२०८० साल असार २८ गते राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हाल २४२ वटा टेलिभिजन, ९२८ एफ एम रेडियो, ७९७९ पत्रपत्रिका र ३९९० अनलाइन पत्रपत्रिका दर्ता भइ सञ्चालनमा रहेको जानकारी दिनुभएको थियो ।सूचना प्रविधिमन्त्री रेखा शर्माले गर्नुभएको यो आंकडाले अब हामी सूचना र ज्ञान विनिमयको नयाँ युगमा अन्त्यन्तै द्रुत गतिमा प्रवेश गरिसकेका छौं भन्ने कुरा स्पष्ट रूपमा बताएको छ ।
अहिले इन्टरनेटको नाम नसुन्ने सायदै कोही होला । नेपाली समाजको ग्रामीण समुदायसम्म यसको पहुँच पुगिसकेको छ । International Network लाई संक्षेपिकरण गरेर इन्टरनेट शब्द प्रचलनमा ल्याइएको हो । यो मानव विकासको पछिल्लो चरणमा विकास भएको अत्यन्तै प्रभावशाली प्रणाली हो । यसको विकास सूचना प्रणालीको विकासको रूपमा शीतयुद्धको दौरान भएको थियो । त्यतिबेला अमेरिका जस्तोसुकै युद्धमा पनि भरपर्दो रुपमा काम गर्न सक्ने सञ्जाल प्रणालीको विकास गर्न लागिपरेको थियो। तत्कालीन सोभियत संघ अर्थात रुसले सन १९५७ मा अन्तरिक्षमा स्पुतनिक नामक स्याटेलाइट स्थापित गरेपछि अमेरिकाले सामरिक ढङ्गले केही नयाँ योजना सार्यो । अमेरिकाले रुसले कुनैपनि बेला अमेरिकाको तार तथा टेलिफोन प्रणाली (टेलिग्राफ तथा टेलिफोन प्रणाली) ध्वस्त पार्नसक्ने संभावित चुनौति देख्यो । यसपछि त्यहाँको रक्षा विभागले डीएआरपीए नामक एउटा परियोजना खडा गरेर यसैलाई अझ परिष्कृत तथा व्यवस्थित पार्दै अर्पानेट (एड्भान्स रिसर्च प्रोजेक्ट अजेन्डा) नामक एउटा नेटवर्क स्थापित गर्यो । यसको निर्देशन रोर्बट टेलर तथा व्यवस्थापन लारेन्स रोर्बटले गरेका थिए । यी दुबै जना वैज्ञानिहरु अमेरिका, बेलायत तथा फ्रान्समा भएका सूचना प्रयोजनका निम्ति राखिएका कम्प्युटरहरुलाई एउटै सञ्जाल (नेटवर्क) मा ल्याएर आफनो सुरक्षित सूचना संयत्र बनाउन सफल भए । पछि यही प्रविधि विस्तारै संचारमाध्यममा परिवर्तित भयो । नेपालमा भने यो प्रविधिको आरम्भ सन् १९९५ को सेरोफेरोमा सुरुवात भएको पाइन्छ ।
इन्टरनेटको विकासक्रमबारे अध्ययन गर्ने हरूले पनि हालको विकास कुन अवस्थाको हो, धेरैले अनुमान मात्र लगाएका छन् । कसैले बालककाल भनेका छन , कसैले किशोरावस्था, कसैले युवावस्था यस्तै यस्तै । तर छापा माध्यमको युग चाहिँ वृद्धवस्थामा पुग्यो भनेर चाहिं धेरैको एउटै मत छ । तर इन्टरनेटको माध्यमबाट हुने नयाँनयाँ विकास अझै कति हुने हो त्यो भने अनुमान गर्न गाह्रो छ ।
