तिका लागि सङ्घर्ष र वैज्ञानिक समाजवादको
पक्षपोषण वर्गीय दृष्टिकोणबाट परिभाषित छन् । संस्कृति र कलाको वर्ग चरित्रबारे
कुरा गर्दा अझै पनि कतिपय मानिसलाई अनौठो लाग्छ र उनीहरु सबै साहित्य र
साहित्यकारलाई प्रगतिशील भन्न रूचाउँछन् । यस प्रकारको दृष्टिकोणद्वारा प्रभावित
साहित्यिक पत्रिका, पत्रकार र पत्रकारिताले वैचारिक क्षेत्रमा
लोकतान्त्रिक समावेशीकरणलाई स्वीकार गर्दैन । विचारधाराको क्षेत्रमा जनतन्त्र कसरी
स्थापित गर्ने ? पञ्चायती असहिष्णुता, सेन्सरसिप, दमन र
यातनाको पुनरावृत्तिद्वारा अथवा सहिष्णुता, स्वतन्त्रता, वैचारिक वाद–प्रतिवाद
र सहअस्तित्वबोधद्वारा ? त्यसकारण
नेपाली साहित्यिक–पत्रकारितामा ऐतिहासिक निरन्तरता कायम राख्दै
आएको क्रान्तिकारी प्रगतिशील धारालाई देशको एक सशक्त लोकप्रिय सोचका रुपमा
स्वीकार्दै वर्गीय विभेदबाट उत्पन्न विचारधारात्मक बहुलताको समस्यालाई बोध
गर्नुपर्दछ ।
नीतिगत
समस्या ः
साहित्यिक–पत्रकारिताको सन्दर्भमा नेपाल सरकारको नीति सुस्पष्ट छैन ।
सरकारले संस्कृतिका अङ्गहरुलाई पृथकतामा हेरेर काम गरिरहेको छ । पत्रकारिताकै
सन्दर्भमा पनि सूचना पत्रकारिता र साहित्यिक–पत्रकारितालाई
पक्षपातपूर्ण व्यवहार गरेको छ । सूचना पत्रकारिताले सरकारलाई अपप्रचारका माध्यमबाट
पनि प्रहार गर्न सक्छ तर साहित्यिक–पत्रकारिताले
त्यसो गर्दैन । तसर्थ सरकारले यसलाई उपेक्षा गर्दै आएको हो । सुविधाहरु प्रदान
गर्दा पक्षपात गरेको कुरालाई साहित्यिक पत्रकारहरुले पटकपटक अघि सारेका मागहरुले
दर्शाइरहेको छ । सरकारको नीतिगत अस्पष्टताले गर्दा नै कागज, टेलिफोन, हुलाक
दर्ता र आयकरमा दिनुपर्ने न्यूनतम सुविधा पनि साहित्यिक पत्रिकाहरुलाई दिइएको छैन
। सूचना पत्रकारिताको हाराहारीमा राखेर वर्गीकरण गर्ने नीतिले साहित्यिक–पत्रकारिताको विशिष्टतालाई नजरअन्दाज गरेको छ । निजीक्षेत्र, संस्थान र सरकारी प्रकाशनबीचको विभेदलाई बेवास्ता गरिएको छ
। कल्याणकारी विज्ञापन पनि पर्याप्त उपलब्ध गराइएको छैन । सरकारी तथा संस्थागत
पुस्तकालयहरुमा पनि साहित्यिक पत्रिकाहरु राख्ने, व्यवस्थित गर्ने र खरिद गर्ने काम भएको पाइँदैन । देशभरका
कलेज, उच्च मा.वि. तथा मा.वि.का पुस्तकालयहरुसम्म पुग्नुपर्ने
साहित्यिक पत्रिकाहरु विश्वविद्यालयका पुस्तकालयमा पनि पुगिरहेका छैनन् न त शिक्षा, सञ्चार, संस्कृति
मन्त्रालयको नै चासो छ । साहित्यिक–पत्रकारिताका
सम्बन्धमा सुस्पष्ट सरकारी नीतिको अभावले गर्दा नै यी सबै समस्याहरु रहेका हुन् ।
साहित्यिक–पत्रकारितालाई सूचना पत्रकारिताको एक अङ्ग
मानेर हेर्ने दृष्टिकोण पनि कतै कतै पाइन्छ । वास्तवमा त्यो सोच सही होइन । बरु
साहित्यिक–पत्रकारिताको दीर्घकालीन प्रभावकारितालाई उपयोग
गरेर सूचना पत्रकारिताले आफ्नो पाठकवृत्त विस्तार गर्ने अभिप्रायद्वारा साहित्यिक
