इलाम
जिल्लाबाट प्रकाशित साहित्यिक पत्रपत्रिका
शिव
रेग्मी
नेपालका
जिल्लाहरुबाट प्रकाशित साहित्यिक पत्रिकाहरुको इतिहास जान्ने मेरो जिज्ञासाको
फलस्वरुप जन्मेको यो पहिलो आलेख हो । यसमा धेरै पत्र–पत्रिकाहरु छुटेका छन्–म
कायल छु यसलाई पूरा गर्ने काममा लाग्नेछु । अध्ययनशील विद्वान सम्पादक/प्रकाशक वा जसलाई जानकारी छ, लिखित सूचना पाउन सादर अनुरोध गर्दछु ।
राणाकालीन
प्रशासकीय इकाइको रुपमा इलाम सुरुमा धनकुटा गौँडा अन्तर्गत पथ्र्यो भने पछि इलाम
पनि छट्टै गौँडाको रुपमा रहेको थियो । २०१८ सालमा चौध अञ्चल र पचहत्तर जिल्लामा
विभाजित हुँदा इलाम मेची अञ्चलको सदरमुकाम कायम भएको थियो । तर पछि सदरमुकाम पनि
झापा जिल्लामा सरेपछि इलामको चहलपहल र रौनकमा कमी आएको अनुभव हुन्छ । तर यसमा
रहेको प्राकृतिक सौन्दर्य, दृश्य
तथा चिया बगान लगायत प्राकृतिक सम्पदा यथावत् छन् । यी नै इलामको इज्जत र
प्रतिष्ठा हुन् भन्ने ठान्छु ।
इलाम
साहित्यिक व्यक्तित्वहरुको उर्वर भूमि हो । २००७ सालको क्रान्ति लगत्तै ‘नेपाली भाषा प्रचारक सङ्घ’ र ‘करफोक विद्या मन्दिर’को स्थापना भएपछि यहाँ साहित्यिक चहलपहल सुरु भएको मानिन्छ
। नेपाली भाषा प्रचारक सङ्घ र करफोक विद्या मन्दिरले २००८ सालमा बृहत् साहित्यिक
सम्मेलन गर्नु र नेपाली भाषा प्रचारक सङ्घले २०११ साल भदौदेखि ‘हाम्रो नेपाल’ मासिक
पत्रिकाको प्रकाशन गर्नु इलामको स¥हाहनीय
कार्य हो । यही वृहत् सम्मेलनमा भाग लिन गएका कविशिरोमणि लेखनाथ पौड्याल, महान् नाटककार बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटालाई ‘त्रिमूर्ति’ नामले
पुकारिन थालेको हो ।
‘हाम्रो
नेपाल’ पहिलो अङ्क महानन्द सापकोटाको सम्पादनमा प्रकाशनमा आएको
थियो भने दोस्रो अङ्कदेखि भवानीप्रसाद शर्मा तथा अन्त्यका दुई अङ्क दानियल
खालिङद्वारा सम्पादित भएका छन् । प्रधान सम्पादक भने महानन्द स्वयं देखिनु हुन्छ ।
इतिहास भैसकेको यो पत्रिका इलाम जिल्लावासीबाट पनि बिर्सिइसकेको अनुभव हुन्छ । यो
लेखकले ‘हाम्रो नेपाल’को ६
वटा अङ्कको इतिहास लेख्दा पछिल्लो अङ्कमा आगामी आकर्षणमा केही लेख रचनाको विवरण
दिइएकोले अर्को अङ्क पनि प्रकाशित भएको छ कि भन्ने शङ्का उब्जाएको थिएँ । तर
कतैबाट कुनै प्रतिकृया आएन ।
हस्तलिखित
बाहेक इलाम जिल्लाबाट छापिएर निक्लेको पत्रिका यो नै पहिलो हो आजसम्मको खोजीमा ।
अहिले पनि पढ्दा स्तरीय र गरिमायुक्त लाग्ने ‘हाम्रो
नेपाल’ मासिक पत्रिकामा कथा, कविता
भन्दा लेख, निबन्ध बढी मात्रामा प्रकाशित छन् । पत्रले
आफूलाई शैक्षिक सांस्कृतिक र साहित्यिक सचित्र पत्र भनेकोले यस्तो हुन गएको हो ।
लेख निबन्धहरुमा मातृकाप्रसाद कोइराला, महानन्द
सापकोटा,
रामप्रसाद मानन्धर, कृष्णप्रसाद चापागाईं, तारानाथ
शर्मा, तेजबहादुर प्रसाई, बालकृष्ण
पोखरेल आदि छन् ।
इलामको
दोस्रो साहित्यिक पत्रिकामा करफोक विद्या मन्दिर, करफोक, इलामबाट
प्रकाशित ‘जुनेली’ सुरुमा
चार महिने थियो । पहिलो प्रकाशन २०१५ सालमा भएको थियो । यो पत्रिकाको इतिहास
लेख्दा मैले पूर्णाङ्क १२ अङ्क सम्म लेखेको रहेछु । (अतीतका पाना, प्रकाशक रत्न पुस्तक भण्डार, काठमाडौँ, २०६३)
बीचमा तेह्र अङ्क निक्लेर २०६० सालमा स्वर्ण महोत्सवको अवसरमा स्मारिका अङ्क १४
प्रकाशनमा आएको छ । प्रस्तुत स्मारिका स्कुलसँग सम्बन्धित छात्र–छात्रा तथा शिक्षक वर्गको लेख रचनाले सिँगारिएको छ । बडो
सजधजका साथ निकालिएको यस अङ्कमा २००९ सालको करफोक सम्मेलनमा खिचेको ऐतिहासिक
तस्वीर पनि छापिएको छ । तर सम्पादक महोदयले तस्वीरमा रहेका व्यक्तिहरुको परिचय
दिँकदा ईश्वर बरालको सट्टा ईश्वर बल्लभ र दीर्घराज कोइरालाको सट्टा दीर्घराज
प्रसाईं गरेर त्रुटि गर्नुभएको छ ।
इलाम
जिल्लाबाट प्रकाशित भएको तेस्रो साहित्यिक पत्रिका ‘घाँसी’ २०१६
सालमा गठन भएको ‘घाँसी परिवार इलाम’ बाट प्रकाशित भएको हो । इलाम गौँडामा १÷११७ मा दर्ता भएको यो ‘घाँसी’ पत्रिका सामयिक साहित्य सङ्कलन हो । यसको प्रकाशन २०१७
सालको अन्त्यतिर टीकाप्रसाद उप्रेतीको सम्पादनमा भएको हो । तर प्रस्तुत पत्रिका र
हस्तलिखित ‘घाँसी’, जुन
श्यामकृष्ण श्रेष्ठबाट निकालिएको थियो बारे केही साइनो खुलाइएको छैन । छापामा आएको
‘घाँसी’ मा
आदिकवि भानुभक्तको जीवनका प्रेरणास्वरुप उपस्थित भएका घाँसीलाई यो प्रथम पुष्प
सादर समर्पित’ भनिएको छ । यो ‘घाँसी’ मा
निबन्ध, कथा, कविता, लेख, रचना
आदि प्रकाशित छन् । स्तरीय रुपमा घाँसीमा लेख रचना पनि स्तरीय र गरिमायुक्त छन् ।
कथामा
देवकुमारी थापा, ईश्वर बल्लभ, मदनकृष्ण प्रसाईं, भूपाल
शाक्य छन् भने निबन्ध–समालोचनामा रामकृष्ण शर्मा, गणेशबहादुर प्रसाई, लोकराज
बराल, पुष्पलाल सिवाकोटी, इन्द्रबहादुर
राई, तथा कविहरुमा लेखनाथ पौड्याल, बालकृष्ण सम, धरणीधर
कोइराला,
भीमनिधि तिवारी, तुलसी अपतन, अगमसिंह
गिरी, वासु शशी, सावित्री
ंिसंह, गोविन्दप्रसाद सिंह, श्यामकृष्ण
श्रेष्ठ,
गोविन्दकृष्ण श्रेष्ठ आदि छन् ।
दोस्रो
अङ्कको निमित्त रचनाको आहवान गर्दै प्रथम पुष्प सदाका लागि बन्द भयो । तर एकै अङ्क
निकाले पनि यसको स्तरीयता र बरीयताले गर्दा इलामवासीले अहिले पनि गर्व गर्न सक्छन्
।
‘अन्तु’ साहित्यिक त्रैमासिक पत्रिका २०४६ सालको विजया दशमीको शुभ
उपलक्ष्यमा त्यतिखेरको इलाम नगर पञ्चायतबाट प्रकाशित भएको छ । विष्णु निष्ठुरीको
सम्पादनमा प्रकाशित यो पत्रिका कति अङ्क निस्कियो थाहा छैन तर मसँग भएका दुई
अङ्कले चित्त बुझाउनु परेको छ । दुई अङ्कमा प्रकाशित लेख रचनामा ‘ताप्लेजुङ्’ शीर्षक
कविता, ‘अन्तु डाँडाको परिचय’ तथा ‘मुर्चुङ्गा जस्तो मेरो इलाम’ निबन्ध उत्कृष्ट छन् ।
‘सौगात’ मासिक पत्रिका २०२२ साल कार्तिकदेखि त्यतिखेरको इलाम जिल्ला
पञ्चायत कार्यालयबाट प्रकाशित भएको पत्रिका हो । यसको सुरुको सम्पादन माधव
भण्डारीबाट भएको थियो । सम्भवतः इलाम जिल्लाबाट निक्लेको पत्रिकामा यो नै सबभन्दा
लामो समय चल्यो । यसको वर्ष १४ अङ्क १० (२०३६ साउन) इतिहास अङ्कको रुपमा प्रकाशित
छ ।
‘सौगात’ को इतिहास अङ्कलाई ठूलो उपलब्धिको रुपमा मान्नु पर्छ । ‘सौगात’ बीचमा
धेरै अङ्क पढ्न नपाएपनि पढ्न पाइएको अङ्क धेरै उपयोगी लाग्यो । यतिखेर भने सम्पादक
मण्डल बनेको र देवदास राईका साथै अन्य पाँच जना छन् । पृथ्वीनारायण शाहको कविताबाट
सुरु भएको ‘सौगात’को
प्रस्तुत अङ्कमा बालकृष्ण समको–
‘‘क्रोधले
मानिस राक्षस नबनोस्
कामले
अन्धो नबनोस्
मोहले
त्यो झिँगो नबनोस्
लोभले
कुकुर नबनोस्
मदले
मत्त हात्ती नबनोस्
मात्सर्यले
गोमन नबनोस्
मानिस
सोझो, ठाडो अग्लो
मानिसकै
आदर्श बनोस्’’ उल्लेखनीय छ ।
‘सौगात’ प्रस्तुत अङ्कको ऐतिहासिक सामग्रीहरुमा नेपालको शाहकालीन
शासन व्यवस्था, जङ्गबहादुर र बेलायत, रणोद्दीप सिंहको हत्या र देव समशेरको निष्काशनमा समानता तथा
भिन्नताः समीक्षात्मक एक अध्ययन, लाप्चाः
दुने र नेबू, पद्म समशेरको नेपाल सरकार बैधानिक कानुन, २००४ एक ऐतिहासिक सन्दर्भ, जङ्गबहादुरको महाराज पद, नेपालको
बारेमा हुएनसाङ्को वर्णन् तथा विष्णु ‘नवीन’ को फूल पार्ने भाले लेख प्रकाशित छ । यसरी हेर्दा ‘सौगात’ यो
गहकिलो अङ्कका रुपमा देखिन्छ र ऐतिहासिक यी सामग्रीहरु महेन्द्ररत्न बहुमुखी
क्याम्पस, इतिहास विभागबाट तयार भएको उल्लेख छ ।
‘पुस
२०३४ मा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल, इलामबाट ‘विद्यार्थी’ नामक साहित्यिक पत्रिकाको पहिलो अङ्क निक्लेको छ । राम
सापकोटा सहित पाँच जनाको सम्पादक मण्डलबाट तयार गरिएको यो पत्रिकामा ‘देशभक्ति’ निबन्ध, देशको विकासमा नारी वर्गको भूमिका, तथा दुईवटा कथा प्रकाशित छन् । ९ कविता छापिएका छन् गद्य
पद्य दुवै प्रकारका । राज प्रधान पुष्पको ‘चाहना
अनि सन्तुष्टि’ तथा जसोदा खड्गीको ‘अधुरो सपना’ दुवै
कथा ठिक ठिकै छन् । ‘विद्यार्थीस् अङ्क कति अङ्क प्रकाशित भयो थाहा
छैन ।
माथि
उल्लेखित पत्रपत्रिका बाहेक सन्दर्भगत पढेका तथा कोष बनाउँदा प्राप्त भएका विवरणहरु
अनुसूचि (क) मा दिएको छु ।
अनुसूची
१
(क)
(१)
इशारा (मासिक)
२०५८
साल बैशाखमा मासिक रुपमा निक्लेको यो पत्रिका कति अङ्क निक्ल्यो, थाहा छैन । कृष्ण राई ‘अभागी’ लगायतको सम्पादकत्वमा निक्लेको यो पत्रिकामा प्रकाशक चाहिं ‘इशारा साहित्यिक पत्रिका परिवार’ थियो ।
(२)
करुण क्रन्दन (मासिक)
फागुन
२०५८ देखि मासिक रुपमा यो पत्रिका जि.का.इलाममा १६ नम्बरमा दर्ता भएर निक्लेको
थियो । खेमबहादुर खालिङ्, प्रकाश
पोखरेलको संयुक्त सम्पादनमा प्रकाशित छ । यसको प्रकाशक करुण क्रन्दन साहित्यिक
परिवार नै हो ।
(३)
ढाकर (सामयिक)
इलामबाट
राधेश्याम गुप्ता लगायतका सम्पादकत्वमा २०३४ मा प्रकाशनमा आएको ‘ढाकर’ कति
अङ्क प्रकाशित भयो थाहा छैन ।
(४)
झुल्के घाम (त्रैमासिक)
‘झुल्के
घाम’ त्रैमासिक दिलीप बमजन र यशोदा शर्माको संयुक्त सम्पादनमा
कार्तिक २०५८ देखि प्रकाशनमा आएको देखिन्छ । तर अहिलेसम्म कति अङ्क निक्ल्यो भन्न
सकिन्न । ‘झुल्के घाम साहित्यिक समूह’ प्रकाशक हो ।
(५)
देउराली डा“डा (दुई महिने)
यो
दुई महिने साहित्यिक पत्रिका केशर प्रधानको सम्पादनमा निक्लेको देखिन्छ तर यसको
प्रकाशन कति भयो ? थाहा छैन ।
(६)
पाथीभरा दर्शन (तीन महिने)
यो
साहित्यिक पत्रिका तीन महिना अवधिमा प्रकाशन हुने गरी प्रकाशनमा आएको हो । बैशाख
२०६२ मा गणेश अज्र्यालको सम्पादन तथा कोल्बुङ् साहित्यिक समाजबाट प्रकाशित यो
पत्रिका बारे केही भन्न सकिन्न ।
(७)
पूर्वेली चिनारी (त्रैमासिक)
२०६१
मा इलामे नानी लगायतले त्रैमासिक ‘पूर्वेली
चिनारी’ नामक पत्रिका सम्पादन गरी प्रकाशनमा ल्याएको देखिन्छ तर
विषयवस्तु र कति अङ्क निक्ल्यो केही भन्न सकिन्न ।
(८)
प्रभात (तीन महिने)
२०६०
भदौ महिनामा ‘प्रभात’ को
जन्म भएको पढ्न पाइन्छ । तीन महिनाको यो पत्रिका पनि कति अङ्क निक्ल्यो, कस्तो थियो भन्ने बारेमा थाहा छैन । प्रेम प्रभात लगायतको
सम्पादनमा प्रकाशित भएको थियो र यसको प्रकाशन ‘प्रभात
साहित्य समूह’बाट भएको थियो ।
(९) बर
पिपल
इलामबाट
देवी साङ्पाङ्को सम्पादनमा एवं ‘रम्याङ साहित्य समूह’को प्रकाशनमा निक्लेको हो । पूर्णाङ्क ११ संयुक्त र
पूर्णाङ्क १५ सम्म निक्लेको उल्लेख छ ।
(१०)
लहर (त्रैमासिक)
फागुन
२०६० मा ‘जूनतारा साहित्यिक परिवार, जीतपुर इलाम’ ले
नजरा इसल लगायतको सम्पादनमा लहर त्रैमासिक पत्रिका प्रकाशनमा आएको उल्लेख भेटिन्छ
। अरू केही पत्तो लाग्दैन ।
(११)
वेदना (दुई महिने)
सुरज
भट्टराई लगायतद्वारा सम्पादन भएको तथा ‘वेदना
साहित्यिक परिवार’बाट प्रकाशित दुई महिने वेदना असोज २०६१ म
प्रकाशित भएको देखिन्छ । अरु थाहा छैन ।
(१२)
समता लहर (मासिक)
इलाम
जिल्ला कार्यालयमा १३९ मा दर्ता भएर ‘समता
लहर’ नामको मासिक पत्रिका २०५३ सालमा प्रकाशनमा आएको उल्लेख छ ।
यसका सम्पादकमा जी.बी.इलामे र देवी पन्थी देखिन्छन् । प्रकाशकमा ‘समता साहित्यिक परिवार’ ।
इलामकै जय नेपाल छापाखानामा छापिएको छ । अरु थाहा छैन ।
(१३)
सौगात (दुई महिने)
२०६२
सालमा ‘सौगात’ दुई
महिने साहित्यिक पत्रिका प्रकाशनमा आएको उल्लेख छ । सी.पी. शर्मा गड्तौला तथा
रामकुमार सुवेदीको संयुक्त सम्पादन तथा ‘सौगात
साहित्यिक तथा खोजमूलक परिवार’ द्वारा
प्रकाशित यो पत्रिकाबारे पनि केही थाहा छैन ।
(१४)
हाम्रो गोरेटो
सुरुमा
भित्ते पत्रिकाको रुपको यो पत्रिका पछि त्रैमासिक रुपमा प्रकाशित हुन थालेको सम्म
थाहा भएको छ ।
(१५)
हिमशिखर (त्रैमासिक)
‘पञ्चकन्या
साहित्यिक परिवारद्वारा प्रकाशित एवं हर्क राई र सुवास देउरालीबाट सम्पादन भएको यो
साहित्यिक पत्रिका त्रैमासिक थियो भन्नेसम्म थाहा पाइएको छ ।
(१६)
ज्योति पुञ्ज
मित्र
गौतम तथा सीता खवासद्वारा सम्पादित यो हवाइ पत्रिका ‘इलामेली महिला साहित्यिक समाज’द्वारा प्रकाशित भएको उल्लेख छ । अरु थाहा छैन ।
(१७)
कन्दरा
विद्वान
मित्र रोचक घिमिरेका अनुसार इलामबाट २०३७ सालमा कन्दरा साहित्यिक पत्रिका प्रमुख
सम्पादक गणेश निरौलाको सम्पादनमा निक्लेको थियो । सुरुमा हस्तलिखित निक्लेको यो
पत्रिका छापामा एक अङ्कमात्र आएको थियो र यसका प्रकाशकमा दुर्गा शर्मा भट्टराईको
नाम उल्लेख छ ।
(२०६६
ज्येष्ठ ९गते नेपाल साहित्यिक पत्रकार सङ्घद्वारा चितवनमा आयोजित मोफसल साहित्यिक
पत्रकारिता सङ्गोष्ठीमा प्रस्तुत कार्यपत्र)
अन्तर्वार्ताकार– हरिगोविन्द लुइँटेल
साहित्यिक
पत्रिकालाई विज्ञापनमाथि
बन्देज
लागेको छ
– रोचक
घिमिरे, अध्यक्ष, ने.सा.प.सङ्घ
साहित्यिक
पत्रकारिताका प्रमुख समस्याहरु के हुन् ?