इन्टरनेटमार्फत् ज्ञानविज्ञान र सूचनाका अतिरिक्त नेपाली साहित्यको पनि व्यापक विस्तार भएको छ । इन्टरनेटमा साहित्यिक गतिविधि निम्न माध्यमबाट संचालित गरिएको पाइन्छ ।
१. वेबसाइट संचालन गरेर ।
डब्ल्युडब्ल्युडब्ल्यु वा वर्ल्ड वाइड वेबको जन्म सन् १९८९ मार्च १२ वा नेपाली पात्रो अनुसार विसं २०४५ फागुन २९ गते पारमाणविक अध्ययनका लागि युरोपेली संस्था, सर्नमा भएको थियो । भौतिकशास्त्री टिम बर्नर्स-लीले वैज्ञानिकहरूका लागि पहिलो वेबपेज बनाएका थिए ।
इन्टरनेटमा वेवसाइटको माध्यमबाट नेपाली साहित्यका सामाग्रीहरु सवैभन्दा बढि प्रकाशित भइरहेका छन् ।
नेपाली साहित्यलाई इन्टरनेटमा प्रवेश गराउनेहरू
- नेपाली साहित्यलाई इन्टरनेट प्रविधिमा प्रवेश गराउने काम पहिलो पटक रसियाबाट डा. मधु माधुर्यले सन् १९९८ मा https://freenepal.com मार्फत गर्नुभयो ।
ले नेपालमा पहिलोपटक साहित्यिक वेभसाइट सुरू गर्यो ।
अमेरिकाबाट बासु श्रेष्ठले सम्पादन गर्नु भएको
- अश्विनी कोइरालाको सम्पादनमा रहेको sahityapost.com अहिले साहित्यिक वृत्तमा निकै चर्चित छ।
अमेरिकाबाट साहित्यकार गोविन्द गिरी प्रेरणाले संचालन गर्नुभएको
www.nstelevision.com ( नवसाहित्य अनलाइन ) को सुरुवात हेटौंडाबाट भरखरैमात्र अर्थात २०८० साल असार १४ गतेबाट भएको हो ।
आदि वेवसाईटहरु नेपाली स्रष्टाहरूका माझमा निकै चर्चित छन् ।
यी त केही उदाहरणमात्र हुन् । नेपाली साहित्यमा केन्द्रित रहेर संचालित वेवसाइटको संख्या पाँच दर्जनभन्दा बढी नै भएको अनुमान गर्न सकिन्छ ।
केही साहित्यिक संस्थाहरूले पनि संस्थागत वेभसाइटहरू संचालन गरेको पाइन्छ ।
जस्तै :
अनलाइन नेपाली साहित्य मञ्चले सञ्चालन गरेको
- नेपालीकलासाहित्यडटकम प्रतिष्ठानले सञ्चालन गरेको
आदि ।
३. विभिन्न साहित्यिक संघसंस्थाको आफ्नो संस्थागत वेबसाइटमा सिर्जनाहरू पनि राख्ने गर्दछन् ।
४. ब्लग मार्फत साहित्यिक सिर्जनाहरू राख्ने कार्य पनि प्रसस्तै भएको पाइन्छ । जस्तै,
५. समाचार तथा विविध विषय समेटिएको वेब साइटमा एकपेज छुट्याएर साहित्यलाई पनि स्थान दिएको पाइन्छ ।
जस्तै,
एचकेनेपालडटकम,
नेपाल जापान डट कम्
फ्रि नेपाल डट कम् आदिआदि
६. साहित्यिक प्रिन्ट पत्रिकाको अनलाइन संस्करणको माध्यमबाट
जस्तै, मधुपर्क, रचना , अभिव्यक्ति, शब्दाङ्कुर, अन्तर्वोध, गोर्खापत्र आदि ।
२. ब्लग संचालन गरेर
ब्लगमा नेपाली साहित्यको उपस्थिति पनि निकै बाक्लो देखिएको छ । सन् १९९८ मा जर्न बारगरले पहिलो पटक वेभलग भन्ने शब्दको प्रारम्भ गरेपछि यसलाई वेभलगर भनेर उच्चारण गर्न थालियो । त्यसपछि यो अहिलेको ब्लग शब्दमा रूपान्तरित भयो। सन् १९९९ मा ब्लगर र पिटास (Pitas)ले सहज रूपमा ब्लग पेजहरू खोल्ने सुविधाको प्रारम्भ गरे पछि ब्लग पनि साहित्यिक क्षेत्रको एउटा महत्वपूर्ण चौतारी बन्यो । सन २००५ देखि नेपालमा ब्लग भित्रिएको पाइन्छ ।