स्तम्भहरु सामेल गर्दै आएको छ । साप्ताहिक परिशिष्ट छापेर वा दैनिक स्तम्भ राखेर
खबरपत्रिकाहरुले साहित्यिक रचनाहरु पाठकसामु प्रस्तुत गर्ने काम गरिरहेका छन् ।
यसबाट के पुष्टि हुन्छ भने साहित्यिक–पत्रकारिताको
अभावमा सूचना पत्रकारितासमेत लङ्गडो हुन्छ । डा. तुलसी भट्टराईको शब्दमा भन्दा– “समाचार पत्रिकाहरुले साहित्यिक स्तम्भ र शनिबारे
विशेषाङ्कमा कथा कविता, निबन्ध, समालोचना, संस्मरण
आदि छापेर साहित्यिक–पत्रकारिताको धर्म समेत लिएका छन् ।” परन्तु सरकारले भने सूचना पत्रकारितालाई मात्र संरक्षण दिने
गलत नीति अख्तियार गरिरहेको छ ।
राणाकालीन
समयदेखि आजसम्म नै साहित्यिक–पत्रकारितालाई हेर्ने
दृष्टिकोणमा खासै परिवर्तन आएको पाइँदैन । साहित्यलाई सोखको उत्पादन ठान्ने सरकारी
सोचले गर्दा नेपालको साहित्यिक–पत्रकारिता टाक्सिएको हो ।
विद्युतीय माध्यमबाट साहित्यिक पत्रिका चलाएर संसारभर फैलाउन सकिने समयमा पनि
संस्कृतिलाई अनुत्पादक क्षेत्र ठान्नु ज्यादै दुःखद कुरा हो । वाङ्मय र कलाको फाँट
संस्कृतिको क्षेत्रमा पर्दछ । संस्कृतिको क्षेत्र भनेको लामो इतिहास, उपलब्धि र उत्पादकत्व भएको क्षेत्र हो भन्ने तथ्य त हाम्रो
जस्तो सानो मुलुकमा विश्वलाई चकित पार्ने थुप्रै विश्वसम्पदा रहनुले नै प्रष्ट
पार्दछ । तसर्थ सरकारको अदूरदर्शिता एवम् अस्पष्ट नीतिको विरोध सबै साहित्य
स्रष्टा–द्रष्टा, कलाकर्मी
एवं पत्रकारहरुले गर्नुपर्ने भएको छ । स्वयं साहित्यिक पत्रकारहरु पनि आफ्ना
आधारभूत नीतिमा सुस्पष्ट हुनुपर्ने आवश्यकतालाई पनि यहाँ सम्झनुपर्ने हुन्छ ।
बिक्री–वितरणको समस्या ः
साहित्यिक–पत्रकारिताले बेहोर्नु परेको अर्को समस्या बिक्री–वितरणको हो । बिक्री–वितरणको
समस्या मुलुकको भौगोलिक स्थिति, यातायात
तथा ढुवानी सेवाका अतिरिक्त पाठकहरुको क्रयशक्ति र व्यापारीहरुको इमान्दारीमा
निर्भर छ । केही ठूला संस्थाद्वारा प्रकाशित पत्रिकाको निम्ति यो समस्या नहोला तर
निजीक्षेत्रका अधिकांश साहित्यिक पत्रिकाले झेल्नुपरेको एउटा कठिनाइ बिक्री–वितरणको रहेको छ । स्वदेशका सबै भागमा पु¥याउने, विदेशका
नेपालीभाषीबीच पु¥याउने, विद्यालय
पुस्तकालयहरुमा पु¥याउने र व्यक्तिगत ग्राहकहरुमा पु¥याउने समस्या चुनौतीपूर्ण छ । प्रकाशक स्वयं नै सम्पादक, व्यवस्थापक, लेखक
र वितरक बनेर चलेका पत्रिकाको अवस्था, स्तरीयता
बजार र पाठक सङ्ख्या न्यून हुनु स्वाभाविक लाग्दछ, किनभने ऊ आफै विज्ञापन बटुल्न, पत्रिका पु¥याउन, गोष्ठीमा सहभागी हुन, लेखरचना
लिन दगुर्नु पर्दछ । सामग्री संयोजन गर्ने कामदेखि मुद्रणकार्यको रेखदेख र बजेट
विनियोजनसम्मका कामहरुमा लागेर निकालेको पत्रिका झोलामा बोकेर बाँड्दै हिँड्ने
अवस्थामा कसरी साहित्यिक–पत्रकारिता फस्टाउला ? ज्यादै नै विचारणीय छ । क्रयशक्ति भएका धनी वर्गका
साहित्यकारहरु, ओहोदावाल लेखकहरु झन् निःशुल्क पत्रिका लिन
