Sunday, May 6, 2018

नेपाली साहित्यिक पत्रकारिताकाको इतिहासमा उदयपुर जिल्लाको योगदान - पुण्य कार्की

कार्यपत्र 



पृष्ठभूमि :
नेपाली भाषा र साहित्यको विकासमा साहित्यिक पत्रपत्रिका योगदान अुतलनीय छ भन्ने कुरा नेपाली साहित्यको इतिहासलाई केलाउँदा थाहा हुन्छ । जम्माजम्मी एकहजार बर्ष पुरानो नेपाली भाषाको लेख्य स्वरुपलाई विवेचना गर्दा पछिल्लो शतकको एक सवासय बर्ष अवधिले नै नेपाली भाषा साहित्यलाई चरम विकास र समृद्धिमा पु¥याएको बोध हुन्छ । अर्थात् भाषा र साहित्यको विकासलाई उद्विप्त पार्ने हेतुले जब वि.सं. १९५८ मा “गोरखापत्र” को प्रकाशन सुरु भयो । त्यसपछि देशभित्र र देशबाहिर पत्रपत्रिका प्रकाशनको क्षितिज खुल्यो । १९५८ देखि हालसम्मको समयलाई क्रान्तिपूर्व र क्रान्तिउत्तर युगमा बर्गीकरण गरी यस अवधिमा निस्किएका साहित्यिक पत्रपत्रिकाको अवलोकन गर्नु उचित देखिन्छ । २००७ सालको क्रान्तिलाई बीचको आधार विन्दु बनाएर त्यस अघिको समयलाई क्रान्तिपूर्वको युग र त्यसपछिको हालसम्मको अवधिलाई समग्रमा क्रान्तिउत्तर युगको रुपमा बर्गीकरण गरी त्यस अवधिमा निस्किएका साहित्यिक पत्रपत्रिकालाई यसप्रकार संक्षिप्तमा अभिरेखाङ्कन गर्न सकिन्छ ।

क्रान्तिपूर्वका साहित्यिक पत्रपत्रिका :

साहित्यको विकासमा गोरखापत्रको प्रकाशन आरम्भिक कालमा यसे एक कोशेढु∙ाको काम गरेको छ । विचार अभिव्यक्तिका अन्य साधन र माध्यम नभएको युगमा जन्मिएको गोरखापत्रले साहित्यिक मूल्यका गद्यपद्य साहित्यका रचनाहरुलाई स्थान दिएर हजारौँ स्रष्टाहहरु जन्माउन महत्वपूर्ण भूमिका खेल्यो । वि.सं.१९५८ मा गोरखापत्र प्रकाशन भए पछि दार्जेलि∙बाट गोरखे खबर कागज (१९५८), बनारसबाट सुन्दरी (१९६३), माधवी (१९६५), गोर्खाली (१९७२), चन्द्र, जन्मभूमि (१९७९), उदय मासिक (१९९४), युगवाणी (२००४), जन्मभूमि प्रकाशित भए भने देहरादुनबाट गोर्खासंसार साप्ताहिक (१९८३), तरुण गोर्खा (१९८५), प्रकाशित भए । यसैगरी खर्साङबाट चन्द्रिका (१९७४), कलकत्ताबाट गोरखामित्र, उत्थान (२००४), प्रभात, सिलाङबाट गोर्खासेवक, दार्जेलि∙बाट आदर्श मासिक (१९८६), नेपाली साहित्य सम्मेलन पत्रिका (१९८८), नेवुला मासिक (जो पछि “परिवर्तन” भयो – १९९२), खोजी, गोरखा (२००२), भारती (२००६), पुरुषार्थ (२००६) प्रकाशित भए । नेपालबाट शारदा (१९९१), उद्योग (१९९२), साहित्यस्रोत (२००४), आँखा, पुरुषार्थ आदि निस्किए । 

उक्त समय राजनीतिक हिसाबले राणाहरुको एकतन्त्री हुकुमी शासनको सिकन्जाबाट थिलथिलो बनेको समय थियो । त्यस अवधिमा कुनैपनि नागरिक अधिकार तथा मौलिक हक अधिकारको गुन्जायस थिएन ।