– साहित्यिक
पत्रकारिताका मुख्य समस्या दुईटा छन्, ती
हुन्– विज्ञापन र वितरण । विज्ञापनमा बन्देज लागेको छ साहित्यिक
पत्रिकालाई । सरकारले पनि यिनलाई विज्ञापन दिँदैन, व्यापारिक संस्थानहरुले पनि यिनलाई विज्ञापन दिंदैनन् ।
पत्रिकाको मूल आर्थिक स्रोत नै विज्ञापनलाई मानिन्छ । तर विज्ञापनबाट साहित्यिक
पत्रिकाहरुलाई जसरी वञ्चित गरिएको छ । त्यसैगरी साहित्यिक पत्रिकाहरु निरर्थक हुन्
पुगेका छन् । यिनको कुनै उपादेयता नै छैन, यस्तालाई
संरक्षण गर्नु राष्ट्रिय साधनको दुरुपयोग गर्नु हो भन्ने जङ्गली विचार हाम्रो
राष्ट्रका नीति निर्माताहरुमा आज पनि कायम नै छ । त्यसैको शिकार भइरहेका छन्
साहित्यिक पत्रिकाहरु ! त्यस्तै वितरण पनि अर्काे मुख्य समस्या हो साहित्यिक
पत्रिकाहरुको । पत्रिका छाप्यो आफैँ झोलामा बोकेर बाँड्यो, वितरण ग¥यो यस्तै स्थिति छ हाम्रा
साहित्यिक पत्रिकाहरुको । एउटा भरपर्दाे वितरण संस्थाको अभावमा विक्रेताहरुलाई
बेच्न दिएका पत्रिका बिकेर पनि प्रकाशकले पैसा पाउँदैन । अधिकांश पत्रिका
विक्रेताहरु साहित्यिक पत्रिकाको पैसा दिनै पर्दैन भन्ने मानसिकताले ग्रस्त छन् ।
साहित्यिक पत्रिकाको हित चिन्तक, विश्वास
गर्न लायक भरपर्दाे वितरण संस्थाले पत्रिका वितरणको चाँजो मिलाइदिने हो भने
साहित्यिक पत्रिकाको सङ्कट अधिकांश मात्रामा हट्ने थियो ।
अहिले
नेपाल साहित्यिक पत्रकार सङ्घले के काम गर्दैछ ?
– सरकारबाट
साहित्यिक पत्रिकाहरुप्रति गरिने भेदभावको अन्त्य गरी तिनलाई तिनका हक अधिकार
प्राप्त गराउन प्रयत्नरत छ, नेपाल
साहित्यिक पत्रकार सङ्घ । नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको साहित्यिक पत्रिका
सहयोग कोष रोकिएको तीन वर्ष देखिको सहयोग रकम फुकुवा गराउन प्रयत्नशील छ सङ्घ । यस
निम्ति प्रज्ञामा नयाँ मूल्याङ्कन समिति बनेको छ र त्यसमा सङ्घका तर्फबाट शारदाका
प्रधान सम्पादक नरेन्द्रबहादुर श्रेष्ठलाई प्रतिनिधि बनाइएको छ ।
साहित्यिक
पत्रिकालाई पति प्रेस काउन्सिलले वर्गीकरण प्रकृयामा सामेल गरोस भन्ने माग पुरा
गराउन सङ्घ सफल भएको छ । सबै साहित्यिक पत्रिकाहरुलाई हुलाक दर्ता दिइयोस्, साहित्यिक पत्रकाहरुलाई प्रेस पास उपलब्ध गराइयोस् भनेर
सञ्चार मन्त्रालयहरुलाई घच्घच्याउने काम पनि गरिरहेको छ नेपाल साहित्यिक पत्रकार
सङ्घ । साहित्यिक पत्रकारिताको मापदण्ड निर्धारित गर्न पनि प्रयत्नशील छ सङ्घ र यस
निम्ति एउटा समिति पनि बनाइएको छ– वरिष्ठ
साहित्यकार र साहित्यिक पत्रकारहरु सम्मिलित भएको ।
नेपालका
साहित्यिक पत्रिकाहरुको एक मात्र आधिकाकि संस्था नेपाल साहित्यिक पत्रकार सङ्घ नै
भएको हुँदा सबै साहित्यिक पत्रकारहरुलाई यसकै छहारीमा समेट्न प्रयत्नशील छ नेपाल
साहित्यिक पत्रकार सङ्घ । यस निम्ति सदस्यता सङ्ख्या वृद्धि निम्ति पनि सङ्घ
कार्यरत छ । हेटौँडामा कात्तिक १६ गते साहित्यिक पत्रकारिता गोष्ठी, सङ्घकै सकृयतामा सम्पन्न भएको छ । यसलाई मकवानपुर साहित्य
सङ्गमले सघाएको हो । सारांशमा साहित्यिक पत्रकार र साहित्यिक पत्रिकाहरुको हक हित
सुरक्षित पार्न र तिनीहरुप्रति राज्यबाट गरिने विभेद मेटाउन सङ्घर्षरत रहेको छ
नेपाल साहित्यिक पत्रकार सङ्घ ।
प्रेस
काउन्सिलले बनाएको साहित्यिक पत्रिकाहरुको वर्गीकरण मापदण्ड कस्तो लाग्यो ?
– साहित्यिक
पत्रिकाहरुको वर्गीकरणको मादपण्ड बनाइनुपर्छ भनेर धेरै दिन देखि साहित्यिक
पत्रकारहरुले उठाएको आवाजलाई प्रेस काउन्सिल नेपालले सुनुवाई गरेकोलाई सकारात्मक
ठान्नु पर्दछ । तर त्रैमासिक सम्मलाई मात्र वर्गीकरण प्रकृयामा सामेल गराउने नीति
आलोच्य रहेको छ । यहाँ चार महिने र ६ महिने पनि छन् साहित्यिक पत्रिका तिनलाई पनि
वर्गीकरण प्रकृयामा सामेल गराइनुपर्दछ । वार्षिक अङ्क प्रकाशनमा मासिक र
द्वैमासिकलाई अङ्क छुट दिए जस्तै त्रैमासिकलाई पनि दिनुपर्छ । यसो नगर्दा
त्रैमासिक पत्रिकालाई अन्याय पर्न गएको छ । आजसम्म राज्यले र प्रेस काउन्सिलले
कुनै सहयोग नै नगरेर निजी क्षेत्रले आफ्नै बलबुतामा निकालेका पत्रिकाहरुले प्रेस
काउन्सिलमा लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान पनि तर्क सम्मत छैन ।
पहिलोपटक वर्गीकरणमा सामेल हुनेहरुलाई त्यस्तो झन्झटबाट मुक्त गराइनु उपयुक्त
हुन्थ्यो । काउन्सिलको वर्गीकरणमा परेर विज्ञापन र सहयोग प्राप्त गर्न थालेपछि
अर्काे वर्षदेखि मात्र लेखा परीक्षण रिपोर्ट पेस गर्न सक्ने नियम बनाएको भए उचित हुन्थ्यो ।
साहित्यिक
पत्रकारितालाई कसरी परिभाषित गर्नु पर्दछ ?
– कथा, कविता, नाटक, एकाङ्की, संस्मरण, समीक्षा, लेख, निबन्ध आदि समेटिएको पत्रिका प्रकाशित गर्ने सम्पादित गर्ने
व्यक्तिहरु साहित्यिक पत्रकार हुन् । त्यस बाहेक विभिन्न सञ्चार माध्यमहरुमा
नियमितरुपले साहित्यिक स्तम्भ लेखेर साहित्यिक पत्रकारितालाई सघाउने व्यक्तिहरु
पनि साहित्यिक पत्रकार नै हुन् । टेलिभिजन, रेडियो, एफएम आदि साहित्यिक कार्यक्रमका प्रस्तोताहरुलाई पनि
साहित्यिक पत्रकार मान्नु उपयुक्त हुन्छ । वेभ साहित्यिक पत्रिका निकाल्ने
सम्पादनहरु पनि यसै घेरामा पर्दछन् ।
नेपाल
साहित्यिक पत्रकार सङ्घको सहभागिता कुन कुन ठाउँमा किन रहनुपर्दछ ?
– प्रेस
काउन्सिल नेपाल पत्रकार महासङ्घको सभापति पदेन सदस्य रहने नियम छ भने साहित्यिक
पत्रकारितामा पनि त्यस्तै हुनु न्यायोचित हुन्छ । साहित्यकारहरुको उत्पादनशाला
भनेको नै साहित्यिक पत्रिकाहरु हुन् । अतः नेपाल प्रज्ञा प्रतिष्ठानमा पनि नेपाल
साहित्यिक पत्रकार सङ्घको प्रतिनिधित्व हुनुपर्दछ । प्रतिलिपि संरक्षण सम्बन्धी
निकायमा र नेप्रप्रको साहित्यकार उपचार कोषमा पनि नेसापसको प्रतिनिधित्व हुनुपर्दछ
। यसैगरी सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत सबैमा र साझा प्रकाशनमा हुनुपर्छ ।
पाठ्यक्रम
निर्माण गर्ने निकायमा, विश्वविद्यालय
सभाहरुमा पनि सङ्घको प्रतिनिधित्व आवश्यक छ । विदेश जाने प्राज्ञिक शिष्ट
मण्डलहरुमा, राष्ट्राध्यक्षहरुका भ्रमण दलमा सङ्घको
सहभागिता अनिवार्य रुपले हुनुपर्दछ । राष्ट्रिय चेतनाको सम्बाहक मानिएका साहित्यिक
पत्रकारहरुको एक मात्र आधिकाकि संस्थाको प्रतिनिधित्व उपयुक्त निकायहरुमा हुनु
स्वाभाविक त हुँदै हो न्यायोचित पनि हुनेछ । संस्कृति र सञ्चार सम्बन्धी नीति नियम
निर्माण गर्ने कुनै पनि निकाय, आयोग, समिति आदिमा नेपाल साहित्यिक पत्रकार सङ्घलाई पनि सहभागी
गराइनु पर्दछ ।
साहित्यिक
पत्रिकाको सम्पादन कुशलता कसरी बढाउन सकिन्छ ?
– विश्व
साहित्यका आधुनिक धारा प्रवृत्ति र परिधिसँगको परिचयका साथै आफ्नो वाङ्मयसँग
राम्रो जानकारी सम्पादन शिल्पीमा हुनु अनिवार्य शर्त हो । पाठकीय रुचिलाई ठम्याई
तदनुरुप तिनको बौद्धिक तिर्खा मेटन् सक्षम सामग्री प्रस्तुत गर्ने प्रयत्न गर्नु
सम्पादकीय कर्तव्य पर्दछ । आफ्नो समाज, आफ्नो
परिवेश र आफ्नो माटोको सुवासप्रति गर्ववोध हुने सामग्री, आफ्नो पत्रिकामा सजाउन सके सम्पादन क्षमता सार्थक मान्न
सकिन्छ । भाषा, व्याकरणको आधिकारिक जानकारी र लेखन शिल्पमा
देखिने दक्षताले सम्पादन कौशलको परिचय दिन्छ । राष्ट्रका वेथिति, भ्रष्ट नीति, दुष्कर्म
र दुराचारलाई आफ्नो कलमले झ्याँको झार्नु, निडर
भएर जनता र राष्ट्र विरोधी राजनीतिक आचारलाई नङ्ग्याउन नछोड्नु पनि सम्पादकीय
कर्तव्य र कुशलता भित्रै पर्दछ भन्ने मलाई लाग्दछ ।
नेपालको
साहित्यिक पत्रिकाको सङ्क्षिप्त इतिहास कस्तो रहेको छ ?
– मोतीराम
र उनका अनुयायी निस्वार्थ साहित्य सेवीहरुका रगत पसिनाको मल जल पाएर हुर्किएको तर
नीति निर्माता, सत्ता र राजनेताहरुद्वारा अनुत्पादक भनेर हेला
गरिएको नेपालको साहित्यिक पत्रकारिता अथवा साहित्यिक पत्रिकाको सङ्क्षिप्त इतिहास
यही नै हो ।
अन्तर्वार्ताकार– हरिगोविन्द लुइँटेल
(साभार : प्रेस काउन्सिल नेपालको ‘संहिता’ साउन–असोज २०६६)
तामाङ
साहित्यिक पत्रिका :
स्थिति, चुनौती र सम्भावना
अमृत
योन्जन–तामाङ
१.
परिचय
तामाङ
पत्रपत्रिकाको इतिहासमा पहिलो देखा परेको पत्रिका हो म्हेन्दो
(पूmल) । वि.सं. २०१६ वैशाख पूर्णिमाको दिन भोजपुरबाट निस्केको
यो पत्रिका हस्तलिखित पत्रिका थियो । भोजपुरका मोक्तान भाइ र गणेश योन्जनद्वारा
सम्पादित यो पत्रिका ११ पृष्ठको थियो र जम्मा २० प्रति निस्केको जानकारी
सम्पादकीयमा छ । यसपछि दोस्रो पत्रिकाको रुपमा थ्वीनडेल पत्रिका प्रकाशित भयो । यो
छापा पत्रिका थियो । २०३३ मा काठमाडौँबाट प्रकाशित यो पत्रिका २८ पृष्ठको थियो ।
यसपछि छापा पत्रिकाले निरन्तरता पायो । पछि क्रमशः काठमाडौँ उपत्यका बाहिरबाट पनि
तामाङ पत्रिका प्रकाशन हुन थाल्यो । नेपालबाहिर दार्जिलिङ, सिक्किम, आसाम, जापान, मलेसियाबाट
पनि डेढ दर्जनभन्दा धेरै तामाङ पत्रपत्रिका प्रकाशित भएका छन् । ५० वर्षको
इतिहासमा दैनिक पत्रिकाबाहेक अन्य विभिन्न प्रकारका पत्रपत्रिका, जस्तै–साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, चौमासिक, अर्धवार्षिक
र वार्षिक पत्रपत्रिका देखा परेका छन् । २०१६ देखि २०६२ (२००६) सम्ममा अर्थात् ४६
वर्षको अवधिमा ७३ शीर्षकमा तामाङ पत्रपत्रिका प्रकाशित भइसकेको अभिलेख छ ।ज्ञ २०६२
यता पनि म्हारमेन (माघ २०६३) साप्ताहिक, तामाङ
सरोकार (मङसिर २०६७) पाक्षिक लगायत अन्य आधा दर्जन जति पत्रपत्रिका प्रकाशित भएका
छन् ।
तामाङ
पत्रपत्रिकाको चाङभित्र तामाङ साहित्यिक पत्रिका निकै खोज्नु पर्ने हुन्छ । पहिलो
पत्रिका म्हेन्दो (२०१६) साहित्यिक पत्रिका थियो । थ्वीनडेल (२०३३) मा साहित्यिक
सुगन्ध भरिएको थियो । स्योम्हेन्दो (जेठ २०४५) तिप्लिङ (२०५१) आदिलाई पनि
साहित्यिक पत्रिकाको रुपमा दर्ज गर्न सकिन्छ । तामाङ डाजाङ (जेठ २०५०) साहित्यिक पत्रिकाकै
रुपमा देखापरेको छ । खोजखाज गर्दा १० ओटा जति पत्रिकालाई तामाङ साहित्यिक
पत्रिकाको रुपमा स्थापना गर्न सकिन्छ ।
यस
लेखमा तामाङ केन्द्रित सामग्री प्रकाशित भएको पत्रपत्रिकालाई मात्र ‘तामाङ पत्रिका’ भनिएको
छ र तामाङ भाषामा छापिएको साहित्यिक सामग्रीलाई मात्र ‘तामाङ साहित्य’ भनिएको
छ ।द्द यसैगरी ६० प्रतिशत भन्दा धेरै साहित्यिक सामग्री प्रकाशित भएका पत्रिकालाई ‘तामाङ साहित्यिक पत्रिका’ भित्र राखिएको छ । फाटफुट रुपमा मात्र तामाङ साहित्यिक
सामग्री छापिएको पत्रपत्रिकालाई यहाँ तामाङ साहित्यिक पत्रिकाको श्रेणीमा राखिएको
छैन ।
यस
लेखमा परिचयपछि तामाङ पत्रपत्रिकाको बारेमा जानकारी सहज होस् भनेर कालविभाजन
गरिएको छ । प्रत्येक कालको सङ्क्षिप्त जानकारीका साथै कालीन प्रकृति र प्रवृत्ति
पनि प्रस्तुत गरिएको छ । कालविभाजनबाट पत्रपत्रिकाको इतिहास बुझ्न सजिलो हुनेगर्दछ
। यसपछि साहित्यिक पत्रपत्रिकाको वर्तमान स्थितिको अवलोकन गर्दै यसले सामना
गरिरहेको चुनौतीलाई बुझने प्रयास भएको छ र अन्त्यमा निष्कर्षसहित साहित्यिक
पत्रिका विकासका लागि अबको बाटो के हुनु पर्ने हो ? सोबारे पनि यो लेख केन्द्रित छ ।
२.