चाहन्छन् । नयाँ लेखक र सम्पादकहरुले आफ्ना पुस्तक–पत्रिका विशेष उपहारका रुपमा उनीहरुलाई दिनुपर्ने ठान्दछन्
। ‘अङ्ग्रेजीवर्ग’ आफ्नो
बडप्पन प्रदर्शन गर्दै नेपाली भाषा साहित्यको प्रवद्र्धनमा लागेका साहित्यिक
पत्रिकाको उपेक्षा गर्दछ भने अन्य केही जातीय सङ्कीर्णताको मात लागेका व्यक्तिहरु
पनि राष्ट्र भाषा नेपालीको विद्रुुपीकरण चाहन्छन् । यस अतिरिक्त केहीले मनोरञ्जनका
नाममा अश्लील यौनवादी शृङ्गारिक हिंसाबद्र्धक रचनालाई बढावा दिने सामग्रीद्वारा
साहित्यिक–पत्रकारितालाई राष्ट्र तथा मानवघाती मार्गतर्फ
धकेल्दै छन् । बजारमा यस्ता पत्रिकाहरु प्रशस्तै देख्न पाइन्छ । यस प्रकारका
स्वदेशी तथा विदेशी पत्रिकाहरुले पनि नेपाली पत्रपत्रिकाहरुको बिक्री–वितरणमा बाधा उत्पन्न गरेका छन् । नग्न–दृश्यचित्रका विदेशी पत्रिका बेचेर नाफा खाने व्यापारीले
स्वदेशी पत्रिका बिक्री भएपछि पनि भुक्तानी नदिएको यथार्थ धेरै सम्पादक÷प्रकाशकहरुले भोगेको तीतो सत्य हो । बिक्रीका लागि दिइएको
पत्रिका नबिकेमा फिर्ता पाउनुपर्ने हो तर त्यसो हुँदैन । हुलाकद्वारा पठाइएका
पत्रिकाहरु सम्बन्धित ठेगानामा नपुगेर बीचैमा हराउँछन् । वितरक राखेर ग्राहक कहाँ
पु¥याउने अवस्था धेरै साहित्यिक पत्रिकाहरुसँग छैन । यस्तो
स्थितिमा बिक्री–वितरणको भरपर्दो व्यवस्था निर्माण नभैकन पाठक–ग्राहकहरुको विश्वास आर्जन गर्न कदापि सकिँदैन ।
समस्या
समाधानका विकल्पहरू ः
१.
आर्थिक समस्या समाधान गर्ने मुख्य उपायमा संस्थागत प्रकाशन गर्नु हो । संस्थागत
प्रकाशन कार्यमा पूँजीको साझेदारीसँगै बजार व्यवस्थाको कामकाजी समूह हुन्छ र
कार्यविभाजनद्वारा पत्रिका सम्पादन, प्रकाशन
र वितरण कार्य हुन्छ । यस काममा सहकारितालाई पनि अँगाल्न सकिन्छ । अहिले केही
प्रकाशन संस्थाहरुद्वारा प्रकाशित साहित्यिक पत्रिकामा यो समस्या त्यति छैन जति
निजीक्षेत्रबाट सञ्चालितहरुलाई छ । आर्थिक समस्या समाधान गर्ने अर्को महŒवपूर्ण उपाय विज्ञापन प्राप्त गर्नु हो । विज्ञापनले
सरकारीस्तरका कल्याणकारी मात्र नभई व्यावसायिक, सेवामूलक
र औद्योगिक तथा कृषि क्षेत्रका पनि यथाशक्य बढी बटुल्नुपर्छ । शिक्षा र संस्कृतिका
क्षेत्रमा उत्पादित वस्तु तथा सामग्रीको विज्ञापन साहित्यिक पत्रिकामै दिने
व्यवस्था गरिनुपर्दछ । कम्तीमा प्रतिनिधिमूलक ढङ्गले नै भए पनि आत्मनिर्भर बन्ने
परिस्थिति निर्माण गर्न सरकारले पनि उपयुक्त किसिमबाट साहित्यिक पत्रिकालाई
एकमुष्ट वा सालबसाली आर्थिक अनुदान दिने नीति लिनु आवश्यक छ । प्रकाशनसँग
सम्बन्धित मुद्रण प्रविधि, प्रेस, कागज, सञ्चार
साधन र ढुवानीमा दिइने आर्थिक सहुलियत सूचना पत्रकारितालाई भन्दा बढी नै दिनु
जरूरी छ । बिक्रेताबाट साहित्यिक पत्रिकालाई विशेष महŒव दिएर बिक्री–वितरण
गर्ने, समयमा भुक्तानी दिने र ग्राहक अभियान सञ्चालन गरेमा पनि
केही मात्रामा आर्थिक समस्या समाधान गर्न बल पुग्दछ ।
२.