राणाहरुको कठोर तथा क्रुर शासन व्यवस्थामा सिंगो मुलुक कैदी सरह बनेको थियो । यस अवधिमा देशभित्र पत्रपत्रिका जन्मिनु नै गाह्रो थियो । कथंकदाचित जन्मिएपनि हुर्किनु र त्यसले निरन्तरता पाउनु नै कठिन थियो । देशमा उचित वातावरण नभएको कारण धेरै पत्रपत्रिकाहरु भारतका विभिन्न ठाउँबाट प्रकाशित भएको देखिन्छ । भारतमा बस्ने सचेत प्रवासी नेपालीहरुको मनमस्तिष्कमा राष्ट्रिय चेतनाको धुन जागिसकेको थियो । भाषा र साहित्यको उन्ननय र विकास गर्नु पर्छ भन्ने सोच आइसकेको थियो । त्यसैकारण खासगरी दार्जेलि∙, बनारस र देहरादुनलाई केन्द्र बनाएर थुपै्र पत्रपत्रिका निकाल्न थालियो । र साहित्यिक पत्रपत्रिकाको माध्यमबाट साहित्यिक विधाका अनेकौँ लेखरचनाको अभिव्यक्तिले ठोस जनचेतनाको निर्माण गर्ने, राणा विरोधी आन्दोलनलाई ऊर्जा दिने र अन्धकार युगमा निस्लोठ सुतेको मान्छेलाई जाग्रत् उज्यालोको लागि लड्नलाई उत्प्ररित ग¥यो । यिनै पत्रपपत्रिकाको आलोकमा हुर्किएको जनचेतनाको धुनले १०४ बर्षे जहानियाँ राणा शासनलाई पल्टाइदियो । र प्रजातन्त्रको विहानी उदायो । 

क्रान्तिउत्तरको साहित्यिक पत्रपत्रिका :

२००७ सालको जनक्रान्तिले रैति र प्रजाको रुपमा रहेका नेपाली जनतालाई सार्वभौम मानव अधिकार सहितको नागरिकको रुपमा प्रतिष्ठापित ग¥यो । अभिव्यक्तिको स्वतन्त्रता मौलिक हकको रुपमा स्थापित भयो । हिजोको दमनकारी व्यवस्थाले सिर्जेको कठोर वातावरणको ठाउँमा समाज खुल्ला र स्वतन्त्र बन्यो । फलस्वरुप साहित्यको उन्नयन र अभिवृद्धिको निम्ति असंख्य पत्रपत्रिकाहरु निस्के । यसरी जन्मेका अनगिन्ति पत्रपत्रिकाहरुमा कुनै टुसैमा मुर्झाए, कुनै दुईपाते भएपछि ओइलाए र कुनैले हाँगाविगाँसम्म हाले । यस चरणमा जन्मिएका पत्रपत्रिकाले पनि लामो समय निरन्तरता पाउन नसक्नुका अनेकन पींडाहरु छन् । साहित्यिक पत्रिका जन्मने र मर्ने क्रमको  यो अभियान अझपनि रोकिएको भने छैन । केही पत्रिका भने एकमानक खडा गरेर हजार बाधाहरु पन्छाउँदै निस्किरहेका छन् । अरुको भने जसोतसो यात्रा जारी छ । भाषा र साहित्यको अभिवृद्धिमा यस अवधिमा निस्किएका पत्रपत्रिकाको योगदानपनि अतुलनीय छ । 

यस चरणमा निस्केका पत्रपत्रिकाहरुमा इन्द्रेणी, रुपरेखा, रचना, उन्नयन, मधुपर्क, रत्नश्रि, बगर, दियालो, कविता, प्रज्ञा, गरिमा, शारदा, प्रगति, भारती, धरती, सेवा, दिपक, साहित्य, नौलोपाइलो, रमझम, पूmलपाती, थुँगा, नयाँविहानी, मिर्मिरे, समाष्टि, इन्द्र, उदय, प्रतिभा, स्वास्नीमान्छे, सिर्जना, भानु, विहान, सोझोबाटो,  हाम्रो नेपाल, डाँफेचरी, मुकुट, सिंहनाद, तुँवालो, मालि∙ो, हाम्रो कथा, तेस्रो आयाम, नेपाली, त्रिकोण, धुँवा, दियो, हिमानी, बगैँचा, जनदूत, प्रहरी, जुनेली, छात्र, छात्रवाणी, छात्रदूत, उकालो, शक्ति, सगरमाथा, हाम्रो संसार, दौराली, बाहुली, युगज्ञान, सगुन, मोती, कस्तुरी, ज्योती, साहित्यसन्ध्या, अरुणोदय, बगर, उन्नयन, लहर, उत्साह, आलोचना, कुञ्जिनी, कलम, बेदना, सगर, केन्द्रबिन्दु, बाहि∙ा, उदयमञ्जरी, नवर्सिजना, उत्सर्ग, सहयात्री आदिआदि रहेका छन् । 