वि.सं. २०६१ मा ज्ञानेन्द्रको प्रत्यक्ष शासन सुरूवात भए सँगै हतियारधारी सुरक्षाकर्मीहरूले पत्रिका कार्यालयमा प्रवेश गरी समाचारमा सेन्सरसिप गर्न थालेपछि निष्पक्ष पत्रकारिताको आग्रह राख्ने युवाहरूले एउटा वैकल्पिक स्थानको खोजी गर्ने क्रममा उनीहरुको सामु बरदान बनेर ब्लग आयो । निष्पक्ष र स्वतन्त्र स्वतन्त्र समाचारका भोका र विद्रोही स्वभावका पत्रकारहरुले सही सुचना जनसमक्ष ल्याउन ब्लगको चौतारीमा प्रवेश गरे ।
बैशाख ११, २०६३ को राजनीतिक परिर्वतनमा नेपाली ब्लगरहरुको समेत उल्लेख्य सहभागिता रहेको देखिन्छ । मेरो सन्सार डट ब्लगस्पोट डट कम त्यसबेला चर्चामा रहेको शायद पहिलो ब्लग हो । पछि त्यो ब्लग www.mysansar.com मा रूपान्तरित भयो । समाचार माध्यमका रुपमा त्यो प्रभावकारी ढङ्गले चलिरहेको छ । शनिवार साताको साहित्य कार्यक्रम पनि संचालन गर्छ उक्त ब्लगले ।
नेपाली ब्लग अहिले कती छन? अनुमान गरिन्छ, अहिले करिव एकलाखको हाराहारीमा छन् । यसको आधिकारीक तथ्यांक कतै छैन । ब्लग खोल्न कतै दर्ता गर्नु नपर्ने हुनाले र संसारको जुनसुकै कुनाबाट पनि खोल्न सकिने हुनाले यस्को आधिकारीक तथ्याङ्क पत्ता लगाउन सजिलो छैन । कती ब्लग त एक दुइ पोष्टमै बिश्राम लिन पुगेका देखिन्छन् भने केही ब्लगहरुले निरन्तरता दिइरहेका छन् ।
साहित्यकारका केही व्यक्तिगत ब्लगहरु :
आदिआदि ।
साहित्यसँग सम्बन्धित केही सामुहिक ब्लगहरू :
आदिआदि |
इन्टरनेटको माध्यमबाट साहित्य दुनियाँको सञ्जाल तयार गर्न ब्लग भरपर्दो माध्यम बन्न सक्छ ।
वि.सं. २०६४ सालतिर साहित्यकार कसुम ज्ञवालीले साहित्यकारको एउटा समूहलाई ब्लग बनाउन सिकाउनुभएपछि नेपाली युवा साहित्यकार हरूका बीचमा ब्लगको प्रयोग राम्रैसँग बढ्यो ।
' सलाम बिहानी', ' अलग अभियान ' भन्ने समूह चलाएर केही प्रगतिशील युवाहरुले ब्लगमा राम्रा कविताहरु पस्किए । त्यसबेलाका ब्लगहरू अहिले पनि हामी हेर्न सक्छौं । पछि 'उन्मुक्त पुस्ता ' संचालन गर्ने केही प्रतिभाशाली युवा साहित्यकारहरुले आफ्ना सिर्जनाहरू प्रकाशन गर्न ब्लगलाई रामैसँग उपयोग गरेका थिए ।
सन २००८ देखि २०१२ - १५ सम्म प्रतिभाशाली साहित्यिक युवा पुस्ता ब्लगको दुनियाँमा राम्रैसंग प्रवेश गरेको थियो । यी ब्लगहरू अहिले पनि हामी पढ्न सक्छौं ।