निरन्तरताको समस्या समाधानका लागि सर्वप्रथम प्रकाशन–सम्पादन कार्यलाई संस्थागत गरी सामूहिक कार्ययोजनाका साथ
अघि बढ्नुपर्दछ । आफूहरुले सञ्चालन गरेको पत्रिका दीर्घजीवी होस् भनी बौद्धिक
उत्तराधिकारीको व्यवस्था गर्नुपर्छ । यसका लागि निजीतवरमा प्रकाशित पत्रिकाले समेत
आफ्ना भाइबन्धु, छोरा–नातिमा
मात्र निर्भर नरहेर बौद्धिक प्रतिभाहरुलाई साथ लिएर प्रकाशनको निरन्तरताका लागि दीर्घकालीन
योजना बनाउनुपर्दछ । आफू वा आफ्नो टोली पछि साहित्यिक पत्रिकालाई निरन्तरता दिने
अभिभारा बोक्ने सक्षम व्यक्तिहरुका बारेमा समयमै सोच्न सके यो समस्या सुल्झाउन
सकिन्छ । आर्थिक कठिनाइ हल गरेपछि आइलाग्ने सम्पादन–व्यवस्थापनको समस्यालाई समाधान गरेमा प्रकाशनको निरन्तरता
वा स्थायित्व सम्भव हुन्छ ।
३.
सम्पादनको समस्या हल गर्ने उपयुक्त तरिका सामूहिकता नै हो । संस्थागत सञ्चालनसँगै
सम्पादन कार्यमा पनि विषय वा विधागत जिम्मेवारी बाँडफाँड गरी सामूहिक कार्ययोजना र
व्यक्तिगत जवाफदेहीको कार्यशैली अँगाल्न सकेको खण्डमा नै कुन अङ्क कस्तो बनाउने ? के विषयलाई विशेष महŒव
दिने, विषयको विविधता कसरी संयोजन गर्ने ? स्तरीयता कसरी कायम गर्ने ? भन्ने जस्ता कुरालाई सुव्यवस्थित बनाउन सकिन्छ । सामूहिक
बुद्धिको प्रयोगले योजनाबद्ध लेखन, पाठकीय
रुचिको छनौट एवं परिष्कार तथा विचारको, विविधतालाई
सन्तुलित राख्न सहज हुन्छ । सम्पादनकलाको सन्दर्भमा पनि यथोचित ध्यान दिन सुगम
हुन्छ । तसर्थ सम्पादनकलाको प्रवद्र्धनका लागि विशेष गरी साहित्यिक–पत्रकारितालाई उन्नत पार्ने दृष्टिले संस्थागत प्रयास
हुनैपर्दछ । यसका लागि थप कार्यकलापका रुपमा अल्पकालीन तालिम, कार्यशाला गोष्ठी एवं विचार मन्थन कार्यक्रमहरु तर्जुमा
गरिनु पनि उचित हुन्छ । यस काममा नेपाल साहित्यिक पत्रकार सङ्घको नै विशेष ध्यान
जानु जरूरी छ ।
४.