२००७ सालदेखि बर्तमान समयसम्मको अवधिमा देशैभरि असंख्य पत्रपत्रिका निस्के । सीमित सूचना र श्रोतको दायरामा यो आलेख तयार गरिएकोले अनेकौँ नामहरु समावेश गर्न सकिएको छैन । दुर्भाग्यको कुरा निस्केजति पत्रिकाहरु लमो समयसम्म जिवित बन्न सकेनन् । फलस्वरुप अनेकन समस्याको चेपुवामा परेर असमयमै विलाए, हराए । आजको कुटयथार्थ यही नै हो । अपितु संगीन चुनौतीहरुलाई झेल्दै पेल्दै निरन्तर निस्किरहेका साहित्यिक पत्रपत्रिकाको सूचिमा यी नामहरुलाई राख्न सकिन्छ । जुन यस प्रकार छन् ः अन्तर्बोध, अभिव्यक्ति, अक्षय अक्षर, अक्षय ज्ञान, अक्षरमार्ग, अक्षलोक, उदय, उदयमञ्जरी, उन्नयन, कल्पतरु, कलश, कालीको सुशेली, कौशिका, गरिमा, गोलासिमल, चेतन सन्देश, जनमत, जमघट, तन्नेरी, दायित्व, दोभान, नयाँ सत्मार्ग, नवप्रज्ञायन, नवर्सिजना, नारी स्वर, बगर, भानु, भृकुटी, मिर्मिरे, मधुपर्क, महामण्डल, मातृभूमि, रचना, रजस्थल, रुपायन, लहरा, बनिता, बैजयन्ती, शब्दसंयोजन, शब्दाङ्कुर, शारदा, शाल्मली, शिवपुरीसन्देश, शृङखला, सगुन, समकालीन साहित्य, सङ्गम, अभियान, सिर्जना, लालीगुराँस, ज्ञानगुणका कुरा आदिआदि रहेका छन् । 

उदयपुर जिल्लाको साहित्यिक पत्रकारिता

साहित्य, कला र संस्कृतिको विकासमा तुलनात्मक रुपमा पछि परेको जिल्लाको रुपमा उदयपुरलाई लिन सकिन्छ । शिक्षाको विकास र शैक्षिक जागरण नै २००७ सालको जनक्रान्ति पछि मात्र संभव भएको कारणले वाङ्मयको विविध क्षेत्रमा कलम चलाउने काम निकै पछि सुरु भएको देखिन्छ । 

उदयपुर जिल्लाको साहित्यिक इतिहास खोतल्दा पहिलो कवि तथा स्रष्टाको रुपमा ‘लोकमञ्जरीका रचायिता लोकनाथ पोखरेल (वि.संं. १९३३–१९९४) देखिन्छन् भने त्यसपछि गम्भीर बहादुर थापा (वि.सं. १९८१–२०६५) देखापर्छन् । वि.सं. २०२० को दशकबाट अन्य नवोदित स्रष्टाहरु देखापर्दै साहित्य लेखनले गति लिएको पाइन्छ । करिब बीसकै दशकबाट साहित्यिक पत्रिका प्रकाशनको सुरुवात भएको उदयपुरमा वि.सं. २०१९ मा लक्ष्मीनारायण पौडेल र केदारमान अमात्यको सम्पादनमा निस्केको “नवपालुवा” नै पहिलो साहित्यिक पत्रिका मानिन्छ । २ अंक ससम्म निस्केर अलप बनेको यस पत्रिका देखि अहिले सम्म आउँदा अनेकन पत्रपत्रिकाहरु निस्कदै मर्दै गरिहेको छन् । 

पाँच अङ्कसम्म र त्यसभन्दा बढी निस्किएका द्वैमासिक, त्रैमासिक पत्रिकाहरु साहित्यिक पत्रिका एक हातको औँलामा गन्न सकिने अवस्थामा रहेका छन् । त्यसमा २०४०÷४१ सालतिर धनकुमार श्रेष्ठ, दिनराज निरौला र मुगाधन राईको सम्पादन र सक्रियतामा निस्किएको “त्रियुगा बोल्छिन्” (११ अंक), २०५५÷५८ मा पुण्य कार्की, रामबहादुर थापा मगर, काविद काफ्ले, विप्लव कार्कीको सक्रियतामा निस्किएको “सहयात्री” त्रैमासिक (८ अंक), राममणि पोखरेलको सम्पादन र सक्रियतामा प्रकाशन प्रकाशन हुँदै आएको उदयमञ्जरी (१७ अंक), माधव पोखरेल “गोज्याङ्ग्रे” को सक्रियता र सम्पादनमा प्रकाशन हुँदै आएको “नवसिर्जना” त्रैमासिक (१५ अंक) पर्दछन् । 

यसका आलवा अनगिन्ती समसामायिक साहित्यिक संकलनहरु भित्तेपत्रिकाहरु, हवाई पत्रिकाहरु, स्मारिका ग्रन्थहरु, मासिक, द्वैमासिक, त्रैमासिक, अद्र्धबार्षिक पत्रपत्रिकाहरु प्रकाशित भएको पाइन्छ । तर जुन भावावेगमा ती प्रकाशनहरु सुरु भएका थिए । कालान्तरमा तिनले निरन्तरता पाउन नसकेको कटुययार्थ हाम्रो सामु जीवन्त छ ।