आदिआदि ।
३. सामाजिक सञ्जाल संचालन गरेर
वेवसाइट एवं इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष कुराकानी गर्ने, सूचना आदानप्रदान गर्ने साधननै सामाजिक सञ्जाल हो । सामाजिक सञ्जालको माध्यमबाट कम्प्युटर, ल्यापटप, ट्याब्लेट वा मोबाइलजस्ता उपकरणमा इन्टरनेट जडान गरी आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका सिर्जना, विचार, सन्देश, डिजिटल फोटो वा भिडियोहरु आदानप्रदान गर्न प्रयोग गर्न सकिन्छ । यो हरेक व्यक्तिले हरेक क्षेत्रमा सजिलैसँग प्रयोग गर्न सक्ने प्रविधि भएकाले यतिबेला यो मानिसको जीवनसाथी जस्तै बनेको छ । सामाजिक सन्जालबिनाको जीवननै सोच्न नसक्ने पुस्ता अहिले बढिरहेको देख्न सकिन्छ ।
सामाजिक संजालमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, वाट्सप, यूट्यूब, मेसेन्जरहरू बढि चर्चामा छन् । ४ फरवरी, २००४ मा मार्क जुकर्बर्कले फेसबुकको निर्माण गरे । १४ फरवरी, २००५ मा चाड हुर्ली र स्टिभ चेनले भिडियो हेर्न मिल्ने जनप्रिय युट्यूबको सुरूआत गरे । ६ अक्टोबर, २००६ मा केभिन सिस्ट्रोम र माइक क्रिगरले इन्स्टाग्रामको आविस्कार गरे। यसरीनै २००९ मा ब्रियन एक्टोन अनि जन कउमले अहिलेको चर्चित वाट्सपको सुत्रपात गरे । यी त केही चर्चित सामजिक संजालका उदाहरणमात्र हुन् । यी बाहेक कैयौं यस्ता एपहरू पनि कृयाशील छन् जहाँ मानिस आफ्ना विचार, संदेश, रचना साझा गर्छन् । भरखरैको तथ्याङ्कअनुसार नेपालमा फेसबुकका प्रयोगकर्ता मात्रै १ करोड ३० लाख ४० हजार बढी पुगेका छन् ।
फेसवुकका चर्चित साहित्यिक समूहहरू
- साहित्यकार किशोर पहाडी र मुरारी सिग्देलले चलाउनुभएको शब्दपथ
- साहित्यकार नारायण तिवारीले चलाउनुभएको कथा समूह
- लघुकथा समूह
- यस्ता थुप्रै थुप्रै साहित्यिक पेज र समूहहरू फेसबुकमा देख्न पाइन्छ ।
युट्युब प्रयोग गरेर
सन २००५ को फेबुअरीमा युट्युबको निर्माण भयो । यो निर्माण भएको अहिले १८ वर्ष पुगिसक्यो । अठार वर्षमा यसले सञ्चारको क्षेत्रमा रोमाञ्चक र प्रभावकारी भूमिका हाम्रा बिचमा छाडेको छ ।
अहिले आएर साहित्यिक रचनाहरू युट्युवमा राख्ने क्रम निकै बढेको छ ।
गीत र कविता मात्र नभएर सुन्ने कथा नामबाट पनि युट्युव च्यानल चलिरहेका छन् ।
- झण्डै तीन दशक अघि देखिनै प्रकाशित हुने गरेको प्रगतिशील साहित्यिक पत्रिका 'साथी' का सम्पादक सुदर्शन श्रेष्ठले युट्युव कविता च्यानल 'शब्द' चलाइरहनु भएको छ ।
- ( सार्थक अभियान ) ले प्रगतिशील गीतहरुको युट्युब च्यानल संचालन गरेको छ। यस्ता धेरै युट्युब च्यानलहरू अहिले साहित्यिक गतिविधिका रुपमा संचालनमा रहेका छन् ।