कालविभाजन र कालीन प्रवृत्ति
कुनै
पनि क्रियाकलाप वा उपलब्धिको लामो परम्परालाई कालविभाजन गरेर अध्ययन गर्ने विश्व
परम्परा रहिआएको छ । तामाङ पत्रिकाको ५० वर्षको लामो परम्परालाई पनि विभिन्न
कालखण्डमा राखेर अध्ययन गर्नु समोचित देखिन्छ । कालखण्डलाई कसरी विभाजन गर्ने यो
चुनौतीपूर्ण कार्य हो तर पनि अर्धशताब्दी लामो तामाङ पत्रिकाको इतिहासलाई मूलतः
दुई आधारमा कालविभाजन गर्न सकिन्छ – (१)
राजनीतिक कालखण्डको आधारमा (२) प्रकाशित सामग्रीको स्वरुप र प्रवृत्तिको आधारमा
अर्थात् गुदी कुराको क्रमभङगताको आधारमा ।
राजनीतिक
इतिहासको आधारमा तामाङ पत्रपत्रिकालाई (१) प्रजातन्त्रकाल (२००७–२०१६), (२)
पञ्चायतकाल (२०१७–२०४६), (३)
प्रजातन्त्र पुनस्र्थापनाकाल (२०४७–२०६२)
र (४) लोकतन्त्रकाल (२०६३ देखि यता) मा विभाजन गर्न सकिन्छ । यी सबै कालखण्डमा
तामाङ पत्रपत्रिका प्रकाशित भएका पनि छन् । राजनीतिक कालविभाजनको आफ्नै खाले महŒव त छ तर यस प्रकारको कालविभाजनबाट विषयगत ज्ञान उपलब्ध
हुनसक्दैन ।घ यसबाट तामाङ पत्रपत्रिकाको गुदी कुरा भेटाउन र प्रकृति एवं
प्रवृत्तिको भेउ पाउन गाह्रो हुन्छ । राजनीतिक परिवर्तनको छाप साहित्यिक रचना र
पत्रपत्रिकामा नपरेको पनि हुन सक्दछ । उदाहरणको लागि प्रजातन्त्रकाल वा
पञ्चायतीकालको प्रतिबिम्ब तामाङ पत्रपत्रिका र पुस्तकपुस्तिकामा कही पाउन सकिदैन ।
तामाङ प्रकाशनको दृष्टिमा यी दुई कालका तामाङ पत्रपत्रिकामा कुनै तात्विक भेद पनि
छैन । तसर्थ यस प्रकारको कालविभाजनबाट के कति पत्रपत्रिका त्यस कालमा निस्के भन्ने
जानकारी बाहेक अन्य थप सूचना हात पर्दैन । यसर्थ कालविभाजन विभाजनकै लागि मात्र
हुने सम्भावना हुन्छ । यसर्थ यस लेखमा राजनीतिक कालखण्डलाई एकातिर पन्छ्याएर
पत्रिकाको प्रकृति र प्रवृत्तिको आधारलाई पछ्याएर काल विभाजन गरिएको छ । यस आधारमा
तामाङ पत्रिकाको परम्परालाई निम्न तीन खण्डमा वर्गीकरण गर्न सकिन्छ –
(१)
पूर्व–स्योम्हेन्दो काल (२०१६–२०४४)
(२)
स्योम्हेन्दो काल (२०४५–२०५८)
(३)
तामाङ डाजाङ काल (२०५९ देखि हालसम्म)
(१)
पूर्व–स्योम्हेन्दो काल (२०१६–२०४४)
गोरखाका
राजा पृथ्वीनारायण शाहले नेपाल कब्जा गर्ने योजना तयार गरी १८०१ मा नुवाकोट कब्जा
गरेपछि उनको त्यो अभियान निरन्तर जारी रह्यो र १८७२ मा (सन् १८१६) मा सुगौली सन्धी
भएपछि अभियानको अन्त भयो र हालको नेपालको सीमाना कायम भयो । १९०३ सालमा
जङ्गबहादुरले राणा शासनकालको प्रारम्भ गरे । यो जाहनीया शासन क्रुरतम् बन्दै गएपछि
राणा शासनको विरूद्ध नेपाली जनता उठन थाले र राणाशासन ढालेर २००७ को फागुन ७ गते
प्रजातन्त्रको स्थापना गरे । राणाकालमा कुनै तामाङ पत्रपत्रिका मात्र होइन
पुस्तकपुस्तिका समेत प्रकाशन हुन सकेन । नेपालमा प्रजातन्त्रको स्थापना भएपछि पनि
तामाङ साहित्य जगतमा २०१६ सम्म प्रजातन्त्र आएको कुनै अनुभूति भएको पाइदैन ।
प्रजातन्त्र स्थापना भएको एक दशकपछि २०१६ वैशाख महिनामा भोजपुरबाट मोक्तान भाइ र
गणेश योन्जनको सम्पादनमा हस्तलिखित पत्रिका म्हेन्दो (फुल) निस्केको थियो र यो
पत्रिका नै पहिलो तामाङ पत्रिकाको रुपमा स्थापित भएको छ ।
स्योम्हेन्दो
मासिक पत्रिकाको प्रकाशन जेठ २०४५ देखि प्रारम्भ भएको थियो । यसभन्दा अगाडिको
कालखण्डमा प्रतिनिधिमूलक पत्रिका नदेखिएकोले यस कालखण्डलाई पूर्व–स्योम्हेन्दो काल भनिएको हो । यस कालखण्डमा म्हेन्दो (२०१६), थ्वीनडेल (२०३३), फ्याफुल्ला
(२०३८, फेब्रुअरी १९८२), बुलेटिन
(२०४०, रिमठिम (२०४२) र पूmलबारी
(२०४२) गरी ६ ओटा पत्रिका प्रकाशित भएको पाइन्छ र यीमध्ये म्हेन्दो, थ्वीनडेल र पूmलबारी
पत्रिकालाई मात्र साहित्यिक पत्रिकाको रुपमा पहिचान गर्न सकिन्छ ।
जम्मा
११ पृष्ठको म्हेन्दो पत्रिकामा तामाङ भाषाका ६ ओटा कविता छ र सम्पादकीय नेपाली
भाषामा लेखिएको छ । यसपछि २०३३ सालमा टासीफिन्जो लामा र इमानसिंह लामाको सम्पादनमा
थ्वीन्डेल पत्रिका प्रकाशित भयो । यहाँ पूर्वी तामाङ भाषा र पश्चिमी तामाङ भाषाका
लोकगीत तथा लोककविता नेपाली व्याख्यासहित छापिएको छ । यसपछि २०४२ मा चन्द्रकुमार
मोक्तान र लालबहादुर वाइबाको सम्पादनमा पूmलबारी
पत्रिका प्रकाशित भयो । यस पत्रिकामा २० ओटा तामाङ गीत प्रकाशित छ र १२ ओटा नेपाली
गीत–कविता पनि छ । तामाङ भाषामा एउटा विचार अंश पनि छ जसलाई
तामाङ निबन्धको प्रारम्भिक रुप मान्न सकिन्छ ।
अखिल
भारतीय तामाङ बौद्ध सङ्घ, दार्जिलिङको
मूखपत्रको रुपमा प्रकाशित फ्याफुल्ला (नमस्ते) पत्रिकामा प्रायः संस्थाको गतिविधि
छापिने गर्दथ्यो र गर्दछ । यो पत्रिका फेब्रुअरी १९८२ देखि बुद्धकुमार मोक्तानको
सम्पादनमा प्रारम्भ भएको थियो । यसैगरी १ पुष २०४० मा तामाङ भाषा तथा संस्कृति
विकास समितिको मुखपत्रको रुपमा सीताराम तामाङको सम्पादनमा बुलेटिन–१ प्रकाशित भयो । यस बुलेटिनमा दुईओटा तामाङ कविता छापिएको
छ र अन्य गैरसाहित्यिक सामग्री छन् । यसैगरी सीताराम तामाङ कै सम्पादनमा रिमठिम
(संस्कृति) पत्रिका प्रकाशित भयो तर यहाँ तामाङ भाषामा सामग्री पाइदैन । यसरी
हेर्दा म्हेन्दो, थ्वीन्डेल, पूmलबारी पत्रिकालाई मात्र साहित्यिक पत्रिकाको श्रेणीमा राख्न
सकिन्छ ।
यस
कालमा म्हेन्दोले लक्ष्यबहादुर योन्जन, देवबहादुर
योन्जन, धनप्रसाद तामाङ, सर्वध्वन
मोक्तान र काजी तामाङ जन्माए तर उनीहरु पछि कतै देखा पर्दैनन् र थ्वीनडेलले
जन्माएका कविहरु पनि कतै देखा परेनन् । यसैगरी पूmलबारीमा देखा परेका कविहरुमध्ये चन्द्रकुमार मोक्तान र
लालबहादुर वाइबा पछिल्लो कालखण्डमा पनि देखा परे तर उनीहरु कसैले पनि पुस्तकाकारमा
आफ्ना कृति प्रकाशित गरेका छैनन् ।
यस कालखण्डका
पत्रपत्रिकाको विशेषता भनेको (फ्याफुल्ला बाहेक) एक÷एक अङ्क निस्केर बन्द हुनु हो । पत्रिकाहरुमा फुटकर कविता र
गीत छापिएका छन् । कथा, निबन्ध, नाटक विधाका सामग्री प्रकाशित भएको पाइदैन । यस कालमा विशेष
गरी पूर्व–आधुनिक कालका साहित्यिक सामग्री अर्थात् परम्परागत
जीवन शैलीका लोकसाहित्यिक सामग्रीहरु प्रकाशित भएका छन् ।
(२)
स्योम्हेन्दो काल (२०४५–२०५८)
अमृत
योन्जन, प्रताप बल, लामा
पि. पाख्रिन, लादुराम तामाङ आदि ८ जनाको सम्पादनमा
स्योम्हेन्दो (बिहानीको पूmल) मासिक पत्रिका जेठ २०४५
देखि प्रारम्भ भएको थियो । यस पत्रिकाको प्रारम्भ भएपछि (१) तामाङ पत्रपत्रिकाको
प्रकार लेख्न थालेको पाइन्छ – मासिक, पाक्षिक, साप्ताहिक
आदि भनेर, (२) एक एक अङ्क मात्र निस्केर बन्द हुने पत्रिकाको परम्पराको पनि अन्त भयो, (३) तामाङ साहित्यमा विचार र शैलीमा आधुनिकताले प्रवेश पायो, (४) फुटकर कविता, गीत, हाइकु, निबन्ध, नाट्य आदि विविध साहित्यिक सामग्रीको प्रकाशन प्रारम्भ भयो,
(५)
खोजमूलक गैरसाहित्यिक सामग्री पनि प्रकाशन हुन थाल्यो । यसरी हेर्दा अगिल्लो
कालखण्डको प्रकृति र प्रवृत्ति भङ्ग भएको र नयाँ परम्परा प्रारम्भ भएको प्रष्ट
देखिन्छ । स्योम्हेन्दोको प्रकाशनबाट यस प्रकारका प्रवृत्ति देखिएको हुनाले यसै
आधारमा यस कालखण्डलाई स्योम्हेन्दोकाल भनिएको हो ।
यस
कालखण्डमा एक भाषा एक भेषको पञ्चायती शासन व्यवस्थाको अन्त भएर प्रजातन्त्रको
पुनस्र्थापना (चैत्र २०४६) भएको थियो । नेपाल अधिराज्यको संविधान २०४७ ले नेपाल ‘बहुजातीय, बहुभाषिक
.... राष्ट्र’ भनेर नेपालको इतिहासमा पहिलो पल्ट बहुलतालाई
स्वीकारिएको थियो । तामाङ भाषाको प्रयोग क्षेत्रको प्रयोग विस्तार प्रारम्भ भयो ।
यसै अवधिमा रेडियो नेपालबाट तामाङ भाषामा समाचार (भदौ २०५१) साथै भाषिक कार्यक्रम
प्रसारण (असार २०५४) र तामाङ फिल्म (२०५२) को प्रदर्शन र पाठ्यक्रम तथा
पाठ्यपुस्तकको निर्माण (२०५४) आदि कार्यको प्रारम्भ भएको थियो । यसरी मातृभाषाको
प्रयोग विस्तार र विचार अभिव्यक्तिमा पनि जागरण आउन थालेको देखिन्छ ।
यस
कालखण्ड (२०४५–२०५८) मा अर्थात् १३ वर्षको अवधिमा
स्योम्हेन्दो (२०४५) पछि कोकोम्हेन्दो (माघ २०४६), याम्बु (असार २०४७), छारम्हेन्दो
(मङसिर २०४८), डम्फुला स्हेर (साउन २०४९), तामाङ (पुस २०४९), छारग्याम
(सन्
१९९३), ज्यारूङ–खस्योर (वैशाख २०५०), कोनडोङडोङ (असार २०५० हवाइपत्र), लास्सो (असोज २०५०), डम्फु
मासिक (वैशाख २०५१), लारग्युङ (जेठ २०५१), जिन्लाप (सन् १९९४), रिमठिम
(१९९५), तिप्लिङ (२०५१ हवाइपत्र), दिनीम्हेन्दो (वैसाख २०५२), ह्युल्सा (मङसिर २०५२), हेराङ
(२०५२), तिल्पुङ (साउन २०५३), छारग्याम
(कार्तिक २०५३), सैलुङ (माघ २०५३), शान्ति (डिसेम्बर १९९९), नाङसाल
(२०५८) आदि गरी ४८ ओटा शीर्षकमा तामाङ पत्रपत्रिका प्रकाशित भएका छन् । तर यी सबै
पत्रिका साहित्यिक पत्रिका होइनन् ।
यीमध्ये
स्योम्हेन्दो, तिप्लिङ, सैलुङ
र नाङसाल पत्रिका मात्र साहित्यिक पत्रिका भन्न सकिने अवस्थामा छन् । यी
पत्रिकाहरुमा अत्याधिक सामग्री साहित्यिक सामग्री छन् । स्योम्हेन्दो पत्रिका जेठ
२०४५ देखि प्रारम्भ भएको हो र २०५२ सम्ममा २३ अङ्क सम्म प्रकाशित भएको देखिन्छ ।
केही हदसम्म यसले साहित्य प्रकाशनलाई निरन्तरता दिएको थियो । यीमध्ये तीन÷चारओटा अङ्क तामाङ कविता विशेषांक रुपमा पनि प्रकाशित भएको
पाइन्छ । प्रारम्भिक अङ्कहरुमा साहित्यिक सामग्री धेरै भएकोमा पछिल्ला अङ्कहरुमा
कम हँुदै गएको देखिन्छ । परम्परागत शैलीमा नै केन्द्रित तामाङ साहित्यलाई यस
पत्रिकाले आधुनिक चिन्तन र जीवनशैलीमा आधारित कविताको प्रकाशन प्रारम्भ गरेको
प्रष्टै देखिन्छ । यस प्रकारको सिको पछिका प्रायः सबै पत्रपत्रिकाले गरेका छन् ।
यस आधारमा पनि स्योम्हेन्दोलाई प्रतिनिधि पत्रिका मानिएको हो ।
यसपछि
दुपवाङ्गेल मोक्तानको सम्पादनमा तिप्लिङ (२०५१) हवाइपत्रको प्रकाशन प्रारम्भ भएको
थियो । यो हवाइपत्र ५ अङ्कसम्म प्रकाशित भएर बन्द भयो । यो साहित्य प्रधान पत्रिका
थियो । यसैगरी रमेशकुमार तामाङको सम्पादनमा सैलुङ एक अङ्क मात्र प्रकाशित भयो । यो
कथा अङ्कको रुपमा प्रकाशित भएको थियो । प्रतीक ङ्यासुरको सम्पादनमा नाङ्साल १९
अङ्कसम्म प्रकाशित भएर बन्द भयो र यसले साहित्यिक सामग्री प्रकाशनमा जोड दिएको देखिन्छ
। यसैगरी अन्य पत्रपत्रिका विशेषगरी याम्बु, छारम्हेन्दो, डम्फुला स्हेर, तामाङ, ज्यारूङ–खस्योर, कोनडोङडोङ, लास्सो, लारग्युङ, दिनीम्हेन्दो, हेराङ, तिल्पुङ, शान्ति आदि पत्रिकाले पनि धेरथोर साहित्यिक सामग्री
प्रकाशित गरेको पाइन्छ ।
यस
कालखण्डमा फुटकर कविता र गीतका साथै हाइकु, कथा, निबन्ध, नाटक, पत्र, लोकसाहित्य
आदि विधाको सामग्री प्रकाशन भएको पाइन्छ । यस कालखण्डका पत्रपत्रिका मार्फत्
देखिएका साहित्यकारहरु अमृत योन्जन, ध्यानबहादुर
मोक्तान,
दुपवाङ्गेल मोक्तान, लामा धर्मराज तामाङ, प्रताप
बल, अमात चोथेन, शङ्खबुद्ध
लामा, निर्मलकुमार लामा, कृष्ण
तामाङ, दिलबहादुर ब्लोन, विगेन्द्रसिं
वाइबा, मोहन घिसिङ, रमेशकुमार
तामाङ, मानध्वज ब्लोन आदि आआफ्ना साहित्यिक कृतिसहित पनि देखापरेका
थिए । यस कालखण्डका अधिकांश साहित्यकारहरुले एकीकरण, व्यापकता, नवीनता, आधुनिकता र वैज्ञानिकताको पक्षमा वकालत गरेका छन् अर्थात्
आधुनिक साहित्यको सिर्जना भएको पाइन्छ ।
(३)
तामाङ डाजाङ काल (२०५९ देखि हालसम्म)
दोस्रो
कालखण्ड अर्थात् स्योम्हेन्दोकालमा प्रकाशित प्रायः सबै पत्रपत्रिकाहरु साहित्यिक
वा साहित्य प्रधान पत्रिकाको रुपमा प्रकाशित हुनसकेको थिएन । केहीले प्रारम्भ गरे
तर केही अङ्क निस्किेर बन्द भएका थिए । स्योम्हेन्दो पनि बन्द भइसकेको थियो । त्यस
कालका अधिकांश पत्रपत्रिका सङ्घसंस्थाको मुखपत्रको रुपमा प्रकाशित हुन थालेको र
संस्थाका गतिविधि र विचारप्रवाहमा नै केन्द्रित थियो । अर्कोतिर प्रायः सबै पत्रपत्रिका
तामाङ भनिएता पनि नेपाली भाषामा नै प्रकाशित हुन्थ्यो । सामग्री प्रकाशनको
दृष्टिले प्रजातन्त्रको पुनस्र्थापना भइसक्दा पनि प्रजातान्त्रिक प्रतिबिम्ब ती
पत्रपत्रिकामा देखा पर्न सकेको थिएन, येनकेनप्रकारेण
परम्परालाई धान्दै थिए । यी पत्रिकाहरुले कलान्तरमा एकालाप आवाज मात्र बोकेको
देखिन्थ्यो । यस्तो परिस्थितिमा यी एकालापको परम्परालाई तोडेर फट्को मार्न आवश्यक
थियो र यो कार्य तामाङ डाजाङ (तामाङ मञ्च) नामक मासिक पत्रिकाले प्रारम्भ गरेको
पाइन्छ ।
यस
कालखण्डमा तामाङ डाजाङपछि पुपुम्हेन्दो (भदौ २०५९), ह्याङ्ला पाक्षिक (मङ्सिर २०५९), छारगोङमा (जेठ २०६०), ग्रेनग्याम
(२०६०) प्राङबोला छारन्हान (२०६०), छ्योर्तेन
(मङ्सिर २०६२), ताम्सालिङ (माघ २०६२), दोखाङ (२०६२) म्हारमेन (माघ २०६३), तामाङ सरोकार (मङ्सिर २०६७) आदि दुई दर्जन भन्दा धेरै
शीर्षकमा पत्रपत्रिका प्रकाशित भएका छन् ।
तामाङ
डाजाङ नामक साहित्यिक संस्था चैत्र २०५८ मा स्थापना भएको थियो । यस संस्थाबाट
प्रकाशित र सम्पादित तामाङ डाजाङ नामक मासिक पत्रिकाको प्रकाशन वैशाख २०५९ देखि
समाचारपत्रको आकारमा प्रारम्भ भयो । यो पत्रिका प्रारम्भदेखि अहिलेसम्म नै तामाङ
भाषाको साहित्यिक पत्रिकाको रुपमा प्रकाशित भइरहेको छ । प्रत्येक महिनाको अन्तिम
शनिबार काठमाडौँमा तामाङ साहित्यिक कार्यक्रम हुने र सो कार्यक्रममा पाठ गरिएका
साहित्यिक सामग्री र अन्य तामाङ गतिविधिसहित आउँदो महिनामा प्रकाशित हुने परम्परा
यस पत्रिकाले बसालेको पाइन्छ । यसरी यस संस्थाले पुस २०६७ सम्ममा तामाङ साहित्यिक
कार्यक्रमको ९२ औं श्रृङ्खला सम्पन्न गरिसकेको छ र पत्रिकाको ७० औं अङ्क पनि
प्रकाशित गरिसकेको छ । साहित्यिक सामग्री प्रकाशनको नियमित निरन्तरता यस पत्रिकाले
वहन गरेको पाइन्छ । गत ९ वर्षमा यससँग सम्बन्धित भएर भगिनी संस्थाहरु जन्मेको र
साहित्यिक पत्रिका पुपुम्हेन्दो (भदौ २०५९), प्राङ्बोला
छान्न्हान (२०६०) आदि पनि प्रकाशित भएका छन् । साहित्य केन्द्रित तामाङ पत्रिका
प्रकाशनको निरन्तरता र विस्तारको अवधारणाले गर्दा यस कालखण्डलाई तामाङ डाजाङ काल
मानिएको हो । यस कालका साहित्यिक पत्रिकाहरुमा तामाङ डाजाङ प्रतिनिधि पत्रिकाको
रुपमा देखा परेको छ ।
यस
कालखण्डमा काभ्रेबाट साहित्यिक पत्रिकाको रुपमा पुपुम्हेन्दो (कोपिला) र
सिन्धुलीबाट प्राङबोला छारन्हान (गरीबको चौतारी) प्रकाशित हुन थाल्यो ।
पुपुम्हेन्दो समाचारपत्र आकारमा साहित्यिक सामग्रीसहित प्रकाशित हुन्थ्यो र ७
अङ्कसम्म प्रकाशित भएर बन्द भएको छ । यस पत्रिकाले साहित्यिक गोष्ठीका साथै
गोष्ठीमा पठित साहित्यिक सामग्रीको प्रकाशनसमेत गरेर काभ्रेका तामाङ साहित्यिक
आन्दोलनको जग बसाएको देखिन्छ । यसैगरी प्राङबोला छारन्हानले सिन्धुलीको साहित्यिक
सिर्जना र गतिविधिलाई उठाउने काम गर्दै आएको छ । यस पत्रिकाले २५ औं अङ्क सम्मको
यात्रा तय गरिसकेको छ ।
यसका
साथै छारगोङमा (नयाँ पाइलो), नाङसाल
(दीयो) मासिक, ह्याङ्ला पाक्षिक (हाम्रो पाक्षिक), छ्योर्तेन मासिक, म्हारमेन
सप्ताहिक (बत्ती), ताम्सालिङ सप्ताहिक, दोखाङ (लक्ष्य), म्हारमेन
आदि पत्रपत्रिकाले पनि केही मात्रमा साहित्यिक सामग्री प्रकाशन गर्नेगरेका छन् ।
यस
कालखण्डका साहित्यिक पत्रपत्रिकामा फुटकर कविता, गजल, ताङ्काका
अतिरिक्त कथा, गीतिकथा, उपन्यास, जीवनी, डायरी, बालसाहित्य, अनुवादसाहित्य
आदि विधाका सामग्री प्रकाशित भएको पाइन्छ । यस कालखण्डमा अर्थात् गत दशकभित्र
अनगिन्ती साहित्यकारहरु देखापरेका छन् । दीपेन्द्र दोङ, योगबहादुर घिसिङ, इन्द्रराम
मोक्तान,
कुमारी तामाङ, क्रान्ति लामा, बुद्ध
योन्जन, यकिना अगाघ, काजिमान
थिङ, नेपालप्रशाद स्याङतान, सिर्जना
गोले, लिलाबहादुर तामाङ, अस्मिता
थिङ ‘म्हेन्दो’ आदि
यस कालखण्डका पत्रपत्रिकामा देखा परेका साहित्यकार हुन् । उनीहरुले साहित्यिक
कृतिसमेत प्रकाशित गरेका छन् । यसकालका रचनाकारहरु मूलतः स्वपहिचान, सङ्घीयता र स्थानीयता, समावेशीतिर
उन्मुख छन् र मूलधारको केन्द्रिकृत शक्ति, संरचना
र संस्कृतिको विनिर्माणतिर उन्मुख देखिन्छन् । मूलतः पहिचानको संस्कृति र स्थानीय
जीवनयापनतिर बढी आकर्षित देखिन्छन् । यस आधारमा हेर्दा यस कालका रचनाहरु विशेषगरी
२०६२ पछिका तामाङ साहित्यिक रचनाहरु उत्तरआधुनिकतातिर उन्मुख भएको देखिन्छ ।
३.