    यसैगरि उदयपुरको साहित्यिक पत्रकारिताको इतिहासमा जनमत मासिकलाई छुटाउन मिल्दैन किनभने यस पत्रिकाका सम्पादक मोहन दुवालले उदयपुरे स्रष्टाहरुको एक विशेषाङ्क प्रकाशित गर्नुको साथै उदयपुरका स्रष्टाहरु मातृका पोखरेल र पुण्य कार्की विषेश अंक प्रकाशित गरिदिनु भएको छ । यसैगरि उदयपुरमा जन्मिनु भएका मातृका पोखरेलले बेदना, ज्योति, समकालीन साहित्य जस्ता राष्टिय स्तरका लब्ध प्रतिष्ठित साहित्यिक पत्रिकाहरु सम्पादन गरेर उदयपुरे साहित्यिक पत्रकारिताको इतिहासमा एक आयाम थप्नुभएको छ । 

सीमित सूचना र स्रोतको आधारमा जानकारीमा आएका उदयपुर जिल्लाबाट प्रकाशित साहित्यिक पत्रपत्रिकाका सूचीहरु यसप्रकार उल्लेख गर्न सकिन्छ । यस विवरणमा साहित्यिक मूल्यका पत्रपत्रिकाहरुमात्र समावेश गरिएको छ । खवरमूलक दैनिक साप्ताहिक पत्रपत्रिकाहरु बाहेकका साहित्यिक रचनालाई महत्व दिएर प्रकाशित भएका पत्रपत्रिकाहरु यस प्रकार छन् । 



Dfl;s tyf jflif{s ?kdf lgl:sPsf ;flxlTos klqsf tyf ;+sngx?sf] ljj/0f
qm=;+=
;flxlTos kqklqsfsf] gfd
k|sflzt c+s
;Dkfbs
k|sfzs÷:yfg
k|sfzg cjlw
!=
gjkfn'jf -;flxlTos q}dfl;s_
@
nIdLgf/fo0f kf}8]n s]bf/dfg cdfTo
k~rfjtL df=lj=, pbok'/u9L
@)@@
@=
kfn'jf -x:tlnlvt_

ljZj/fh 9'+ufgf

@)@@
#=
o'uaf]w -;flxlTos dfl;s_
!
lbg/fh lg/f}nf
lqo'uf df=lj= ufO{3f6
@)$)÷$!
$=
lqo'uf -d'vkq_

uf]ljGb e08f/L
lqo'uf df=lj= ufO{3f6
@)$#
%=
gjkfn'jf -d'vkq ;flxlTos ;+sng_
!
b'uf{s'df/ yfkf -:j:tL_
:jljo" lq=h=a= SofDk;, df]ltu8f
@)%#
^=
gofF ljxfg -;flxlTos ;+sng_
!
k'0o sfsL{
k|n]; zfvf pbok'/
@)%%
&=
gj k|ltef -;flxlTos ljz]iff+s_

uf]kfn kf]v/]n
sNof0fsf/L ;]jf ;d"x ufO{3f6
@)%&
*=
rf}b08L -:dfl/sf_
!
gjLg /fO{
rf}b08L ;]jf ;d"x
@)%*
(=
pbod~h/L -;flxlTos q}dfl;s_
!&
/d]zrGb| /f]sf ÷/fddl0f kf]v/]n ÷l6sfk|;fb kf}8]n
pbok'/ ;flxTo kl/ifb
@)%(xfn;Dd
!)=
;xofqL -q}dfl;s_
*
k'0o sfsL{, sljb sfˆn], ljKnj sfsL{, /fd axfb'/ yfkf
k|n]; pbok'/ zfvf
@)%^–@)%*
!!=
;u'g ;flxlTos ;+sng
!
/fhs'df/ v8\sf
;dfh ;'b[9Ls/0f ;d"x ufO{3f6
@)%*
!@=
lqo'uf gu/ ;Gb]z
!
efujt /fpt
lqo'uf g=kf=sf] sfof{no
@)%*
!#=
lqj]0fL -;flxlTos q}dfl;s_
$
s'df/l;+x /fO{
lqj]0fL ;flxTo kl/ifb s6f/L
@)^)
!$=
a;fxf d~h/L -;flxlTos q}dfl;s_

lrQdl0f /fO{
a;fxf kl/jf/ a;fxf
@)^#
!%=
u9L -;flxlTos dfl;s_

njk|;fb 9sfn
;lqmo ;]jf ;d"x u9L
@)%*
!^=
lqo'uf ldng s]Gb| -ljsf;d"ns c4{aflif{s_

k'?iff]Qd l3ld/], k'?iff]Qd 9sfn, ljZjhLt /fO{
sd{rf/L ldng s]Gb| ufO{3f6
@)^!
!&=
h3fF/ -;flxlTos q}dfl;s_

