Wednesday, July 6, 2016

सम्झनामा नकुल सिलवाल - गोविन्दगिरी प्रेरणा


समय कति छिटो वित्छ ?नकुल सिलवालले मृत्यु वरण गरेको पनिआज कति धेरै दिन पो भइसकेछ ।विस्तारै महिना हुन्छ, वर्ष हुन्छ, दशक हुन्छ । पीडाहरु सेलाउँदै जान्छन् । सवथोक सहजहुन थाल्छ । शायद जीवनको रित नै हो यो ।
मान्छेको जन्म आफ्नो हातमा हुँदैन । कसैले चाहेर जन्मेको छैन यो दुनियाँमा धार्मिक अन्धताको मिथमा वाहेक । मृत्यु पनिआफ्नो हातमाहुँदैन । कसैले चाहेर मृत्यु वरण गर्न पाउँदैन । यदि गरिहालेमा त्यसलाई राम्रो मानिंदैन । कायरताको संज्ञा दिइन्छ, गलत मानिन्छ । तर जजस्ले गलतमाने पनित्यो सच्याउनन सकिने गलतहो, युगौंदेखि यो गलत पनि परम्परा वनिसकेको छ ।
नकुल सिलवालले मृत्यु रोजेको समाचार मुख्य मिडियाहरुका लागि समाचार वनेन । यो वडो असहजलाग्यो । नकुलले आफ्नो जीवनको अधिकाँश समय साहित्यमा लगाएका थिए । छोटो अवधिका लागि नेपाल विद्युत प्राधिकरणमा हाजिर गरेर तलवखाने सामान्य जागिर छोटो गरे पनि जीवनको अरु समग्र हिस्सा उनले भाषा साहित्यको कर्ममै समर्पण गरे । उनको जागिर, उद्योग धन्दा, पेशा , व्यवसाय जेजे उपमादिए पनि त्यो  नेपाली भाषा र साहित्यसँगै सम्वन्धित थियो । नेपालीभाषा साहित्य नै थियो ।
सिन्धुपाल्चोकको सेलाँगमा जन्मेका उनले आफ्नो जीवनको वयस्क भाग पूर्णत काठमाडौंलाई कर्मक्षेत्र वनाएर विताएकाथिए । उनको जीवनले २०३९ सालमावगर पत्रिकाको प्रकाशनपश्चात् ठूलो मोड लिएको थियो र कालान्तरमा उनी वगर र नकुल सिलवाल पर्यायवाची वन्न पुगेका थिए ।
वगर पत्रिकाको पृष्ठभूमि जे भएपनि र शुरुवातकावर्षहरुमा जसरी थालनी गरे पनि नेपालीभाषाको साहित्यिक पत्रिकाहरुमा सर्वाधिक गहकिला विशेषाँक निकाल्ने श्रेय नकुल सिलवाललाई नै जान्छ ।
स्रष्टाका रुपमा उनका केही थान कविता संग्रह, यौटा कथा सँग्रह र यौटा उपन्यास अनि फूटकर गद्यहरुको सँगालो प्रकाशन भए पनि वगर पत्रिका, वगरका गहकिला विशेषाँकले उनको स्रष्टा व्यक्तित्वलाई ओझेलमा पा¥यो । त्यसो त उनका केही कविता विशिष्ट छन्, केही कथा जीवन्त छन्, उपन्यास उनले जस्तो विषय र परिवेशलाई लिएर लेखे त्यस्तो उपन्यास पहिला लेखिएको थिएन र पछि पनि लेखिएन । तर वगरका विशेषाँकहरुले उनका सारा रचनालाई सक्दो ओझेलमापारे ।
आफूले आफ्ना रचनाप्रकाशनकालागिप्रयास नगर्ने को होलान् । आफ्ना पुस्तक राम्ररी प्रकाशनहोस् , चर्चा परिचर्चा होस् भनेर नचाहने को र कति साहित्यकार होलान् । जो पनित्यो चाहना राख्दछन् । तर अरुको पुस्तक प्रकाशनगर्ने, ती पुस्तकलाई चर्चा परिचर्चामा ल्याईदिने, सभा समारोह गरिदिने कति हुन्छन् र । जो हुन् तिनलाई सलाम गर्नुपर्छ, ती महान हुन् । नकुल सिलवाल त्यस्तो कुरामा अग्रणी थिए । कतिपय प्रसँग र परिवेशमा म पनि साथमा भएकाले यो म ठोकुवा गरेर भन्न सक्छु । कतिपय आजका सेलिव्रेटी वनेका साहित्यकारहरुलाई शुरुमाचर्चा परिर्चामा ल्याएर रँगमञ्चप्रदानगर्ने काम नकुल सिलवालले गरेका थिए ।
वगर प्रकाशनवाट उनले एशिएनपोयट्री विशेषाँक निकालेका थिएभने मनुजवावु मिश्रको उपन्यास स्वप्न सम्म्ेलन र वीपी कोइरालाको उपन्यास सुम्निमाको अनुवाद पनि प्रकाशन गरेका थिए ।