दृष्टिकोणको समस्या समाधान गर्ने उपयुक्त तरिका भनेको विचार– धारात्मक सङ्घर्ष, संवाद
र सहजीवन हो । हाम्रो समाजको विविधताजस्तै बौद्धिकतामा पनि विविधता रहन्छ भनी
परस्पर सम्मान, सहअस्तित्व र सहकार्य गर्ने संस्कार हुर्काउन
सक्नुपर्छ । बहु–जातीय समाज, संस्कृति
र विश्वासका आस्थासँगै वैज्ञानिक विचार, मानवीय
व्यवहार र नैतिक निष्ठाका पक्षधर व्यक्ति समुदाय र दलहरुको उपस्थिति नेपाली
लोकजीवनको वास्तविकता हो र यसको प्रतिबिम्ब हाम्रो साहित्यिक–पत्रकारितामा पनि रहेको छ । त्यसकारण सामन्ती सनातनी
विचारधारा, पूँजीवादी लोकतान्त्रिक विचारधारा र वैज्ञानिक
समाजवादी विचारधाराका बीच चलिरहेको द्वन्द्व, सम्वाद
र प्रतिस्पर्धामा हामी लेखक साहित्यकार एवं साहित्यिक पत्रकारहरु पनि वैचारिक बहस
वाद–प्रतिवाद र सम्वादका शृङ्खलाबाट गुज्रदै सही निष्कर्षमा
पुग्नु आवश्यक छ । फरक फरक दृष्टिकोण भएका लेखक रचनाकार, पत्रपत्रिका र भाषिक समूहहरुका बीचमा मित्रवत् सम्बन्ध कायम
गर्ने, आफ्ना कुरा भन्ने अरूका कुरा सुन्ने र वर्गकल्याणबाट
सर्वकल्याण तर्फ अघि बढ्दा अँगाल्ने बहुजन हितायको मार्ग अनुसरण गर्नुपर्ने आजको
आवश्यकतालाई हामीले मनन गर्नैपर्छ । दृष्टिकोणको सुस्पष्टता सर्वप्रथम आ–आफ्ना धारामा हुनुपर्छ, तब
मात्र अनेकतामा एकताको सार्थक स्थिति निर्माण गर्न सहकार्य गर्दै अघि बढ्ने अवस्था
पैदा हुन्छ र विमतिका बीच सहमति कायम गर्न सकिन्छ ।
५.
नीतिगत समस्या समाधानका लागि प्रथमतः साहित्यिक पत्रकारहरु स्वयं नै आफ्ना आधारभूत
नीतिहरुमा सुस्पष्ट हुनु जरूरी छ । पेसागत एकताको कुराले मात्र दीर्घकालीन
राष्ट्रिय एकता निर्माण गर्न सक्दैन । त्यो त प्रतिपक्षको व्यवधानका कारणबाट
सिर्जित अस्थायी एकताको सूत्र हो । सम्पन्न र विपन्न, पदासीन र पदविहीन, उच्चवर्गी
र निम्नवर्गी, सुविधाभोगी र सुविधावञ्चित पश्चगामी र अग्रगामी
पक्षका माझको पेसागत एकता कतिञ्जेल दिगो रहला ? नीतिगत
सुस्पष्टतामा आधारित सहकार्यको माध्यमबाट नै साहित्यिक पत्रकारहरुको राष्ट्रिय
एकता निर्माण गर्न सकिन्छ । सरकारी नीतिहीनता, नीतिगत
अस्पष्टता र पक्षपातको कारणबाट अहिले जेजति र जस्तो एकता निर्माण भएको देखिन्छ, त्यसको स्वयं साहित्यिक पत्रकारहरुले समेत टिप्पणी गरेको
पाइन्छ ।
नीतिगत
समस्याको अर्को पाटो हो– सरकारी
नीतिहीनता, अस्पष्टता र पक्षपातपूर्ण व्यवहार । यसका
विरुद्ध साहित्यिक पत्रकारहरुले पटक पटक विभिन्न मागहरु अघि सारेर, सम्पादकीय लेखेर, प्रतिनिधि
मण्डलद्वारा समस्या अवगत गराएर सरकारको ध्यानाकर्षण गराएका छन् । वि.सं. २०५४ माघमा
दाङमा सम्पन्न भएको साहित्यिक–पत्रकारिता विकाससम्बन्धी