ch'{g af/fxfnL, lbks /fO{
;+ud rf}tf/L af]S;]
@)^%
!*=
lqo'uf s] ;g]z -yf?efiffL ;flxlTos q}dfl;s_

efis/ rf}w/L
yf? ljBfyL{+ ;dfh ufO{3f6
@)^#
!(=
k~rfjtL :dfl/sf
#
ljZj/fh 9+'ufgf
k~rfjtL ;b\efj ;dfh sf7df08f}
@)^%–)^&
@)=
lIflth gjd~h/L


a]N6f/
@)^#
@!=
blnt bk{0f -dfl;s_

eLdaxfb'/ ljZjsdf{
blnt bk{0f ;+u7g
@)^%
@@=
;+of]u -;flxlTos å}dfl;s_
^
O{Zj/ anDkfsL du/

@)^@
@#=
a]u dfl;s

;fu/ yfkf
dfgj clwsf/ ;dfh s6f/L
@)^#
@$=
hDsfe]6 -;flxlTos å}dfl;s_
&
ch'{g af/fxfnL, ;Ltf/fd /fO{
ch'{g a/fxfnL
@)^^
@%=
/;'jf bf]efg




@^=
pbo ;f]dfg c4{aflif{s

rGb| /fO{, lvnf a'FOkfnL
zf/Ll/s ckf+u ;+3 pbok'/

@&=
6'jfvf]nf bf]efg

s'i0fs'df/ /fO{, ;s'g cfFz'


@*=
kNnjL
$
s'i0fs'df/ /fO{, ;Ltf y'n'Ë
;'jf; cfDaf]6]nL

@(=
Ct'/+u -sljtf k|wfg_

c?0f sf]OdL
cfsfzu+uf

#)=
x]Gvfd a'ª




#!=
gjkf'njf
%

lq=h=a= SofDk;
@)&)–&#
#@=
gj l;h{gf
!%
;Gtf]if yfkf, dfwj kf]v/]n -uf]Hofªu|]_
dfwj kf]v/]n
@)%^–)&$
##=
vf]6fË tf/fk'~h

s';'d /fO{, ;Ltf y'n'Ë






xjfO{ klqsfx?sf] ljj/0f
                                                                           
qm=;+=
;flxlTos kqklqsfsf] gfd
k|sflzt c+s
;Dkfbs
k|sfzs÷:yfg
k|sfzg cjlw
!=
s6fIf
!)
/fh]z vltj8f


@=
gjd~h/L

k|sfzk'iks /fO{


#=
;GWof klqsf

lj/zafa' zfxL
pbol> kl/jf/
@)%&
$=
5nfª




%=
l;/]6f]

;'/]z kl/of/
e'§f/

^=
/;'jf bk{0f

hLjg rflDnË


&=
kZolGt

l;s/ ;'dg


*=
zfo/

/ljg /fO{


(=
ldld{/]


afF;af]6]

!)=
gj pbo dfl;s
@*
ljkLg cfrfo{

@)^)–^!
!!=
Hof]lt cfjfh

;Gtf]ifs'df/ a:g]t
a]N6f/

!@=
Hof]ltk'~h÷k|f]T;fxg÷cleofg÷xjfO{ ;+ud÷u'~hg

s'i0f zfx ofqL


!#=
k|f]T;fxg lgxfl/sf

wg'if/fh /fO{


leQ] klqsfx?sf] ljj/0f
qm=;+=
;flxlTos kqklqsfsf] gfd
k|sflzt c+s
;Dkfbs
k|sfzs÷:yfg
k|sfzg cjlw
!=
ljxfgL leQ]klqsf
%
k|lbk kf]v/]n æxfO6Æ
lqo'uf c=a= SofDk; df]tLu8f
@)%(
@=
hfgsL
#^
k|lbks'df/ rf}w/L, ;fu/ b'nfn
/fd hfgsL df=lj=
@)%*–%(
#=
tf]t]af]nL


sf]zL hgtf df=lj= /fdk'/
@)%%–@)^#
$=
gj k|ltef


af/fxfaf6
@)^)
%=
af/fxf laxfgL
@)


@)%&–%*
^=
lbofnf]

v8\u dfemL, c+s'n yfkf
r'xf8]
@)%&÷%*
&=
5nfª dfl;s
!@
uf]7s'i0f 7s'/L
lq=h=a= SofDk; df]ltu8f
@)^!
*=
;[hg

hLjg s'df/ sfsL{

@)%%
(=
gjl;h{gf

cf/=s]= sfsL{
hfFt]
@)%#÷%$
!)=
gj k|ltef
!*
k'0o sfsL{, lbndfgj
lqo'uf hgtf SofDk;
@)$*–%)
!!=
z'ek|eft