इन्टरनेटमा प्रगतिशील साहित्यको उपस्थिति : एक चर्चा
इन्टरनेटमा प्रगतिशील / प्रगतिवादी साहित्यको बेग्लै मञ्च बन्न सकेको देखिंदैन । केही मार्क्सवादी विचारसँग निकट रहेका वेवसाइटहरू भेटिन्छन् , त्यहाँ प्रगतिवादी साहित्यका लागि केही स्थान छुट्याईएको पाइन्छ । उदाहरणका लागि जस्तै : www.moolbato.com आदि । यस्ता वेबसाइटहरू अरू पनि छन् । कम्युनिष्ट पार्टी हरूले सञ्चालन गरेका वेवसाइटहरू पनि छन् । वरिष्ठ ब्यङ्ग्य निबन्धकार नरनाथ लुइँटेलले संचालन गर्नुभएको www.fitkauli.com ले प्रगतिशील ब्यङ्ग्य साहित्यको क्षेत्रमा केही महत्वपूर्ण काम गरेको छ ।
प्रगतिशील लेखक सङ्घले आफ्नो वेवसाइट www.pwanepal.org.np संचालन गरे पनि त्यसको नियमिततामा केही सुस्तता देखिन्छ ।
प्रगतिशील लेखक सङ्घको नाममा संचालित केही ब्लगहरू :
- प्रलेस ललितपुरका सामाग्रीहरू -
- प्रगतिशील लेखक सङ्घ, नेपालको सातौं, आठौँ र नवौं राष्ट्रिय सम्मेलन पछिका गतिविधिहरूहरूको अभिलेख
- प्रगतिशील लेखक सङ्घ, नेपालको दसौं राष्ट्रिय सम्मेलनदेखि एघारौँ राष्ट्रिय सम्मेलनसम्मका गतिविधिहरूको अभिलेख
- प्रगतिशील लेखक सङ्घ, नेपालको एघारौँ राष्ट्रिय सम्मेलन पछिका गतिविधिहरूको अभिलेख
समग्र साहित्यिक परिवेशमा अनलाइन प्रयोग अत्यन्त विस्तारित भए पनि प्रगतिवादी / प्रगतिशील साहित्यमा केन्द्रित भएर साहित्यिक गतिविधि भएकै छैन भन्दा पनि हुन्छ ।
हिजो प्रगतिवादी / प्रगतिशील साहित्यका मञ्चहरू थिए । त्यही मञ्चमा टेकेर धेरै प्रतिभाहरूले प्रगतिशील साहित्यमा पाइला टेक्ने कोसिस गरे । पञ्चामृत, वेदना, संकल्प, सुस्केरा, उत्साह, झिममिसे, नौलो साहित्य, इन्द्रेणी, लहर, भानु, कालीको छाल, राप्ती, राप्ती सन्देश, विहानी, त्रिकोण, हलकारा, प्रभात, कटिबद्ध, नौलोकोसेली, अठोट, लालुपाते, मधुमास, सेरोफेरो, श्रृंखला, घोषणा, अनुभूति, धेरै जिल्ला समिति बाट प्रकाशित प्रलेसका मुखपत्रहरू आदि साहित्यिक पत्रिकाहरूले प्रगतिवादी साहित्यको उत्थानमा यथेष्ट योगदान दिए । अहिलेको प्रगतिशील साहित्यको माहौल त्यसै निर्माण भएको होइन । यसको पछाडि यी साहित्यिक पत्रिकाको ठूलो योगदान छ ।
अबको युगलाई हामीले विज्ञान प्रविधिको युग भन्छौं । पहिले छापा प्रेस पुरुवात हुँदा पनि साहित्यले एउटा फड्को मारेको इतिहास हामीले पढेकै छौं । अब समयले छापा माध्यमबाट मुक्ति खोजिरहेको देखिन्छ । यसो भनेर छापा माध्यमको महत्व छैन भन्ने होइन । हाम्रा वाङ्मयका कैयौं अभिलेखहरू छापा माध्यमबाटै अभिलेखमा सुरक्षित छन् । तर इन्टरनेटको दुनिँया हाम्रा अघिल्तिर व्यापक सम्भावना बोकेर आएको छ ।