अन्तरक्रिया कार्यक्रमबाट सोह्र सूत्रीय सुझावहरु प्रस्तुत भएका थिए । त्यसमा
साहित्यिक पत्रिकाको स्तर निर्धारणका लागि मापक आधार तयार गरी विश्वविद्यालयदेखि
विद्यालय तहसम्म र देशका सबै पुस्तकालयमा पठाउने गरी सरकारले निश्चित प्रति
साहित्यिक पत्रिका खरिद गरिदिने, अश्लील
प्रकाशनलाई रोक्ने, विज्ञापन सुविधा दिने, स्तर अभिवृद्धिका लागि प्राज्ञिक कार्यमा सहयोग पु¥याउने, सञ्चार
साधनको सुविधा प्रदान गर्नुपर्ने, साहित्यिक
पत्रकारलाई पनि देश–विदेश भ्रमणको अवसर दिने, न्यून ब्याजमा ऋण सुविधा दिलाउने, लेखकस्वमा लाग्दै आएको कर हटाउने, राष्ट्रभाषाका साथै राष्ट्रिय भाषाका पत्रपत्रिकाको अभिलेख
राख्ने, नेपाल बाहिर रहेका नेपालीबीच पत्रिका पु¥याउन सम्बन्धित देशसँग सांस्कृतिक सम्झौता गर्ने जस्ता
विषयहरु उठाइएका थिए ।
२०६२
वैशाखमा साझा प्रकाशनद्वारा आयोजित गोष्ठीमा पनि साहित्यिक–पत्रकारिताका सम्बन्धमा सरकारको सुस्पष्ट नीति आउनुपर्ने, सरकारले स्थानीय निकायको बजेटमा निश्चित प्रतिशत रकम
पुस्तकालय र वाचनालयका लागि पुस्तक पत्रिकाहरु किन्न विनियोजन गरिनुपर्ने, साहित्यिक पत्रकारलाई पनि प्रेस प्रतिनिधि परिचय पत्र
उपलब्ध गराउनुपर्ने, नियमित साहित्यिक पत्रिकाको वर्गीकरण गरी
आर्थिक सहयोग दिनुपर्ने, मुद्रण
सामग्री सहुलियत दरमा उपलब्ध गराउनुपर्ने, प्रवासका
नेपालीभाषी क्षेत्रमा पत्रिका पु¥याउने र साहित्यिक–पत्रकारिताका समस्याहरुको समग्र अध्ययनका लागि ‘साहित्यिक–पत्रकारिता आयोग’ गठन हुनुपर्ने जस्ता विषयहरु उठाइएका थिए । परन्तु सरकारले
यी मागहरुमध्ये एक दुईवटाबाहेक अरूको सुनुवाइ नै गरेन । आज पनि हुलाक दर्ता, टेलिफोन सुविधा, आयकर
छुट, विज्ञापनको उपलब्धता, कागजमा
सुविधा र आर्थिक अनुदानजस्ता कुराहरुमा यथोचित ध्यान दिएको छैन । आज विशेषगरी
निजीक्षेत्रबाट सञ्चालित साहित्यिक पत्रिकालाई आवश्यक सहयोग पुग्ने गरी ठोस नीति
तर्जुमा गरिनुपर्ने खाँचो छ ।
साहित्यिक
पत्रकारहरुद्वारा विभिन्न समयमा उठाइएका माग र मुद्दा एवं विभिन्न गोष्ठी र
सम्मेलनहरुद्वारा दिइएका सुझावहरुलाई अध्ययन गरी अबिलम्व साहित्यिक–पत्रकारितासम्बन्धी ठोस नीति तर्जुमा गरिनुपर्दछ र यसका
निम्ति तत्काल उच्चस्तरीय आयोग गठन गरी कार्यारम्भ गरिनुपर्दछ । साहित्यिक–पत्रकारिताको सम्बद्र्धनका निम्ति सरकारीस्तरबाट एउटा
छुट्टै राष्ट्रिय नीति बनाएर अघि बढ्नुपर्ने खाँचो धेरैले धेरै अघिदेखि औँल्याउँदै
आएको विषय भएर पनि सरकारले अझै यथोचित ध्यान दिएको छैन । अतः परिवर्तित सन्दर्भमा
अब यस्तो अवस्थाको छिट्टै अन्त्य हुनुपर्दछ ।
६.