æ
@)%$
!@=
k|Hjng

dl0f sf]OdL
lqo'uf snf tyf ;flxTo k|lti7fg

!#=
5nfª dfl;s

gf/fo0f l;+x 7s'/L
lq=h=a= SofDk;, df]ltu8f


ljBfno / SofDk;n] k|sfzg u/]sf :dfl/sfx?sf] ljj/0f
qm=;+=
:dfl/sfsf] gfd
;Dkfbs
a0f{÷c+s
k|sfzg ug]{ ;+:yf
!=
a?jfjf0fL
h+uaxfb'/ v8\sf
#
a?jf SofDk; ufO{3f6
@=
?kf6f/
zf/bf k|= e§/fO{
!
dx]Gb|/Tg df=lj= ?kf6f/
#=
d's'{rL
v8\u du/
!
df=lj= d's'rL
$=
r'xf8]
k'0o sfsL{
!
hgHof]tL df=lj= r'xf8]
%=
b]p/L
afz' rf}w/L
!
hgtf df=lj= b]p/L
^=
hu/]6f/
jL/Wjh lg/f}nf
!
df=lj= hu/]6f/
&=
s6f/L
ljZj/fh 9+ufgf
!
lqj]0fL df=lj= s6f/L
*=
k|fl1s Wjlg
/d]zrGb| /f]sf
!
lqo'uf h=a= SofDk;, df]tLu8f


साहित्यिक पत्रिका प्रकाशनका समस्या र चुनौतीहरु :

माथिको सूची हेर्दा मोफसलमा रहेरपनि यतिको संख्यामा पत्रपत्रिका प्रकाशनको सुरुवात हुनु कम गौरवको कुरा होइन तर दुर्भाग्य निस्किन सुरु भएका कुनै पनि पत्रिकाले चीरकालीन जीवन पाउन सकेनन् । सुरुसुरुमा ठूलो उत्साहका साथ पत्रिका प्रकाशन हुन थाल्नु र त्यसको केहीसमयपछि एकाध अंक पुगेपछि मृत्युवरण गर्नु साहित्यिक पत्रकारिताको तितो नियति बनेको छ । यसका पछाडि निम्न लिखित समस्याहरु मुख्य रुपमा रहेका छन् । 

साहित्यिक पत्रिकाले निरन्तरता पाउन नसक्नुको मूल समस्या आर्थिक स्रोतको अभाव नै हो । पत्रिका प्रकाशनका अन्य आयामहरुको जति चर्चा गरेपनि पत्रिकाको मेरुदण्ड आर्थिक स्रोतसित गाँसिएको छ । पत्रिका निकाल्ने साहित्यकर्मी र साहित्यिक पत्रकारकर्मीको तीव्र इच्छाशक्ति र अन्य पक्ष सवल बन्दाबन्दै पनि आर्थिक स्रोतको अभावमा पत्रिका निस्किन सकेको हुन्न । निस्किनु सुरु भएका पत्रिकापनि बीच मै हराउने विलाउने कारणपनि आर्थिक अभाव नै हो । 

साहित्यिक पत्रिका प्रकाशनको चुनौती विज्ञापनदाताको अभाव रहेको छ । बन्द ब्यापार उद्योग, धन्दा, कलकारखाना र पर्यटन व्यवसायको विकास हुन नसकेको कारणले मोफसल अझपनि जीवन निर्वाहमुखी कृषि प्रणालीमा घिटिक्घिटिक सास फेरिरहेको छ । ब्यापक आर्थिक उन्नति र कारोबारहरुको चलखेल नहुने ठाउँमा नियमित विज्ञापन उपलबध गराउने संघसंस्था, व्यावसायिक तथा आर्थिक निकायहरु नहुनुको कारण पत्रिकाहरुले आफ्नो बाँच्ने आधार भेटेका छैनन् । 

स्तरीय लेख रचनाको अभाव मोफसलका साहित्यिक पत्रपत्रिकाको अर्को चुनौती हो । स्तरीय रचना सृजना गर्ने स्थापित, नाम चलेका र विकाउ कवि लेखकहरु छिटफुट बाहेक अधिकाँश राजधानी केन्द्रित छन् । ती स्रष्टाहरुसम्म मोफसलको साहित्यिक पत्रकारिताको पहुँच बन्न नसक्नु र त्यसकै कारणले निस्किएका पत्रपत्रिकाले स्तरीय लेखरचना पस्किन नसक्नुपनि जिल्लाको साहित्यिक पत्रकारिता टाक्सिने कारण बनेको छ ।