स्थिति, चुनौती र सम्भावना
स्थिति
जहिले पनि वर्तमान सन्दर्भसँग गाँस्सिएको हुन्छ । अहिले साहित्यिक पत्रिका दाबी
गर्न सक्ने एक मात्र पत्रिका हो – तामाङ
डाजाङ । यो पत्रिका २०५० देखि मासिक रुपमा नियमित प्रकाशित भइरहेको छ । २०६७ को
पुष सम्ममा ७० औ अङ्क निस्केको छ । यसको निरन्तरताको लागि तामाङ डाजाङ संस्था
सक्रिय देखिन्छ । अर्को अर्ध–साहित्यिक पत्रिका हो
प्राङबोला छारन्हान । यो पत्रिका सिन्धुलीबाट प्रकाशित हुनेगरेको छ कहीले नियमित र
कहिले अनियमित ढङ्गले । २०६७ को पुससम्ममा २५ अङ्क प्रकाशित भइसकेको छ । नियमित प्रकाशित
भइरहेको अर्को पत्रिका हो – छारगोङमा
। प्रतीक तामाङद्वारा सम्पादित छारगोङमा गैरसाहित्यिक पत्रिका हो । तर पनि यसले
नियमित रुपमा १÷२ पृष्ठ साहित्यलाई छुट्याएको पाइन्छ । हाल दुई
ओटा समाचार तथा विचारमूलक पाक्षिक पत्रिका ह्याङ्ला पाक्षिक र तामाङ सरोकार प्रकाशित
हुन थालेको छ र यी पत्रिकाले पनि एक÷दुई
ओटा साहित्यिक सामग्री प्रकाशन गर्ने गरेको छ । वास्तवमा तामाङ डाजाङ बाहेक अन्य
कुनै साहित्यिक पत्रिका झुल्किन सकेको छैन । तामाङ डाजाङले नियमित रुपले २४
पृष्ठको साहित्यिक सामग्री प्रकाशन गर्नेगरेको छ । यस पत्रिकामा कविताबाहेक अन्य
विधाका सामग्री फाटफुट मात्रमा प्रकाशित हुने गर्दछ । अझै समीक्षा र समालोचना
विधाले स्थान पाउन सकिएको छैन ।
माथि
भनिए झै साहित्यिक पत्रिकाको पृष्ठ थोरै भएकोले कविताविधा भन्दा अन्य विधालाई
पर्याप्त स्थान दिन सकेको छैन । अन्य विधा अनुदित उपन्यास, कथा, निबन्ध
तथा अन्य विविध फाटफुट रुपमा प्रकाशित हुनेगरेको छ । यसरी हेर्दा साहित्यिक
पत्रिका फराकिलो हुनसकेको छैन, सबै
विधालाई समान व्यवहार गर्न सकिराखेको देखिदैन । तामाङ साहित्यिक पत्रिकाको मुख्य
चुनौती देखिन्छ – कसरी पृष्ठ बढाउने ? यसको अर्को चुनौती हो – निबन्ध, उपन्यास, नाट्य, समालोचना आदि विधाको प्रकाशनको लागि पनि पृष्ठको अभाव ।
तामाङ साहित्यिक शब्दावलीको निर्माण र प्रयोग विस्तार कसरी गर्ने अनि साहित्यिक
पाठक कसरी बढाउने ? वितरण र आर्थिकको समस्या त जुनसुकै कालका
पत्रपत्रिकाले सामना गरेकै चुनौती हो आदि । यी चुनौतीहरु साहित्यिक पत्रपत्रिकाको
लागि निकै ठूलो बाधक बन्ने गरेको छ ।
चुनौती
देखिनु भनेको सम्भावना बढनु हो । अहिलेको सन्दर्भमा एउटा पाठकले धेरै पृष्ठसहितको
एउटा गतिलो र गहकिलो तामाङ साहित्यिक पत्रिकाको अपेक्षा गर्नु स्वाभाविक नै हुन्छ
। पाठकको अपेक्षा बढेको हुन्छ भने परिपूर्तिको सम्भावना पनि बढेर जान्छ ।
प्रकाशनको लागि स्रोतको सम्भावनाहरुको खोजी हुनु आवश्यक छ । यसैगरी मातृभाषाको
प्रयोग विस्तारका साथसाथै साहित्यिक सामग्रीको आवश्यकता र त्यसको परिपूर्तिको
सम्भावना पनि प्रवल देखिदै छ ।
४.
अध्ययनको सारांश र अबको बाटो
तामाङ
भाषामा रचिएको साहित्य नै तामाङ साहित्य हो र अत्याधिक मात्रमा साहित्यिक सामग्री
प्रकाशन गर्ने पत्रिका नै तामाङ साहित्यिक पत्रिका हो भन्ने जस्ता जानकारी माथि
परिचयमा नै स्थापित भइसकेको छ । तामाङ साहित्यिक पत्रिकाको परम्परालाई अध्ययन
सुविधाको लागि तीन कालखण्डमा वर्गीकरण गरिएको छ । प्रारम्भिक कालखण्डमा म्हेन्दो, थ्वीनडेल र पूmलबारी
निस्केका थिए भने दोस्रो कालखण्डमा स्योम्हेन्दो, तिप्लिङ, सैलुङ
र नाङसाल पत्रिका साहित्यिक तथा अर्ध–साहित्यिक
पत्रिकाको रुपमा देखा परेका थिए । पछिल्लो कालखण्डमा तामाङ डाजाङ, पुपुम्हेन्दो र प्राङबोला छारन्हान देखापरेकोमा तामाङ डाजाङ
मात्र नियमित छन् । यी पत्रिकाहरुले तामाङ साहित्यिक क्षेत्रमा तुलनात्मक रुपमा
बढी सेवा पु¥याइएका छन् । अन्य तामाङ पत्रिकाले फाटफुट
रुपमा भए पनि तामाङ साहित्यिक सामग्री प्रकाशन गर्ने गरेको छ । माथिको छलफलबाट
प्रष्ट भइसकेको छ तामाङ साहित्यिक पत्रिका फस्टाउन सकिएको छैन । साहित्यिक रचनाले
पूर्वआधुनिक, आधुनिक हुँदै उत्तरआधुनिकतिर फट्को मारिसक्दा
पनि साहित्यिक पत्रिकाको स्थिति परापूर्वकालको जस्तै देखिन्छ, उत्साहविहिन । यो नै तामाङ पत्रिकाको चुनौतीको हो र यो पहाड
जस्तै गरी उभिएको पनि छ । साहित्यिक पत्रिका प्रकाशनमा देखिएका चुनौतीहरुलाई
सम्बोधन गर्नका लागि सम्बन्धित क्षेत्रलाई केही सुझाव प्रस्तुत गर्न सकिन्छ –
(१) तामाङ साहित्यिक पत्रिका नियमित भए पनि खासै गति
लिनसकिराखेको छैन । जिम्मेवारीपूर्वक परम्परा निभाउने काम मात्र भएको देखिन्छ ।
सीमित पृष्ठले गर्दा साहित्यका विविध विधाहरु प्रकाशन हुनसकेको छैन । साहित्यिक
पत्रपत्रिकाले थप पृष्ठको व्यवस्था गरेर विभिन्न साहित्यिक सामग्री र साहित्यिक
गतिविधि प्रकाशन गरिनु आवश्यक छ ।
(२) आख्यान, निबन्ध
र नाट्य विधाका साथै समीक्षा तथा समालोचनात्मक सामग्री पनि हालसम्म प्रकाशनमा
आउनसकेको छैन । यसको लागि सम्पादक, प्रकाशक, रचनाकार र पाठकको समेत पहल गरिनु पर्दछ ।
(३) लामो समयदेखि तामाङ लेखनमा मानकीकरणको अभाव थियो । तामाङ
डाजाङले दुई पटक मानकीकरण सम्बन्धी गोष्ठी गरेर अनि हालै (मङ्सिर २०६७) तामाङ
मानकीकरण नियमावली २०६७ पारित गरेर आपूmलाई
मानकीकरणको बाटोमा अग्रसर गराएको छ । यसलाई अब व्यापक रुपमा प्रयोग गर्दै र
निरन्तर परिमार्जन गर्दै लगिनु आवश्यक छ ।
(४) तामाङ भाषामा साहित्यिक शब्दावलीको अभाव देखिन्छ । यसको
लागि पनि विषय केन्द्रित गोष्ठी गरेर नियमित रुपमा शब्दावली निर्माण गर्दै ती
साहित्यिक तथा प्राविधिक शब्दावली प्रयोग गरिनुका साथै समय–सान्दर्भिक ढङ्गले प्रकाशन गरिनु पर्दछ ।
(५) साहित्यिक गोष्ठीका साथसाथै साहित्यिक संस्थाहरुले
साहित्यका विविध विषयहरुमा केन्द्रित भएर सभा, गोष्ठी
साहित्यिक यात्रा वा स्थलगत गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनु पर्दछ ।
(६) तामाङ डाजाङले नवोदित साहित्यकारहरुलाई प्रशिक्षण कार्यक्रम
सञ्चालन गर्दै आएको छ । यसलाई नियमित गर्दै अझ उद्देश्यमूलक र दीगो बनाउनु पर्दछ ।
(७) तामाङ साहित्यिक संस्था तथा पत्रपत्रिकाको निरन्तरता र
स्थायित्वको लागि पाठकलाई पनि सहभागी गराउदै एउटा सहकारी संस्था स्थापना गरेर भए
पनि स्रोत व्यवस्थापन गर्नु आवश्यक छ ।
(८) तामाङ साहित्यिक पत्रिकाको विकासको लागि विभिन्न मातृभाषा
तथा नेपाली भाषाका साहित्यिक संस्था तथा पत्रपत्रिका र नेपाल प्रज्ञा–प्रतिष्ठानसँग पनि सहकार्य गर्नु पर्दछ ।
(९) वर्षभरिमा पत्रिकामा प्रकाशित स्तरीय साहित्यिक सामग्रीलाई
सम्पादन गरेर पुस्तकाकारमा पनि साहित्यिक सामग्री प्रकाशित गरिनु आवश्यक छ ।
(१०)
साहित्य स्रष्टाहरुलाई प्रोत्साहित गर्न हाललाई तामाङ साहित्य कोष स्थापना गर्न
नसकेता पनि सानातिना पुरस्कारको व्यवस्था गरिनु आवश्यक छ ।
पुरानो
बानेश्वर हाइट
ज्ञ यो सूचना अमृत योन्जन–तामाङ
(२०६३) को तामाङ पहिचानका सन्दर्भहरु पुस्तकको ‘तामाङ पत्रपत्रिकाको विवरण (बैसाख २०१६ देखि चैत्र २०६२
सम्म)’ पृ. २९३–२९७) मा आधारित छ ।
द्द
यस सम्वन्धी थप परिभाषा र जानकारी अमृत योन्जन–तामाङ (२०६३) को उक्त पुस्तकको ‘तामाङ पत्रपत्रिकाको इतिहास’ मा पनि हेर्न सकिन्छ ।
घ यस प्रकारको कालविभाजनको लागि योन्जन–तामाङ (२०६३) को उक्त पुस्तकको ‘तामाङ पत्रपत्रिकाको इतिहास’ हेर्न सकिन्छ ।
मातृभाषा
अधिकार, साहित्यको विकास र भाषिक पत्रकारिता
गणेश
राई
विद्वान
डारिल बेब विल्सन ले भनेका छन्– ‘यस
संसारमा बाँच्नका लागि हामीले अवश्य नै सेतो (गोराहरुको भाषा) भाषा जान्नु पर्दछ
तर सधैंसधैं बाँच्नका लागि हामीले हाम्रै भाषा जान्नु पर्दछ ।’
प्राज्ञ
वैरागी काइँलाले भनेका छन्– ‘जुन
हतियार माया गरी साँचेर राख्यो त्यो खिया पर्छ र मक्किन्छ तर जुन हतियार जति चलायो, उति उद्याइन्छ, आफूले
चाहेजस्तै लाग्ने बनाउन सकिन्छ । त्यसरी नै हाम्रो मातृभाषा नबोली, नलेखी राख्नाले मक्किँदैछ । त्यसलाई जति बोल्यो, लेख्यो, प्रयोग
ग¥यो उत्तिकै यसको शक्ति बढ्दै जान्छ । यो पनि हतियार जस्तै
हो हाम्रो लागि ।’
संवैधानिक
पृष्ठभूमि र मातृभाषा ः
नेपालका
आदिवासीले आधा शताब्दीभन्दा लामो समयदेखि भाषा आन्दोलन छेड्दै आएका छन् । सडकमा
प्रदर्शन गरिएका भाषा र राजनीतिक अधिकार आन्दोलन केही हदसम्म सम्बोधन गर्ने प्रयास
भएको छ । नेपालको अन्तरिम संविधान, २०६३
को भाग ३ को मौलिक हकको शिक्षा तथा संस्कृति सम्वन्धी हक धारा १७.१ मा लेखिएको छ ः
‘प्रत्येक समुदायलाई कानुनमा व्यवस्था भए बमोजिम आफ्नो
मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुनेछ ।’ यसैगरी
धारा १७.३ मा ‘नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई आफ्नो
भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र सम्वद्र्धन गर्ने
हक हुनेछ ।’
आदिवासी
जनजातिको अधिकारसम्वन्धी संयुक्त राष्ट्र सङ्घीय घोषणापत्र–२००७ धारा १३.१ मा ‘आदिवासी
जनजातिहरुसँग उनीहरुको आफ्नो इतिहास, भाषा, मौलिक परम्परा, दर्शन, लेखन प्रणाली तथा साहित्यहरु पुनर्जीवित गर्ने, प्रयोग गर्ने तथा भावी पुस्तालाई हस्तान्तरण गर्ने तथा
समुदाय, स्थान र व्यक्तिहरुको आफ्नै नाम राख्ने र तिनलाई कायम
राख्ने अधिकार छ ।’ ‘आदिवासी जनजातिहरुसँग पठनपाठनको आफ्नो
सांस्कृतिक पद्धतिहरुसँग उपयुक्त हुने गरी आफ्नै भाषामा शिक्षा उपलब्ध गराउने
आफ्नो शिक्षण प्रणाली र संस्थाहरुको स्थापना तथा तिनमाथि नियन्त्रण गर्ने अधिकार छ
।’
नेपाल
सरकारले अनुमोदन गरिसकेको अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धी सङ्ख्या १६९ को
धारा २७.१ मा आदिवासी जनताका लागि उनीहरुकै विशेष आवश्यकतालाई सम्बोधन गर्न
उनीहरुकै सहयोगमा शैक्षिक कार्यक्रम र सेवाहरु विकसित एवं कार्यान्वित गरिनेछन् र
यसका साथै उनीहरुका इतिहास, ज्ञान
र प्रविधिहरु, उनीहरुका मूल्य प्रणालीहरु र उनीहरुका सामाजिक, आर्थिक र सांस्कृतिक आकाङ्क्षाहरुलाई पनि समावेश गरिनेछ ।
नेपाल
अधिराज्यको संविधान, २०४७ ले मातृभाषासम्बन्धी गरेको व्यवस्था यस
प्रकार रहेको छ । संविधानको धारा–१ मा नेपाल एक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक
अधिराज्य हो ।’ यसैगरी धारा–६ (१) देवनागरी लिपिमा नेपाली भाषा नेपालको राष्ट्रभाषा हो
। नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ । धारा–६ (२) नेपालका विभिन्न भागमा मातृभाषाको रुपमा बोलिने सबै
भाषाहरु नेपालका राष्ट्रिय भाषा हुन् । धारा–१८
(१) नेपाल अधिराज्यमा बसोबास गर्ने प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने अधिकार हुनेछ
। धारा–१८ (२) प्रत्येक समुदायले बालबालिकालाई प्राथमिक तहसम्म
आफ्नो मातृभाषामा शिक्षा दिनेगरी विद्यालय सञ्चालन गर्न पाउनेछ ।
पत्रपत्रिका
प्रकाशनको बाढी ः
भाग–३ पत्रपत्रिका प्रकाशन धारा–११, १२ र
१३ मा कुनै पनि सामग्री प्रकाशन पूर्व प्रतिबन्ध नलाग्ने व्यवस्थाले मुलुकका
विभिन्न भाषाहरुमा पत्रपत्रिका प्रकाशनको बाढी आयो । मातृभाषामा पत्रपत्रिका
प्रकाशन बर्खामासको खहरेको भेलसरी भएको थियो । सरकारले ती भाषाभाषीले प्रकाशन
गरेका पत्रपत्रिकालाई निरन्तर प्रकाशनका निम्ति कुनै नीति, नियम बनाएन नत सहुलियत नै उपलब्ध गरायो । जुगौंदेखि
बोलीचालीमा रहेका र बोलिचालीबाट पनि बिलाउँदै गएका ती मातृभाषाहरु लेख्य रुपमा
उतार्नु कम्ता सकस थिएन । मातृभाषा लेखन, सम्पादन
र पत्रपत्रिका प्रकाशनको कुनै अनुभव नभएका मानिसहरु लेखक बन्ने चेष्टा गरे ।
सम्पादक र प्रकाशक बने । त्यतिखेर भरखरै कम्प्युटरको जमाना भित्रिएको थियो ।
लेटरप्रेसहरु विस्थापित हुने क्रममा थिए । कम्प्युटरले के के न गर्छ भन्ने भ्रम र
अज्ञानताले अधिकांश सम्पादक र प्रकाशकहरु ठगिए÷ठगियौं
। लेख्य परम्परा नरहेका मातृभाषा छापाखानासम्म पु¥याउने अकाट्य रहरले महँगो मूल्य चुकाउनु प¥यो । एक–दुई अङ्कसम्म जसोतसो ती
मातृभाषाका पत्रपत्रिकाहरु प्रकाशित भए । रहर सेलाउँदै गयो । ती पत्रिका बिक्री
हुँदैनन् । त्यसमा छापिने सामग्रीहरु राज्यबाट भएको सयौं वर्षदेखि जनजातिहरुमाथि
गरिएका दमनविरुद्ध आक्रोश हुन्थे । चाहे मातृभाषामा लेखिएका होस् या खस–नेपालीमा । आवेगमा लेखिएका लेखहरु कतिपय मननीय भएपनि
चेतनाको अभाव र गरिबीको मारले थिलथिलो पारेको सम्बन्धित समुदायमा मलहमको काम गर्न
सकेनन् । कोठा चोटामा थन्किन थाल्यो । अर्काको घर बहालमा बस्ने सम्पादक, प्रकाशकहरुको निम्ति पत्रिका प्रकाशन बोझ बन्यो । कतिपय
वार्षिक ग्राहक बनाएकाले इज्जत ढाक्न र पत्रिका छपाउन साहुसित लिएको ऋणलाई पन्छाउन