इन्टरनेट प्रविधिले हामीलाई मनोरञ्जन मात्र दिएको छैन । अवसरको ठुलो मैदान हाम्रा अघिल्तिर ल्याइदिएको छ । उक्त मैदानमा दौड्न सक्नु नसक्नु हाम्रो कुरा हो । जति बेसरी त्यो अवसरहरूलाई हामी पकड्ने कोसिस गर्यौं ; हाम्रो साहित्यिक अभियानको सफलता त्यसैमा निहित छ । इन्टरनेटको माध्ययमबाट भित्रिएका अनेकौं प्राविधिक विकासहरु पछाडि फर्कदैनन , अघि बढ्छन् ।
हामीले बुझ्नुपर्ने एउटा महत्वपूर्ण कुरा के हो भने इन्टरनेट साध्य होइन । यो साधन हो । साधनलाई उपयोग गरेर साध्य प्राप्त गर्नुपर्छ । प्रगतिशील साहित्यका अभियन्ताहरुले इन्टरनेट जस्तो साधन प्रयोग गरेर साध्य प्राप्त गर्ने कोसिस गर्नुपर्ने हुन्छ । इन्टरनेटमा प्रगतिशील साहित्यको संस्थागत उपस्थिति अत्यन्तै फितलो छ । वेवसाइट संचालन गर्न प्राविधिक र आर्थिक कारणले असहज हुँदा पनि हामी ब्लग संचालन गरेर प्रगतिशील साहित्यकारको बीचमा सञ्जाल निर्माण गर्न सक्छौं ।
अनलाइन प्रकाशनका फाइदाहरू
— कागजको प्रयोग भन्दा अनलाइन प्रकाशन वातावरणमैत्री हुन्छ ।
— अनलाइन (वेबसाइट, ब्लग, सामाजिक सञ्जाल ) आदिको प्रकाशन खर्च छापा माध्यमबाट गरिने खर्चभन्दा निकै सस्तो र किफायती हुन्छ ।
— विक्री , वितरण तथा ढुवानीको झन्झटबाट पूर्ण मुक्त भइन्छ ।
— भण्डारणको समस्याबाट पूर्ण मुक्ति प्राप्त हुन्छ ।
— अनलाइनमा प्रकाशित सामग्री छिनभरमै विश्वका कुनै पनि कुनामा बसेकाहरूले तुरून्त हेर्न सक्छन् ।
- नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुऱ्याउन यो धेरै प्रभावकारी माध्यम हो।
- अहिले अनलाईन रेडियो, टेलिभिजन संचालन गर्ने प्रचलन पनि बढ्दै गएको छ । अनलाइनमै कृति विमोचन, साहित्यिक प्रतियोगिता, पुस्तक बिक्री आदि पनि यो प्रविधिको उल्लेख्य पक्ष हो | अहिले त ई–लाइब्रेरीको अवधारणा पनि आइरहेको छ । आर्थिक समस्यामा परेका साहित्यकारलाई सहयोग जुटाऊन अनलाइन अभियान अत्यन्तै प्रभावकारी बनेको छ ।
अनलाइन प्रकाशनका वेफाइदाहरू
- प्रतिलिपि अधिकारको चुनौति छ ।
- रचनाको चोरी हुने सम्भावना बढ्दो छ ।
- अभिलेखको ग्यारेन्टीप्रतिको आशङ्का देखिन्छ ।
- प्रिन्ट दुनियाँमा अभ्यस्त भएको पुस्ता मध्येको एउटा सानो हिस्सा अनलाइनमा अभ्यस्त हुन अझै पनि सकिरहेको छैन ।
अनलाइन प्रकाशनका यस्ता केही वेफाइदाहरू नदेखिएका होइनन् तर यी फाइदाका तुलनामा अत्यन्तै नगण्य छन् ।
000