सचेत र स्रोतले परिपूर्ण पाठकको अभाव पनि मोफसलका साहित्यिक पत्रकारिताको मूल समस्या हो । पत्रिकाको प्राण पाठकको संख्यामा जीवित बनेको हुन्छ । जुन पत्रिकाका पाठक बढी छन् त्यो पत्रिका दीर्घजीवी रहन्छ । जुन पत्रिकाका पाठक सीमित छन् त्यो पत्रिका संकुचनमा खुम्ँिचदै जान्छ । पैसा तिरेर पत्रिका पढनुपर्छ भन्ने पाठकीय चेतना अझपनि मोफसलमा विकसित हुनसकेको छैन । साहित्यिक पत्रिका भनेपछि सित्तैमा लिन खोज्ने र सित्तैमा पाएपनि दिलचस्पीका साथ नपढ्ने जमातमा रुपमा शिक्षित पढेलेखेको पुस्ता रुपान्तरण हुँदो छ । साहित्यिक पत्रकारिताको विकासमा यो प्रवृति अत्यन्त घातक छ ।  

मोफसलको साहित्यिक पत्रकारिता एउटा क्षेत्रबाट मात्र उपेक्षित र प्रताडित छै्रन । समाज तथा राज्यको बहुविध इकाईहरुबाट उपेक्षित र परित्यक्त बनेको छ । जसलाई मुलभूत रुपमा यसरी बर्गीकरण गर्न सकिन्छ।

(क) पूँँजी निकाल्न र पूँजी परिचालन गर्नसक्ने ब्यक्तिहरुले यस क्षेत्रमा लगानी गर्न चाँहदैन । कारण यसक्षेत्रलाई अनुत्पादक क्षेत्र ठान्छ । आफ्नो लगानी हुने र नाफाको ग्यारेन्टी नभएको कारण साहित्यिक क्षेत्रमा लगानी गर्न हिच्किचाउँछन् । साहित्यिक पत्रकारितामा लगानीकर्ताको  उपेक्षा भावपनि एक मुलभूत समस्या हो । 

(ख) राज्यका विभिन्न निकायहरुबाट पनि यो क्षेत्र उपेक्षित छ । पुरानो संरचनाका निकायहरुबाट त उपेक्षित थियो, अहिलेको संघीय संरचनाका नगरपालिका, गाउँपालिका, प्रदेश सभा र केन्द्रबाट साहित्य संस्कृति र कलाको विकासमा जति ध्यान पु¥याउनु पर्ने हो त्यो पुग्न सकेको छैन । भौतिक पूर्वाधारको विकास कुलो, पैनी, बाटोघाटोका लागि करोडौँ बजेट छुट्टिन्छ, ती निकायहरुबाट जति बजेट छुट्टिन्छ । साहित्यको विकासमा थोरैपनि छुट्टिन नसक्नु ठूलो विडम्बना भएको छ । त्यसमा पनि साहित्यिक पत्रपत्रिकाको विकासमा त रौँ बराबरपनि सहयोग र प्रोत्साहन छैन । 

(ग) विभिन्न सरकारी कार्यालय, विद्यालय, कलेज जस्ता निकायहरु जहाँ पढेलेखेका शिक्षित, सचेत मानिसहरु रहन्छन् । त्यस्ता निकायहरुबाट पनि साहित्यिक पत्रकारिता उपेक्षित र प्रतादित छ । 

(घ) राजनीतिक वृतबाट पनि साहित्यिक पत्रकारिता उपेक्षित छ । जनचेतना निर्माण र जनजागृति ल्याउनमा साहित्यको भूमिका सर्वोपरि छ । तर यसको मूल्यबोध गर्न सक्ने नेतृत्व राजीतिक वृतमा पाइँदैन । काव्यिक भावका मानिसको अभाव अर्थात् साहित्य प्रति उपेक्षा भाव राख्ने मानिसहरुको जमात राजनीतिक पार्टी र संघसंस्थामा क्रियाशील भएको देखिन्छ । सो कारण पनि साहित्य र कलाले जति फँस्टाउने बाटो पाउनु पर्ने हो । त्यो पाउन नसकेको अवस्था छ । 

मोफसलमा साहित्यिक पत्रपत्रिका निरन्तर प्रकाशित हुन नसक्नु र फस्टाउन नसक्नुको अर्को कारण यस क्षेत्रमा समर्पित भएर लाग्ने पूर्णकालीन साहित्यिक पत्रकारको अभाव रहेको छ । साहित्यिक पत्रिका प्रकाशन गर्ने व्यक्तिहरु आफ्नो रोजीरोटी र परिवार धान्नको लागि अन्य पेशा, ब्यवसाय र काममा लाग्नु पर्ने विवशता रहेको कारण उब्रेको सानो हिस्सा समय साहित्यिक काममा लगानी हुन्छ । जसबाट अपेक्षित लाभ हासिल हुन सकेको छैन । 

मोफसलमा साहित्यिक पत्रकारिताको विकासमा अर्को बाधा टङ्कण र मुद्रण सम्बन्धी स्तरीय प्रविधिको अभावपनि हो । सुलभ तथा सस्तो ढंगमा कम्प्युटर टाईपदेखि स्तरीय छपाइसम्मको लागि जुनखालको प्रविधिहरु हुनुपर्ने हो त्ससको अभाव रहेको छ । एउटा गतिलो पत्रिका र किताब निकाल्न काठमाण्डौ नै कुद्नुपर्ने विवशताबाट मोफसल मुक्त हुन सकेको छैन । 