मुस्किलमात्र परेन बाध्यताले ती पत्रिकाहरु जेनेतेन चल्न थाले । बिर्सिसक्दा
प्रकाशन हुने र अन्ततः बन्द नै भए । त्यस्ता पत्रिकाको सूचि लामै छ । (हे.छापामा
जनजाति, एकता प्रकाशन, काठमाडौं
।)
संविधानको
त्यो बुँदाले ल्याएको मातृभाषा लेखन, पत्रपत्रिका
प्रकाशनमा आएको जागरणको विषयमा राज्य पक्ष मौन रह्यो । त्यति हुँदाहुँदै पनि
नेपाली पत्रकारिताको विकासले व्यवसायिक मोड लियो । साहित्यको माध्यमबाट नेपाली
पत्रकारिता सुरुआत भएको हो । सुरुमा मनको आवेग लेखेर अभिव्यक्ति दिने
किशोरकिशोरीहरुलाई लेखन निरन्तरताले साहित्यिक लेखन र पत्रकारितातर्फ डो¥यायो । मातृभाषामा साहित्य सृजना गर्ने, आफ्नो संस्कृति, संस्कारबारे
लेख्ने तन्नेरीहरु विस्तारै मूलधारे साहित्य (खस–नेपाली) तर्फ पनि डोरिन पुगे । उनीहरुले बुझे जन्मदैखेरी
बोलेको र घर, परिवार, समुदायमा
व्यवहार गरिदैआएको मातृभाषा अनि संस्कार, संस्कृतिबारे
लेख्न जति सजिलो हुन्छ, अन्य
दोस्रो भाषा जुन विद्यालयमा औपचारिक पठनपाठनमा सिकेको खसभाषामा अभिव्यक्त गर्नु
उत्तिकै गाह्रो तर मानक लेखनका दृष्टिले व्याकरणसम्मत हुने भेद पनि छुटेको थाहा
पाए । त्यतिबेला लाग्यो, मातृभाषा
लेखनका निम्ति व्याकरण चाहिने रहेछ । शब्दकोश आवश्यक पर्ने रहेछ । साहित्यको विकास
हुनुपर्ने रहेछ । बोलेरमात्र केही नहुने रहेछ । यस्तो जटिल काम गर्नु भनेको फलामको
च्युरा चपाउनुजस्तै रहेछ । यस्तो नाफा नहुने काम गर्नुभन्दा अर्कै व्यवसाय
गर्नुपर्ने रहेछ भन्ने ज्ञान ती जनजाति लेखक, सम्पादक, प्रकाशकले बुझे । बिस्तारै छेउ लागे ।
रेडियो
र मातृभाषा पाठ्यपुस्तक ः
उता
रेडियो नेपालले २०५१ भदौदेखि देशमा बोलिने विभिन्न १५ वटा मातृभाषालाई
समाचारवाचनको अवसर दियो, केन्द्रीयदेखि
क्षेत्रीय प्रसारणसम्म । यस्तै सञ्चार मन्त्रालयले २०५६ सालदेखि निजीस्तरमा एफएम
(फ्रिक्वेन्सी मोडुलेसन) खोल्न अनुमति दिन थाल्यो । शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रअन्तर्गत विभिन्न मातृभाषामा
प्राथमिक तह कक्षा ५ सम्म औपचारिक पठनपाठनका निम्ति पाठ्यक्रम तथा पाठ्यपुस्तक
निर्माण कार्य पनि थाल्यो । जनजातिहरु र तिनका संस्थालाई राज्यले केही गर्नेरहेछ
भन्ने सङ्केत मिलेको बुझे तर व्यवहार भने पुरातन किसिमकै भएपछि त्यसले गति लिन
सकेन । अहिले २०६७ सालसम्म आइपुग्दा भरखर १७ वटामात्र मातृभाषामा पाठ्यपुस्तक
बनेका छन् । त्यो पनि एउटा भाषा विषयका रुपमा मात्र ।
भाषिक
कालो दिवस ः
त्यतिखेरै, प्रजातान्त्रिक संविधान, २०४७
कै आडमा मातृभाषाको प्रयोग र बाहुल्यताको दृष्टिकोणले काठमाडौं नगरपालिकामा नेवार
जातिले बोल्ने नेपालभाषा (नेवाः भाषा) लाई कामकाजको भाषाका रुपमा प्रयोग गर्ने भए
भने सप्तरीको राजविराज नगरपालिका र धनुषा जिल्ला विकास समितिमा मैथिली भाषा
कामकाजको भाषाका रुपमा प्रयोग गर्ने निर्णय गरे । त्यसविरुद्ध सर्वोच्च अदालतमा
रिट दायर भयो । उक्त रिटलाई लिएर सर्वोच्च अदालतले २०५६ जेठ १८ गते मंगलबार
विभेदपूर्ण फैसलाले मातृभाषीहरुलाई मर्माहत तुल्यायो । फैसलामा छ– ‘काठमाडौं नगरपालिकामा आधिकारिक भाषाका रुपमा नेपालभाषालाई
तथा राजविराज नगरपालिका र जिल्ला विकास समिति धनुषामा मैलिली भाषालाई पनि कामकाजमा
प्रयोगमा ल्याउने भनी गरेको निर्णयहरु संविधान धारा–६ (१) को प्रतिकूल भएकाले उत्प्रेषणको आदेशद्वारा बदर हुने
ठहर्छ ।’
सर्वोच्च अदालतको उक्त निर्णयपछि मुलुकको
आदिवासी जनजातिले सधैँ जेठ १८ लाई ‘भाषिक
कालो दिवस’ भन्ने गरेका छन् । नेपाल लोकतान्त्रिक
गणतन्त्रात्मक मुलुक बनिसक्दासमेत उक्त दिनलाई ‘भाषिक कालो दिवस’ नै
भन्न छाडेका छैनन् ।
शेतामगुरालीदेखि
आदिवासी जनजाति महासङ्घसम्म ः
पञ्चायतकालमा
शेतामगुराली भनेर चिनिनेहरु अधिकारको लडाइँमा एकजुट हुन सिके । विश्वपरिवेशले पनि
साथ दिँदैगयो । प्रजातन्त्र पुनःस्थापनासँगै जातीय सङ्गठन खोले । पहिले खोलिएकालाई
खुल्ला रुपमा स्थापित गरे । अनि तिनै जातीय सङ्गठनहरुको जनजाति महासङ्घ बनाए ।
अहिले नेपाल आदिवासी जनजाति महासङ्घ भनेर रहेको छ । तिनले सरकारसित अधिकार मागे ।
सरकारले राष्ट्रिय जनजाति विकास समिति गठन ग¥यो ।
पछि त्यही समिति २०५८ सालमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान भन्ने
ऐनबाट स्थापित गरिदियो । महासङ्घको प्रतिनिधित्व हुनेगरी निर्मित प्रतिष्ठानले
नेपालका आदिवासी जनजातिहरुको पहिचान स्थापित गर्ने काममा जुट्यो । उसले नेपालका
आदिवासी जनजातिहरुको ५९ वटा सूची बनायो र सरकारले सूचिकृत ग¥यो ।
दसौँ
राष्ट्रिय जनगणना, २०५८ ले नेपालमा १०३ जाति र ९२ वटा भाषाहरु
रहेको तथ्याङ्क देखायो । (भाषाशास्त्रीहरुले नेपालमा १ सय ४४ भन्दा बढी भाषा छन्
पनि भनेका छन् ।) यो नै देश नेपालमा रहेका आदिवासी जनजातिहरुका निम्ति उपलब्धीमूलक
आँकडा बनेको थियो भने छुट्न गएका आदिवासीका निम्ति थप सङ्घर्षको पाटो बन्यो ।
सङ्घर्ष जारी पनि राखेका छन् । नेपालको आदिवासी जनजातिहरु मातृभाषा, संस्कृति संरक्षण तथा संवद्र्धनको विषयलाई लिएर संयुक्त
राष्ट्रसङ्घको आदिवासी अधिकार महासन्धि (युएनड्रिप) देखि अन्तर्राष्ट्रिय श्रम
सङ्गठन महासन्धि (आदिवासी अधिकार) नं.१६९ सम्म गुहार्नसक्ने क्षमता हासिल गरेका
छन् ।
मातृभाषा, साहित्य विकास ः
भाषाशास्त्री
प्रा.डा. नोवलकिशोर राई बेलाबेलामा हुने भाषिक गोष्ठीहरुमा भन्ने गर्छन्– ‘मैले देखेको के हो भने हाम्रा आदिवासी जनजाति दाजुभाइ र
नेताहरु मातृभाषा, संस्कार, संस्कृतिप्रति
गहिरो चिन्ता गर्छन् तर चिन्तन गर्दैनन् । चिन्तामात्र गर्ने तर चिन्तन नगर्ने
हाम्रो शैलीले अर्कालाई (बाहुन, क्षेत्री
जो शासक वर्ग पनि हुन्) गालीमात्र गर्छौं । आफ्नो काम गर्दैनौं । फलानाले गर्दा
यसो भयो । ढिस्कानाले गर्दा यसो भयो । तर, मेरो
मातृभाषा, संस्कृतिको संरक्षण, संवद्र्धनमा यसो गरेँ । यसो गर्दा यसलाई बचाउन सकिन्छ
भन्नेतर्फ कहिल्यै सोच्दैनौं ।’
मैले
यहीनेर केही प्रसङ्ग जोड्न चाहेँ कि २०४७ सालको संविधानले दिएको अधिकार मातृभाषा
लेखन, पुस्तक, पत्रपत्रिका
प्रकाशन स्वतन्त्रतालाई नेपालका आदिवासी जनजातिले गहन चिन्तन गर्न सके÷सक्यौंजस्तो लागिरहेको छैन । मातृभाषा र मौलिक संस्कृति
जातीय पहिचानको मूल कडी हो । नेपालका मातृभाषाहरुको संवद्र्धन अन्तरिम संविधान, २०६३ ले गरेको व्यवस्थाले अझ सहज तुल्याएको अवस्था पनि छ ।
तर, राज्यको नीतिभन्दा पनि त्यसका वागडोर सम्हाल्ने पुरातनवादी
सञ्चालकहरु र अरुलाई गाली गर्न पाउँदा आफूलाई महान् ठान्ने आदिवासी जनजाति
अगुवाहरुको प्रवृत्तिले चाहेजति मातृभाषामा साहित्यको सृजना अनि संरक्षण
संवद्र्धनको पहल हुनसकेको छैन ।
मातृभाषी
पत्रकार ः
विशेषगरी
२०४७ को संविधानलाई टेकेर सुरु भएको मातृभाषा लेखन तथा प्रकाशन यात्राले जन्माएका
नयाँ पुस्ता आज मूलधारे पत्रकारितामा संलग्न छन्÷छौं । यसमा पनि दुई धारबाट हुर्किका छौं । पहिलो मातृभाषा
बोल्ने र लेख्ने दुवै गर्नसक्ने, जसले
मातृभाषा र संस्कृति, अधिकारका विषय समेटेर पत्रपत्रिका प्रकाशन
गर्दै आएका पनि छन् । दोस्रोमा मातृभाषा बोल्ने तर नलेख्ने एवं मातृभाषा नबोले पनि
आदिवासी जनजाति हुनुमा गर्व बोध गर्ने जसले खस–नेपालीमा
अभिव्यक्त गर्नसक्ने खुबीका पत्रकारहरु आज मूलधारको पत्रकारितामा छौं । यिनै
पत्रकारहरुको साझा सङ्गठन आदिवासी जनजाति पत्रकार सङ्घ, नेपाल (अनिज) सन् २००० मा स्थापित छ । यस सङ्गठनमार्फत्
आदिवासी जनजातिका मुद्दालाई अघि बढाउने कामसमेत गर्दै आएका छन् । तर, अनिजले जनजाति पत्रकारहरुलाई सङ्गठित गर्नेबाहेक
मातृभाषाहरु र संस्कृतिका निम्ति जागरणको काम भने गरेको छैन ।
पछिल्लो
एक दशकमा अनिजका अलावा जातीय रुपमा पत्रकारहरु सङ्गठित भएको पाइन्छ । मूलतः
मातृभाषा, संस्कृतिको विषयलाई लिएर तथा राजनीतिक अधिकारका
निम्ति पनि यी सङ्गठनहरु विस्तार भएका हुन् । जसमा निम्न जातीय सङ्गठनका
पत्रकारहरुको संस्था रहेका छन् – १)
तामाङ सञ्चार समूह २) नेवाः पत्रकार सञ्जाल ३) लिम्बू पत्रकार मञ्च ४) किरात राई
पत्रकार सङ्घ ५) मगर आमसञ्चारकर्मी सङ्घ ६) गुरूङ पत्रकार सञ्जाल ७) थारु पत्रकार
सङ्घ आदि ।
मातृभाषाका
पत्रपत्रिका ः
वर्तमान
पुस्ताका मातृभाषी युवा तथा बालबालिकालाई बोलीचालीदेखि लेख्य रुपमा प्रत्यक्ष र
परोक्ष सहभागिता जनाउने उत्सुकता जगाउने प्रमुख माध्यम भनेको पत्रपत्रिका प्रकाशन
गर्नु हो । त्यसमा नेपालका आदिवासी जनजातिहरुमध्ये पहिलेदेखि नै लेख्य परम्परा
भएका मातृभाषाहरुमा नेपालभाषा (नेवाःभाषा), लिम्बू, तामाङ प्रमुख हुन् । त्यसैगरी २०४७ सालपछि लेख्य रुपमा
विभिन्न मातृभाषाहरु अघि बढेको पाइन्छन् । यतिखेर २०५० सालदेखि निरन्तर प्रकाशनमा
रहेका मातृभाषाका पत्रपत्रिका खोज्ने हो भने एकाधमात्र होलान् ।
राईभाषाहरुमा
प्रकाशित पत्रिका ः
त्यसमा
वाम्बुले÷उम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ त्रिभाषीय (वाम्बुले–नेपाली–अङ्ग्रेजी) त्रैमासिक पत्रिका एक हो । वाम्बुले राई भाषा, साहित्य र संस्कृति प्रधान यो पत्रिका २८ वटा राई
भाषाहरुमध्ये एक्लो पत्रिका हो यत्तिका लामो समयसम्म निरन्तर प्रकाशित छ ।
पङ्क्तिकार गणेश राईद्वारा सम्पादित यो पत्रिका २०६७ असोज–पुससम्ममा ४३ वटा अङ्क प्रकाशित छ । त्यसैगरी २०६० सालबाट
बान्तावा राई भाषामा प्रकाशित ‘बुङवाखा’ मासिक पत्रिका नियमित र निरन्तर प्रकाशित छ । पदम राईद्वारा
सम्पादित पत्रिका २०६७ माघसम्ममा ७१ अङ्क प्रकाशित छ । त्यसैगरी कोयु राई भाषामा ‘सोदेल’, थुलुङ
राई भाषामा ‘दोदिखाम’, बाहिङ
राई भाषामा ‘बाहिङ आवाज’ २०६७
र ‘चासीवा’ (प्रकाशोन्मुख)
छन् । त्यसैगरी चाम्लिङ भाषाको ‘चाम्लिङ’, खालिङ भाषाको ‘खम्मेसङ’, पुमा भाषाको ‘बुङ्वाफोप’ अर्धवार्षिक रहेका छन् । यसैगरी किरात राई यायोक्खाद्वारा
प्रकाशित ‘निप्सुङ’ ३३
अङ्क प्रकाशित छ । यी पत्रपत्रिकाहरुले आ–आफ्नो
भाषा, संस्कृति, समसामयिकता
र साहित्यिक पत्रकारितालाईसमेत महŒवपूर्ण
ढङ्गले उजागर गरेको पाइन्छ ।
अन्य
भाषामा प्रकाशित पत्रपत्रिका ः
तामाङ
भाषाका ‘छारगोङ्मा’ मासिक
पत्रिका विगत एकदशकदेखि प्रकाशित छ । उक्त पत्रिकाका सम्पादक प्रतिक तामाङका
अनुसार तामाङ मातृभाषा, साहित्य
र पत्रकारिता करिब एकसय पत्रिका छन् तर बीचैमा बन्द भएका छन् । निरन्तर प्रकाशनमा
रहेका ‘छारगोङ्मा, तामाङ
डाजाङ, तामाङ सरोकार, प्राङ्बोला
न्हान’ लगायत छन् ।
मगर
भाषामा करिब तीनदर्जन पत्रपत्रिका प्रकाशन भएको पाइन्छ भने निरन्तर प्रकाशनमा एकाधमात्र
रहेका छन् । गुरूङ संस्कृतिमा ‘रोधी’ रहेको छ । गोरखापत्रमा तमु (गुरूङ) भाषाको पृष्ठ सहसंयोजक
रविन तमूका अनुसार करिब एक दर्जन जति पत्रिका प्रकाशनमा छन् ।
सबैभन्दा
बढी नेपालभाषा (नेवाःभाषा) मा पत्रपत्रिका प्रकाशन हुँदैआएका छन् । राजधानीको तीनै
जिल्ला र उपत्यकाबाहिरबाट समेत प्रकाशित छन् । यसैगरी लिम्बू भाषामा दर्जनौं
पत्रपत्रिका प्रकाशन र मातृभाषा विकासोन्मुख रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका
प्राज्ञ सदस्य अमर तुम्याहाङ बताउँछन् । शेर्पा भाषामा निरन्तर एकाध पत्रपत्रिका
प्रकाशनमा रहेको युवा भाषाशास्त्री गेलु शेर्पाले बताउँछन् । युवा लेखक शत्रुघन
चौधरीका अनुसार थारु भाषामा हमर पहुर, बिहानीलगायत
एकदर्जनभन्दा बढी पत्रपत्रिका प्रकाशनमा छन् ।
गोरखापत्र
दैनिकले २०६४ असोजबाट ‘नयाँ नेपाल’ स्तम्भ राखेर ‘समावेशीकरणको
दिशामा एउटा फड्को ः गोरखापत्रद्वारा प्रकाशित मातृभाषा पृष्ठ’ विभिन्न ३२ वटा भाषाका सामग्रीलाई ठाउँ दिदैआएको छ । तर, २८ भन्दा बढी राई भाषालाई एउटै भाषाअन्तर्गत राखिनुले
अन्याय जनाउँछ ।
यसैगरी
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले केही हदसम्म जनजातिका भाषाहरुको
अभिलेखिकरण गरेको छ । नेपाल सरकारको भाषा नीति
कमजोर नीतिले गर्दा मुलुकका १ सय ४४ भन्दा बढी भाषाहरु संरक्षण र संवद्र्धन हुन
सकेको छैन । विज्ञ, भाषाशास्त्रीहरुले छुट्टै भाषा नीति आवश्यक छ
भन्दै आएका छन् । त्यसको सुनुवाई हुनसकेको छैन । अब बन्ने सङ्घीय लोकतान्त्रिक
गणतन्त्रको संविधानले यसतर्फ सम्बोधन गर्नु जरुरी छ । सङ्घीय राज्य व्यवस्थामा
स्थानीय मातृभाषाहरुको स्थान के हुने र साझा सम्पर्कको भाषा खस–नेपाली, माउभाषा
संस्कृत र अन्तर्राष्ट्रिय भाषा अङ्ग्रेजी भाषालाई हामीले कसरी सहज ढङगले आर्जन
गर्ने भन्ने स्पष्ट हुन जरुरी छ ।
सन्र्दभ
सामग्री ः
१.