बिक्री–वितरणको समस्या समाधानका लागि सरकारी र निजी दुवै
क्षेत्रबाट सहयोग प्रवद्र्धन गरिनु जरूरी छ । सरकारले हुलाकखर्च, टेलिफोन सुविधा, हवाइ
शुल्क, ढुवानी सेवामा पत्रपत्रिकालाई विशेष छुट दिने नीति अवलम्बन
गरेको खण्डमा, हुलाक दर्ता गरेका पत्रिकाको पोका अथवा
थैलाहरुको ओसार–पसार गर्दा हराएमा क्षतिपूर्ति तिर्नुपर्ने
स्पष्ट व्यवस्था भएमा कर्मचारीले थप जिम्मेवारी बोध गरी सम्बन्धित ग्राहककहाँ
पुग्ने सम्भावना बढ्छ । यसबाट वितरण भरपर्दो गर्न सकिने अवस्था पैदा गर्न मद्दत
पुग्दछ । निजीक्षेत्रबाट सञ्चालित कुरियर तथा यातायात कम्पनीहरुले पनि साहित्यिक–पत्रकारितालाई मद्दत पुग्ने गरी ढुवानी शुल्कमा विशेष छुट
दिने कामसँगै आफ्नो संस्थामा सामान बुक गर्ने परिपाटी बसालेर । जिम्मेवारीपूर्वक
तोकिएको ठाउँमा बुझाइदिने गर्नुपर्छ । पुस्तक पसल तथा पत्रिका व्यापारीहरुले पनि
बिक्री भएका साहित्यिक पत्रिकाको भुक्तानी तथा बिक्री नभएका पत्रिकाहरु फिर्ता
दिने नैतिक दायित्व बहन गर्नुपर्छ । साहित्यिक पत्रिकाको विकास होस् भन्ने हेतुले
अभिप्रेरित भएर सबै स्रष्टा–द्रष्टाहरुले पत्रिका किनेर
पढ्ने बानी बसाल्नु जरूरी भएजस्तै पत्रिका प्रकाशक÷सम्पादकहरुले पनि आफ्ना लेखकलाई रित्तो हात लेखरचना लिने
परम्पराको अन्त्य गर्नुपर्दछ । नेपाली भाषा र नेपालका भाषाको समुचित विकासले
हाम्रो साहित्यिक–पत्रकारिता समृद्ध बन्दछ । द्विभाषिक नीति
अबलम्वन गरी राष्ट्रिय भाषाका रचनालाई ठाउँ दिने र तिनीहरुको अनुवाद एकै साथ
प्रकाशन गर्ने गरेमा पाठक सङ्ख्या वृद्धि हुने कुरा निश्चित छ । जुनसुकै भाषामा
प्रकाशित पत्रिका भए पनि त्यसको विषयवस्तुले नेपालको राष्ट्रिय एकता, सार्वभौमिमकता र अखण्डतालाई चोट पु¥याउने, नेपाल
र नेपालीलाई होच्याउने तथा कुनै जाति विशेषलाई निन्दा गर्ने रचनाहरु प्रकाशन गर्नु
हुँदैन । यो हाम्रो आचारसंहिताको कुरा हो । त्यसरी नै अश्लील एवं हिंसाबद्र्धक
सामग्रीलाई पनि ठाउँ दिनु मानवघाती कुकर्मलाई टेवा दिनु हो । यी विषयहरुमा
व्यवस्थित छलफल, समझदारी र सोच बनाएर अघि बढेमा निश्चय नै
हाम्रो साहित्यिक–पत्रकारिता सबल बन्दै जानेछ ।
अन्त्यमा, नेपाली साहित्यिक पत्रकारितामा नेपालीय नेपालीका अतिरिक्त
राष्ट्रिय भाषाहरुका माध्यमबाट थपिँदै आएका विशेषता र प्रवृत्तिहरुको पनि यथोचित
शोध एवं त्यस्ता पत्रिकाहरुको संरक्षण तथा मूल्याङ्कन गरी सक्दो सहयोग पु¥याउँदै विविध वैचारिक धाराहरुको स्वतन्त्र अस्तित्वलाई
स्वीकारेर सहकार्य प्रवद्र्धन गरी अघि बढ्नु आजको दायित्व बन्न पुगेको विषयतर्फ
पुनः ध्यानाकर्षण गराउन चाहन्छु । धन्यवाद ।
(नेपाल
साहित्यिक पत्रकार सङ्घद्वारा २०६४ कात्तिक १७ मा मकवानपुरको हेटौँडामा आयोजित
साहित्यिक पत्रकारिता गोष्ठीमा प्रस्तुत कार्यपत्र)
No comments:
Post a Comment