निराकरणका उपायहरु :

मोफसलको साहित्यिक पत्रकारितालाई विकसित गर्नको लागि ब्यक्तिगत प्रयत्न भन्दा पनि सामूहिक प्रयत्नको ठूलो जरुरी छ । अर्थात, एउटा गतिलो आर्थिक कोषको ब्यवस्थापन गरी साहित्यिक पत्रिका निकाल्न थाल्ने हो भने त्यसले अवश्य नै निरन्तरता पाउने छ । अक्षयकोषको निर्माण गरी अगाडि बढ्दा कुनैपनि पत्रिका वीचमै ओइलाउँदैनन् । त्यसको लागि विभिन्न किसिमका ग्राहक योजनाहरु÷सहयोगका कार्यक्रमहरु÷अनुदान प्राप्तिका योजनाहरु खोज्नु पर्दछ । 

सूचना तथा विज्ञापन प्राप्त गर्नको लागि सरकारी निकायबाट सुलभ व्यवस्था निर्माण हुनुपर्दछ । सरकारी संस्थान, उद्योग, धन्दा, कलकारखाना तथा अन्य व्यवसायीले साहित्यिक पत्रिकालाई अनिवार्य विज्ञापन उपलब्ध गराएर यस क्षेत्रको प्रवद्र्धनमा अनिवार्य योगदान पु¥याउनु पर्ने प्रावधान, नियम कानुन राज्य तथा सरकारी निकायमा हुनुपर्छ । 

देशैभरिका स्थापित तथा चर्चित स्रष्टाहरुका स्तरीय लेखरचना मोफसललाई उपलब्ध गराउन रचना बैकिङ्ग प्रणालीको संयन्त्र बनाइनु पर्छ । यसो गर्दा एउटा रचना प्राप्त गर्न जुन स्रोत, साधन, समय र झन्झटको ब्यय भइरहेको छ । त्यसबाट मुक्त हुने स्थिति आउँछ । 

प्रत्येक सरकारी कार्यालयहरु, विद्यालयहरु, संस्थाहरु, अन्य अड्डा अदालतहरु, आधारभूत मा.वि.हरु, क्याम्पसहरुलाई अनिवार्य साहित्यिक पत्रपत्रिका किन्ने÷बार्षिक÷आजीवन ग्राहक बन्नु पर्ने अनिवार्य प्रावधान ल्याउनु पर्छ । 

स्थानीय तहदेखि केन्द्रिय तहसम्मबाट साहित्यिक पत्रकारिताको विकासको निम्ति योजना तथा बजेट बिनियोजन अनिवार्य रुपमा गरिनुपर्छ । भौतिक विकासले  मात्र समाजको सर्वाङ्गीण विकास  हुन नसक्ने भएकोले साहित्य, कला र संस्कृतिको विकासमा मात्र समाजको पूर्णता हुने कुरा स्थापित गरिनुपर्छ ।

शिक्षित र सचेत पुस्तामा साहित्यप्रति चाख र अनुराग उमार्नको लागि नियमित साहित्यिक गोष्ठी, छलफल, अन्तत्र्रिmया, रचना वाचन कार्यक्रम, समक्षिा कार्यक्रम राखिनुपर्छ । शिक्षित पुस्ता जतिजति साहित्यप्रति खिचिन थाल्छ । त्यतित्यति साहित्य प्रकाशनको काममा गति पैदा हुन्छ । 

विभिन्न किसिमको ग्राहक योजना देखि विक्रि वितरणको नयाँ ढाँचा र सञ्जालहरु निर्माण गरी पत्रिका प्रकाशन देखि विक्रि वितरणसम्मको कामलाई नवीन ढंगले पुन संरचना गर्नुपर्छ । 

अहिलेको सूचना प्रविधिमा आएको विकास र त्यस प्रविधिसँग नजोडिइकन अब स्तरीय पत्रिका प्रकाशन गर्न असंभव छ । त्यसैले गुणस्तरीय पत्रिका प्रकाशनको लागि टङ्कणदेखि मुद्रणसम्मको काममा नयाँ प्रविधिलाई अप्नाउनु पर्छ । 

स्थानीय सरकारले र प्रदेश सरकारले साहित्यिक पत्रकारितालाई प्रोत्साहन र संरक्षण गर्नको निम्ति जोडकोषमा आधारित अनुदान रकम, पुरस्कार, स्रष्टा सम्मान, साहित्यिक पत्रकार सम्मान, गाउँगाउँमा÷ टोलटोलमा पुस्तकालय, स्कुलस्कुलमा पुस्तकालय स्थापनासम्मका योजना ल्याउनु पर्दछ । 

                        0000