छापामा जनजाति, २०५८, सं.प्रत्यूष
वन्त र साथीहरु, एकता बुक्स, काठमाडौं
।
२.
न्यूजिलायन्डमा पहिलो नेपाली, सत्यमोहन
जोशी, लोकेश्वर प्रकाशन, ललितपुर
२०४९ ।
३.
आदिवासी जनजाति, जर्नल, अङ्क
३, मङ्सिर २०६७, आदिवासी
जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, काठमाडौं, नेपाल ।
(लेखक
गणेश राई कान्तिपुर दैनिक सम्बद्ध पत्रकार, नेपाल
साहित्यिक पत्रकार सङ्घका केन्द्रीय सदस्य, कौशिकी
द्वैमासिकका सम्पादक तथा लिब्जुभुम्जु त्रिभाषीय त्रैमासिकका सम्पादक हुन् ।)
जुहीका
केही कुरा
चूडामणि
रेग्मी
जुही
साहित्यिक पत्रिका प्रकाशन गर्न आँटेका बेला (२०३८ मा) म २०२६ देखि छाप्न थालेको ‘युगज्ञान’ साप्ताहिक
पत्रिका निकाल्थे । त्रि.वि. को प्राध्यापक भएको नाताले आफूले सम्पादक÷प्रकाशक हुन नपाउने प्रशासनिक हुकुमका कारण छोरो प्रदीपमणि
रेग्मीका नाममा सहायक सम्पादक पारी गोविन्दचन्द्र क्षेत्री प्रधान सम्पादक भई ‘युगज्ञान’ चलाएँ
। क्षेत्रीले छाडेपछि सम्पादक÷प्रकाशकको काम श्रीमती
वेदकुमारी रेग्मीको नाउँमा रह्यो, सहायक
सम्पादक प्रदीपमणि रेग्मी नै । मण्डलेको पिरपिराउमा यता गर्दै उता गर्दै साप्ताहिक
चलाइरहेकै बेला ‘जुही’ पनि
थपेँ – प्रदीपमणि रेग्मी सम्पादक÷प्रकाशक भएर । संस्थापकमा आफ्नो नाम राखी काम चलाएँ । केही
अङ्क ‘जूही’ थियो
। जुहीको नाम म पदवियोगतिर मात्रै होइन, थालनी
र माझका तद्भव आगन्तुक शब्दको ‘इ, उ’ ह्रस्व
लेख्ने विचारको भएँ, त्यो अनुसार नै ‘जूही’ पछि ‘जुही’ भयो ।
मैले केही अञ्क ‘जूही’मा
प्रस्तावित वर्णविन्यासको प्रयोग बढाएरै लगेको कुरा पनि जुहीका अञ्कहरु पढ्दा थाहा
पाइन्छ ।
‘जुही’लाई मैले प्रगतिशील विरोधीचाहिँ नबनाउने तर सर्वग्राह्य
पत्रिका बनाउने नीति राखेँ । रातो, सेतो, नीलो, पहेँलो
रञको फूल नै ‘जुही’ हो
भन्ने व्याख्या पनि मैले ठाउँ–ठाउँमा गरेकै हुँ ।
प्रतिभा
परिचय तथा भाषा र समालोचनालाई मैले बढी महत्व दिँदा पनि कथा, निबन्ध, कविताले
पनि ‘जुही’मा प्रश्रय पाएका छन् ।
‘जुही’ले प्रतिभा परिचयलाई महत्व दिने क्रममा धेरैवटा व्यक्ति विशेषाङ्क पनि छापिएका छन् ती यी हुन् :
ध.च.
गोतामे विशेषाङ्क पूर्णाड्क १६ २०४३
सरोज
ओली विशेषाङ्क ” ३३ २०४९
भक्तबहादुर
नेपाली विशेषाङ्क ” ३९ २०५३
राधिका
राय विशेषाङ्क ” ४५ २०५७
माधव
भण्डारी विशेषाङ्क ” ४७ २०५८
उपेन्द्र
पागल विशेषाङ्क ” ५१ २०६१
विश्व
शाक्य विशेषाङ्क ” ५४ २०६२
श्यामकृष्ण विशेषाङ्क ” ५६ २०६५
डा.
हृषिकेश उपाध्याय विशेषाङ्क ” ५८ २०६६
जुहीरत्न
रोहिणीविलास अङ्क ” ५९ २०६६
कपिल
लामिछाने विशेषाङ्क ” ६० २०६६
यी
विशेषाङ्कमध्ये विश्व शाक्य, श्यामकृष्ण
श्रेष्ठ र कपिल लामिछाने अञ्क निकै ठूलो आकारमा छन् ।
यसैगरी
विषयगत विशेषाङ्कको सञ्ख्या पनि ठूलै छ । हास्यव्यञ्ग्य अञ्क (४), समालोचना अञ्क (५) कथा अञ्क त पाँच वटा (७, ४२, ४३, ४४, ५३)
उपन्यास अञ्क १, भाषा अञ्क (१७) १, अञ्क (३६) १, निबन्ध
अञ्क (४९, ५२) २, सद्भाव
कार्यक्रम अञ्क २, (५५ र ५७) छन् । यसरी धेरैवटा विशेषाञ्क भएकै
कारण जुहीको हिँडाइ ढिलो भयो थोरै छापिने र विमोचन हुने हुदाँ बिक्रीभन्दा वितरण
भई मैले जुहीका अञ्क बढाउने प्रयासमा ६० पु¥याउँदा
नपु¥याउँदै म ७४ वर्ष लागि बुढ्यौली हुन गएको दुःख लाग्दो
स्थिति देखा परेको छ ।
यही ‘जुही’ त्रैमासिकका
साथै जुही प्रकाशन नाम दिएर र अरु लेखकका गरी आफ्ना जति विविध विषयका ५३ पुस्तक
छापियो । झापाबाट ‘जुही’का
कुरा अञ्क र जुही प्रकाशनका जति पुस्तकहरु अरु प्रकाशनबाट भएन भनेर । मैले नाक
ठाडो पारे पनि यो महŒवपूर्ण मान्दिनँ म । महŒवपूर्ण कुरा के भने मेरा हितैषी र सहयोगी साहित्यकारहरु
धेरै भएर भए पनि मैले जानेसम्म र गर्न सक्नेसम्म अझै गर्नुपथ्र्यो, गर्न सक्दिनँ ।
कोसीको
शङ्खुवा सभाको म २०२१ देखि झापा बसेँ, लामो
समय साहित्यसाधना र प्रकाशन गरेँ आदि कुरा मैले आत्मसन्तुष्टि लिने कुरा हुन् ।
मसँग जति सामथ्र्य थियो, त्यति
गर्न नसक्नु चाहिँ ठूलो त्रुटी मान्छु म ।
यसैमा
अर्को कुरा पनि म स्पष्ट भन्छु, म
जस्तो सामान्यलाई पनि यस सम्मान पनि मनग्गे नै भएको ठान्छु मेरो स्वभाव र
औकातअनुसार । त्यो पीडाभन्दा पनि मैले जानेकै कुरा पनि गर्न नसक्ने परिस्थति मेरै
कमजोरी भयो । म यहाँ मेरी जीवनसाथी वेदकुमारी असमर्थ अवस्थामा भएको कुरालाई मेरो
कामको बाधक पनि मान्दिनँ किनभने उनले मेरो साहित्यिक गतिविधिमा तन–मन–धन सघाइन् । अब उनलाई
विभिन्न रोगले र वृद्धावस्थाले गाँज्दै गयो । उनी म भन्दा लगभग २ वर्ष कान्छी हुन्
। अशक्त अवस्थामा छिन् । एउटै लेखमा सबै कुरा भन्न सकिन्न, सारमा भन्नु पर्दा मैले पेट पालो प्राध्यापन गरेर गरेँ, छोराहरुलाई पैतृक सम्पत्तिबाट सकेको सहयोग गरेँ, प्राध्यापन, सम्पादन, प्रकाशन, लेखन
र साहित्यिक गतिविधि सकेसम्म गरेँ ।ंं ‘जुही’ का प्रसञ्गमा अझ थप्दा धेरै जना स्नातकोत्तर छात्र–छात्राले जुही, २२
वर्ष सम्पादन गरेको ‘युगज्ञान’ साप्ताहिक
पत्रिका र अरु यथार्थ कुरा पाक्षिक पनि लाई निक्कैले शोधे । ६ जना छोराछोरी ११ जना
नाति–नातिना, ३
पनाति (छोरीपट्टिबाट), भएको
एक गृहस्थी साहित्यिक पत्रकार प्रेस काउन्सिल पुरस्कार आदि निकै पुरस्कार
प्राप्तिका घटना गन्दा, भन्दा
अवश्य थुप्रै छन् तिनलाई म यहाँ नलम्ब्याउ बुढेसकालको मेरो अत्यन्त सञ्क्षिप्त
कुरो सामग्री भए । गुनासो पोख्ने, घुर्की
लगाउने रोगबाट चाहिँ म मुक्त छु, मुक्त
रहन चाहन्छु ।
मलेसियामा
नेपाली साहित्यिक
पत्रकारिताः
एक छोटो चर्चा
देवेन्द्र
सुर्केली
साहित्य
सङ्गालो वा नियमित रुपमा साहित्यिक खुराक पस्कने पत्रिका प्रकाशित गर्नेलाई
साहित्यिक पत्रकारिताअन्तर्गत राखिन्छ । नेपालमा साहित्य सम्बन्धी खुराक पस्किने
पत्रिकाहरुको वेग्लै सञ्जाल छ – नेपाल
साहित्यिक पत्रकार सङ्घ । तर साहित्यिक पत्रकार सङ्घले प्रवासमा रहेर नियमित
साहित्यिक पत्रिका प्रकाशन गरिरहेका प्रति दृष्टि पु¥याएको छैन ।
मलेसियामा
पनि विगत १० वर्षदेखि नेपालीहरुले नेपाली साहित्यको विजारोपण गरिरहेका छन् ।
नेपालीहरु जहाँ गएपनि साहित्यको प्रादुर्भाव छाड्ने गरेका कारण मलेसियामा पनि
सुरूवात भएको हो । सन् २००१ बाट मात्र मलेसियामा कानुनीरुपमा नेपालीहरु कामदार भएर
भित्रिएका हुन् । त्यो भन्दा अगाडि पनि मलेसियामा नेपालीहरु पुगेका थिए । कामदारको
रुपमा भने गैरकानुनी प्रवेश थियो । गैरकानुनी रुपमा मलेसिया पुगेका नेपालीहरुमा
सम्पर्क धेरै कम थियो । थोरै मात्र नेपालीहरु सम्पर्क हुने गरेको र भेटको क्रममा
रचनाहरु एकअर्कामा सुनाउने गरेका कुराहरु पनि केही व्यक्तिको संस्मरणमा आएका थिए ।
सन्
२००१ देखि कानुनी रुपमा मलेसिया भित्रिएदेखि संस्थागत रुपमा एकत्रित हुन खोजेको
आभास पाइन्छ । सबैभन्दा पहिले नेपालदेखि लगिएका पुस्तक तथा पत्रिकाहरु विक्रिवितरण
गर्ने गरेको र केही पत्रिकाहरु फोटोकपि गरेर पुनर्प्रकाशन गरेको पाइन्छ । यो क्रम
झन्डै डेढ वर्षसम्म भएको पाइन्छ । फोटोकपि पुनप्र्रकाशनले बजार लिने सम्भावना
देखेपछि मलेसिया पुगेको रमेश पण्डित ‘तुफान’ ले नेपालबाट प्रकाशन हुने श्रम साप्ताहिकलाई मलेसिया
संस्करणको रुपमा सन् २००३ देखि प्रकाशन गर्न थाले । सन् २००२ सालदेखि मलेसियामा
नेपाली रेष्टुरेन्टहरु समेत खोलिन सुरू गरेपछि नेपालीहरुको सम्पर्क आदानप्रदान हुन
थालेको हो । श्रम साप्ताहिकको प्रकाशन पछि उक्त समूहबाटै सृजनशील पुस्तकालयसमेत
खोलिएको थियो । मलेसियाको राजधानी क्वालालाम्पुरस्थित सबैभन्दा पुरानो बजार
कोतारायामा नेपालीहरुले अड्डा जमाउन सफल भएका हुन् । श्रम साप्ताहिकको प्रकाशन पछि
त्यसै वर्ष नेपाल सन्देश, राज्यसत्ता, जनपृष्ठभूमि, सगरमाथा
साप्ताहिकको प्रकाशन भएको छ । ती मध्ये कतिपय पत्रिकाहरु थोरै समयमात्र प्रकाशन भए
भने श्रम साप्ताहिक, जनपृष्ठभूमि (पछि नेपाल पृष्ठभूमिमा नामकरण), नेपाल सन्देश साप्ताहिकहरु नियमित प्रकाशन भएका छन् । यी
पत्रिकाहरु पूर्ण साहित्यिक नभए पनि साहित्यिक लेख रचनाहरुलाई बढी नै प्रोत्साहन
दिने गरेका छन् ।
पत्रिकामा
राजनैतिक समाचार, विचार विश्लेषण नेपालबाटै लेखिएका छन् भने
मलेसियाबाट लेखिने विषयवस्तु भनेको साहित्यिक बढि हुने गरेको पाइन्छ । विशेषगरी
कविताको बाढी नै हुने गरेको पत्रिकाको प्रत्येक अङ्क १० देखि ४० वटा सम्म रचना
हुने गरेको पाइन्छ ।
साहित्यिक
खुराक बढेपछि साहित्यप्रेमी नन्दकुमार सुब्बाको सक्रियतामा जीवन देवान गाउँले, पुष्पा राई सवाल, गणेश
खड्का प्रतीक्षा, दिलिप राई सगर, पदमदुःखी सम्बाहाङ्फे आदि मिलेर मितेरी साहित्य सङ्गालो
(सन् २००४) को प्रकाशन गरेका थिए । जुन सङ्गालोमा मलेसियामै रहेका करिब २ दर्जन
साहित्यकारहरुको १ वटादेखि ६ वटासम्म रचना प्रकाशन भएको थियो । नन्दकुमार सुब्बाकै
सक्रियतामा सगरमाथा मासिकको पनि प्रकाशन भएको थियो । जसमा पनि साहित्यिक खुराक बढी
नै प्रकाशन गरेको थियो ।
बुझेर
होस् या नबुझेर मलेसियामा साहित्यिक ढाँचामा पत्रकारिता ‘मितेरी साहित्य सङ्गालो’ ले
गरेको हो ।
१.
साहित्यको संस्थागत अभ्यास
साप्ताहिक
पत्रिकामा छापिएको रचना र रचनाको मुनी हुने गरेको मोबाइल नम्बरबाट सर्जकहरु
सम्पर्कमा आउन थालेदेखि साहित्यको संस्थागत विकास हुन थालेको हो । प्रकाशित
रचनाहरु एसएमएसबाटै प्रतिक्रिया दिइने र सल्लाह सुझाव हुने लगायतका कामहरु बढेपछि
१६ जुलाई सन् २००६ को दिन क्वालालाम्पुरको मर्डेकापार्क (स्वतन्त्रता पार्क) मा
भेला भई प्रवासी नेपाली साहित्यिक मञ्चको जन्म भयो । यस संस्थाको जन्मपछि प्रतिभा
श्रृङ्खला कार्यक्रमको आयोजना गर्न थालेको थियो । लोक कवि अलिमियाँको ८९ वर्षको उमेरमा
वि.सं. २०६३ श्रावण १८ गते स्वर्गारोहण भएकोमा उहाँको श्रद्धाञ्जली प्रकट गर्दै ३१
अगष्ट २००६ मा प्रतिभा श्रृङ्खला भाग १ को आयोजना ग¥यो । त्यसैगरी प्रतिभा साहित्य श्रृङ्खला भाग २ मा प्रवासमा
साहित्य लेखनको धार र मञ्चको आवश्यकता विषयक गोष्ठीको आयोजना गरी तत्कालिन सचिव
इन्द्र नारथुङेले ‘मानवताको लागि साहित्य, एक परिकल्पना’ विषयक
कार्यपत्र सहित सम्पन्न गरिएको थियो । प्रतिभा श्रृङ्खलाका विभिन्न भागहरु पनि
यस्तै विशेषता बोकेका छन् ।
प्रवासी
नेपाली साहित्यिक मञ्चबाट ‘बिम्ब’ साहित्य सङ्गालो मितेरीपछिको शसक्त सङ्ग्रह थियो । इन्द्र
नारथुङेद्वारा सम्पादित बिम्बमा ४८ जना सर्जकका कविता, कथा, गीत, गजल, मुक्तक, निबन्ध र नाटक प्रकाशित छन् । विम्बको प्रकाशनपछि प्रवासी
नेपाली साहित्यिक मञ्चले अनेसाससँग सम्बन्ध राख्यो र अनेसासको १९ औँ शाखाको रुपमा
रुपान्तरित भयो । अनेसास बनेपछि ‘बिम्ब’ संयुक्त गजल सङ्ग्रह प्रकाशन भएको थियो । जसमा ४५ जनाको गजल
प्रकाशित छ । गजल सङ्ग्रहको सम्पादन पनि इन्द्र नारथुङेले नै गरेका थिए । अनेसासको
अन्तिम प्रकाशनको रुपमा अनेसास स्मारिका (सन् २००८) रहेको छ । त्यस यता अनेसासले
प्रकाशन सम्बन्धी कुनै काम गरेको छैन ।
अनेसास
मलेसियाको राजधानी क्वालालाम्पुरमा मात्र सिमित रह्यो । मलेसियाको दक्षिणी
क्षेत्रको जोहोर राज्यमा प्रवासी साहित्यिक समाज र प्रवासी श्रमिक नयन समाज नामक
दुई सङ्गठनको जन्म भयो । ती दुवै संस्थाबाट प्रवासी पाइला र श्रमिक नयन त्रैमासिक
दुई÷दुई अङ्कसम्म प्रकाशित भएका थिए । प्रवासी पाइलाका सम्पादक
राजकुमार मादेन दुःखी र श्रमिक नयनका सम्पादक राजु भट्टराई आशा थिए । एकै राज्यमा
परेका कारण पछि दुई संस्था एकीकृत बनेर प्रवासी नयन साहित्य समाज भयो र त्यस
संस्थाबाट ‘नयन’ साहित्य
सङ्गालोको प्रकाशन भएको थियो । मलेसियाको उत्तरी पहाडी राज्य पाहाङमा सङ्गठित
प्रवासी एकता समाजले ‘प्रवासी आवाज’ ४ अङ्कसम्म प्रकाशित भएको थियो । जसका सम्पादक ओमप्रकाश
खापुङ र थीरबहादुर दाहाल थिए ।
गजलको
लागि सङ्गठित संस्था अनाममण्डलीले गजलप्रधान पत्रिका दिपाञ्जलीको प्रकाशन गरिरहेको
छ । मलेसियाकै अर्को सुन्दर राज्य पेराकको इपो क्षेत्रमा कार्यरत नेपालीहरुद्वारा
गठित नेपाली साहित्य समाजले ‘नमूना’ साहित्य सङ्गालो (सन् २००९) प्रकाशन गरेको छ । युवराज
साम्पाङ जेठाको सम्पादनमा प्रकाशित नमूना एक अङ्कमात्र प्रकाशित छ । त्यसैगरी
मलेसियाको उत्तरी राज्य पेनाङमा सङ्गठित उदाँउदो तारा साहित्य समाजद्वारा ‘पुञ्ज’ साहित्य
सङ्गालो र ‘सृजनाका स्वरहरु’ गजल सङ्ग्रह प्रकाशन भएको छ । यसका सम्पादक जीतमान राई सविन
हुन् । मलेसियामा अस्तित्वमा रहेका साहित्यिक संस्थाहरुमा अनेसास, अनाममण्डली, प्रवासी
नयन साहित्य समाज जोहोर, नेपाली
साहित्य समाज इपो, उदाउँदो तारा साहित्य समाज पेनाङ र विश्व
नेपाली साहित्य महासङ्घ, मलेसिया
शाखा हुन् । यी संस्थाबाट पनि विभिन्न रुपको साहित्यिक प्रकाशनसँगै साहित्यिक
पत्रकारिताको विकास भएको छ ।
२.