उनले १० वर्षसम्म हरेक वर्ष उत्कृष्ट रचनाहरुको चयन विशेषाँक र ११औं वर्षमा सर्वश्रेष्ठ दस निकालेर त्यो सिलसिलावन्द गरेका थिए । होला, कतिपय रचनाकार त्यसमाजानीनजानी छुटे होलान्, अधूरो थियो होला, तर त्यसले नेपाली साहित्यको परिचय त दिएकै थियो । उनले आफूले आफ्नो मात्र रचनालाई उत्कृष्ट भनेका थिएनन्, थुप्रै साहित्यकारका थुप्रै रचनाहरुलाई उत्कृष्ट भनेका थिए ।
वगर प्रकाशनमार्फत् उनले महेश विक्रमशाहको सिपाहीकी स्वास्नी, कृष्ण जोशीकाकविता, मञ्जु काँचुलीकाकविता, नवसिलवालकाकथा, धचगोतामेका निवन्ध, तारानाथ शर्माका निवन्ध, राजेन्द्र विमलका कथा, नगेन्द्र न्यौपानेका कथा, प्रदीप नेपालको उपन्यास, मोहनवहादुर कायस्थका यात्रा संस्मरण, गोविन्दगोठालेको उपन्यास, मोदनाथप्रश्रितका रचनाहरु, गोविन्द भट्टका समालोचना, जनकलाल शर्माका प्रवन्ध, प्रमोद प्रधानको  साहित्यको इतिहास, डा. कवितारामश्रेष्ठको लेख संग्रह, कृष्ण प्रसाद वस्यालको यात्रा संस्मरण, विष्णु वहादुर सिंहको यात्रा संस्मरण, युवराज नयाँघरेका निवन्ध, मनु व्राजाकीकाकथाहरु , लोकेन्द्र वहादुर चन्दकाकथाहरु, कमलदीक्षितका पुस्तककाभूमिकाहरुको सँगालो लगायत यस लेखकका २ कृति गुडवाई अमेरिका र तेलको धूपनकुलसिलवालले प्रकाशन गरेका थिए । त्यस्तै उनले आजको मान्छेको कथातथाआजको मान्छेको कथासिरिजको पनि संयोजन गरेका थिए र पुस्तकाकारमाल्याएकाथिए । त्यस्तै चालिसको दशकको कथा र कथाकार समेत वगरको विशेष अँकका रुपमाप्रकाशन गरेका थिए ।
हुन त शुरुमावगर प्रकाशनको नाममा र पछि वगर फाउण्डेसनको नाममाउनले प्रकाशनकाकाम गरे पनिमियो उनी नै थिए । उनको एकलप्रयासमा यि सव भएकाथिए । २ पल्ट उनले सामुहिक रुपमाकामगर्ने प्रयत्ननगरेका होइनन्, संस्थागत स्वरुपमालाननखोजेका होइनन् । तर वगर प्रकाशन,वगर फाउण्डेशनवाभनौं वगर पत्रिकाउनको मुटु नै थियो जुनविभाजनउनको लागि सहजभएन । त्यसो त वगर सँगै नदी को प्रकाशनपनि शुरुवात गरेका थिए । त्यसका केहीअँकमात्रप्रकाशनभए ।
वगरका विशेषाँकहरुमाभानुभक्ततथापारिजातविशेषाँक, देवकोटा विशेषाँक, विपी कोइरालाविशेषाँकअत्यन्त विशिष्ट र उच्चकोटीका छन् । तीप्रतिभाहरुको विषयमाअध्ययनगर्न चाहनेले यि विशेषाँक सन्दर्भका रुपमानलिएअधूरो नै हुनेछ । 
त्यस्तै उनले गोपालप्रसाद रिमाल सम्मान र वगर सम्मानका नाममा धेरै साहित्यकारलाई टोपी र मालाले सजाएकाथिए । त्यसरी सजिनपाउनेहरु खुशीसाथ स्वीकारेर कार्यक्रममाआउँथे । 
नकुल  एक सामान्य मानिसजस्तै केही इच्छा आकाँक्षा, केहीलोभ, केहीमोह भएका व्यक्तिनै थिए । यसमा अपवाद थिएन । उनले चाहेका कुरा पूरा नहुनुले उनलाई निराशामा ढालिदियो र योग साधना गरेर यि सववाट मुक्तहुनचाहे । त्यो सहीवागलत के हो, त्यो विचारणीय कुरा हो । तर उनले जुन वाटो रोजे त्यो वाटोतिर लैजानवाध्यपार्ने समय परिवेश थियो । उनी क्रमसः एक्लिंदै गएका थिए । उनको स्वेच्छाले एक्लिंदै गएको देखिए पनि उनी पक्कै पनि रहरले एक्लिएका थिएनन् । उनी एक्लिन रुचाउने भएउनले त्यतिका प्रकाशन कसरी गर्न सक्थे ? कसरी त्यतिका विशेषाँकको संयोजन गर्न सक्थे ? कसरी त्यतिका सभा समारोहहरु आयोजना गर्न सक्थे ?एक्लोपन रुचाउनेले यी सव गर्न सम्भवै छैन । 
नकलले आफैंले मृत्यु रोजे पनि उनले छाडेर गएका योगदानको पहाड टड्कारो छ । त्यो जीवन्त पहाड ठडिउन्जेल नकुल सिलवाल अक्षरहरुमा वाँचिरहनेछन् । 

१२ जून २०१६, मनासस, भर्जिनिया, अमेरिका ।

No comments:

Post a Comment