साहित्यिक पत्रकारिताको सामुहिक अभ्यास
साहित्यिक
संस्थाहरु बाहेकका केही व्यक्ति तथा कम्पनीका सृजनशील समूहबाट पनि साहित्यिक
सङ्गालोको प्रकाशन भएको छ । यस्ता प्रकाशनहरु कुनै दुई तीन अङ्कसम्म प्रकाशन भएका
छन् कुनै एक अङ्कबाटै पूर्णविराम पनि लगाएका छन् ।
श्रम
साप्ताहिकको सहप्रकाशनको रुपमा ‘श्रमिक यात्रा’ साहित्यिक सहप्रकाशनकै रुपमा हेर्न सकिन्छ । रमेश तुफान, कोपिला गौतम तथा दिपक दैलेखीको सम्पादनमा प्रकाशन भएको
श्रमिक यात्रा दुई अङ्कसम्म प्रकाशित भएको देखिन्छ ।
नेपालदेखि
नै प्रकाशन आरम्भ भएको ‘नौलो मुस्कान’ मासिक साहित्यिक तथा मनोरञ्जनात्मक र विचारप्रधान रहेको
थियो । २ अङ्कसम्म प्रकाशित नौलो मुस्कानका सम्पादक विचारी चाम्लिङ हुन् ।
मलेसियाको दक्षिणी प्रान्तमा पर्ने सुन्दर नगरी मलकाबाट हरि दियाली र मीन
विश्वकर्माको सम्पादनमा ‘परदेशीको डायरी’ नामक साहित्य सङ्गालो प्रकाशित भएको थियो । रुसाहाङ चेम्जोङ
र पुकार छन्त्यालको सम्पादनमा ‘परदेशको कोसेली’ नामक साहित्य सङ्गालो दुई अङ्कसम्म प्रकाशित भएको छ ।
मलेसियाको
दक्षिणी राज्य जोहोरको मुहार क्षेत्रबाट वसन्त सुब्बा र भीम राईको सम्पादनमा ‘प्रवासी’ साहित्य
सङ्गालोको प्रकाशन भएको छ । मुहारबाटै प्रकाश दिप्साली मिराकद्वारा सम्पादित ‘मुग्लानी चिनो’ (सन्
२००८) को प्रकाशन भएको थियो । क्वालालाम्पुरमै गठित मेचीमहाकाली युवा सङ्गठनले ‘अन्यौलको भूमरीभित्र मलेसियामा नेपाली युवाहरु’ नामक साहित्य सङ्गालोको प्रकाशन गरेको छ । जसका सम्पादक
चन्द्र सुब्बा किराती र पदम नेपाल रहेका छन् ।
क्वालालाम्पुरको
सुङ्गाइबुलोहस्थित कम्पुलान जेब्को कम्पनीका श्रमिकहरुको प्रयासमा ‘साहित्य विधामा नटुसाएको अटोग्राफ’ प्रकाशन भएको थियो । जसलाई मोहन थेबेले सम्पादन गरेका थिए ।
क्वालालाम्पुरकै काजाङस्थित केशव तथा रामकृष्ण खड्को सम्पादनमा ‘प्रवासीका आवाज’ नामक
साहित्य सङ्गालो प्रकाशन भएको थियो ।
३.
सामाजिक संस्थाबाट प्रकाशित साहित्य सङ्गालो
मलेसियामा
लगभग ८० को हाराहारीमा सामाजिक संस्थाहरु गठन भएका छन् । ती संस्थाहरु जिल्लागत
रुपमा बढी छन् । त्यस्तै गरेर जातीय, धार्मिक, राजनीतिक, गाविसस्तरीय
तथा मलेसियाकै क्षेत्रसँग सम्बन्धित भौगोलिक संस्थाहरुको गठन भएको छ । ती
संस्थाहरुले थोरै आफ्नो संस्थाको परिचय, उद्देश्य
तथा कृयाकलापको कुराहरु राखेर बाँकी सम्पूर्ण खुराकहरु साहित्यसँग सम्बन्धित छन् ।
नेपालको कुनै एक जिल्लाबाट मलेसिया पुगी मलेसियाको विभिन्न स्थानमा रहनेहरुलाई
गोलबद्ध गराई उनीहरुको डाइरेक्ट्री प्रकाशन गराउनुको साथै जातिहरुको भाषा, धर्म, संस्कृति
र लिपिसम्मको कुराहरु ती सङ्गालोहरुमा प्रकाशन भएका छन् । विभिन्न संस्थाहरुबाट
प्रकाशन भएको सङ्गालोहरुलाई यहाँ सङ्क्षिप्त चर्चा गरिन्छ ।
३.१.
जिल्लागत रुपमा गठन भएका संस्थाहरुबाट प्रकाशित सङ्गालोहरु
उदयपुरबाट
मलेसिया जानेहरुको फोन डाइरेक्ट्री प्रकाशित गरेर सर्वप्रथम जिल्लागत संस्थाको
परिचय प्रकाशनको माध्यमबाट आएको थियो । जनक ढकाल र टीकाराम अधिकारीको सक्रियतामा
उक्त डाइरेक्ट्री प्रकाशन भएको थियो । त्यसपछि मलेसियामा स्थापित जिल्ला
संस्थामध्येको खोटाङ सेवा समाजले ‘आगमन’ नामक साहित्यिक सङ्गालोको दुई अङ्कसम्म प्रकाशन गरेको छ ।
विशुद्ध साहित्यिक रुपमा प्रकाशित सङ्गालोको पहिलो अङ्कलाई इन्द्र जिजिविषा र
दोश्रो अङ्कलाई युवराज साम्पाङ जेठाले सम्पादन गरेका छन् ।
कास्की
सम्पर्क मञ्चले ‘कास्की सम्पर्क डायरी’, ‘सृजनशील कथाहरु (लघुकथा सङ्ग्रह)’ प्रकाशन गरेको छ । जसका सम्पादक राजु क्षेत्री अपुरो र सुमन
केसी रहेका छन् ।
त्यसैगरी
ताप्लेजुङ पाथीभरा प्रवास समितिद्वारा ‘ताप्लेजुङ
स्मारिका’ प्रकाशन भएको थियो । जसका सम्पादक बाल मेयाङ्बो
हुन् । स्मारिकाको दोश्रो अङ्क पनि आउने तरखरमा छ ।
३.२.
जातीय संस्थाबाट प्रकाशित सङ्गालोहरु
मलेसियाका
समग्र सङ्घ सङ्गठनहरुबीचकै बलिया सङ्गठनहरु हुन् जातीय संस्थाहरु । कतिपय
संस्थाहरु नेपालको विद्यमान जातीय संस्थाकै नामबाट चलेका छन् कतिपय मौलिक नामबाट ।
किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, किरात याख्खा छुम्मा, सुनुवार
सेवा समाज आदि संस्थाहरु नेपालकै नामसँग मिल्दो छ र कतिपय संस्थाहरु नेपाललाई
केन्द्र गरेर खोलिएका पनि हुन् । प्रवासी मगर सङ्घ, नेपाल तमू समाज, प्रवासी
तामाङ एकता समाज, क्षेत्री समाज आदि मौलिक नामबाट चलेका
संस्थाहरु हुन् ।
मलेसियाको
विभिन्न ठाउँमा रहेर नेपाल तमू समाज, मलेसियाको
छातामुनी गोलबद्ध रहेको गुरूङहरुले ‘प्रवासी
तमू आवाज’ वार्षिक ४ अङ्कसम्म प्रकाशित गरेको छ । यम तमू, बल तमू, केश
तमूलगायतले सम्पादन गरेको प्रवासी तमू आवाजमा तमू समाजको गतिविधिलगायत बढिजसो
नेपाली साहित्यनुरागीकै रचनाले पाना भरिएको छ ।
प्रवासी
मगर सङ्घले नियमित रुपमा ‘लाङ्घाली आवाज’ प्रकाशन गरिरहेको छ । जातीय संस्थामध्येको सबैभन्दा स्तरीय
प्रकाशन भन्न सकिने लाङ्घाली आवाजले साहित्यको अलावा मगर भाषाको बारेमा पनि
जानकारी गराउने गरेको छ । दीपक मगर, सुन्दर
आलेको सम्पादनमा लाङ्घाली आवाज प्रकाशन भइरहेको छ ।
प्रवासी
तामाङ एकता समाज, मलेसियाले ‘मुग्लानला
काअी (सन् २००८)’ को प्रकाशन गरेको छ । कुमार लामाको सम्पादनमा
प्रकाशत मुग्लानला काअी एक अङ्कमात्र प्रकाशित भएको छ । यो प्रकाशन बढिजसो तामाङ
सेरोफेरोमा दौडेको छ ।
किरात
याख्खा छुम्मा, मलेसियाले ‘याख्खा
स्मारिका (स्न २००८)’को प्रकाशन गरेको छ । धनबहादुर देवान र जीवन
देवान गाउँलेको सम्पादनमा प्रकाशित स्मारिकामा याख्खा छुम्माको स्थापनाकालदेखि
प्रकाशन मितिसम्मको गतिविधि, विभिन्न
साहित्यिक खुराकहरु पस्केको थियो ।
त्यसैगरी
क्षेत्री समाज मलेसियाले पनि ‘क्षेत्री स्मारिका (स्न
२०१०)’ को प्रकाशन गरेको छ । यस स्मारिकामा पनि साहित्यिक खुराकहरु
नै बढि छन् ।
३.३.
धार्मिक संस्थाबाट प्रकाशित सङ्गालो
मलेसियामा
धार्मिक संस्थाहरु पनि गठन भएका छन् । नेपालकै शाखाको रुपमा किरात धर्म साहित्य
उत्थान सङ्घ, स्वर्गिक मार्ग नेपाल गठन भएका हुन् भने
प्रवासी हिन्दू समाज मलेसिया, ख्रीष्टियन
एकता साहित्य समाज मलेसियाकै पेरिफेरिमा सङ्गिठत संस्थाहरु हुन् ।
किरात
धर्म साहित्य उत्थान सङ्घले ‘चोःलुङ’ नामक पत्रिका प्रकाशन गरेको छ । दिलकुमार केरूङद्वारा
सम्पादित चोःलुङमा साहित्यको आलावा लिम्बू लिपि तथा भाषाको बारेमा पनि खुराक
हालिएको छ । त्यसैगरी ख्रीष्टियन एकता साहित्य समाजले ‘परदेशी मरुभूमिको आवाज (सन् २०१०)’ प्रकाशन गरेको छ । अङ्कध्वज मोते, सुभास राई र श्रीमान् छन्त्यालद्वारा सम्पादित यस आवाजमा
ख्रीष्टियन दृष्टिकोणबाट नेपाली साहित्यको खुराकहरु हालिएका छन् ।
३.४.
राजनीतिक सङ्गठनबाट साहित्य
मलेसियामा
प्रायः सबै ठूला पार्टीका सङ्गठनहरु रहेका छन् । कतिपय साप्ताहिक पत्रिकाहरु
राजनीतिक पार्टीका नजीक भएका हुनाले बेग्लै साहित्य सङ्गालो वा स्मारिकाको बारेमा
सोच पु¥याएको छैन । तर रोजगार पीडित सरोकार मञ्च, केडाहले प्रवासी श्रमिक डायरीको प्रकाशन गरेको छ । रोजगार
पीडित सरोकार मञ्च कुनै पार्टीको भातृ सङ्गठन त होइन तर पनि राजनीतिक विचारधाराकै
नेतृत्व गरेको जस्तो यस प्रवासी श्रमिक डायरीमा देखिएको छ । यसका सम्पादक पुष्प
भण्डारी हुन् ।
मलेसियामा
यतिका सङ्गालोहरु प्रकाशन हुनु र अझै प्रकाशनको क्रममा हुनुलाई साहित्यको विकास
भएको मान्नुपर्छ । अनुमानित चार लाख नेपालीहरु रहेको मलेसियामा सङ्गालो प्रकाशन
हुनुपूर्व मलेसियाबाट प्रकाशित हुने साप्ताहिक पत्रिकामार्फत लेखरचना आव्हान
गरिन्छ । धेरैजसो सङ्गालोहरुमा लेखकहरु दोहोरिने गर्दछन् । तर नेपालका स्थापित
लेखकहरुको लेखरचना भने कम मात्र समावेश भएका छन् । मलेसियामा कम्प्युटर सेटिङ भएर
मलेसियामै छापिने भएकाले पनि नेपालका लेख रचनाहरु कम भएका हुन् । निश्चित समयको
लागि मलेसिया पुग्ने भएका हुनाले डायस्पोरिक साहित्य नै भनिहाल्न नसकिएता पनि १२
घण्टा काम गरेर उबारेको समयमा कोरिएको साहित्यको एउटा बेग्लै स्वाद पाइन्छ ।
कम्पनीवृत्तका बिम्बमा लेखिएको साहित्यले नेपाली साहित्यमा नयाँ उर्जा नै थप्छ ।
फरक देश र परिवेश, भाषा, संस्कृतिका
मिश्रित शब्द संयोजनले दिएको मिठासलाई नेपाली साहित्यको नयाँ सम्पति मानिनुपर्छ ।
समग्रमा
भन्नुपर्दा संस्थाको स्मारिका, संयुक्त
सङ्ग्रहहरुलाई साहित्यिक पत्रकारिता मानिनुपर्छ भन्ने यो पङ्क्तिकारको जोड हो ।
प्रवासको ठाउँमा निश्चित समय र अवधि लिएर गएका सर्जकहरुबाट निरन्तरताको आशा
गर्नुभन्दा एक अङ्क आउनु पनि ठूलो कुरा मान्नुपर्छ । साधारणतया ३ वर्षको समय लिएर
त नेपालीहरु विदेश पुगेका छन् । मलेसियामा श्रमिकबाहेक व्यापारव्यवसाय, पत्रकारिता, विद्यार्थी, अध्यापन तथा अन्य पेशागत रुपमा जाने भएकाले संस्थाको निरन्तरता
बढेको हो ।
तसर्थ
मलेसियामा भएको यस प्रकारको सक्रियतालाई मध्यनजर गरेर एउटा बेग्लै कार्यक्रम
बनाइनुपर्छ । साहित्यिक पत्रकारितालाई नै टेवा पुग्ने खालका सङ्ग्रहणीय सङ्गालोलाई
प्रचारप्रसार गर्नमा उद्दत हुनुपर्छ ।
खोटाङ
जिल्लाको साहित्यिक पत्रकारिता
धनप्रसाद
सुवेदी ‘श्रमिक’
ओखलढुङ्गाका
भीमबहादुर श्रेष्ठको सम्पादकत्वमा निस्कने ‘जूनकिरी’ पत्रिका नै खोटाङ जिल्लामा वितरित भएको पहिलो स्थानीय
पत्रिका थियो भन्ने जानकारी पाइन्छ । यो पत्रिका तत्कालीन पूर्व ३ नं. गोश्वार
ओखलढुङ्गामा २०१७ मङ्सिरमा दर्ता नं. १ मा दर्ता भई प्रकाशित भएको थियो । हालको
खोटाङ जिल्लाको पहिलो पत्रिका भने पशुपति भट्टराईको सम्पादकत्वमा २०२० वैशाखमा
चम्पावती मावि बुइपाबाट प्रकाशित ‘गोरेटो’ हस्तलिखित द्वैमासिक हो । वि.सं. २०१९ मा बुइपाको चम्पावती
मिडिल हाइस्कुलले पूर्ण हाइस्कुल (मावि) को स्वीकृति पाएपछि त्यस विद्यालयका
शिक्षक, अभिभावक तथा विद्यार्थीमा नयाँ उत्साह थपियो । यस्तैमा
वि.सं. २०२० वैशाख १ गते नववर्षको अवसर पारेर ‘गोरेटो’ नामको
हस्तलिखित पत्रिकाको प्रकाशनारम्भ भयो । द्वैमासिक रुपमा निस्कने यो पत्रिका २०२२
साल साउनसम्म जम्मा १४ अङ्क प्रकाशित भएका थिए । यस पत्रिकाका हरेक अङ्क १३ प्रति
निकालिन्थ्यो, जसमा दिक्तेलको स्कुल, ऐंसेलुखर्क स्कुल, भोजपुर
हाइस्कुल, लामिडाँडाको स्कुल, ओखलढुङ्गाको पुस्तकालय र हाइस्कुल, ओखलढुङ्गाका भीमप्रसाद श्रेष्ठ, बुइपाका देवराज ढकाललाई १/१ प्रति र बुइपाको पुस्तकालयमा ५ प्रति राखिन्थ्यो ।
पछिल्ला अङ्कमध्ये कुनै एउटा अङ्क राजविराज पनि पठाइएको थियो (राई, २०५८ : ७०–७२) । ‘गोरेटो’ का
सम्पादक पशुपति भट्टराई थिए । उनका अतिरिक्त दीपक श्रेष्ठ, भक्तकुमार श्रेष्ठ, जसराज
किराती, हरिभक्त श्रेष्ठ, भागवत
श्रेष्ठ र विश्व श्रेष्ठले हातैले लेखेर पत्रिका तयार पार्दथे । आवरण बनाउने काम
गोरखबहादुर श्रेष्ठ (ओखलढुङ्गा, चम्पावती
माविका तत्कालीन शिक्षक) ले गर्थे । देवराज ढकाल (राजनीतिककर्मी), तेजबहादुर बस्नेत (शिक्षक), कप्तान पञ्चवीर राई(स्थानीय शिक्षाप्रेमी), चन्द्रबहादुर श्रेष्ठ (स्थानीय शिक्षाप्रेमी) र
रामनारायण श्रेष्ठ (स्थानीय शिक्षाप्रेमी) पत्रिकामा प्रमुख सहयोगी थिए
(राई, २०५८: ७१) ।
गोरेटोबाट
सुरु भएको खोटाङ जिल्लाको साहित्यिक पत्रकारितामा ‘सगुन’, ‘आक्रोश’, ‘बिहानी’, ‘खोटाङका
केही कथा’, ‘खोटाङका केही कविता’, ‘हलेसी’, ‘रावाका
छाल’, ‘प्रतिभा’, ‘नयाँकदम’, ‘सौजन्य’, ‘ट्याम्के’, ‘हलेसीकुञ्ज ’लगायतका
साहित्यिक पत्रिकाहरुको महत्वपूर्ण भूमिका रहेको छ । खोटाङको साहित्यिक पत्रिकाको
इतिहासमा खोटाङ जिल्लाभित्रै रहेर साहित्यिक पत्रकारिताको विकासमा काम गर्ने
पशुपति भट्टराई, हिराधन राई, बम थुलुङ, जसराज किराती, हेमन्तराज
सुमन, मोहन विरही, गेहकुमार
सेजु, काशी राई, भरतमणि
भट्टराई,
धनकर्ण श्रेष्ठ, धनप्रसाद सुवेदी, चमा
थुलुङ, रामविक्रम थापा, तेजना
सैजु, विष्णु आभूषण, तुलसीप्रसाद
रेग्मी, गोविन्दप्रसाद आचार्य, टङ्ग
भट्टराई,
दिलकुमार खड्का, रेखा राई ‘क्षितिज’, यादेवी ढकाल, कल्याण
रोका, केशवप्रसाद आचार्य, होमप्रसाद
आचार्य, सुवास जोशी, मकरचन्द्र
राई (एम.सी. सुमित), बेदीकुमार राई, मेम्बर राई, नवीन
राई अभिशेष, चित्रकुमार सुवेदी, धु्रवराज राई, रमेशचन्द्र
राई, नारायण ढकाल, बम
बानिया, श्रीराम राई, राजकुमार
रम्तेल, रमेश राई ‘गाउँले’, विमला केयरलेस, अकेला
राई, डिल्लीराम राई ‘नाकारा’, आदिको भूमिका बिर्सन मिल्दैन ।
खोटाङेहरु खोटाङबाहिर राजधानी तथा विदेशका विभिन्न मुलुकमा
रहेर साहित्यिक पत्रकारितामा सक्रिय रहेका छन् । अच्युतरमण अधिकारी, श्यामकुमार अधिकारी, दाहाल
यज्ञनिधि, नरभूपाल राई, टङ्कबहादुर राई, शान्तिकुमारी
राई, नगेन्द्रराज रेग्मी, डा.
माधव भट्टराई, मोहन घिमिरे, गुणराज दाहाल, नवराज
पोखरेल, डा. विष्णु राई, देवविक्रम
राई, तोयानाथ खनाल, भागवत
आचार्य, भोगीराज चाम्लिङ, मालिकराम
राई, मनोजबाबु आशय, उत्तरकुमार
राई, बसन्तराज अज्ञात, दीपेन्द्र
दीनदुःखी, किशोर चाम्लिङ, टीका चाम्लिङ, धनप्रसाद
सुवेदी, टङ्क भट्टराई, गणेश
थापा, बोधराज पौडेल, रमेश
पौडेल, होमशङ्कर बास्तोला, यम
बास्तोला, धनुका राई ‘धारारानी’, मिलनकान्छा राई, नाकिमा, लोकेन्द्र राई ‘सर्वहारा’ आदिले विभिन्न साहित्यिक पत्रपत्रिका, स्मारिका आदिको सम्पादन÷ प्रकाशन
गरेको पाइन्छ । यस जिल्लाका चतुरभक्त राई, टङ्कबहादुर
राई, प्रतापसिंह राई ‘नाछिरिङ’, देवविक्रम राई आदिले किरातभाषाका विभिन्न पत्रिकाको सम्पादन÷प्रकाशन गरेका छन् । चन्द्र दुमी राई, किन्दर राई, भोगेन
राई , केजिन राई, रमेश
राई ‘गाउँले’, किशनचन्द्र
राई, विक्रमचेतनशील राई, छक्क
सक्रिय राई लगायतका खोटाङेहरुले विदेशमा रहेर साहित्यिक पत्रकारिता गरिरहेका छन् ।
त्यस्तै विदेशबाट पत्रिका प्रकाशनमा स्वदेशमै रहेर सहयोग गर्ने दीपेन्द्र दीन दु
ःखी र वसन्तराज अज्ञात, टीका
चाम्लिङ महŒवपूर्ण भूमिका रहेको छ ।
खोटाङका
दाहाल यज्ञनिधिले रेडियो नेपालबाट साहित्यिक पत्रकारिता गरी नाम कमाएका छन् ।
ज्ञानेन्द्र विवश, बलराम कोइराला रेडियो÷एफएमहरुमा सक्रिय रहेका छन् । खोटाङमा २०६४ बैशाखबाट
रुपाकोट सामुदायिक रेडियो र २०६५ सालपछि हलेसी रेडियोको समेत स्थापना भएपछि यी
रेडियोबाट पनि साहित्यिक पत्रकारिता सुरु भएको पाइन्छ । यी रेडियोहरुमा राजकुमार
रम्तेल, मकरचन्द्र राई, भीमसेना
राई, वेदीकुमार राई, भीम
राई, डिल्लीराम राई ‘नाकारा’ विमला केयरलेस, ज्ञानिता
राई, सर्मिला भुजेल, लगायतका
रेडियोकर्मीहरु साहित्यिक पत्रकारितामा सक्रिय रहेको पाइन्छ ।
खोटाङका
विभिन्न विद्यालयहरुमा, विभिन्न
संस्था÷क्लबहरुमा भित्तेपत्रिका प्रकाशित हुने गरेका छन् ।
खोटाङबाट रोजगारीका सिलसिलामा कतार, दुबइ, साउदीअरब, मलेसिया, हङकङ, कोरिया
र नेपालका विभिन्न ठाउँमा रहेका खोटाङेहरुले साहित्यिक पत्रपत्रिका प्रकाशन गर्ने
गरेको पाइन्छ । पछिल्ला समयमा विदेश तथा स्वदेशबाट इन्टरनेटबाट साहित्यिक
पत्रिका प्रकाशन गर्ने लहर चलेको छ । खोटाङका किन्दर राई, केजिन राई, चन्द्र
दुमी राई, किशोर चामिलङ, डम्बर हम्रुङ नाकिमा आदिले इन्टरनेट पत्रिकामा काम गरेको
पाइन्छ । खोटाङ जिल्लाको साहित्यिक पत्रकारिताको विकासमा समाचारमुलक पत्रिकाको
योगदानलाई पनि विर्सन मिल्दैन । खोटाङबाट प्रकाशित हुने सबै जसो समाचारमुलक
पत्रिकामा कथा, कविता, गीत
जस्ता साहित्यिक रचना प्रकाशित भएको पाइन्छ । पक्ष, हाम्रो भावना, नयाँविचार, रुपाकोट, दिक्तेलबजार
जस्ता समाचारमुलक पत्रिकामा नियमित स्तम्भका रुपमा साहित्यिक सामाग्री प्रकाशित
भएको पाइन्छ । खोटाङेहरुका सम्पादनमा प्रकाशित प्रमुख साहित्यिक पत्रपत्रिकाको
विवरण निम्नानुसार रहेका छन् ः
क्र.
सं. नाम सुरु: अवधि स्थान :
प्रकाशक मुख्य
सम्पादक
१. गोरेटो –हस्तलिखित) २०२० चम्पावती मावि बुइपा
२ छहारी. २०२१
(१
अङ्क) दिक्तेल गेहकुमार संैजु
३ आक्रोश २०२८
(१
अङ्क) बुइपा जसराज किराती
४ सगुन २०२८
(१
अङ्क) दिक्तेल परिवार धरान बम
थुलुङ,
हिराधन
राई
५ बिहानी (सामयिक कविता सङ्कलन) २०२८
(१
अङ्क) दिक्तेल परिवार धरान खेमराज
खनाल, हिराधन राई
६ सिसार २०३६
(१
अङ्क) काठमाडौँ कुमार आचार्य
७ जुरमुर २०३६
अहिलेसम्म अनेरास्ववियु
खोटाङ–काठमाडौ विशाल भट्टराइ र अन्य
८ खोटाङका केही कविता २०३७
(सामूहिक
सङ्कलन) हिमाली क्लब दिक्तेल हिराधन
राई
९ खोटाङका केही कथा २०३७
(सामूहिक
सङ्कलन ) प्रतीक प्रकाशन काठमाडौ चेतनाथ
अधिकारी
१० नयाँकदम २०३८
(५
अङ्क) दिक्तेल क्याम्पस गोकुल
व्याकुल,
सुकराज राइर्, धनकर्ण श्रेष्ठ, रामप्रसाद
राई, धनप्रसाद सुवेदी
११ हिंडपा २०३९
विराटनगर श्याम अधिकारी
१२ कहिरन २०४०
(२
अङ्क) काठमाडौँ नगेन्द्रराज रेग्मी, सूर्य
अधिकारी,
तारा कट्टेल, नवराज पोख्रेल
१३ हलेसीकुञ्ज २०४१
(१
अङ्क) दिक्तेल जसराज किराती
१४ जागरण २०४२
(१
अङ्क) नेराशिसं, खोटाङ गणेश अधिकारी, एकनाथ
ढकाल
१५ साप्सुका छालहरु २०४२
(१
अङ्क) काठमाडौँ विष्ण आभूषण, दिलिप
अनहेप्पी, एनके चुइचुम्माली
१६ हलेसी २०४४
(२
अङ्क) पूर्वाञ्चल साहित्यिक प्रतिष्ठान सम्पर्क समिति दिक्तेल भरतमणि भट्टराई
१७ उन्नयन २०४४ हालसम्म काठमाडौँ अच्युतरमण अधिकारी
१८ मुहूर्त २०४४ हालसम्म काठमाडौँ नगेन्द्रराज रेग्मी
१९ युवाआवाज २०४६
(२
अङ्क) नेपाल युवक सङ्गठन, खोटाङ अर्जुन राई
२० खोटाङ २०४६ हालसम्म खोटाङ
सेवा समाज, काठमाडौँ माधव
भट्टराई लगायत विभिन्न
२१ साहित्यिक पत्र
(हवाईपत्रिका) २०४६ हालसम्म साहित्य
सञ्चारका लागि हवाई आन्दोलन नगेन्द्रराज रेग्मी, विष्णु
आभूषण, श्याम भट्टराई
२२ साहित्यिक आइतबार २०४८ काठमाडौँ नगेन्द्रराज रेग्मी, विष्णु
आभूषण
२३ रावाको छाल २०४८ काठमाडौँ
२४ खोटाङको सुस्केरा २०४८ अनेरास्ववियु खोटाङ÷सुनसरी देवविक्रम राई, गोपाल
गुरुङ
२५ खोटाङ पुकार २०४८
हालसम्म काठमाडौँ नगेन्द्रराज रेग्मी
२६ किसानको हुङ्कार २०४८ अखिल नेपाल किसान सङ्घ हरिकाजी
गुरुङ, चुरभक्त राई, कृष्ण
आचार्य
२७ चित्कार मोहन घिमिरे
२८ जनप्रतीक प्रह्लाद आचार्य
२९ उपासना २०५० काठमाडौँ माधव भट्टराई
३० ट्याम्के २०५१
(१
अङ्क) जिविस खोटाङ विष्णु
आभूषण, तुलसीप्रसाद रेग्मी
३१ सौजन्य २०५१
(१
अङ्क) सौजन्य पुस्तकालय, दिक्तेल तेजना सैंजु, सुवास
जोशी
३२ पयर २०५१ खोटाङ सङ्गम समूह मालिकराम
राई, सुरेशचन्द्र राई
३३ प्रतिभा २०५२–०५९
(६
अङ्क) नवप्रतिभा साहित्यिक मञ्च धनकर्ण
श्रेष्ठ,
रामविक्रम थापा, धनप्रसाद सुवेदी, सुकराज
राई ।
३४ बाबरी काठमाडौँ विष्णु राई
३५ मिलन २०५३
(३
अङ्क) कर्मचारी मिलन केन्द्र दिक्तेल विष्णु शर्मा र अन्य
३६ चाम्लिङ किरात राई चाम्लिङ खाम्बातिम गडुलमान
राई, देवविक्रम राई
३७ कर्मचारी २०५४
(३
अङ्क) नेनिक सङ्गठन तेजना
सैंजु, धनप्रसाद सुवेदी, नारायण
न्यौपाने
३८ भावना २०५४(त्रैमासिक) धरान किसनचन्द्र राई
३८ सुदामा
(हवाईपत्रिका) २०५६ हालसम्म विरामी
साहित्यिक समूह, दुर्छिम दीपेन्द्र
दीन दुःखी
३९ मियो २०५६ मनोजबाबु आशय,
ध्रुव
बजिमय उत्तरकुमार राई,
भोगीराज
चाम्लिङ
४० अभियान २०५७ नेपाली काङ्ग्रेस खोटाङ विष्णु
आभूषण
४१ अभियान २०५७ स्मारिका सिम्पानी
उच्च मावि बाबुराम न्यौपाने
४२ तारापुञ्ज २०५७ (२ अङ्क) नेकपा
(माले) खोटाङ नारायण जोशी
४३ मुक्ति सन्देश २०५७ नेकपा (एमाले) खोटाङ विशाल
भट्टराई
४४ खोटाङ स्मारिका २०५७
(१
अङ्क) सगरमाथा युवा समाज सोल्मा, दिक्तेल शान्तिराम राई
४५ आकाश गङ्गा २०५८
(१ अङ्क)
प्रलेस, खोटाङ
रमेशचन्द्र
राई, चित्र सुवेदी, नारायण
ढकाल धु्रवराज राई,
४६ इमो २०५८ जनउत्थान सङ्घ दुर्छिम तिलक
चाम्लिङ
४७ वनभित्रको हरियाली २०५८
(१
अङ्क) नेपाल वनरक्षक सङ्घ, खोटाङ बाबुराम फुयाल
४८ हलेसी (हवाईपत्रिका) २०५८
हालसम्म काठमाडौँ किशोर चाम्लिङ, राजकुमार
रम्तेल, छक्क सक्रिय राई
४९ शिखर सन्देश २०५८
२ अङ्क) काठमाडौँ टीका चाम्लिङ
५० सिर्जना समर्पण
(हवाई
त्रैमासिक) २०५८–०६२ काठमाडौँ यम बास्तोला
५१ गोरेटो २०५८ गाविस कार्यालय बुइपा मेम्बर
राई
५२ समय २०५९ सेमद टाइम, नेपाल, खोटाङ रमेशचन्द्र राई
५३ नित्याभास २०५९ – रमेश राई ‘गाउँले’
५४ नमुना मासिक २०६० खार्पा भोलाहरि धिताल
५५ चुचे ढुङ्गा विराटनगर रमेश अधिकारी
५६ पुमा –मासिक) २०६० काठमाडौँ प्रवीण पुमा
५७ तावा सुस्केरा २०६१ खिदिमा मनिता लोचन र अन्य
५८ सगरमाथा आह्वान २०६१ मुक्सन किरात विशेषाङ्क सुरेन्द्र
राई
५९ नयन (गजलप्रधान) २०६१
हालसम्म खोटाङ गजल मञ्च चित्रकुमार
सुवेदी, नवीन अभिशेष, विमला
केयरलेस
६० अरूणिमा
(हवाईपत्रिका) २०६१ रुपाकोट प्रकाशन डिल्लीराम
राई, ‘नाकारा’
६१ मिरमिरे २०६१ खार्मी देवकुमार राई
६२ बिहानी २०६१ खैरसुङ्छा समूह, खोटाङ
६३ अन्तर्बोध २०६१ होमशंकर बास्तोला
६४ पूर्वको पशुपति काठमाडौँ बोधराज पौडेल
६५ शीतला विद्यालय र गुरु रामप्रसाद २०६१ स्मारिका शीतला
मावि खाल्ले टङ्क भट्टराई
६६ सिर्जना २०६१ सिर्जनशील साहित्यिक समूह ,नुनथला एमसि सुमित
६७ सनराइज २०६१ खार्मी धनचन्द्र राई
६८ छहरा हलेसी जीवनजित राई
६९ काँचुली २०६२ कालिका मावि नेर्पा चित्रकुमार
सुवेदी, वेदीकुमार राई
७० सिलौटी टाइम्स
२०६२ काठमाडौँ प्रवीण पुमा
७१ प्रयास क्तार रमेशचन्द्र राई
७२ परदेश (५ अङ्क) खोटाङ युवा समाज युएई नीरवचन
राई
७३ सन्देश क्तार रोशनथुलुङ राई
७४ झुल्को २०६२ श्रीमावि लक्याङ, खोटाङ भागवत घिमिरे
७५ खोटाङ सन्देश २०६२ कतार रोशन राई
७६ मधुरिमा २०६२ खोटाङेविद्यार्थी, काठमाडौँ लेकेन्द्र राई
७७ वाङ्मय २०६२ हालसम्म राष्ट्रिय
वाङ्मय कला प्रतिष्ठान, खोटाङ विष्णु आभूषण
७८ खोटाङ स्मारिका,हङकङ सन् २००७ खोटाङे समाज हङकङ भोगेन
एक्ले
७९ साकेला दोहा, कतार विक्रमचेतनशील राई
८० अभियान कतार रमेशराई ‘गाउँले’
८१ विशेषाङ्क २०६४ काठमाडौँ टीका चाम्लिङ
८२ सञ्जीवनी
८३ जंघार
८४ आँकुरा
८५ खोटाङ आवाज २०६४ नेकपा(एमाले) खोटाङ–काठमाडाँ
सम्पर्क मञ्च गोपी खड्का र अन्य
८६ मियो २०६४ सामना प्रकाशन, नेपाल भोगीराज चाम्लिङ
८७ शब्दशिखा मासिक २०६६(हवाईपत्र) प्रभाससमूह, काठमाडौँ
८८ टुवाखोला दोभान
(त्रैमासिक) २०६५–हालसम्म् सिर्जनशील साहित्यिक मञ्च भूमिराज
राई‘मरुभूमि’ , शकुन‘आँसु’ आदि
८९ लेखक साहित्यिक त्रैमासिक किरात
राई लेखक सङ्घ, केन्द्रीय समिति –
९० खोटाङ चौतारी २०६६ खोटाङ महासमाज टङ्क
भट्टराई,
मिलनकान्छा राई आदि ।
खोटाङका
श्यामकुमार अधिकारी ‘हिँडपाली साहिँलो’ले आकुरा, विराट
साहित्यिक सामयिक, अच्युतरमण अधिकारीले मुकुट, पीपल, नेपाली, कस्तुरी, गुणराज
दाहालले धारा, पालुवा, विनोद
रोकाले न्याय प्रतीक, न्याय दूत, नवराज
पोख्रेलले नवप्रभात,नरभूपाल राईले गवेष, हुङकार, टीका
चाम्लिङले हाम्रो संस्कृति (२०५८), जनजाति
पहिचान (२०५८) लगायतका पत्रिकाहरुको सम्पादन गरेको पाइन्छ ।
खोटाङ
जिल्लाबाट र खोटाङेका सम्पादनमा खोटाङ बाहिरबाट गरी करिब एक सयवटा साहित्यिक
पत्रिका प्रकाशित भएको भए पनि यी पत्रिकाहरु नियमित भएको पाइँदैन । अधिकांश
पत्रिका १, २ अङ्कमै सीमित भएका छन् । खोटाङ भित्रबाट
सुरुमा प्रकाशित सबैभन्दा बढी अङ्क प्रकाशित भएको विशुद्ध साहित्यिक पत्रिका
प्रतिभा हो । यसका जम्मा ६ अङ्क प्रकाशित भएको पाइन्छ ।
सन्दर्भसामग्रीसूची
आचार्य, रविकिरण (सम्पा.२०६३), खोटाङ
जिल्ला पाश्र्वचित्र, खोटाङः जिल्ला विकास समितिको कार्यालय ।
खड्का, भूपराज (२०६३), “नेपालको
पत्रकारितमा खोटाङ”, खोटाङ (पूर्णाङ्क, ४), पृ.
४२–४५ ।
थापा, रामविक्रम (२०५३), “साहित्यिक
सेरोफेरोमा खोटाङ”, प्रतिभा (अङ्क २) पृ.१–१५ ।
राई, देवविक्रम (२०५८), “ऐतिहासिक
हस्तलिखित साहित्यिक पत्रिका ‘गोरेटो’ का सम्पादक पशुपति भट्टराईसँगको भेटवार्ता”, गोरेटो (वर्ष १, अङ्क
१) ।
राई, मेम्बर (२०६१), “खोटाङेहरुका
पुस्तक–पत्रिकाहरु”, गोरेटो, (वर्ष ५, अङ्क
२), पृ. ८१–९१) ।
रेग्मी, नगेन्द्रराज (२०५८) (सम्पा.), खोटाङपुकार, (वर्ष
३, अङ्क १), पृ. ३–७ र १३–२९ ।
शर्मा, प्रभुनाथ (२०५७), “नेपालको
कम्युनिस्ट आन्दोलन खोटाङको भूमिका”, मुक्तिसन्देश, (वर्ष १, अङ्क
१), पृ. ७१–७८ ।
सुवेदी
‘श्रमिक’, धनप्रसाद
(२०५९),
“खोटाङे साहित्यको सङ्क्षिप्त आकलन”, समय (वर्ष १), अङ्क
१),
पृ.१–८ ।
– ‘कर्मचारी’, ‘खोटाङ पुकार’, ‘नयाँकदम’, ‘प्रतिभा’ आदि
पत्रिकाका विभिन्न अङ्क
No comments:
Post a Comment